1 of 49

राष्ट्रिय खोप कार्यक्रमको समिक्षा तथा दादुरा रूबेला खोप अभियान

दादुरा रूबेलाको खोप अभियान संचालन कार्यनीति तथा अभियान संचालन प्रकृया

नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य सेवा विभाग

परिवार कल्याण महाशाखा

2 of 49

कार्यक्रमको लक्ष्य

  • लक्षित उमेरका बालबालिकाहरूलार्इ दादुरा रूबेला खोप लगाएर दादुरा रूबेला रोग विरूद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी रोग संक्रमण हुन सक्ने सम्भावनालार्इ न्यूनिकरण गर्ने।

  • पाँच वर्ष मूनिका बालबालिकाहरूको नियमित खोपको अवस्था पहिचान गरेर छुट नियमित खोपको मात्रा लगाउन सहजिकरण गर्ने

3 of 49

अभियान संचालन हुने जिल्ला तथा लक्षित समूह

प्रदेश

९ महिना देखि ५ बर्ष मुनि (५१ जिल्ला)

९ महिना देखि १५ बर्ष मुनि (२४ जिल्ला)

कोशी

ताप्लेजुङ्ग, ईलाम, पांचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग, उदयपुर, सोलुखुम्बु र ओखलढुङ्गा = ११

झापा, मोरङ्ग र सुनसरी = ३

मधेश

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा =८

बागमती

मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा र धादिङ्ग =९

चितवन, काठमाण्डौ, ललितपुर र भक्तपुर =४

गण्डकी

गोरखा, तनहुं, कास्की, लम्जुङ्ग, स्याङ्गजा, पर्वत, म्याग्दी, मनाङ्ग, मुस्ताङ्ग र बाग्लुङ्ग = १०

नवलपरासी– पूर्व = १

लुम्बिनी

गुल्मी, पाल्पा, प्यूठान, रोल्पा, रुकुम पूर्व र अर्घाखाँची = ६

नवलपरासी–पश्चिम, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके र बर्दिया = ६

कर्णाली

सुर्खेत, दैलेख, कालीकोट, सल्यान, जुम्ला, हुम्ला, मुगु र डोल्पा = ८

सुदुरपश्चिम

डोटी, डडेलधुरा, बैतडी, अछाम, बाजुरा, बझाङ्ग र दार्चुला = ७

कैलाली र कञ्चनपुर= २

नोटः जाजरकोट र रुकुम पश्चिममा २०८० साल पौष ०५ गते देखि १४ सम्म दादुरा–रुबेला खोप अभियान सम्पन्न ।

4 of 49

अभियान संचालन हुने जिल्ला तथा लक्षित समूह

9 months to below 5 years children

9 months to below 15 years children

Campaign in earthquake affected district

5 of 49

खोप अभियानमा दिइने खोपहरु

दिइने खोपहरु

लक्षित उमेर समूह

दादुरा–रुबेला खोप

९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरु सबै (५१ जिल्ला)

९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरु सबै (२४ जिल्ला)

  • डि.पि.टि.हेप-बि. हिब
  • पिसिभि
  • आर्इपिभि

छुट नियमित खोप

९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरु सबै

6 of 49

दादुरा-रुबेला खोप अभियानको लागि लक्षित संख्या

प्रदेश

लक्षित संख्या

९ महिना देखि ५ वर्ष मुनिका बालबालिका

५ वर्ष देखि १५ वर्ष मुनिका बालबालिका

जम्मा

कोशी

334,519

559,224

893,743

मधेश

560,022

1,387,120

1,947,142

बागमती

348,067

541,110

889,177

गण्डकी

147,553

66,809

214,362

लुम्बिनी

284,196

776,677

1,160,873

कर्णाली

147,444

147,444

सुदूरपश्चिम

208,882

281,370

490,252

जम्मा

21,30,683

36,12,310

57,42,993

लक्षित जनसंख्या राष्ट्रिय जनगणना २०७८ को आधारमा निर्धारण गरिएको

7 of 49

दादुरा रुबेला खोप अभियान

खोप अभियानको शुभारम्भ

संचारकर्मीसंग अन्तरक्रिया

स्वास्थ्यकर्मीहरुसंग अन्तरक्रिया

दादुरा रुबेला खोप अभियान

8 of 49

प्रशिक्षक प्रशिक्षण तालिम

प्रादेशिक तयारी गोष्ठी, बागमती प्रदेश

राष्ट्रिय खोप समितिको बैठक

उच्चस्तरीय बैठक

प्रादेशिक तयारी गोष्ठी, कोशी प्रदेश

प्रादेशिक तयारी गोष्ठी, लुम्बिनी प्रदेश

प्रादेशिक तयारी गोष्ठी, मधेस प्रदेश

प्रादेशिक तयारी गोष्ठी, गण्डकी प्रदेश

प्रादेशिक तयारी गोष्ठी, कर्णाली प्रदेश

प्रादेशिक तयारी गोष्ठी, सुदूरपश्चिम प्रदेश

9 of 49

दादुरा रुबेला खोप अभियान

10 of 49

अभियान सञ्चालन कार्यनीति

11 of 49

लक्षित संख्या निर्धारण

९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाको सङ्ख्या निर्धारण गर्ने तरिकाः

    • स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखा (IHMIS) ले प्रक्षेपण गरेको लक्षित सङ्ख्याको आधारमा हिसाब गरेर ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाको सङ्ख्या निकाल्ने
    • विद्यालय जाने विद्यार्थीको हकमा तथ्यगत विवरण विद्यालयबाट लिर्इ (अनूसुची १) अध्यावधिक गर्ने
    • विद्यालय बाहिरको हकमा सुक्ष्मयोजनाको समयमा अनुमानित संख्या एकिन गर्ने

12 of 49

खोप केन्द्र स्थलको छनौटः २४ जिल्लाहरू

लक्षित उमेर समूहका धेरै बालबालिकाहरू विद्यालयमा ह'ने हुदाँ विद्यालयलाई प्राथमिकतामा राखेर निम्न आधारमा खोप केन्द स्थल निर्धारण गर्नुपर्छः

  • संस्थागत विद्यालय, सामुदायिक विद्यालयः २५० वा सो भन्दा बढी लक्षित संख्या भएको विद्यालयलाई तोक्ने (प्राथमिकतामा राख्ने)
  • विद्यालय नभएका वा विद्यालय कम भएका वडा, वस्ती, टोलहरूको लागि
    • नियमित खोप सेवा सञ्चालन गर्ने स्थान
    • विगतका खोप अभियानमा सञ्चालन गरिएका खोप केन्द्रहरू
    • नियमित खोप लिन छुटेका बालबालिकाहरू बस्ने स्थानलाई पाएक पर्ने स्थान
  • स्थानीय स्वास्थ्य संस्थाः अभियानको अन्तिम दिन

विद्यालय

बाहिरी खोप केन्द्रहरु

स्थानीय स्वास्थ्य संस्था

13 of 49

खोप केन्द्र स्थलको छनौटः ५१ जिल्लाहरू

  • नियमित खोप सेवा सञ्चालन गर्ने स्थान
  • विगतका खोप अभियानमा सञ्चालन गरिएका खोप केन्द्रहरू
  • नियमित खोप लिन छुटेका बालबालिकाहरू बस्ने स्थानलाई पायक पर्ने स्थान
  • स्थानीय स्वास्थ्य संस्थाः अभियानको अन्तिम दिन सञ्चालन गर्ने

14 of 49

खोप टोली निर्धारण

  • खोप दिने स्वास्थ्यकर्मीको लागि अ.हे.व., अ.न.मी, हे.अ./सि.अ.हे.व, स्टाफ नर्स/सि.अ.न.मि./विद्यालय नर्सहरू मध्येबाट छनौट गर्ने
  • खोप दिन छनौट भएका तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले मात्र अभियानमा खोप दिने
  • स्वयंसेवक छनौट गर्दा विगत देखि काम गरिरहेका महिला स्वास्थ्य स्वयंसेविका, महिला शिक्षिकालाई प्राथमिकता दिने र अपुग भएमा लेखपढ गर्न सक्ने स्थानीय व्यक्तिबाट छनौट गर्ने।

15 of 49

जनशक्ति परिचालन

जनशक्ति

२४ जिल्ला

(९ महिना देखि १५ बर्ष मुनी)

५१ जिल्ला

(९ महिना देखि ५ बर्ष मुनी)

खोप दिने स्वास्थ्यकर्मी

  • लक्षित सङ्ख्या २५० जनासम्म भएको खोप केन्द्रमा २ जना
  • हरेक १२५ थप लक्षित जनसँख्याको लागि थप १ जना
  • लक्षित सङ्ख्या १२५ जनासम्म भएको खोप केन्द्रमा १ जना

स्वयंसेवक

  • प्रत्येक खोप केन्द्रमा ३ जना
  • प्रत्येक खोप केन्द्रमा २ जना

16 of 49

जनशक्ति परिचालन तथा खोपकेन्द्र

  • संचालन हुने अनुमानित खोप सेसन संख्याः 40,620
  • खोप दिने स्वास्थ्यकर्मी संख्याः 43,997 जना
  • परिचालन हुने तोकिएका स्वयंसेवक संख्याः 59,906 जना
  • ए.ई.एफ.आई. व्यवस्थापन र अनुगमनको लागिः करिब 9,684 जना

17 of 49

खोप सेवा सञ्चालन

  • तोकिएको खोप केन्द्रमा, तोकिएको समयमा खोप सेवा प्रदान गर्ने
  • एउटा खोप टोलीले एक दिनमा एक ठाउँमा मात्र खोप केन्द्र सञ्चालन गर्ने
  • अन्तिम खोप केन्द्र स्वास्थ्य संस्थामा राख्ने
  • खोप सेसन कम्तिमा ६ घण्टा संचालन गर्ने
  • दादुरा–रुबेला खोप दिईसके पछि हरेक बालबालिकाको बाँया हातको कान्छी औलामा मार्कर मसीले चिन्ह लगाउने
  • खोप दिएको विवरण अभियान खोप रजिष्टरमा उल्लेख गर्ने र अद्यावधिक गर्ने
  • खोप दिई सकेपछि सबै बालबालिकालाई अभियानको खोप कार्ड भरेर उपलब्ध गराउने

18 of 49

अभियान सञ्चालनको अवधि र चरण

  • स्वास्थ्य कार्यालय र स्थानिय तहले सकेसम्म एकै चरणमा कार्यक्रम संचालन गर्नु पर्दछ
    • स्थानिय तहमा ९ दिन भित्र
    • जिल्लातहमा सके सम्म १५ दिन भित्र
  • लक्षित जनसंख्या बढी भएका, आवश्यकता अनुसार कोल्डचेन क्षमताको अभाव भएको, खोप दिने स्वास्थ्यकर्मी आवश्यकता अनुसार प्रयाप्त नभई एक चरणमा सम्भव नभएमा २ चरणमा कार्यक्रम संचालन गर्ने
  • खोप दिने स्वास्थ्यकर्मी र कोल्डचेनको व्यवस्था भएको स्थानिय तह÷स्वास्थ्य संस्थाले एकै दिनमा एक भन्दा धेरै केन्द्रमा पनि खोप केन्द्र संचालन गर्न सक्ने छ
  • अभियान संचालनको चरण निर्धारण गर्दा नियमित खोपलाई असर नगर्ने गरी योजना बनाउनु पर्दछ

19 of 49

अभियान संचालन गर्दा ध्यान दिनुपर्ने कुरा

  • नियमित खोप सेवालाई समेत निरन्तर गर्दै अभियान सञ्चालन तालिका निर्धारण गर्ने
  • अभियान अवधिमा स्थानीय स्वास्थ्य संस्थाबाट प्रदान गरिदै आएका अन्य सेवाहरू समेत निरन्तर गर्ने

नोटः यदी २४ घण्टा भित्र नियमित खोपमा दादुरा रुबेला खोप लिएको भए अभियानको समयमा

दादुरा रुबेला खोप दायाँ पाखुरामा दिने । यो खोप अभियानमा पहिले खोप लिएका नलिएका सबै

बालबालिकालाई दादुरा रुबेला खोप दिने । अभियानमा दादुरा–रुबेला खोप लिएका ५ बर्ष मुनिका बालबालिकालाई नियमित खोप सेवामा कम्तिमा २८ दिनको अन्तराल पछि मात्र दादुरा–रुबेला र जे.ई खोप दिने

20 of 49

प्रचारप्रसार�राष्ट्रिय सूचना तथा संचार केन्द्र

नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य सेवा विभाग

परिवार कल्याण महाशाखा

21 of 49

खोप तथा अभियानको जानकारीको लागि स्वास्थ्य शिक्षा सामग्रीहरू

  • कार्यक्रम सञ्चालन निर्देशिका
  • निमन्त्रणा कार्ड (सिमित मात्रामा)
  • खोप कार्ड
  • पोष्टर
  • दादुरा–रुवेला खोपको वारेमा धेरै सोधिने प्रश्नहरू
  • ब्यानर

22 of 49

कार्यक्रम सञ्चालन निर्देशिकाको प्रयोग र वितरण

स्थानीय तहका स्वास्थ्य संस्था प्रमुख र खोप केन्द्र स्थलमा खटिने स्वास्थ्यकर्मी र स्वयम् सेवकहरूलाई मार्गदर्शन प्रदान गर्ने उद्देश्यले यो निर्देशका तर्जुमा गरिएको छ ।

वितरण प्रकृया

  • प्रती स्थानीय स्वास्थ्य संस्था संख्या ३ वटाको दरले
  • प्रती स्थानीय तह ५ र प्रति जिल्ला ५० वटाको दरले
  • प्रदेशमा २०० को दरले र संघमा ५०० वटा

23 of 49

निमन्त्रणा कार्डको प्रयोग र वितरण

उपयोगः अभियानमा दिइने खोप तथा मिति र स्थानको बारेमा लक्षित बच्चाको अभिभावक तथा समुदायलाई समेत जानकारी गराई बालबालिकालाई खोप लगाउन ल्याउन निमन्त्रणाको लागी यो कार्ड तयार गरिएको हो । साथै नियमित खोपमा छुट खोप तथा आगामी खोपमा आउन प्रेरित गर्न समेत सहयोग मिल्ने छ ।

अग्र भागमा अभियानको जानकारी र पछिल्लो भागमा नियमित खोपको तालिका समावेश गरिएको छ

24 of 49

खोप कार्डको प्रयोग र वितरण

अभियानमा दिएको खोपको अभिलेख तथा ५ बर्ष मुनिका बालबालिकाको नियमित खोपमा छुट खोप पहिचान गरी छुट खोप लगाउन र अभियान पश्चात कभरेज सर्भेक्षणको प्रयोजनको लागी समेत यो कार्डको व्यवस्था गरिएको हो ।

सबै जिल्लामा एकै किसिमको कार्ड प्रयोग गर्ने

वितरण प्रकृयाः

लक्षित बालबालिकाको संख्या + ५ % थप

25 of 49

पोष्टरको प्रयोग र वितरण

दादुरा–रुबेला खोप अभियान तथा खोप केन्द्र स्थान, खोप अभियान संचालन मितिको बारेमा समुदायलाई जानकारी गराउन वडा तथा स्वास्थ्य संस्था क्षेत्र भित्रका सार्वजनिक स्थलहरुमा प्रदर्शन गर्न यो पोष्टर उपलब्ध गराईएको हो ।

वितरण प्रकृयाः

प्रति वडा

महानगरपालिकामा ३०, उपमहानगरपालिकामा २५, नगरपालिकामा २० र गाउँपालिकामा १५ वटाको दरले उपलब्ध हुने

५१ जिल्लाको लागि

२४ जिल्लाको लागि

26 of 49

खोप केन्द्र ब्यानरको प्रयोग र वितरण

अभियान संचालन हुने दिन खोप केन्द्रको स्थानको बारेमा जानकारी होस् र सेवाग्राही तथा अनुगमनकर्तालाई सहज होस् भन्ने उद्देश्यले खोप केन्द्र संचालन हुने स्थानको नजिकै सबैले देख्ने स्थानमा प्रर्दशन गर्नको लागी खोप केन्द्र ब्यानर प्रयोग गर्नुपर्दछ ।

27 of 49

प्रचार प्रसारको लागि स्थानिय स्तरबाट गर्न सकिने क्रियाकलापहरु

  • स्वास्थ्यकर्मीद्वारा विद्यालयहरुमा अभियानबारे स्वास्थ्य शिक्षा
  • स्थानिय तह, वडाहरुले स्थानिय स्तरमा ¥याली, माइकिङ्ग
  • विशेष समुह (धार्मिक, सिमान्तकृत, धामी झाँक्री आदी) हरुसँग अन्तरक्रिया तथा पत्राचार
  • विशेष क्षेत्र, समुदाय, टोल तथा बस्तीहरुका अगुवा, जनप्रतिनिधि, स्वयंसेवकहरु सँग पटक पटक समन्वय गरी अभियानको प्रचार प्रसार तथा व्यवस्थापनको बारेमा सहयोगको अपिल
  • स्वास्थ्यकर्मीहरुले समेत आफनो कार्य क्षेत्र भित्र अभियानको प्रचार प्रसार तथा व्यवस्थापनको लागी क्षेत्र विभाजन गरी सो अनुगमन तथा व्यवस्थापन गर्ने

28 of 49

विषयवस्तु

  • दादुरा-रुबेला खोप अभियानका बारेमा
    • किन आवश्यक छ?
    • कहाँ सञ्चालन हुँदैछ?
    • कसलाई दिईंदैछ?
  • दादुरा-रुबेला निकै नै संक्रामक रोग हो । एकजनाले १८ जना सम्मलाई संक्रमण सार्न सक्छ ।
  • खोप अभियानमा लगाइने खोप थप मात्रा भएकाले पहिला जति पटक लगाएको भए पनि यो खोप फेरि लगाउन पर्छ ।
  • त्यस्तै अभियानमा यो खोप लगाएको भएता नि नियमित खोप कार्यक्रम अन्तर्गत पनि यो खोपको २ मात्रा पुरा गर्नै पर्छ ।

29 of 49

सूचना सामाग्रीहरु

  • विज्ञ डाक्टर, सेलेब्रेटी तथा उच्च पदस्थ व्यक्तित्वहरुको श्रव्यदृष्य सामाग्री,
  • दादुरा-रुबेला खोप अभियान सम्बन्धि नेपाली तथा विभिन्न स्थानीय भाषामा श्रव्य सामाग्री,
  • लाउड स्पिकर अनाउन्समेन्ट,
  • सामाजीक सञ्जालमा प्रयोग गरिने ‘इन्फोग्राफिक’
  • दुरसञ्चार बाट प्रसारण हुने कल रिङ ब्याक टोन
  • नेपाली तथा विभिन्न स्थानीय भाषामा दादुरा-रुबेला खोप अभियान सम्बन्धि गितहरु

30 of 49

प्रचार प्रसार योजना - समुदाय र विद्यालय केन्द्रित कार्यक्रमहरु

विद्यालय स्वास्थ्य नर्सका (१०११ विद्यालयहरू) माध्यमबाट विद्यार्थी र अभिभावकलाई दादुरा-रुबेला अभियान र खोपको महत्व वारे जानकारी गराउने,

  • महिला सामुदायिक स्वास्थ्य स्वयंसेबिका, स्वास्थ्य आमा समुह, नेपाल रेडक्रस, स्काउट लगायतका माध्यमबाट समुदाय केन्द्रित कार्यक्रमहरु योजना गर्ने,
  • समुदायमा लाउड स्पिकर, माइकिङका माध्यमबाट घर घर पुग्ने,
  • विद्यालय, वडा, स्वास्थ्य स्वयंसेविकाका माध्यमबट लक्षित उमेर समूहका घर-परिवार सम्म खोप लगाउन आउने निमन्त्रणा पठाउने,

31 of 49

प्रचार प्रसार योजना - आमसञ्चार

  • पत्रकार महासंघ, तथा स्वास्थ्य, शिक्षा पत्रकार सञ्जालहरु सँग छलफल,
  • मिडिया अभिमुखिकरण
  • नेपाल टेलिभिजन, रेडियो नेपाल, देशैभरिका एफ एम स्टेसनहरुबाट नेपाली तथा अन्य स्थानीय भाषामा सूचना सामाग्री प्रसारण गर्ने,
  • अनलाइन सञ्चार माध्यमहरुबाट सूचना सामाग्री प्रसारण गर्ने,
  • अभियान को दौरानमा नेपाल टेलिकम, र एन सेलबाट कलर ब्याक रिङटोन, बजाउने

32 of 49

प्रचार प्रसार योजना – विद्युतिय माध्यम

  • सामाजीक सञ्जाल - फेसबुक (नेपालमा डेढ करोड भन्दा धेरै प्रयोगकर्ता रहेको) – फेसबुकमा अभियानको सूचना सामाग्री ‘बुष्टिङ’ गर्ने,
  • भाइवरमा (नेपालमा १ करोड २० लाख प्रयोगकर्ता रहेको) दादुरा-रुबेला खोप अभियानका सामाग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भाइबर च्यानलबाट प्रयोगकर्ता सम्म पुर्याउने, र अन्य भाइबर प्रयोगकर्ता कहाँ विज्ञापनका माध्यमबाट देखाउने,
  • अनलाइन सञ्चार माध्यम तथा धेरै ‘फ्यान फलोविङ’ भएको पेजहरु लगायतका माध्यमबाट पनि सूचना सामाग्रीहरु धेरै जना सम्म पुर्याउने,
  • डाक्टर, विज्ञ, सेलेब्रेटी, उच्च पदस्थ व्यक्तित्वहरु, सामाजिक अभियन्ता लगायतका भिडियोहरु मन्त्रालय तथा विभिन्न विकास साझेदार संस्थाहरुका पेजहरुबाट पनि प्रसारण गर्ने,

33 of 49

मिथ्या सूचनाको अनुगमन र नियन्त्रण

  • दादुरा-रुबेला खोप अभियानको अवधिभर सामाजीक सञ्जाल, आमसञ्चारका माध्यमहरुमा अभियानका बारेमा भइरहेका छलफलहरुको हेक्का राख्ने, कतै कहि मिथ्या सूचना, झुटा सामाग्रीहरु देखिए, तत्कालनै सम्बोधन गर्ने र त्यो गलत सूचना सामाग्रीलाई फैलिन बाट रोक्ने,
  • कल सेन्टर १११५ मा आएका त्यस्ता जिज्ञासा, होहल्ला, झुटा सूचनाहरुलाई पनि आवश्यक माध्यमहरुबाट जनता समक्ष सत्य सूचना पुर्याउने ।

34 of 49

प्रचार प्रसार योजना – सञ्जालहरु

  • अन्तर धार्मिक सञ्जालका सदस्यहरुसंग छलफल गरि, खोप लगाउन आव्हान गर्ने, एउटा सामूहिक भिडियो उत्पादन गर्ने र विभिन्न सामाजिक सञ्जालहरु, टिभी, रेडियोका माध्यमबाट प्रसारण गर्ने,
  • सरकारी तथा निजी विद्यालयका सङ्गठनहरुसँगको छलफल पछि, सबै विद्यालयलाई खोप अभियानमा सहयोग गरिदिन हुन र सो विद्यालयका बालबालिकाले खोप लगाए न लगाएको एकिन गरिदिन हुन अनुरोध गर्दै परिपत्र जारी गर्ने,
  • निजी क्षेत्र: इन्टरनेट प्रदायक संस्था, टिभी प्रसारण गर्ने सञ्जाल लगायतहरुसँगको बैठकले सो सञ्जालको टिभी नेटवर्क भित्र दादुरा-रुबेला अभियानका सूचना सामाग्रीहरु प्रसारण गर्ने,

35 of 49

अभियानलाई सफलता पूर्वक सम्पन्न गर्न अभियान पूर्व, अभियानको बेला र अभियान सम्पन्न पश्चात सबै तहबाट सुपरिवेक्षण अनुगमन र पृष्ठपोषण गरि कार्यक्रम ब्यवस्थापन र सुधारको लागि अत्यन्तै ठुलो महत्व रहन्छः

  • विशेष गरी अभियानलाई सफल बनाउन अभियानको पूर्व तयारीको क्रियाकलापहरु प्रभावकारी रुपमा संचालन गर्न गराउन
  • अभियानको समयमा योजना अनुसार खोप सेसन प्रभावकारी रुपमा संचालन भए नभएको
  • अभियानको समयमा बच्चा छुटे नछुटेको कार्यको एकिन गरी अभियानमै खोप दिलाउन (RCM)
  • अभियान पश्चात अभियानको मुल्याकंन, नियमित खोपको सुदृढीकरण गर्न र अभिलेख प्रतिवेदन तयारी तथा प्राप्ती आदीको लागी सहयोग, समन्वय र अनुगमन पृष्ठपोषण सबै तहबाट गर्नुपर्दछ

खोप अभियानको अनुगमन तथा सुपरीवेक्षण

36 of 49

संघ र प्रदेशबाट जिल्ला र स्थानीय तह सम्म, जिल्लाबाट स्थानीय तह तथा स्वास्थ्य संस्थासम्म, स्थानीय तहबाट स्वास्थ्य संस्था र वडा तहसम्म, अभियान पूर्व निम्न क्रियाकलापहरुको अनुगमन सुपरिवेक्षण र पृष्ठपोषण गर्नु पर्दछM

  • सबै तहमा सूक्ष्मयोजना तयार भए÷नभएको
  • खोप तथा कोल्डचेन सामग्री आपूर्ति वितरण योजना तयारी एवं तथ्यगत भए÷नभएको
  • तोकिएका मुख्य कृयाकलापहरु सम्पन्न भए÷नभएको (अभिमुखिकरण, तालिम, बैठक आदि)
  • सूचना, संचार तथा प्रचार–प्रसारका सामग्रीहरू प्रर्याप्त मात्रामा प्राप्त, वितरण र उपयोग भए÷नभएको
  • स्वास्थ्यकर्मी र स्वयंम सेवक आवश्यकताको आधारमा व्यवस्था भए÷नभएको
  • स्थानिय श्रोत साधन पहिचान र परिचालन योजना भए नभएको तथा सामाजिक परिचालनको अवस्थाको पहिचान र थप व्यवस्थापन गरेको÷नगरेको
  • ए.ई.एफ.आई. व्यवस्थापन र टिम परिचालन योजना भए÷नभएको
  • सुपरिवेक्षण योजना भए÷नभएको
  • बजेट प्राप्ति एवं वितरण योजना र वितरण भए नभएको

अभियान पूर्वको सुपरिवेक्षण अनुगमन

37 of 49

अभियान संचालनको बेलामा सबै स्वास्थ्य संस्थाबाट खोप केन्द्र स्तरमा, स्थानिय तह र स्वास्थ्य कार्यालयबाट प्राथमिकताको आधारमा स्वास्थ्य संस्था तथा खोप केन्द्र स्तरमा समेत प्रत्यक्ष सुपरिवेक्षण गरी निम्न अवस्थाको अनुगमन सुपरिवेक्षण गरी तत्काल सुधारको लागी पहल गर्नुपर्छM

१. व्यवस्थापकिय कार्यको अनुगमन

  • सबै तहमा सूक्ष्मयोजना अनुसार कृयाकलापहरु संचालन भए नभएको
  • खोप तथा कोल्डचेन सामाग्री योजना अनुसार र प्रर्याप्त मात्रामा आपुर्ती वितरण भए नभएको
  • सुपरिवेक्षण योजना अनुसार सुपरिवेक्षक परिचालन भए÷नभएको
  • तत्काल गरिने अनुगमन (RCM) को स्थान र व्यक्ति पहिचान भए÷नभएको
  • ए.ई.एफ.आई. व्यवस्थापनको लागि टिम तथा किट तयारी अवस्थामा रहेको÷नरहेको
  • थप खोप कोल्डचेन तथा अन्य सहयोगको लागि योजना भए÷नभएको (यातायात, ढुवानी, जनशक्ति, साधन स्रोत आदि)

अभियान संचालनको बेला गरिने सुपरिवेक्षण अनुगमन

38 of 49

२. खोप सेसनको प्रत्यक्ष अनुगमन

  • वडा स्तरमा तोकिए अनुसार खोपकेन्द्रहरू सबै संचालन भए÷नभएको
  • खोप कोल्डचेन सामाग्री, जनशक्तिको उपलब्धता, पर्याप्तता भए÷नभएको
  • कुनै ठाँउमा ए.ई.एफ.आई. भए÷नभएको
  • लक्ष्य अनुसार प्रगति भए÷नभएको
  • स्थानिय सुपरिवेक्षकहरु परिचालन भए÷नभएको
  • स्थानिय जनप्रतिनिधि तथा समुदायका अगुवाहरुको सहभागिता रहेको÷नरहेको

१.उर्पयुक्त क्रियाकलापहरुमा केही कमी कमजोरी भएमा तत्काल तथा आगामी संचालन गरिने सेसनहरुमा सुधारको लागी पहल गर्ने

२. सुपरिवेक्षण गर्दा अनिवार्य रुपमा सुपरिवेक्षण चेक लिष्ट प्रयोग गर्नु पर्दछ

अभियान संचालनको बेला गरिने सुपरिवेक्षण अनुगमन

39 of 49

किनः

  • खोप अभियान सम्पन्न स्थानमा लक्षित बालबालिका खोप लगाउन छुटे/नछुटेको पहिचान गर्न र छुटेकालाई तत्काल खोप लगाउन
  • समुदायको धारणा र व्यवस्थापनको अवस्था पहिचान र कभरेजको विश्लेषण गरी अभियान सञ्चालनमा सुधार गर्न समेत सहज हुने

कहिलेः

  • पहिलो अनुगमन २ वटा सेसन सम्पन्न भए पश्चात
  • दोस्रो अनुगमन ४ वटा सेसन सम्पन्न भए पश्चात
  • तेस्रो अनुगमन सबै सेसन सम्पन्न भए पश्चात शंकाष्पद ठाँउ, बस्तीमा

द्रुत सुलभ अनुगमनः किन, कहिले?

40 of 49

कसलेः

  • सबै तहबाट खोप केन्द्रस्तरमा खटिएका सुपरीवेक्षकबाट अनुगमन गर्ने
  • स्थानीय स्वास्थ्य संस्थाबाट खटिने सुपरीवेक्षकबाट वडा तथा टोल बस्तीमा

कहाँ

  • स्थानीय तह र स्वास्थ्य कार्यालयबाट खटिने सुपरिवेक्षकबाट स्थानीय स्वास्थ्य संस्थाले तोकेका वडाहरूमा
  • प्रदेश, संघ र खोप कार्यक्रमका सहयोगी संस्थाबाट खटिने सुपरिवेक्षकबाट स्वास्थ्य कार्यालय र स्थानीय तहले तोकेको स्थानमा

द्रुत सुलभ अनुगमनः कसले र कहाँ गर्ने ?

41 of 49

अनुगमन गर्ने स्थानको छनौट

  • खोप सेसन सम्पन्न भएको टोल, बस्ती
  • खोप सेवाको पहुँच कम हुनसक्ने टोल बस्ती
  • विगतमा नियमित खोप तथा अभियानमा कभरेज कम भएका टोल, बस्ती

द्रुत सुलभ अनुगमन कसरी गर्ने ?

सीमान्तकृत (राउटे, चेपाङ, मुसहर, वादी, आदि)

१२

इँटा भट्टा

सीमा क्षेत्रहरु

१३

औद्योगिक क्षेत्रहरु

आन्तरिक रूपमा विस्थापित समूह (बाढी, पहिरो आदिका कारण)

१४

निर्माण स्थलहरु

शरणार्थीहरू

१५

प्रवासी समुदायहरू (मौसमी, पेशागत, जस्तैः बनकरिया)

रोगको प्रकोप भएका समुदायहरू

१६

धार्मिक अल्पसंख्यक समुदाय

भौगोलिक रूपमा विकट क्षेत्रहरू

१७

जातीय अल्पसंख्यक समुदाय

शहरी क्षेत्रहरु (बजार क्षेत्र, अग्ला भवनहरु)

१८

शुकुम्बासी बस्तिहरु

अस्थायी बस्तीहरू

१९

अनाथालय

विशेष विद्यालयहरू (फरक क्षमता भएका बालबालिका)

२०

हेरचाह केन्द्रहरू

१०

एनजीओ÷निजी क्षेत्रबाट मात्रै खोप उपलब्ध गराउने क्षेत्रहरू

२१

विपद् जोखिम क्षेत्रहरू

११

धार्मिक विद्यालयहरू (संस्कृत, मदरसा, गुम्बा)

42 of 49

द्रुत सुलभ अनुगमन कहाँ गर्ने ?

Typhoid conjugate vaccination (TCV) campaign rapid convenience monitoring, Nepal

- Not receiving TCV in campaign

43 of 49

द्रुत सुलभ अनुगमन कहाँ गर्ने ?

Typhoid conjugate vaccination (TCV) campaign rapid convenience monitoring, Nepal

- Not receiving 2 dose of MR vaccine in routine

44 of 49

द्रुत सुलभ अनुगमन कसरी गर्ने ?

अनुगमन गर्ने तरिका

  • छनौट भएको टोल बस्तीका लक्षित उमेर समूहका व्यक्ति कम्तिमा १ जना भएको १५ वटा घरधुरीमा जाने
  • छनौट भएको बस्तीको कुनै एउटा घरबाट सुरु गर्ने
  • घना बस्ती र शहरी भेगमाः शुरु गरेको घरबाट प्रत्येक १ घर छोडेर अनुगमन गर्ने (पहिलो, तेस्रो र पांचौ ...)
  • पातलो बस्ति र दुर्गम ग्रामीण भेगमाः शुरु गरेको घरबाट क्रमशः अनुगमन गर्ने

45 of 49

घर–घरमा गएर गर्ने कार्यहरु

  • लक्षित उमेर समूहका व्यक्ति भए÷नभएको एकिन गर्ने
  • लक्षित उमेर समूहका व्यक्ति भएको घरमा मात्र अनुगमन फाराममा विवरण लेख्ने
  • खोप लगाएको भन्ने उत्तर दिएमा, खोप कार्ड हेर्ने
  • औलमा मार्कर मसीको चिन्ह हेर्ने
  • खोप नलगाएको भए, कारणबारे जानकारी लिने
  • कारणहरुको सूची अनुगमन फाराममा दिएको छ सो हेर्ने
  • कारणको क्रम संख्या उल्लेख गर्ने
  • ५ वर्ष मुनिका बालबालकाहरु मध्ये नियमित खोप लिन छुट भएको पाइएमा, अभिलेख राख्ने र छुट खोप लगाउन प्रोत्साहन गर्दै खोप लिने स्थान र मितिवारे जानकारी दिन

द्रुत सुलभ अनुगमन कसरी गर्ने ? ...

46 of 49

  • प्रत्येक खोप केन्द्रको लागि छुट्टा–छुट्टै ट्याली सिट प्रयोग गर्ने
  • ट्याली सिटमा महिला र पुरुष छुट्टिने गरी अभिलेख राख्ने
  • दादुरा–रुबेला खोपको ट्याली सिटः ९ महिना देखि ५ वर्षमुनिका बालबालिका र ५ वर्ष देखि १५ वर्ष मुनिका बालबालिकाको छुट्टिने गरी अभिलेख राख्ने
  • ट्याली सिटमा खोप लगाएका प्रत्येक व्यक्तिको लागि एउटा कोठामा (√)चिन्ह लगाउने
  • ट्याली सिटमा उल्लेख भएको सवै विवरण पूर्णरुपमा भर्नुपर्ने
  • खोप सेसन सम्पन्न भएपछि ट्याली सिटको विवरण खोप रजिष्टरसँग रुजु गरेर सो दिनमा नै सम्बन्धित स्वास्थ्य संस्थामा बुझाउने

अभिलेख तथा प्रतिवेदन

47 of 49

स्वास्थ्य संस्था

  • सबै खोप केन्द्रहरूको ट्याली सिटको प्रगति र द्रुत सुलभ अनुगमनको विवरण समायोजन गर्ने
  • प्रत्येक खोप केन्द्रको लक्ष्य र प्रगति छुट्टिने गरी प्रतिवेदन तयार गर्ने
  • सबै खोप केन्द्रहरुको एकमुष्ठ प्रतिवेदन ३ दिनभित्र स्थानीय तहमा पठाउने

स्थानीय तह

  • सबै स्वास्थ्य संस्था÷वडाहरूको प्रतिवेदन प्राप्त गरेपछि समायोजन गर्ने
  • समायोजन गरेको प्रतिवेदन ७ दिनभित्र स्वास्थ्य कार्यालयमा पठाउने

स्वास्थ्य कार्यालय

  • सबै स्थानीय तहको प्रगति प्रतिवेदन समायोजन गरेर स्थानीय तह अनुसार छुट्टिने गरी प्रतिवेदन तयार गर्ने
  • समायोजन गरेको प्रतिवेदन प्रदेश स्वास्थ्य निर्देशनालय र परिवार कल्याण महाशाखामा १५ दिनभित्र पठाउने

अभिलेख तथा प्रतिवेदन

48 of 49

बिगतको अभियान भन्दा यो अभियानमा के फरक छ?

  • नियमित खोप छुट बालबालिकालाई यसै अभियानको अवसरमा DPT-HepB-Hib, पि.सि.भि., आई.पि.भि खोप दिने
  • उच्च जोखिम क्षत्रमा (२ जिल्लाहरू) ९ महिना देखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिने
  • उच्च जोखिम समूह पहिचान गरी विशेष खोप सेसन संचालन गर्ने तयारी
  • सबै तहमा सुक्ष्मयोजना बनाएर एकै चरणमा खोप अभियान संचालनको तयारी
  • छुट बालबालिका खोज र खोप को मूल नाराका साथ छुट बालबालिका खोजेर खोप लगाउने; महिला सामुदायिक स्वास्थ्य स्वेमसेविकाको परिचालन
  • खोप अभियानको सफलतासंगै पूर्ण खोप देशको परीकल्पना

49 of 49

धन्यवाद

नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य सेवा विभाग

परिवार कल्याण महाशाखा