1 of 49

नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य सेवा विभाग

परिवार कल्याण महाशाखा

“ स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता ”विश्व स्तनपान सप्ताह

अगष्ट १ देखि ७, २०२४(१७ -२३ श्रावण २०८१)

  • स्तनपानको

संरक्षण

  • स्तनपानको

सम्वर्धन

  • स्तनपानलाई

सहयोग

2 of 49

स्तनपान सम्बन्धि उचित परामर्श तथा थप जानकारीका लागि नजिकैको स्वास्थ्य संस्था वा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई सम्पर्क गर्नुहोला

शिशु जन्मिए पछि जतिसक्दो चाँडो (१ घण्टा भित्र) आमाको दुध (विगौती दूध) खुवाऔं। 

शिशुलाई जन्मेदेखि ६ महिना पुरा नभएसम्म आमाको दूध मात्र खुवाऔं। 

बालबालिकालाई ६ महिना पुरा भएपछि उमेर अनुसार पूरक खानाका साथै कम्तिमा २ वर्ष सम्म निरन्तर स्तनपान गराऔं। 

आमाको दूध शिशुको लागि अमृत समान हो र यसले शिशुको रोगसंग लड्न सक्ने क्षमतालाई बढाउँछ। 

स्तनपानले महिलाहरूमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने जोखिमलाई कम गर्दछ। 

चिकित्सकको सल्लाह बिना शिशुलाई आमाको दूध बाहेक अन्य कुनै किसिमको दूध नखुवाऔं। दुधदानी/ बोतलको प्रयोग नगरौं। 

नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य सेवा विभाग

परिवार कल्याण महाशाखा

“ स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता ”विश्व स्तनपान सप्ताह २०२४ अगष्ट १ देखि ७ (श्रावन १७ -२३, २०८१)

3 of 49

स्तनपानको परिचय

आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो ।

६ महिनासम्म आमाको दूधमात्र खुवाएको अवस्था तथा उचित पूरक आहार पाएमा २० प्रतिशतसम्म बाल मृत्युदर घटाउन सकिन्छ।

शिशुको सम्पूर्ण आहार

शिशुको पहिलो खोप

वातावरण मैत्री

Source: WHO 2020

4 of 49

4

5 of 49

5

vs

6 of 49

New Zeeland Prime Minister Jacinda Arden is the first female world leader to bring her baby, three-month-old.

In the UK, Jo Swinson MP became the first MP to take her baby into a debate in the UK House of Commons.

7 of 49

In a first for the Australian parliament, Senator Larissa Waters breastfed her daughter Alia Joy during a vote in May 2017

A photo of Swedish MEP Jutte Guteland with her young son went viral on social media in March 2017.

8 of 49

In Spain, Carolina Bescansa, an MP with Podems (we can) was criticized for breastfeeding her baby in parliament in January 2016.

Former MEP Licia Ronzulli’s daughter Vittoria became famous for sitting with her mum Licia while she attended sessions in the European Parliament in Strasbourg.

9 of 49

स्तनपानको लागि सिफारिस गरिएका व्यवहारहरू: (3 E)

सकेसम्म छिटो स्तनपानः शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराउन शुरु गरौं

पुर्ण स्तनपानः ६ महिना पुरा नभएसम्म शिशुलाई आमाको दुधमात्रै चुसाऔं अरु खानेकुरा वा पानी पनि दिनु पर्दैन

निरन्तर स्तनपानः बच्चा ६ महिना पुरा भए पछि थप पौष्टिक आहार दिनु पर्छ र कम्तिमा २ वर्ष वा सो भन्दा बढि समय सम्म बच्चालाई स्तनपान भने गराई राख्नु पर्दछ

Early

Exclusive

Extended

10 of 49

पोषणको महत्व

गर्भ रहेदेखि २ वर्षसम्मको अवधि

सुनौलो १००० दिन :

गर्भावस्था (९ महिना * ३० दिन = २७० दिन) +

सुत्केरी पश्चातको २ वर्ष (२ वर्ष * ३६५ दिन = ७३० दिन)

11 of 49

स्तनपानको महत्व

12 of 49

स्तनपानमा लगानीको प्रतिफल

लगानी

प्रतिफल

Source: The Cost of Not Breastfeeding Tool

13 of 49

आमाको दुध र अन्य दुधमा भिन्नता

आमाको दुध

कृत्रिम दुध

Source: WHO/CDR 1993

14 of 49

नेपालमा ५ बर्ष मुनिका बालबालिकाको पोषणको अवस्था

15 of 49

नेपालमा नव शिशु, शिशु र बाल मृत्यु दरको अवस्था

Source: NDHS 2022

16 of 49

नेपालमा स्तनपानको अवस्था

६ महिनासम्म पूर्ण स्तनपान

सन् २०३० (SDG) को लक्ष्य > ९० %

जन्मेको १ घण्टा भित्र स्तनपान

५५%

६ महिना सम्म पूर्ण स्तनपान

५६%

२ वर्ष सम्म स्तनपान

९४%

श्रोतः NDHS 2022

17 of 49

नेपालमा स्तनपानको अवस्था

18 of 49

प्रदेश अनुसार स्तनपानको अवस्था

नेपाल

५६%

श्रोतः NDHS 2022

19 of 49

नेपालमा पुर्ण स्तनपानको विश्लेषण

श्रोतः NDHS 2022

20 of 49

नेपालमा दुधदानीबाट दुध खुवाउनेको अवस्था

श्रोतः NDHS 2022

नेपाल २२ %

21 of 49

दुधदानीबाट दुध खुवाउनेको विश्लेषण

श्रोतः NDHS 2022

  • आमाको शैक्षिक अवस्था
  • परिवारको आर्थिक अवस्था

22 of 49

स्तनपान संरक्षण, प्रवर्धन र सहयोगको लागि नीतिगत व्यवस्था

23 of 49

नेपालमा स्तनपानका लागि पोषण सम्बन्धि नीति, योजना, रणनीति तथा कार्यक्रमहरु

०१

०२

०३

०४

नेपालको संविधान

(स्वास्थ्य सम्बन्धी हक खाद्य सम्बन्धी हक आदि।)

सोह्रौं योजना

आ.व. २०८१/८२ देखि २०८५/८६

राष्ट्रीय स्वास्थ्य नीति २०७६

नीति नं १३ (चार रणनीतिहरु)

जनस्वास्थ्य सेवा ऐन २०७५

बहुक्षेत्रिय पोषण योजना तेश्रो चरण

आ.व. २०८०/८१ देखि २०८७/८८

सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार ऐन २०७५

(९८ दिन तलबी सुत्केरी बिदा)

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु (बिक्रि वितरण नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१

०७

०६

)५

राष्ट्रीय पोषण रणनिति २०७७

०५

०८

24 of 49

नेपालमा स्तनपानका लागि पोषण सम्बन्धि नीति, योजना, रणनीति तथा कार्यक्रमहरु

25 of 49

स्तनपान संरक्षण, प्रवर्धन र सहयोगका लागि नेपाल सरकारले गरेका प्रयासहरु

26 of 49

27 of 49

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्रि वितरण नियन्त्रण)ऐन, २०४९ र नियमावली, २०५१

ऐनको दफा १३ वमोजिम स्तनपान संरक्षण तथा सम्बद्र्धन समितिको सिफारिश अनुसार निरीक्षकहरु तोकिएको

गाँउ/नगर पालिकाः

प्रमुख, स्वास्थ्य शाखा

जिल्लाः

प्रमुख, स्वास्थ्य कार्यालय

प्रदेशः

वरिष्ठ जन स्वास्थ्य प्रशासक, जन स्वास्थ्य प्रशासक,वरिष्ठ जन स्वास्थ्य अधिकृत, वरिष्ठ/मेडिकल अधिकृत, वरिष्ठ/कम्युनिटी नर्सिङ अधिकृत

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्रि वितरण नियन्त्रण) ऐन, २०४९ र नियमावली, २०५१ सम्बन्धि तोकिएका सबै तहका निरीक्षकहरुको क्षमता अभिवृद्धि गरिएको

28 of 49

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५

प्रसुति बिदाको अधिकार (दफा १३)

(१) सरकारी, गैरसरकारी वा निजी सङ्ग संस्थामा कार्यरत महिलालाई सुत्केरी हुनु अघी वा पछी कम्तीमा अन्ठानब्बे दिनसम्मको तलब सहितको प्रसूति बिदा पाउने अधिकार हुनेछ।

(२) कुनै गर्भवती महिलालाई उपदफा (१) बमोजिम प्रसुती विदा अपुग हुने भएमा त्यस्तो महिलाले विज्ञ चिकित्सकको सिफारिसमा बढीमा एक वर्षसम्म वेतलबी बिदा पाउने अधिकार हुनेछ।

(३) सरकारी, गैरसरकारी वा निजी सङ्ग संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्ष सम्म कार्यालय समयमा आमाको दुध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।

(४) कुनै गर्भवति महिलाले मृतक शिशुलार्इ जन्म दिएमा वा जन्मिएपछि शिशुको मृत्यु भएमा समेत समेत उपदफा (१) बमोजिमको विदा पाउनेछ।

(५) सरकारी, गैरसरकारी वा निजी सङ्ग संस्थामा कार्यरत पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कमनचारीले सुत्केरी हुनु अघि वा पछि पाररश्रमिक सहितको पन्ध्र दिन प्रसूति स्याहार बिदा पाउनेछ।

अतिरिक्त बिदा दिनु पर्ने (दफा १४)

सरकारी, गैरसरकारी वा निजी सङ्ग संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई विशेषज्ञ चिकित्सकको राय बमोजिम प्रजनन स्वास्थ्य रुग्णता (मर्बिडिटी) को कारणले जटिल शल्यक्रिया गर्नु पर्ने भएमा त्यस्तो शल्यक्रिया हुनु अघि वा पछि कम्तीमा तीस दिनसम्मको तलब सहितको अतिरिक्त बिदा दिनु पर्नेछ।

29 of 49

प्रसुति बिदाको अधिकार (दफा ४५)

(१) गर्भवती महिला श्रमीकले प्रसूतिको अघि वा पछि चौध हप्ताको प्रसूति बिदा पाउनेछ।

(२) गर्भवति श्रमिकले प्रसूति हुने सम्भावित मिति भन्दा कम्तीमा २ हप्ता अगाडि देखि प्रसूति भएको कम्तीमा ६ हप्ता अनिवार्य रूपमा बिदा बस्नु पर्नेछ।

(३) उपदफा (१) बमोजिमको प्रसूति बिदा लिने महिला श्रमिकले ३० दिनको पूरा पारिश्रमिक पाउनेछ र बाँकी अवधिको पारिश्रमिक पाउने छैन।

(४) प्रसूति भएको मिहला श्रमिक वा निजको शिशुको स्वास्थ्यको लागि थप आराम आवश्यक पर्ने भनि मान्यताप्राप्त चिकित्सकले सिफारिस गरेमा रोजगारदाताले प्रसूति बिदासंगै निरन्तर हुने गरि उपदफा (१) म उल्लेखित अवधिको अतिरिक्त थप एक महिनासम्मको बेतलबी बिदा स्वीकृत गर्ने वा अन्य बिदामा समायोजन हुने गरि बिदा दिनु पर्नेछ।

30 of 49

प्रसुति बिदाको अधिकार (दफा ४५)

(५) सात महिना वा सोभन्दा बढी गर्भ रहेको महिला श्रमिकको शिशु मृत जन्मिएमा वा गर्भपतन भएमा प्रसूति सरह बिदा पाउनेछ

(६) बच्चा जन्मेको ६० दिन नपुग्दै आमाको मृत्यु भएमा त्यस्तो पत्नीको मृत्यु हुने श्रमीकले आफू कार्यरत रोजगारदाताबाट शिशु स्याहारको लागि पारिश्रमिक सहित बाँकी अवधिको बिदा लिन पाउनेछ ।

(७) कुनै पुरूप श्रमिकको श्रीमती सुत्केरी हुने भएका निजले पारिश्रमिक सहितको १५ दिन प्रसूति बिदा पाउनेछ।

31 of 49

तलब सहितको सुत्केरी विदा (हप्तामा)

32 of 49

परामर्श तथा सचेतना अभिवृद्धिका नियमीत क्रियाकलापहरु

  • वृहत पोषण विशेष कार्यक्रमको तालिम प्याकेज मार्फत ७७ जिल्लामा स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरुलाई स्तनपान सम्बन्धि तालिम प्रदान गरिएको छ ।

  • सबै स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरु मार्फत स्तनपानका बारेमा आमा तथा परिवारका सदस्यहरुलाई नियमित परामर्श तथा सचेतना अभिवृद्धि भइरहेको छ ।

  • स्तनपानको महत्व सम्बन्धि सूचना तथा सन्देशहरु विभिन्न संचार माध्यमबाट स्थानीय भाषामा प्रसारण गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

33 of 49

नपान कक्षको स्थापना

नेपालगंज एरपोर्ट

पोखरा अन्तर्राष्ट्रिय एरपोर्ट

गढीमार्इ मन्दिर, बारा

34 of 49

स्तनपान व्यवस्थापन केन्द्र स्थापना

  • अवधि नपुगी जन्मिएका र जन्म तौल कम भएका शिशुहरूमा अस्पतालहरुका SNCU मा भर्ना हुने गरेका र ती मध्ये करिब १० देखि १५ प्रतिशतले स्तनपान गर्न नसक्ने
  • त्यस्ता शिशुको ज्यान बचाउन र उनीहरूको सर्वाङ्गिण विकासमा टेवा पुर्याउन दाता आमाबाट संकलन गरिएको दूध वैज्ञानिक विधिबाट भण्डारण गरी आवश्यक परेको बेला उपलब्ध गराइ शिशुको ज्यान बचाउन स्तनपान व्यवस्थापन केन्द्र स्थापना गरिएको हो
  • वि.स.२०७९ भाद्र ३ गते परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथलीमा वृहत स्तनपान व्यवस्थापन केन्द्र स्थापना भएको हो ।

35 of 49

विश्व स्तनपान सप्ताह

  • स्तनपानलाई प्रवर्धन गर्न सन १९९२ देखि अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउदै आइएको छ ।

  • स्तनपानको महत्वबारे स्थानीय जनसमुदायमा चेतना अभिवृद्धि गराउन नेपालमा विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ ।

  • स्तनपानलाई संरक्षण, प्रवर्धन र सहयोग गर्न विश्वव्यापी रुपमा मनाइने विश्व स्तनपान सप्ताहको अवसरमा विभिन्न गतिविधिहरु संचालन गर्न नेपाल सरकारले विश्व स्तनपान सप्ताह संचालन कार्यक्रमको लागि स्थानीय तहमा बजेटको व्यवस्था गरिएको छ ।

36 of 49

विश्व स्तनपान सप्ताह

  • प्रत्येक वर्ष यस सप्ताहले विभिन्न विषयगत नाराहरुलाई समावेश गरेर मनाउने गरेको पाइन्छ । स्वास्थ्य हेरचाह प्रणाली, महिला तथा कार्यस्थल, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बजारीकरण सम्बन्धी अन्तराष्ट्रिय नियम, सामुदायीक सहयोग, वातावरण, अर्थशास्त्र, विज्ञान, शिक्षा तथा मानवअधिकार लगाएत विषयमा केन्द्रित रही नाराहरु बनाउने गरेको पाइन्छ ।
  • सन् २०१६ देखि यस सप्ताहले दिगो विकासका लक्ष्यहरु सँग समाहित भई कार्यक्रमहरु ल्याउँदै गरेको पाइएको छ ।
  • सन् २०१८ मा विश्व स्वास्थ्य सम्मेलनले यस सप्ताहलाई स्तनपानको प्रवद्र्धनको महत्वपूर्ण रणनीति भनेर संकल्प प्रस्ताव पारित गरेको छ ।

37 of 49

स्तनपान प्रवर्द्धनका लागि भुमिका

व्यक्ति

समुदाय

संस्थागत

समाज

  • कानुन र नीतिलाई बलियो बनाउने
  • मातृ शिशु मैत्री सेवा अभियान बिस्तार गर्ने
  • कार्यस्थल नीतिहरूमा सुधार गर्ने
  • स्वास्थ्यकर्मीहरूलाई ज्ञना र तालिम प्रदान गर्ने
  • समुदायिक साथी शिक्षा कार्यक्रम संचालन गर्ने
  • सामाजिक परिचालन गर्ने

38 of 49

विश्व स्तनपान सप्ताहको उद्देश्य

१.सुसुचित गर्ने

  • आमाबाबुको सामाजिक सुरक्षा एवं लैङ्गिक समानता तथा स्तनपानको सम्बन्धको बारेमा आम नागरिकलाई सुचित गर्ने

२. वकालत गर्ने

  • स्तनपानको प्रवद्र्धनका लागि सबै तहमा आमाबाबु मैत्री मूल्य मान्यता तथा लैङ्गिक समानतालाई एन्कर वा वकालत गर्ने

३. संलग्न हुने

  • अधिक प्रभावका लागि व्यक्ति तथा संगठनहरु सँग संलग्न हुने

४. प्रेरित गर्ने

  • स्तनपानलाई अगाडि बढाउन आमाबाबुको सामाजिक सुरक्षाका तथा लैङ्गिक समानता सम्बन्धि कार्य गर्न प्रेरित गर्ने

39 of 49

40 of 49

41 of 49

42 of 49

अबको बाटो

आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको (विक्री वितरण नियन्त्रण) ऐन, २०४९ को समयानुकुल संशोधनको प्रक्रियामा रहेको

प्रसुति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा मातृ शिशुमैत्री सेवा अभियानको विस्तार (६२ स्वास्थ्य संस्थाहरूमा भैसकेको)

स्तनपान व्यवस्थापन र्इकार्इ (Lactation Management Unit) को स्थापना/विस्तार (९ वटा अस्पतालमा स्थापना गर्ने योजना गरिएको)

स्तनपानलाई संरक्षण, प्रवर्धन र सहयोग गर्न स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका २०७३ संशोधनको प्रक्रियामा रहेको

43 of 49

अबको बाटो

आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको (विक्री वितरण नियन्त्रण) ऐन, २०४९ अनुसार नियुक्त भएका निरीक्षकहरू मार्फत अनुगमन गर्ने।

आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको (विक्री वितरण नियन्त्रण) ऐन, २०४९ को बारेमा विभिन्न सरोकारवाला संग पैरवी कार्यक्रमलार्इ निरन्तरता दिर्इने

सरकारी तथा गैरसरकारी संघ संस्था तथा सार्वजनिक स्थानमा स्तनपान कक्ष स्थापना तथा विस्तार गरिने

प्रसुति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूमा स्तनपान परामर्शकर्ता को व्यवस्था गरि तालिम संचालन र गर्भवती तथा सुत्केरी महिलालाई प्रभावकारी परामर्शको सुनिश्चितता (१८ अस्पतालमा संचालन हुन गर्इरहेको)

44 of 49

दिगो विकासका लक्ष प्राप्तिका लागि

स्तनपान एक प्रमुख आधार हो

45 of 49

स्तनपान केवल महिलाको मात्र एकल प्रयासले सफल हुँदैन

राज्य

स्वास्थ्य प्रणाली

परिवार

समुदाय

कार्यस्थल

46 of 49

सारांश

  • नेपालमा स्तनपानको घट्दो दर तथा आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रयोग बढ्दो ।
  • यस महाशाखाले यस्ता समस्याका निराकरण एवं स्तनपानको प्रवर्द्धन तथा सम्बर्द्धनका लागि विभिन्न सरकारी एवं गैह्रसरकारी संघ संस्थाहरूसँगको समन्वयमा कार्यक्रमहरु गर्दै आएको ।
  • कक्षा ८ को विद्यालय पाठ्यक्रमहरूमा पोषण विषय समावेश गरिएको।
  • मेडिकल कलेज तथा प्रतिष्ठानहरू, फार्मेसि, उत्पादक, वितरक पत्रकारहरू संग निरन्तर रूपमा आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्रि वितरण नियन्त्रण) ऐन २०४९ को बारे छलफल गरिएको।

47 of 49

संचारकर्मीहरुको अपेक्षित भूमिका

  • स्तनपानको फाइदा तथा स्तनपान नगराउदका बेफाइदाहरुको जानकारी दिदै व्यापक रुपमा आम नागरिकको जनचेतना अभिवृद्धि गर्ने
  • आमाको दूधलाई प्रतिस्थापन गर्ने बस्तुहरुको तथा ऐनले निषेधित गरेका अनुचित बजारीकरणको अन्त्य गर्नका लागि पैरवी तथा सुसूचित गर्ने
  • मातृ शिशु मैत्री सेवा अभियानका बारेमा सचेतना बढाउने

48 of 49

कुनै जिज्ञासा?

धन्यवाद !

स्तनपान गराईरहेकी कामकाजी आमाहरुलाई कार्यालय समयभित्र सरकारी, गैरसरकारी वा नीजि संघ संस्थाले] आफ्नो कार्यालय समयमा आमाको दूध खुवाउनको लागि आवश्यक व्यवस्था मिलाउन सहयोग गरौ

49 of 49

स्तनपान गराईरहेकी कामकाजी आमाहरुलाई कार्यालय समयभित्र सरकारी, गैरसरकारी वा नीजि संघ संस्थाले] आफ्नो कार्यालय समयमा आमाको दूध खुवाउनको लागि आवश्यक व्यवस्था मिलाउन सहयोग गरौ

धन्यवाद !!