एशिया प्रशान्त क्षेत्रका विद्यालयहरूमा जीवन्त सम्पदाहरूको प्रयोग गरी गरिने शिक्षण तथा सिकाई सम्बन्धी विद्यालय सर्वेक्षण
जीवन्त सम्पदाले साँस्कृतिक अभ्यासहरू तथा ज्ञानलाई समेट्दछ जो समुदायका लागि अर्थपूर्ण हुन्छन्, जो उनीहरूको पहिचानको हिस्सा हुन्छन् र जसलाई उनीहरूले निरन्तर रूपमा भावी पुस्तामा हस्तान्तरण गर्न चाहन्छन् । संगीत एवं नृत्य‚ चाडपर्व एवं संस्कार‚ हस्तकला सामाग्री बनाउनु वा कृषि सम्बन्धी ज्ञान − जीवन्त सम्पदाका थुप्रै प्रकारहरू मध्ये यी केही हुन् । जीवन्त सम्पदा हाम्रो वरिपरि जहाँतहिँ छ ।

एशिया र प्रशान्त क्षेत्रका धेरै विद्यालयहरूमा सिकाईलाई विद्यार्थीहरूको वास्तविकतासँग अझ बढी सम्बन्धित बनाउन शिक्षकहरूले आफ्नो शिक्षणलाई जीवन्त सम्पदासँग जोड्दछन् । जीवन्त सम्पदालाई विद्यालयमा धेरै प्रकारले प्रयोग गर्न सकिन्छ । जीवन्त सम्पदालाई एउटा विषयका रूपमा पढाउन सकिन्छ; उदाहरणका लागि, विद्यार्थीहरूले परम्परागत संगीत, स्थानीय नृत्य वा कढाई कला सिक्छन् । यसलाई सिकाई प्रक्रियामा सहयोग पुर्याउन पनि प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि, ज्यामितीको अभ्यास गर्न विद्यार्थीहरूले बुनाई कला पढ्छन् वा आफ्नो वातावरण पढेर विज्ञान सिक्दछन् । यसलाई अतिरिक्त क्रियाकलापको एउटा हिस्साका रूपमा, परियोजनामा वा अन्य धेरै रचनात्मक तरिकाले प्रयोग गर्न सकिन्छ ।

एशिया र प्रशान्त क्षेत्रका प्राथमिक तथा माध्यमिक विद्यालयहरूमा शिक्षण र सिकाईका लागि जीवन्त सम्पदालाई कसरी प्रयोग गरिएको छ भनेर बुझ्नका लागि युनेस्कोले एउटा सर्वेक्षण गरिरहेको छ । यदि तपाई प्राचार्य, उप–प्राचार्य वा विद्यालय व्यवस्थापन समितिको सदस्य हुनुहुन्छ भने यस सम्बन्धमा हामी तपाईको विचार जान्न चाहन्छौँ । कृपया १५ अगस्ट सम्ममा आफ्नो विचार राखि सक्नु होला ।

यस सर्वेक्षणबाट प्राप्त सूचनाहरूले विद्यालयमा जीवन्त सम्पदाका साथमा गरिने शिक्षण तथा सिकाईलाई प्रबर्द्धन गर्न मद्दत पुर्याउनेछन् । यिनीहरूले एशिया–प्रशान्त क्षेत्रमा समुदायका जीवन्त सम्पदाहरूको संरक्षणमा समेत सघाउ पुर्याउनेछन् ।

सर्वेक्षण पुरा गर्न लगभग १५ मिनेट लाग्न सक्छ । कृपया ढुक्क हुनुहोला ‒तपाईको जवाफ गोप्य रहनेछ र एकत्रित रूपमा मात्रै प्रयोग गरिनेछ । सहभागिताका लागि तपाईलाई अग्रिम धन्यवाद ।




If you encounter technical difficulties, please contact us: livingheritage.in.schools@gmail.com.

Next
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy