1 of 35

एच.पि.भी. खोप अभियान २०८१विद्यालयहरूको प्रतिनिधी सहित वडास्तरीय बैठक

2 of 35

पाठेघरको मुखको क्यान्सर र रोकथामका उपायहरू

राष्ट्रिय खोप कार्यक्रम

3 of 35

नेपालमा पाठेघरको मुखको क्यान्सरको अवस्था

  • नेपालमा पाठेघरको मुखको क्यान्सरबाट प्रत्येक दिन ४ जना महिलाहरूको मृत्यु हुन्छ ।
  • नेपालमा विभिन्न क्यान्सरहरूको कारणबाट महिलाहरूको मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ ।

राष्ट्रिय खोप कार्यक्रम

4 of 35

पाठेघरको मुखको क्यान्सर

  • पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्यूमन प्यापिलोमा भाइरसबाट संक्रमण हुनु हो ।
  • यो भाइरसलाई एच.पि.भी. भाइरस भनिन्छ ।
  • एच.पि.भी. भाइरसबाट संक्रमित व्यक्तिसंग यौन सम्पर्कबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।
  • एच.पि.भी. भाइरसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म यो संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुनसक्छ ।

राष्ट्रिय खोप कार्यक्रम

5 of 35

पाठेघरको मुखको क्यान्सरका लक्षण, चिन्हहरू

  • एच.पि.भी. संक्रमण भएको शुरुको अवस्थामा कुनै लक्षण, चिन्हहरू देखिदैनन् ।
  • पाठेघरको मुखको क्यान्सर भयो भने निम्न लक्षण, चिन्हहरू देखिन्छन् :
    • यौन सम्पर्कपछि योनीबाट रगत आउने ।
    • तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने ।
    • योनीबाट अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने ।
    • रक्तअल्पता हुने, कमजोर महसुस हुने ।

राष्ट्रिय खोप कार्यक्रम

6 of 35

प्राथमिक तहको रोकथाम

१० देखि १४ वर्षसम्म उमेरका किशोरीहरूले एच.पि.भी. खोप लगाउने

द्वितीय तहको रोकथाम

३० वर्षभन्दा माथीको उमेरका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गराउने

तृतीय तहको रोकथाम

पाठेघरको मुखको क्यान्सर रोग निदान भएका महिलाहरूले उपचार गराउने

नेपालमा अपनाइने

पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने उपायहरू

राष्ट्रिय खोप कार्यक्रम

7 of 35

नेपालमा एच.पि.भी. खोप सेवा सञ्चालन

  • करिब नौ वर्ष अगाडि चितवन र कास्की जिल्लामा एच.पि.भी. खोप सेवा सञ्चालन गरिएको थियो ।
  • त्यसबेला कक्षा ६ का छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर एच.पि.भी. खोप ६ महिनाको फरकमा दुई मात्रा एच.पि.भी. खोप दिइएको थियो ।
  • चितवन र कास्की जिल्लाका ती किशोरीहरू मध्ये प्राय:जसो सबैले एच.पि.भी. खोपको दुबै मात्रा लगाएका थिए ।

एच.पि.भी. खोप सेवा देशभरी विस्तार गर्ने योजना रहेको थियो तर विश्व बजारमा यो खोप पर्याप्त परिमाणमा उपलब्ध नभएको र कोभिड–१९ महामारीले गर्दा विस्तार हुन सकेको थिएन।

राष्ट्रिय खोप कार्यक्रम

8 of 35

नेपालमा एच.पि.भी. खोप सेवा सञ्चालन ...

  • गत वर्ष सातै प्रदेशका १/१ वटा अस्पतालबाट १४ वर्ष उमेरका करिब १० हजार किशोरीहरूलाई ६-६ महिनाको फरकमा दुई मात्रा एच.पि.भी. खोप दिइएको थियो।

लक्षित उमेर समूहका अधिकांश किशोरीहरू विद्यालयमा अध्ययन गर्ने हुँदा एच.पि.भी. खोप सेवा विद्यालयमा आधारित खोप केन्द्रबाट दिनु बढी प्रभावकारी देखिएको छ

राष्ट्रिय खोप कार्यक्रम

9 of 35

औचित्य ...

पाठेघरको मुखको क्यान्सर निवारण गर्ने विश्वव्यापी रणनीतिलाई अवलम्बन गर्दै राष्ट्रिय खोप सल्लाहकार समितिले राष्ट्रिय खोप तालिकामा एच.पि.भी. खोप समावेश गर्न सिफारिस गरेको र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त सिफारिस कार्यान्वयन गर्न निर्णय गरेको

राष्ट्रिय खोप कार्यक्रम

10 of 35

एच.पि.भी. खोप अभियान २०८१ सञ्चालन कार्यनीति

राष्ट्रिय खोप कार्यक्रम

11 of 35

लक्षित समूह

एच.पि.भी. खोप अभियानको लक्षित समूह विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरू हुन ।

अभिलेख तथा प्रतिवेदनको सन्दर्भमा, लक्षित समूहको वर्गिकरण

    • नियमित एच.पि.भी. खोप सेवाको लक्षित समूह विद्यालयमा अध्ययन गर्ने कक्षा ६ का छात्राहरू र विद्यालय नजाने १० वर्षका किशोरीहरू हुन ।
    • अभियानको रूपमा दिइने एच.पि.भी. खोप सेवाको लक्षित समूह विद्यालयमा अध्ययन गर्ने कक्षा ७ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरसम्मका किशोरीहरू हुन ।

राष्ट्रिय खोप कार्यक्रम

12 of 35

लक्षित संख्या निर्धारण गर्ने आधार र तरिका

    • स्वास्थ्य संस्थाबाट हरेक विद्यालयमा गएर कक्षा ६ देखि १० सम्मका छात्राहरूको नामावली संकलन गर्ने ।
    • विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूको नामावली स्वास्थ्य संस्थाले संकलन गर्ने वा जम्मा संख्या अनुमान गर्ने । यो कार्य महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू र स्थानीय तहसँग समन्वय गरेर गर्ने ।

राष्ट्रिय खोप कार्यक्रम

13 of 35

एच.पि.भी. खोप सेवा सञ्चालन गर्ने कार्यनीति

    • स्वास्थ्य संस्थाले विद्यालयसँग समन्वय गरेर खोप केन्द्र सञ्चालनको मिति र समय निश्चित गर्ने
    • ती हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर कक्षा ६ देखि १० सम्मका सबै छात्राहरूलाई एच.पि.भी. खोप दिने
    • विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरू र छुट भएका कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट एच.पि.भी. खोप दिने
    • विद्यालय नभएका गाउँ, टोल र पिछडिएका वर्ग÷समुदायको पहुँचको लागि थप खोप केन्द्रबाट एच.पि.भी. खोप अभियान सञ्चालन हुने महिनामा एच.पि.भी. खोप दिने व्यवस्था गर्ने ।

राष्ट्रिय खोप कार्यक्रम

14 of 35

एच.पि.भी. खोप अभियान सञ्चालन कार्यनीति ...

राष्ट्रिय खोप कार्यक्रम

15 of 35

गोष्ठि तथा बैठकहरू

प्रदेश तह

जिल्ला तह

स्थानीय तह

  • अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठि : २ दिन
  • अभिमुखीकरण तथा बहस पैरवी बैठक : १ दिन

  • अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठि : २ दिन
  • अभिमुखीकरण तथा बहस पैरवी बैठक : १ दिन
    • स्वास्थ्यकर्मीहरूको लागि अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठि : १ दिन
    • अभिमुखीकरण तथा बहस पैरवी बैठक : १ दिन
    • म.सा.स्वा.से. र अन्य स्वयंसेवकहरूको अभिमुखीकरण गोष्ठि : १ दिन
    • स्थानीय तहको वडा अध्यक्ष वा प्रतिनिधी, विद्यालय नर्स वा शिक्षक प्रतिनिधी र स्थानीय स्वास्थ्य संस्था प्रमुखको बैठक : १ दिन

राष्ट्रिय खोप कार्यक्रम

16 of 35

अभिलेख राख्न एच.पि.भी. खोप अभियान रजिष्टर

राष्ट्रिय खोप कार्यक्रम

17 of 35

खोप लगाएका छात्रा/किशोरीलाई अभियान खोप कार्ड दिने

राष्ट्रिय खोप कार्यक्रम

18 of 35

एच.पि.भी. खोप अभियान २०८१ सञ्चालन मिति

    • २०८१ माघ २२ देखि फाल्गुण ०६ गतेसम्म देशभरी एकै पटक सञ्चालन गर्ने
    • माघ २२ गते -४ फेब्रुअरी २०२५_ विश्व "क्यान्सर दिवस" का दिन सुरूवात

राष्ट्रिय खोप कार्यक्रम

19 of 35

खोप सेसन सञ्चालनको रूपरेखा र �खोपदिने स्वास्थ्यकर्मी र स्वयंसेवककोहरूको कार्य विभाजन

पहिलो स्वयंसेवक (म.सा.स्वा.से.)

  • लाइन मिलाउने ।
  • ए.ई.एफ.आई. निगरानी गर्ने र उपचार तथा व्यवस्थापनमा सहयोग गर्ने।
  • खोप केन्द्र व्यवस्थापनमा आईपर्ने अन्य कार्य गर्ने ।

दोश्रो स्वयंसेवक (विद्यालय नर्स वा शिक्षिका)

  • लक्षित समूहभित्रको भए नभएको निश्चित गर्ने ।
  • एच.पि.भी. खोप अभियान रजिष्टरमा अभिलेख राख्ने ।
  • खोप लगाएका र नलगाएका छुट्टिने गरी कक्षाको हाजिरी रजिष्टरमा सम्बन्धित छात्राहको नाममा चिन्ह लगाउने र खोप नलगाएका छात्राहरूको सूचि तयार गर्ने ।
  • अभियान खोप कार्ड भरेर दिने र एच.पि.भी. खोप अभियानको पर्चा पनि दिने

खोपदिने स्वास्थ्यकर्मी

  • खोप कार्ड रुजु गर्ने र कुनै विवरण छुट भएमा पूरा गर्ने ।
  • एच.पि.भी. खोप लगाउन नहुने अवस्था छ कि छैन निश्चित गर्ने
  • एच.पि.भी. खोप दिने ।
  • ए.ई.एफ.आई.वारे जानकारी गराउने र निगरानी गर्ने ।
  • ट्रयाली सिट भर्ने ।

प्रवेश

ए.ई.एफ.आई.को निगरानी कक्ष

बाहिर

राष्ट्रिय खोप कार्यक्रम

20 of 35

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका

  • आ-आफ्नो गाउँ-टोल, कार्यक्षेत्रका विद्यालय नजाने १० देखि १४ वर्षका किशोरीहरूको नामावली संकलन गर्न, ती किशोरीहरूको संख्या अनुमान गर्नमा स्थानीय स्वास्थ्य संस्थालाई सहयोग गर्ने ।
  • यही माघ २२ देखि फागुन ०६ गतेसम्म सञ्चालन हुने एच.पि.भि. खोप अभियानमा एच.पि.भी. खोप लगाउन छुटेका विद्यालयमा अध्ययन गर्ने कक्षा १० देखि १४ का छात्राहरूविद्यालय नजाने १० देखि १४ वर्षका किशोरीहरूलाई नजिकैको स्वास्थ्य संस्थामा गएर एच.पि.भि. खोप लगाउन उत्प्रेरित गर्ने ।
  • पाठेघरको मुखको क्यान्सर, यो रोग विरूद्धको एच.पि.भी. खोप र पाठेघरको मुखको परीक्षण बारे समुदायमा जनचेतना अभिबृद्धि गर्ने ।

राष्ट्रिय खोप कार्यक्रम

21 of 35

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका ...

  • खोप केन्द्रमा खटिने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले
    • छात्रा/किशोरीहरूलाई पालै-पालो गरेर खोप लगाउनको लागि लाइनमा बस्ने व्यवस्था मिलाउने,
    • विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरूलाई छुट्टा-छुट्टै लाइनमा बस्न लगाउने,
    • खोप लगाएपछि हुनसक्ने ए.ई.एफ.आई. निगरानीको लागि आधा घण्टासम्म खोप केन्द्रमा बस्ने व्यवस्था गर्ने र सो कुरा खोप लगाउने छात्रा÷किशोरीहरूलाई बताउने,
    • ए.ई.एफ.आई. निगरानीको लागि बसेका छात्रा÷किशोरीहरूलाई निगरानी गर्ने र ए.ई.एफ.आई. भएमा खोपदिने स्वास्थ्यकर्मीलाई तुरुन्त खबर गर्ने र विरामीको उपचार÷व्यवस्थापनमा खोपदिने स्वास्थ्यकर्मीलाई सहयोग गर्ने, र
    • दोस्रो स्वयंसेवकको काममा सहयोग तथा खोप केन्द्र व्यवस्थापनमा आईपर्ने अन्य काम गर्ने ।

राष्ट्रिय खोप कार्यक्रम

22 of 35

विद्यालय नर्स, शिक्षक-शिक्षिकाहरूको भूमिका

  • कक्षा ६ देखि १० सम्मका हरेक कक्षामा गएर पाठेघरको मुखको क्यान्सर र यो रोग विरूद्धको एच.पि.भी. खोपको वारेमा विद्यार्थीहरूलाई शिक्षामूलक सन्देश दिएर ती कक्षाका छात्राहरूलाई एच.पि.भी. खोप लगाउन अभिप्रेरित गर्ने ।
  • ती विद्यार्थीहरू मार्फत घरपरिवार एवं समुदायमा पाठेघरको मुखको क्यान्सर र यो रोग विरूद्धको एच.पि.भी. खोपको वारेमा जनचेतना अभिवृद्धि गर्न लगाउने ।
  • यही माघ २२ देखि फागुन ०६ गतेको अविधिमा आफ्नो विद्यालयमा खोप केन्द्र सञ्चालन गर्ने मिति र समय निश्चित गर्ने ।
  • आफ्नो विद्यालयमा खोप केन्द्र सञ्चालन हुने दिनमा कक्षा ६ देखि १० सम्मका हरेक छात्रा विद्यालयमा उपस्थित हुने व्यवस्था मिलाउने ।
  • विद्यालयमा खोप केन्द्र सञ्चालन गर्न उपयुक्त स्थानको व्यवस्था गर्ने र खोप टोलीलाई सहयोग गर्ने।

राष्ट्रिय खोप कार्यक्रम

23 of 35

खोप केन्द्रमा खटिने विद्यालय नर्स, शिक्षक-शिक्षिकाको भूमिका ...

  • एच.पि.भी. खोप लगाउने हरेक छात्रा÷किशोरी लक्षित समूहभित्र भए नभएको कुरा निश्चित गर्ने,
  • लक्षित समूहभित्रको छात्रा÷किशोरी भएको निश्चित भएपछि तिनीहरूको विवरण एच.पि.भी. खोप अभियान रजिष्टरमा अभिलेख राख्ने,
  • कक्षाको हाजिरी रजिष्टरमा हरेक छात्राको नामको लाइनको अगाडि वा अन्त्यमा एच.पि.भी. खोप लगाएको भए चिन्ह लगाउने र नलगाएको 🗴 चिन्ह लगाउने,
  • अभियान खोप कार्डमा खोप लिने छात्राको विवरण लेखेर सम्बन्धित छात्रालाई दिने र खोप कार्ड सुरक्षित राख्न भन्ने, र
  • अभियान खोप कार्डसँगै एच.पि.भी. खोप अभियानवारे बारम्बार सोधिने प्रश्नहरूको पर्चा पनि दिने र सो पर्चामा लेखेको कुराहरू पढ्न भनी एच.पि.भी. खोप अभियानवारे घरपरिवारमा जानकारी गर्न लगाउने

राष्ट्रिय खोप कार्यक्रम

24 of 35

एच.पि.भी. खोप अभियानमा �बहस पैरवी, प्रचार प्रसार र सामाजिक परिचालन

राष्ट्रिय खोप कार्यक्रम

25 of 35

बहस पैरवी, प्रचार-प्रसार तथा सामाजिक परिचालन

सूचना सामग्री उत्पादन

सूचना सामग्री प्रकाशन प्रसारण

लक्षित किशोरीहरुसम्म पुग्न सँघ संस्था पहिचान तथा पैरवी वैठक

सामाजिक परिचालन

भ्रम, गलत सूचना, अनुगमन तथा आवश्यक कार्वाही

राष्ट्रिय खोप कार्यक्रम

26 of 35

बारम्बार सोधिने प्रश्नहरु

राष्ट्रिय खोप कार्यक्रम

27 of 35

गलत सूचना, भ्रम,

मिथ्याबारे आधिकारीक निकायसँग

सही उत्तर खोज्ने ।

राष्ट्रिय खोप कार्यक्रम

28 of 35

एच=पि=भी= खोप तथा खोप अभियानबारे थप जानकारी चाहिएमा

राष्ट्रिय खोप कार्यक्रम

29 of 35

नियमित एच.पि.भी. खोप सेवा सञ्चालन कार्यनीति

आगामी वर्ष देखि

राष्ट्रिय खोप कार्यक्रम

30 of 35

नियमित एच.पि.भी. खोप सेवाको लक्षित समूह र लक्षित संख्या निर्धारण

  • लक्षित समूह विद्यालयमा अध्ययन गर्ने कक्षा ६ का छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू हुन ।
  • स्वास्थ्य संस्थाबाट हरेक विद्यालयमा गएर कक्षा ६ का छात्राहरूको नामावली संकलन गर्ने ।
  • स्वास्थ्य संस्थाले विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूको नामावली संकलन गर्ने वा संख्या अनुमान गर्ने । यो कार्य स्वास्थ्य संस्थाले स्थानीय तह र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकासंग समन्वयमा गर्ने ।

राष्ट्रिय खोप कार्यक्रम

31 of 35

एच.पि.भी. खोप सञ्चालन कार्यनीति

आगामी वर्ष देखि एच.पि.भी. खोप नियमित खोपको रुपमा विद्यालय जाने कक्षा ६ का छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरकी किशोरीहरूलाई दिइनेछ ।

राष्ट्रिय खोप कार्यक्रम

32 of 35

नियमित एच.पि.भी. खोप सेवा कार्य सञ्चालन प्रक्रिया

  • स्वास्थ्य संस्थाले विद्यालयसँग समन्वय गरेर एच.पि.भी. खोप सेवा सञ्चालन गर्ने मिति र समय निश्चित गर्ने ।
  • तोकिएका हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर कक्षा ६ का सबै छात्राहरूलाई एच.पि.भी. खोप दिने ।
  • विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू र छुट भएका कक्षा ६ का छात्राहरूलाई एच.पि.भी. खोप दिने
  • एच.पि.भी. खोप सेवा सञ्चालन हुने महिना : हरेक वर्ष फागुन महिना

राष्ट्रिय खोप कार्यक्रम

33 of 35

स्थानीय तहका वडा स्तरीय पदाधिकारीहरूको भूमिका

  • आ-आफ्नो गाउँ-टोल, कार्यक्षेत्रका विद्यालय नजाने १० देखि १४ वर्षका किशोरीहरूको नामावली संकलन गर्न, ती किशोरीहरूको संख्या अनुमान गर्नमा स्थानीय स्वास्थ्य संस्थालाई सहयोग गर्ने ।
  • यही माघ २२ देखि फागुन ०६ गतेसम्म सञ्चालन हुने एच.पि.भि. खोप अभियानमा एच.पि.भी. खोप लगाउन छुटेका विद्यालयमा अध्ययन गर्ने कक्षा १० देखि १४ का छात्राहरूविद्यालय नजाने १० देखि १४ वर्षका किशोरीहरूलाई नजिकैको स्वास्थ्य संस्थामा गएर एच.पि.भि. खोप लगाउन उत्प्रेरित गर्ने ।
  • पाठेघरको मुखको क्यान्सर, यो रोग विरूद्धको एच.पि.भी. खोप र पाठेघरको मुखको परीक्षण बारे समुदायमा जनचेतना अभिबृद्धि गर्ने ।

राष्ट्रिय खोप कार्यक्रम

34 of 35

विद्यालयको भूमिका

  • खोप सम्बन्धी कार्यहरूको लागि विद्यालय नर्स वा स्वास्थ्य शिक्षा विषयको शिक्षिका वा शिक्षकलाई सम्पर्क व्यक्तिको रूपमा तोक्ने ।
  • स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा एच.पि.भी. खोप सेवा सञ्चालन गर्ने मिति र समय निर्धारण गर्ने, सो दिन विद्यालयमा खोप केन्द्र सञ्चालन गर्ने कोठा र फर्निचरको व्यवस्था गर्ने ।
  • विद्यालयमा खोप केन्द्र सञ्चालनमा सम्पर्क व्यक्तिलाई स्वयंसेवकको रूपमा खटाएर खोप टोलीलाई सहयोग गर्ने र एच.पि.भी. खोपको लागि तोकिएका लक्षित कक्षाका छात्राहरू सबैले एच.पि.भी. खोप लगाएको सुनिश्चित गर्ने ।
  • आ.व. २०८२/८३ देखि हरेक वर्ष सञ्चालन हुने नियमित एच.पि.भी. खोप सेवाको लागि कक्षा ६ मा अध्ययन गर्ने छात्राहरूको सूची तयार गरेर स्थानीय स्वास्थ्य संस्थालाई उपलब्ध गराउने
  • खोप ऐन, २०७२ को दफा ३३ मा भएको प्रावधान अनुसार, विद्यालयमा भर्ना हुँदा पाँचवर्ष मुनिका हरेक विद्यार्थीको खोप कार्ड हेरेर निजले नियमित खोपका सबै मात्राहरू लगाए नलगाएको अभिलेख राख्ने र सो विवरण स्थानीय स्वास्थ्य संस्थालाई उपलब्ध गराउने

राष्ट्रिय खोप कार्यक्रम

35 of 35

प्रश्न ? जिज्ञासा ?