अनुसन्धान परियोजना: नेपालको सार्वजनिक संस्थाहरूमा ज्ञान हस्तान्तरणको संस्कृति
प्रिय सहभागीहरू,
नेपाल सरकारको विशेषज्ञ समूह (थिङ्क ट्याङ्क) नीति अनुसन्धान प्रतिष्ठानले गरिरहेको “नेपालको सार्वजनिक संस्थाहरूमा ज्ञान हस्तान्तरणको संस्कृति” विषयक एक अनुसन्धानको सिलसिलामा सरकारी संस्थाहरूका बहालवाला र पूर्व कर्मचारी माझ यो सर्वेक्षण भइरहेको छ । यस सर्वेक्षणमा सरकारी संस्थाहरूमा कर्मचारीहरू बिच ज्ञान र सूचनाको आदानप्रदानको अवस्था के छ र त्यसलाई कसरी सुधार्न सकिन्छ भन्ने बारे प्रश्नहरू सोधेका छौँ ।
तपाईंको व्यक्तिगत विवरणलाई हामी गोप्य राख्नेछौँ र तपाईंले दिनु भएको उत्तर मात्र हामीले तथ्याङ्क विश्लेषणमा प्रयोग गर्नेछौँ । यो अनुसन्धानबाट आएका निष्कर्ष र सुझाव हामी नेपाल सरकारलाई बुझाउनेछौँ र सार्वजनिक पनि गर्नेछौँ ।
तपाईंको सुविधाको लागि प्रश्नहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा राखेका छौँ ।
द्रष्टव्यः
- यहाँ ज्ञान हस्तान्तरण भन्नाले एक जना कर्मचारीसँग भएको ज्ञान, सिप, विचार तथा अनुभवहरू अन्य कर्मचारीहरूबिच आदान प्रदान भन्ने आशयमा प्रयोग गरिएको छ ।
- यस्तो हस्तान्तरण सहकर्मीहरू बिच, वरिष्ठ कर्मचारीबाट कनिष्ठ कर्मचारीहरूमा, एक शाखा वा विभागबाट अर्को विभागका/शाखाका कर्मचारीहरूमा वा विषय विज्ञबाट कर्मचारीहरूमा हुन सक्छ ।
- ज्ञान हस्तान्तरणको विषयले कुनै शाखा वा विभागमा कार्यरत कर्मचारीहरू सरुवा भई जाँदा वा निवृत्त भई जाँदा उक्त कर्मचारीसँग भएको ज्ञान तथा अनुभव अन्य कर्मचारीमा हस्तान्तरण समेत बुझाउँछ ।