सिटिइभिटी र मेचीनगर नगरपालिकाको साझेदारीमा धुलाबारी क्याम्पसमा सञ्चालित मेचीनगर पोलिटेक्निकल इन्स्टिच्युट मेचीनगर–१०,धुलाबारी, झापा प्रदेश नं १
मेचीनगर पोलिटेक्निकल इन्स्टिच्युट सिटिइभिटी र मेचीनगर नगरपालिकाको साझेदारीमा धुलाबारी क्याम्पसमा सञ्चालित संस्था हो । यस क्षेत्रमा प्राविधिक शिक्षाको उच्च तहको अध्ययनको आवश्यकतालाई मध्य नजर गरी न्यूनतम शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन लिई आर्किटेक्चर इन्जिनियरिङ (Architecture Engineering),
सिभिल इन्जिनियरिङ (Civil Engineering ) र सूचना प्रविधि (Information Technology-IT) का ३ वर्षे डिप्लोमा तहका २ वटा कार्यक्रम सञ्चालन हुनेछन् । यी दुबै कार्यक्रममा ४८/४८ जना विद्यार्थी कोटा रहेको छ । मेचीनगर नगरपालिकाभित्र प्राविधिक शिक्षाका प्राविधिक एस्.एल्.सी. तहका कार्यक्रम मात्रै सञ्चालन रहेकोमा मेचीनगर पोलिटेक्निकल इन्स्टिच्युटको स्थापनाले डिप्लोमा तह अध्ययन गर्ने अवसर प्राप्त भएको छ । आवेदन फारम भदौ २६ गतेबाट खुलेको र असोज १४ गते अन्तिम म्याद रहेकाले समयमै फारम भर्न जानकारी गराइन्छ ।
प्रत्येक कार्यक्रमका लागि कार्यक्रम अवधिभर एकमुष्ट शुल्क रू १,९०,००० (एक लाख नब्बे हजार) निर्धारण गरिएको छ । प्रथम चरणमा भर्ना शुल्क रु ४०,००० (चालीस हजार) र पहिलो सेमेस्टर शुल्क २५,००० (पच्चीस हजार) गरी जम्मा रु ६५,००० (पैँसट्ठी हजार) जम्मा गर्नु पर्नेछ । त्यसपछि क्रमिकरूपमा प्रत्येक सेमेस्टरमा रू २५,००० (पच्चीस हजार) का दरले जम्मा गर्नुपर्ने छ ।
सम्पर्क :
होमनाथ भण्डारी, प्रमुख व्यवस्थापक ९८५२६७९७४५
पुष्पराज पौडेल, प्रमुख प्रशासक ९८५२६७२७२१
इ. रूद्र मैनाली, प्रिन्सिपल / कार्यक्रम संयोजक ९८५२६७४६०४
कार्यालय सम्पर्क नम्बर : ०२३५६१६२६ 9814099112,9808870990
email:
mechinagarpolytech@gmail.com* (स्टार) चिह्न लागेका स्थान अनिवार्य भर्नुपर्नेछ । यो फारम भरेका विद्यार्थीहरूलाई इन्स्टिच्युटले सम्पर्क गरी प्रवेश परीक्षाका लागि फारम भराउने छ । यो फारम भरिसकेपछि अन्तिममा रहेको SUBMIT मा Click गर्नुहोस् ।