काठमाडौँ स्कुल अफ ल: तेस्रो प्रस्तावना अभ्यास अदालत २०८१ को नेपाली तर्फको सहभागीताको निमित्त यो फारमको व्यवस्था गरिएको हो।
काठमाडौँ स्कुल अफ ल तथा मुट कोर्ट कमिटीको संयुक्त
आयोजनामा विगत ३ वर्षदेखि यो प्रतियोगिता हुदै आएको छ भने प्रथम वर्षका विद्यार्थीहरुलाई अभ्यास अदालतको माध्यमले कानुनी जगतका विभिन्न पाटाहरुसंग परिचित गराउने यस प्रस्तावना अभ्यास अदालत विद्यालयकै एक प्रतिष्ठित कार्यक्रम हो।
यो प्रतियोगिता काठमाडौँ स्कुल अफ ल मा बि.ए.एल.एल.बि अन्तर्गत भर्ना भएका प्रथम वर्षका विद्यार्थीहरुका निमित्त मात्र रहेको छ।
प्रतियोगितामा सहभागीहरुले तीन तरिकाले भाग लिन पाउनु हुनेछ।
सामुहिक सहभागीताकोलागि यस फारमको खण्ड-२मा व्यवस्था गरिएको छ जस अन्तर्गत विद्यार्थीहरुले आफै ३ सदस्यीय सामुह बनाएर भुमिका विभाजन गर्दै हरेक चरणहरुमा प्रतिस्पर्धा गर्नु हुनेछ।
एकल सहभागीताकोलागि यस फारमको खण्ड-३मा व्यवस्था गरिएको छ जहाँ एक सहभागी मात्रले सम्पुर्ण कामकार्य आफैले गर्नु पर्नेछ र कुनै एक विवादमा बहस समेत गर्नु पर्ने छ।
मेमोरियल मात्र चरणको सहभागीताकोलागि यस फारमको खण्ड-४ मा व्यवस्था गरिएको छ र यस अन्तर्गत दुवै समुह तथा एकल सहभागीता जनाउन सकिने छ।
यस फारमको सन्दर्भमा केहि समस्या, जिज्ञासा अथवा यस अन्य केहि सहयोग चाहिएको खण्डमा :
सम्पर्क नम्बर: ९८६१८४४४५५ (9861844455)
९८६९११०९३९ (9869110939)
इमेल : mootcourtcommiteeksl@gmail.com