प्रिय पाठक,
महामारीको विषम परिस्थितिमाझ डेढ वर्षपछि 'हिमाल'को छापा संस्करण फेरि मासिक स्वरूपमा तपाईं समक्ष आएको छ। आशा छ, पहिले झैं हिमाल प्रति तपाईंको सद्‌भाव रहिरहनेछ।

महामारीका कारण कष्टकर जनजीवन केही सहज जस्तो देखिए पनि जोखिम प्रति पहिलेभन्दा बढी सतर्क हुनुपर्ने भएको छ। महामारी साम्य नभएसम्म ‘भौतिक–दूरी’ अनिवार्य शर्त बनेको छ। यस्तो वेला हामीले चाहेर पनि 'हिमाल'को छापा संस्करण धेरै शुभेच्छुक पाठकको हातमा पुर्‍याउन नसकेको महसूस गरेका छौं।

त्यसैले गएको १ भदौमा अहिलेको 'हिमाल'को नयाँ अंक सहित असोज तेस्रो साता प्रकाशित हुने दशैं–तिहार विशेषांकसम्मका तीन अंकका पीडीएफ प्रति तपाईंलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएका छौं। यसका लागि तपाईंले तल दिइएको फर्म भर्नुपर्नेछ।

स्वस्थ रहनुहोस्, घरै बसी हिमाल ‍पढ्नुहोस्!

हिमालमिडिया प्रालि
पूरा नाम *
ठेगाना *
फोन नम्बर *
उमेर *
ईमेल ‌आईडी *
पेशा *
'हिमाल'लाई कुनै सुझाव भएमा :
Submit
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. - Terms of Service - Privacy Policy