1 of 16

Nymat

Nepal

विद्यालयका विद्यार्थीहरुका लागी एन्टिमाइक्रोबियल प्रतिरोध (ए.एम.आर.) सम्बन्धी अभिमुखीकरण कार्यक्रम

2 of 16

ए.एम.आर. बारे जान्नुअघि तपाईंको विचार र अनुभवहरू सुनौ है त ?

    • तपाईं अथवा तपाईंको परिवारमा कोही बिरामी हुँदा कहाँ जानुहुन्छ?
    • के तपाईंले कहिलै औषधी सेवन गर्नुभएको छ?
    • तपाईंले कहिल्यै डाक्टर वा स्वास्थ्यकर्मीको सल्लाहबिना एन्टिबायोटिक औषधी लिएको अनुभव छ <
    • औषधी खाँदा, तपाईंले कहिलेकाहीँ डाक्टर वा स्वास्थ्यकर्मीले भनेजस्तो अन्तिम दिनसम्म औषधीको मात्रा पुरा नगरी छोड्नुभएको छ?
    • आफुलाई सन्चो भएको जस्तो लागेपछि औषधीको मात्रा पुरा गर्न आवश्यक छ कि छैन होला?

3 of 16

    • सूक्ष्मजीव र तिनका प्रकार
    • रोग र रोगका प्रकारहरू
    • एन्टिमाइक्रोबियल र जीवाणुहरु के हुन् ?
    • पहिले र अहिले को अवस्था
    • एन्टिमाइक्रोबियल प्रतिरोध भनेको के हो ?
    • एन्टिमाइक्रोबियल प्रतिरोध हुने कारणहरु के के हुन् ?
    • एन्टिमाइक्रोबियल प्रतिरोधका जोखिम/ नोक्सानी के के हुन् ?
    • एन्टिमाइक्रोबियल प्रतिरोध (Antimicrobial Resistance) को रोकथाम कसरी गर्ने ?

आजको हामी के सिक्नेछौं ?

4 of 16

नांगो आखाँले देख्न नसक्ने जीवहरुलाई सुक्ष्मजीव भनिन्छ । मुख्य गरी जिवाणु, विषाणुहरु अत्यन्त साना आकारका हुन्छन् र यन्त्रको सहायताबाट मात्र तिनीहरुलाई देख्न सकिन्छ ।

सामान्यता : जीवाणु(bacteria), भाईरस(virus), परजीवी(parasite) र ढुसी(fungus) लाई हामी सूक्ष्मजीव भन्दछौ ।

यिनीहरुमध्ये केहिले मानिस र पशुपन्छीहरु फाइदाजनक हुन्छन् भने केहि हानिकारक हुन्छन् र विभिन्न रोगहरु गराउँदछन् ।

सूक्ष्मजीवहरु(Microorganisms )

5 of 16

रोग भनेको शरीरको सामान्य काम

गर्ने तरिकामा हुने समस्या हो।

रोगका प्रकारहरू:

संक्रामक रोगहरू: ब्याक्टेरिया, भाइरस, फङ्गस वा परजीवीहरूले

गर्दा लाग्ने रोग। उदाहरण: रुघा, ज्वरो, क्षयरोग

नसर्ने रोगहरू: यी रोगहरु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैनन्।

उदाहरण: मुटुका रोग, मधुमेह, क्यान्सर

कीटजन्य रोगहरू: लामखुट्टे जस्ता कीराले टोकेर सर्ने रोग।

उदाहरण: डेंगु, मलेरिया

6 of 16

एन्टिमाइक्रोबियल त्यस्तो औषधीहरुको समूह हो जसले किटाणुका कारण लाग्ने रोगको रोकथाम तथा उपचार गर्छ।

•एन्टिमाइक्रोबियल औषधी सूक्ष्मजीवहरूलाई नाश गर्ने वा फैलिने क्रमलाई सुस्त पार्छ

•एन्टिमाइक्रोबियल औषधीहरु जुन किटाणु समूह विरुद्द प्रयोग हुन्छ त्यहि अनुसार नाम पनि फरकफरक छन्

•जीवाणु विरुद्द काम गर्ने : एन्टीबायोटिक

•भाईरस विरुद्द काम गर्ने : एन्टीभाईरल

•परजीवी विरुद्द काम गर्ने : एन्टीपारासाईट

•ढुसी विरुद्द काम गर्ने : एन्टीफंगल

एन्टिमाइक्रोबियल भनेको के हो ?

7 of 16

•तसर्थ दक्ष स्वास्थ्यकर्मीले रोगको कारण पत्ता लगाई बिरामी हुँदा किटाणुको प्रकार अनुसार उपयुक्त प्रतिजैविक औषधी आवश्यक छ वा छैन भनि सुझाव दिन सक्दछन्।

•सबै अवस्थामा प्रतिजैविक औषधी नचाहिन पनि सक्छ ।

8 of 16

एक समय थियो, जब सामान्य रोगहरू जस्तै निमोनिया वा साना घाउहरू सजिलै निको हुन्थे। हामीले औषधी खाएपछि छिट्टै ठीक हुन्थ्यौं।

klxn]

clxn]

alnof] k|lth}ljs cf}ifwL

cf}ifwL k|lt/f]lw z'IdhLj

तर, अचेल सामान्य जस्तो लाग्ने रोगहरू निको हुन निकै गाह्रो भइरहेको छ। औषधिले काम गर्न छाडेको छ। यसले गर्दा रोग लामो समयसम्म रहन्छ, निको हुन धेरै समय लाग्छ, र कहिलेकाहीँ त ज्यानै जान सक्छ।

हामीले औषधीको दुरुपयोग गरिरहेका छौं त्यसैले भइरहेको छ।

JofS6]l/of

JofS6]l/of

cf}ifwL

cf}ifwL

9 of 16

एन्टिमाइक्रोबियल प्रतिरोध भनेको पहिले कुनै किटाणु, जीवाणु वा परजीवी बिरुद्ध काम गरिरहेको (अर्थात त्यसलाई मार्न सफल) औषधीहरु क्रमश त्यस बिरुद्ध प्रभावहीन हुँदै जाने अवस्था हो ।

एन्टिमाइक्रोबियल प्रतिरोध भनेको के हो ?

cf}ifwL k|lt/f]lw z'IdhLj

10 of 16

१. एन्टिमाइक्रोबियल औषधी स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी प्रयोग गर्नु

२. स्वास्थ्यकर्मीले तोकेको समय र मात्रामा एन्टिमाइक्रोबियल औषधी नखानु

३. अरुको देखासिकी गरेर एन्टिमाइक्रोबियल औषधि खानु

४. सरसफाई नगर्नु

५. आवश्यक खोपहरू नलगाउनु

६. जनावरहरुमा अनावश्यक एन्टिबायोटिकको प्रयोग

एन्टिमाइक्रोबियल प्रतिरोध (Antimicrobial Resistance)

हुनुका कारणहरु के के हुन् ?

11 of 16

१. बिरामी हुँदा औषधीहरुको बिकल्प कम हुन्छ

२. रोगको गम्भीरता बढ्छ

३. स्वास्थ्य उपचारमा खर्च बढ्छ

४. अस्पतालमा बिरामीहरुको चाप बढ्छ

५. उपचारको लागि अस्पतालको बसाइ लामो हुन्छ

६. विद्यालय वा काममा जान सकिदैन

एन्टिमाइक्रोबियल प्रतिरोधका जोखिम/ नोक्सानी के के हुन् ?

12 of 16

    • औषधी सेवन गरेको केहि दिनमा आफुलाई राम्रो भएको महसुस भएतापनि डाक्टर को परामर्श अनुसार

एन्टिबायोटिकको पुरा मात्रा प्रयोग गर्ने।

    • आफुले लिनुपर्ने खोप नियमित लिने।
    • व्यक्तिगत र वातावरणीय सरसफाईमा

विशेष ध्यान दिने।

    • नियमित रूपले साबुन पानीले हाथमुख धुने।
    • पौष्टिक खानेकुरा खाने, व्यायाम गर्ने र स्वस्थ्य जिवनशैली पालना गर्ने ।

एन्टिमाइक्रोबियल प्रतिरोध (Antimicrobial Resistance) को रोकथाम कसरी गर्ने ?

के गर्ने ?

के नगर्ने ?

    • डाक्टर को परामर्श बिना एन्टिबायोटिक

प्रयोग नगर्ने।

    • डाक्टरलाई एन्टिबायोटिक लेखिदिन

सिफरिश नगर्ने।

    • आँफुखुशी व्यथा कम भयो भनेर

एन्टिबायोटिक खान नछोड्ने।

    • एन्टिबायोटिक बाँडेर नखाने।
    • पशुपालन तथा कृषिमा एन्टिबायोटिकको अनावश्यक प्रयोग नगर्ने।

13 of 16

k5fl8 x'g] o:tf] /ftf] wsf{n] PlG6afof]l6sx¿sf] klxrfg ug{ ;lsG5 .

o:tf] cf}iflwx¿ :jf:YosdL{ / lrlsT;ssf] k'hL{ lagf lsga]r ug'{ x'b}g .

PlG6afof]l6sx¿ cfjZos cf}iflwx¿ x'Gf\ . ltgLx¿n] AofS6]l/ofaf6 x'g] ;+qmd0fsf] pkrf/ u/]/ k|To]s jif{ nfvf}+ dflg;x¿sf] hLjg arfpF5g\ .

oBlk, ltgLx¿sf] af/Daf/ b'?kof]u / cTolws k|of]u ug]{ ul/Psf] kfOG5 .

14 of 16

आज के के नयाँ कुराहरु सिक्नुभयो ?

15 of 16

मेरो बाचा ! आजको सिकाई आफुले व्यवहारमा उतार्ने र घरका सदस्यलाई बुझाउने ।

16 of 16

धन्यवाद !