Nepalese workers call Andy for action
मलेशिया, मध्यपुर्बी र यूरोपेली देशहरुमा पन्जा उत्पादन, इलेक्ट्रोनिक्स उत्पादन, कपडा (गार्मेन्ट) उत्पादन, पाल्म तेल उत्पादन प्लान्टेसन, साइकल निर्माता, खाध तथा उपभोग्य बस्तुका उत्पादनकर्ताहरु र बहुराष्ट्रिय सेवा प्रदान गर्ने होटेल जस्ता विश्वव्यापी आपूर्तिकर्ता रोजगारदाता कम्पनी हरूद्वारा भर्ती गरियका वा त्यस सेक्टरमा काम गरिरहेका नेपाली कामदारहरूले आफुले भुक्तान गर्नुपरेको अबैध भर्ती लागत शुल्क र रोजगार सम्बन्धी दुर्व्यवहारहरू एन्डी हल (https://andyjhall.org) लाई रिपोर्ट गर्न सक्नेछन्।
Andy Hall ले तपाइँको चिन्तालाई सम्बोधन गर्न विश्वव्यापी ब्रान्डहरू, सार्वजनिक खरिदकर्ताहरू, सरकारी निकाय, संघ संस्था हरु, मिडिया र अन्य सम्बन्धित सरोकारवालाहरूसँग तपाइँको मुद्दाहरु उठाउने काम गर्नेछन्, जसमा तपाइँ नेपालबाट भर्ती हुँदा तपाइँले तिर्नु परेको वा तिर्नुपर्ने कुनै पनि सम्भावित अबैध भर्ती शुल्क फिर्ता गराउने प्रयास पनि सामेल हुनेछन्।
तपाईं माथि हुन सक्ने कुनैपनि संभावित बदलाको खतराबाट बचाउन तपाईंको ब्यक्तिगत विवरणहरु पुर्णतः गोप्य राखिनेछ।
कृपया तलका विवरणहरु उपलब्ध गराउनुहोस (अनिवार्य गरियका प्रश्नहरु बाहेकका विवरण Andy Hall वा उहाँको टिमका सदस्यहरुले तपाईंलाई सम्पर्क गरेपछी मात्र उपलब्ध गराउन पनि सक्नुहुनेछ।)