1 of 18

दक्षिण एशिया/ईएसईएपी सिकाई क्लिनिक: राम्रो काम गर्ने वातावरणमा विकिमिडियनहरूको रूपमा फस्टाउँदै

आफ्नो र आफ्नो समुदायको लागि स्वस्थ काम गर्ने वातावरण कायम राख्न तपाईं के गर्न सक्नुहुन्छ?

2 of 18

हामी जोडियौँ संस्कृि :

  • हामी जोडियौँ(Let’s Connect) एक सहकर्मी शिक्षा कार्यक्रम हो जुन एक संयुक्त समुदाय-फाउन्डेशनको पहलको रूपमा संचालित छ।

  • हामी यहाँ राम्रो समय बिताउन आएका छौं!

  • हामी मानिसहरूलाई सहज र आत्मविश्वासी महसुस गराउँछौं।

  • अनुभव जस्तोसुकै भए पनि हामीले जोकोहीबाट पनि केही न केही सिक्न सक्छौं।

सत्र रिकॉर्ड करने के लिए जेसिका को पुनःस्मरण

3 of 18

सन्दर्भ:

  • दक्षिण एशिया/ईएसईएपी धेरै साना भाषा समुदाय र प्रयोगकर्ता समूहहरू भएको क्षेत्र हो।

  • तिनीहरूमध्ये धेरै स्रोतहरूको अभाव (एच/डब्लु र कोष)

  • यस क्षेत्रका धेरै विकिमेडियनहरूले अंग्रेजी र आफ्नो मातृभाषामा योगदान गर्छन्।

सिकेका परिणामहरू:

  • स्वस्थ काम गर्ने वातावरण कायम राख्न व्यक्तिगत रणनीतिहरूको बारेमा जागरूकता

  • एफएसपि र यूसिओसि के हो र यी अनलाइन कहाँ फेला पार्न सकिन्छ भन्ने अन्तरदृष्टि।

  • विश्वव्यापी नीतिहरूलाई स्थानीय सन्दर्भसँग जोड्ने अन्तरदृष्टिहरू

आज हामी किन यहाँ छौं?

4 of 18

कार्यसूची

  • सामान्य परिचय (५ मिनेट)
  • परिचयात्मक सजिलो-संवाद(Ice-Breaker) (१० मिनेट)
  • ब्रेकआउट सत्र १ पछि परिचय तथा उनका प्रतिबिम्ब (reflections) को सत्र (४० मिनेट)
  • ब्रेकआउट सत्र २ पछि उनका प्रतिबिम्बको साथ निरन्तर सत्र (३० मिनेट)
  • वैश्विक कार्यक्रमकेा आधारले सर्वोत्तम प्रथाहरूको हेतु सल्लाह तथा उनका प्रतिबिम्ब (१५ मिनेट)
  • सहभागिहरूको प्रश्न (१० मिनेट)
  • समापन एवं प्रतिक्रियाहरू (१० मिनेट)

5 of 18

वक्ता

क्रिट्ज़ोलिना

क्रिस्टेल स्टीनबर्गर

विकिमिडिया कमन्सको माध्यमबाट बिस्वरूप गांगुलीद्वारा लिइएको तस्बिर CC BY-SA 3.0

सूत्रधार

जेसिका स्टीफेसन

विकिमिडिया फाउण्डेसन

Chinmayee Mishraचिन्मयी मिश्रा

लेट्स कनेक्ट कार्यदल

6 of 18

सहभागिताका लागि:

  • विकिमिडिया परियोजनाहरूमा तपाईंको कामको दौडान कुन सफलताको कथा तपाईंको लागि सबैभन्दा बढी खडा हुन्छ?

  • के त्यो सफलता हासिल गर्न भूमिका खेल्ने कोही ब्यक्ति वा विशेष गरी कुनै चीज थियो?

परिचयात्मक सहज-संवाद (Ice Breaker)

7 of 18

"सकारात्मक" कार्य वातावरणलाई ती कार्यस्थलहरूको रूपमा परिभाषित गर्न सकिन्छ जहाँ विश्वास, सहयोग, सुरक्षा, जोखिम लिने समर्थन, जवाफदेहीता र समानता छ। (मिशिगन यूनिभर्सिटी)

8 of 18

यस्ता विभिन्न क्षेत्रहरू छन् जहाँ विकिमिडियनहरूले योगदान गर्न सक्छन्:

१. आफ्नो सकारात्मक मनोवृत्ति र मानसिक अवस्था ल्याउनुहोस्।

२. UCoC र FSP जस्ता सहयोगसँग सम्बन्धित नीतिहरू जान्नुहोस् र पालन गर्नुहोस्।

३. अरूलाई यस्ता नीतिहरू बुझ्न र पालन गर्न मदत गर्नुहोस्.

४. यदि त्यस्ता नीतिहरू उल्लङ्घन भए कारबाही गर्नुहोस्

विकिमिडियनहरूले सकारात्मक कार्य वातावरण सिर्जना गर्न के गर्न सक्छन्?

9 of 18

प्रतिबिम्ब अभ्यास (Reflection exercise)

(१० मिनेट): पेडलेट लिंक

  • सकारात्मक मनोवृत्ति कायम राख्न तपाईंलाई कुन कुराले मदत गर्छ?

  • के कुनै भौतिकवादी कुराहरू, कुनै शौक, मानिसहरूबाट मदत माग्नु वा यी बाहेक अरू कुनै कुरा, तपाईंको लागि सकारात्मक वातावरण कायम राख्न उपयोगी भएको छ?

समूहबाट प्रतिबिम्बहरू साझेदारी गर्न १ प्रतिनिधि नियुक्त गर्नुहोस्।

10 of 18

विकिमिडिया फाउन्डेसन र प्रयोगकर्ता समूहहरूले विकिमिडियनहरूलाई नीतिहरू स्थापना गर्न र तिनीहरूलाई लागू गर्न सहयोग गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय नीतिहरू हुन्:��. विश्वव्यापी आचार संहिता (UCoC)

२. मैत्रीपूर्ण स्थलको नीति (FSP)

३. प्राविधिक स्थानका लागि आचार संहिता (CoC)

विकिमिडिया परियोजनाहरू संग जोडिएका संगठनहरूले सकारात्मक कार्य वातावरण सिर्जना गर्न के गर्छन्?

त्यहाँ विशेष स्थानहरूको लागि धेरै अन्तर्राष्ट्रिय नीतिहरू साथै शासनको लागि दिशानिर्देशनहरू छन्, जुन तपाईं संसाधन किटमा फेला पार्न सक्नुहुन्छ।

11 of 18

यति धेरै फरक नीतिहरू, के?

  • विभिन्न नीतिहरू विभिन्न स्थानहरूको लागि हुन्, यूसीओसी आधार हो जुन जताततै लागू हुन्छ।

  • तिनीहरू सबै समान चीजहरूको बारेमा कुरा गर्छन् - आन्दोलन यो सुनिश्चित गर्ने प्रक्रियामा छ कि तिनीहरू सबै यूसीओसीसँग संरक्षित छन्।

  • तपाईं आफ्नै स्थानीय नीतिहरू सिर्जना गर्न सक्नुहुनेछ, जबसम्म तिनीहरू यूसीओसीसँग संरक्षित हुन्छन्।

12 of 18

��. प्रोत्साहित व्यवहार: आदर, सहयोग, अरूलाई मदत गर्नु।

२. निरुत्साहित / वर्जित व्यवहार: उत्पीडन, भेदभाव, आक्रमण, यौन व्यवहार, गोपनीयता उल्लङ्घन।

३. यदि नीति उल्लङ्घन भएमा के गर्ने भन्ने बारेमा जानकारी।

सबैभन्दा महत्त्वपूर्ण सामान्य विषयहरू

13 of 18

ब्रेकआउट अभ्यास (Breakout exercise)

कोठाको छलफल सुरु (२० मिनेट):

  • के तपाईंको स्थानीय परियोजना र / वा सहयोगि सँग CoC छ र के यसले काम गर्ने उद्देश्यअनुसार काम गर्दछ?

  • के तपाईंलाई थाहा छ, यदि कुनै एक नीतिको उल्लङ्घन भएको छ भने के गर्ने?

समूहबाट प्रतिबिम्बहरू साझेदारी गर्न १ प्रतिनिधि नियुक्त गर्नुहोस्।

14 of 18

  • तपाईंले काम गर्ने परियोजनाहरूमा कसले नीतिहरू लागू गरिरहेको छ र तपाईंलाई आवश्यक पर्नुअघि मुद्दाहरू कहाँ रिपोर्ट गर्ने भनेर पत्ता लगाउनुहोस्।
  • आन्दोलन भित्र र बाहिर आफ्ना साथीहरूसँग कुरा गर्नुहोस्।
  • मदत माग्न नडराउनुहोस्।
  • आफ्नो मानसिक स्वास्थ्यको लागि मदत माग्ने बारे सोच्नुहोस्।
  • रिपोर्टको लक्ष्य अपराधीलाई सजाय होइन, तर पीडितको लागि सुरक्षा हो।
  • चेतावनी: प्रत्येक रिपोर्टले इच्छित परिणाम हरू ल्याउँदैन।
  • समुदायले सम्हाल्न नसक्ने UCoC को गम्भीर उल्लङ्घनको अवस्थामा, ca@wikimedia.org फाउन्डेसनलाई मद्दतको लागि सोध्नुहोस्।

UCoC वा अन्य नीतिहरूको उल्लङ्घनको अनुभव वा साक्षी व्यक्तिहरूको लागि सुझावहरू र स्रोतहरू।

15 of 18

सहभागिका प्रश्नहरू:

तिनीहरूलाई लेख्नको लागि यो लिंक को उपयोग गर्नुहोस् अथवा आफ्नो हात उठाउनुहोस् (हामी तपाईंलाई सुन्न मन पराउँछौं!)

16 of 18

हामी तपाईंको प्रतिक्रियाको कदर गर्दछौं।

आफ्नो विचार व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्।

17 of 18

सत्र पश्चात टुलकिट: संसाधन

  • अवस्थित स्रोतहरू पुनरावलोकन गर्नुहोस् (मार्गदर्शिका, टेम्प्लेट, निर्देशनहरू)

  • हराइरहेको कुनै पनि स्रोतहरू पहिचान गर्नुहोस् जुन उपलब्ध छैनन् र तपाईं चाहनुहुन्छ।

  • तपाईंसँग भएका स्रोतहरू साझेदारी गर्नुहोस्!

18 of 18

आउनुहोस्

जोडिन जारी राखौँ!

धन्यवाद !

नेपाली अनुवाद: जनक राज भट्ट (U:Janak Bhatta)