सामाजिक न्यायका लागि दर्नाल अवार्ड–२०२२ को मनोनयन पत्र
यहाँले ‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’ (२०२२) का एक मनोनयनकर्ता (नोमिनेटर) का रुपमा सहयोग गर्न सहमति दिनुभएकोमा हामी धन्यवाद दिन चाहन्छौं ।
दर्नाल अवार्ड (२०२२) को मुख्य विषयवस्तु हो– जातव्यवस्था र सामाजिक न्यायलाई सम्बोधन गर्न कला र मानविकी क्षेत्रको शक्ति र महत्व उजागर गर्नु । यस विषयवस्तुमा काम गरेका योग्यमध्ये दुई वटा नाम छनौट गरी पठाइदिन हुन अनुरोध गर्दछौं ।
मनोनयनपत्रको फर्म भर्नुअघि यी कुरामा ध्यान दिन आग्रह छः
यो अवार्ड नेपाल भित्र र / वा बाहिर जातको प्रश्न र सामाजिक न्यायको मुद्दामा अगुवाइ गरेका व्यक्ति वा समूह वा संस्था वा आन्दोलनका लागि खुला छ ।
त्यस्तै यो अवार्ड जातको प्रश्न र सामाजिक न्यायको मुद्दामा कम्तीमा पाँच वर्षसम्म सार्थक काम गरेका कुनै पनि धर्म, यौनिक पहिचान र राष्ट्रियताका ४० वर्षभन्दा मुनिका सबै युवा, समूह वा संस्था वा आन्दोलनका लागि खुला छ ।
यो दलित नेतृत्वको संस्था भएको कारणले उत्पीडित समुदायका काम खोतल्नु, पहिचान गर्नु र उकास्नु हाम्रो सामूहिक चुनौती हो । त्यसैले विश्वभरिका विशेष गरी दलित समुदायका उदाउँदा अगुवाहरुको मनोनयनलाई हामी स्वागत गर्दछौं ।
यसपटक हामीले कला र मानविकी क्षेत्रका लेखक, भिजुअल कलाकार, फिल्म निर्माता, फोटोग्राफर, गायक, थियटर कलाकार र अन्य सिर्जनशील व्यक्ति वा समूह वा संस्था वा आन्दोलनलाई प्राथमिकतामा राखेका छौं ।
यही मार्च ३०, २०२२ [चैत १६, २०७८] सम्म मनोनयन फर्म भरेर पठाउन हुन अनुरोध छ ।
विचारशील मनोनयन गर्न यहाँले दिएको समयका लागि फेरि पनि धन्यवाद ।