नमस्ते !
म विनोद चौधरी। नेपाली कांग्रेसको तर्फबाट नवलपरासी (ब.सु.प.) क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार।
एक उद्यमी भएको नाताले मलाई थाहा छ, कुनै पनि ठूलो योजना सफल बनाउन सहि व्यवस्थापन र सबैको सहकार्यको आवश्यकता पर्दछ।
त्यसैले, चुनावी संकल्पपत्र बन्द कोठामा बसेर होइन, तपाईंहरूको माझमा आएर लेख्न चाहन्छु। बर्दघाटको सडकदेखि सुस्ताको पुलसम्म, गण्डकको नहरदेखि दाउन्नेको फेदीसम्म, किसानको खेतदेखि बजारसम्म, गुणस्तरीय शिक्षादेखि युवा रोजगारीसम्म, जेन-जीदेखि जेन-एक्ससम्म, तपाईंको प्राथमिकता नै मेरो पहिलो काम हुनेछ।
कृपया २ मिनेट समय निकालेर यो फारम भरिदिनुहोला। तपाईंहरुको सल्लाहले नै हाम्रो विजय यात्रा तय गर्नेछ।
आउनुहोस्, यो यात्रा सँगै तय गरौँ।
जय नेपाल !