कोरोनाभाइरस (कोभिड १९) काे  तयारी र सूचना बारे नेपालीमा जानकारी

समरभिल सिटिको कोभिड-१९ अध्यावधिक जानकारी

मार्च ८, २०२१ सोमबार

प्रिय समुदाय सदस्यहरु,

यहाँ मार्च २०२० देखि हालसम्मको कोभिड-१९ को अध्यावधिक जानकारी उपलब्ध छ । थप संसाधनहरू तथा अन्य अध्यावधिक जानकारीहरुका लागि कृपया https://www.somervillema.gov/covid19 मा हेर्नुहोस् ।

खोप सम्बन्धि अध्यावधिक जानकारीहरुः

कृपया ध्यान दिनुहोस् कि खोप सम्बन्धी जानकारीहरु तिव्रगतिमा परिवर्तन भइरहेको छन् । तलको जानकारी भर्खर प्राप्त समाचारका आधारमा छन् जुन हामीलाई बिहिबार, मार्च ४ को ईमेलबाट प्राप्त भएको हो ।

·        मार्च ११ बाट कोभिड-१९ खोपका लागी शिक्षक तथा बालबच्चाका साथ काम गर्ने व्यक्तिहरुका लागी लागि दर्ता शुरु हुदै: राज्य सरकारका राज्यपाल चार्ली बेकरले बुधवार प्राथमिक कक्षा देखि१२ कक्षा सम्म अध्यापन गर्ने शिक्षक र कर्मचारीहरु, तथा बालबालिकाको रेखदेख गर्ने श्रमिकहरूका मार्च ११ देखि कोभिड-१९ खोप पाँऊनका लागि नाम दर्ता गर्न योग्य हुने घोषणा announced Wednesday  गरेका छन् । यस घोषणाबाट खोप प्राप्त गर्न योग्य व्यक्तिहरुले खोप प्राप्त गर्नका लागि mass.gov/vaccine मा गई वा २११ फोन गरेर नाम दर्ता गर्न वा सो सम्बन्धि जानकारी लिन सकिन्छ ।

·        खोप स्थलहरू सम्मका लागी यातायात सुविधा उपलब्ध: समरभिल-क्याम्ब्रिज एल्डर सर्विसेज (एस.सी.ई.एस.) ले कोभिड-१९ को खोप स्थलहरू पुग्नका लागी समरभिलका ६० बर्ष वा सो माथि उमेर भएका तथा कुनै प्रकारको अपांगता भएका कुनै पनि बासिन्दाहरूलाई निःशुल्क यातायात सेवा प्रदान गर्दैछ । यसका लागी खोप तालिकामा अग्रिम नाम दर्ता भएको हुनु पर्दछ । थप जानकारीका लागी वा समयतालिका निर्धारणका लागी एस.सी.ई.एस.को फोन नं (६१७)६२८-६०१ मा फोन गरी वा info@eldercare.org  मा ईमेल गरी सम्पर्क गर्नुहोस् ।

·        खोपका अद्यावधिक जानकारी र स्वास्थ्य विशेषज्ञको जानकारी: तपाईं GovTV मा खोप रोलआउट प्रगतिको बारेमा सरकारबाट अध्यावधिक गरिएका भिडियोहरु फेला पार्न सक्नुहुनेछ । साथै चिकित्सा व्यावसायीहरूसँग गरिएको खोप सम्बन्धी जानकारी सत्रहरूको भिडियोहरु पनि somervillema.gov/vaccine मा "भिडियो र पोडकास्ट" ट्याबमा थिचेर फेला पार्न सक्नुहुन्छ । त्यहाँ अंग्रेजी, स्पेनिश, पोर्तुगाली, हाईटियन क्रियोल, र नेपालीमा गरिएका रेकर्डिहरू उपलब्ध छन् । वा यी भिडियोहरु बेसिक केबल वा यूट्यूब GovTV मा हेर्न सक्नुहुनेछ ।

·        आगामी खोपहरु सम्बन्धी जानकारी सत्रहरूको बारे जान्नुहोस्: हामीले भर्चुअल रुपमा खोप सम्बन्धी सूचना सत्रहरू राख्दै छौं र खोप रोलआउट भर बहु-भाषाहरूमा सबैभन्दा बढी सोधिने प्रश्न तथा उत्तरको व्यावस्था गरिएको छ । यी सत्रहरु कहिले आउँदैछ भनेर पत्ता लगाउन somervillema.gov/vaccine मा "घटनाहरू" लेखिएको स्थानमा थिच्नुहोस् ।

·        खोप अद्यावधिक फोन मार्फत जानकारीहरूको लागि नयाँ विकल्प: यदि तपाईं वा तपाईंलाई चिन्नुहुने कसैले फोन मार्फत खोपका अध्यावधिक प्रासंगिक जानकारी लिन चाहानुहुन्छ भने तपाईं somervillema.gov/vaccine मा गएर वा ३११ फोन गरेर यसका लागी आफ्नो नाम दर्ता गर्न सक्नुहुनेछ । यदि तपाईं ईमेल मार्फत अध्यावधिक जानकारीहरू चाहनुहुन्छ भने चिन्ता नलिनुहोस्, यदि तपाईंले फोनका लागि आफ्नो नाम गर्नुभएको छैन भनि तपाईंले कुनै पनि जानकारी छुटाऊनु हुने छैन । फोन मार्फत पठाइएको सबै जानकारी पनि यी अध्यावधिक ईमेल हरूमा समावेश गरिने छ ।

 

कोभिड-१९ अध्यावधिक सामान्य जानकारीहरुः

        समरभिल सिटिको कोभिड-१९ गणना: मार्च, २०२० देखि मार्च ८, २०२१ सम्ममा सम्म समरभिलका कुल ४,७७४ बासिन्दाहरूले कोभिड-१९ को सकारात्मक परीक्षण गरेका छन् र दुःखको कुरा यहाँ यस महामारीका कारण ७४ जनाको मृत्यु भएको छ । समरभिल सिटिमा भर्खर अध्यावधिक भएको कोभिड-१९ को जानकारीका लागी somervillema.gov/covid19dashboard मा हेर्नुहोस् ।

        सी.डी.सी.ले पुन:सुचारु हुने क्रममा होसियार रहन आग्रह गरेको छ: यस हप्ताको सुरूमा सी.डी.सी.का निर्देशक director of the CDC ले राज्यहरूलाई कोभिड-१९ प्रतिबन्धहरू कम नगर्न आग्रह गरेका छन् । यद्यपि मुलुकभर संक्रमणको दर अहिलेको लागि पठार भएको जस्तो देखिन्छ, त्यहाँ फेरि खोलिनुले प्रगतिलाई उल्टाउन सक्ने चिन्ताको विषय छ, विशेष गरी यस रोगको नयाँ रूप अमेरिकामा समेटिएको छ ।

        अब सिटि राहत कोषहरूको लागि थप व्यावसायहरू पनि योग्य हुने: सिटिले हालसालै आफ्नो व्यावासायिक राहत कोषहरूको हालको चरणका लागि योग्यता मापदण्डको विस्तार गर्‍यो । जिम, थिएटर, अन्य कार्यक्रम स्थल, वा सरकारद्वारा निर्देशित बन्दको सामना गरिरहेका अन्य क्षेत्रहरू र जसको राजस्व गत बर्षमा कम्तिमा ५०% ले कम भएको छ भन्ने पुष्टी गर्न सक्ने व्यवसायहरू अब राहतका लागी योग्य छन् । योग्यताका लागी पर्ने आवश्यकता र कोषका लागि कसरी आवेदन गर्ने भन्ने बारे थप जानकारीको लागि somervillema.gov/bizrelief मा हेर्नुहोस् । यी कोषहरूको लागि आवेदन गरिएका आधारमा समीक्षा भइरहेको छ ।

        समरभिल चरण ३ तह १ मा कायम रहेको: म्यासाच्युसेट्स् राज्यले मार्च १ बाट पुनःसुचारु योजनाको चरण ३ तह २ को शुरुवात गरेको भएता पनि समरभिल सिटि पुनःखोल्ने प्रयासमा राज्यको निर्णय Somerville did not join the Commonwealth मा सम्मिलित भएन । समरभिल सिटि फेब्रुअरी १ मा शुरु भएको चरण ३, तह १ पुन: खोल्ने चरणमा मार्च १५ सम्म कायम रहनेछ ।

        खोपले आशा ल्याएकोछ, तर राज्य कोभिड-१९ तथ्यांकले स्पष्ट पार्दछ की हामी अझै सतर्क रहनै पर्छ: म्यासाचुसेट्समा राज्यका हरेक मापनमा कोभिड-१९ घटना करीव एक महिना लगातार घट्दै गए पनि राज्यको मापनमा यस गर्मी र शरद ऋतुको अनुपातमा यस समयमा यसको प्रभावमा तुलनात्मक उल्लेखनीय रूपमा उच्च छ । उदाहरणका लागि सात दिनको औषत कोभिड-१९ को संख्या फेब्रुअरी २४, २०२१ मा एक हप्ताको अवधिमा १,१५७ भन्दा जुलाई ४, २०२० मा एक हप्ताको अवधीमा १५६ जना ७ गुणा बढी  अवलोकन गरिएको थियो                                                                                                                                                        । कृपया निरन्तर मास्क लगाउनुहोस् र सामाजिक दूरी कामय राख्नुहोस् ताकि हामी सबैजनाको साविक प्रयासमा यी संख्याहरू तल झार्न जारी राख्न सक्छौं ।

        नि:शुल्क कोभिड-१९ परीक्षण: सि.एच.ए. समरभिल अस्पताल एसेम्बली स्क्वायरमा निःशुल्क परीक्षण प्रदान गर्दछ । परिक्षणको समय निर्धारण गर्नका लागी सोमबार देखि शुक्रबार बिहान ८:३० बजे देखि दिऊसो ४:०० बजे सम्म (६१७)६६५-२९२८ मा फोन गर्नुहोस् । कोभिड-१९ को घुम्ति परीक्षण एकाईले हाम्रो घर छेउछाउमा परीक्षण प्रदान गर्दछ । मोबाइल परीक्षण तालिका जब उपलब्ध हुन्छन् त्यसको बारेमा थप जानकारी https://www.somervillema.gov/covidtesting मा फेला पार्न सकिन्छ । राज्यले चेल्सी र एभरेटको नजिकैको समुदायहरू सहित धेरै स्थानमा परीक्षण स्थलहरू पनि संचालन गरिरहेको छ । थप जानकारीको लागि राज्यको वेबसाइट https://www.mass.gov/info-details/stop-the-spread मा जानुहोस् ।

 

सार्वजनिक स्वास्थ्य सल्लाह: मास्क लगाउनु उत्तम तरिका

सी.डी.सी.ले दुई महत्त्वपूर्ण चीजहरू ध्यान दिन CDC points औंल्याएको छ ताकि तपाईको आफ्नो मास्कले राम्रोसँग काम गरिरहेको छ भन्ने कुरा सुनिश्चित गर्न सक्नुहुनेछ: तपाईको मास्क तपाईको अनुहारमा पुर्ण रुपमा ढाकिएको हुनुपर्दछ ताकि तपाँईको नाक मुखबाछ निस्कने थोपा खाली ठाँऊबाट फुत्किन नसक्ने तथा बाहिर पुग्नबाट रोक्ने गरी बहु तहसहितको मास्क लगाउँन सकिन्छ । सी.डी.सी.सँग यो कुरा निश्चित गर्न को लागी केहि सुझावहरू छन् कि तपाईले आफ्नो मास्कमा यी सबै कुरा प्राप्त गरिरहनु भएको छ र धेरै तहसहितको मास्क प्रयोग गरेर, कानको लूपहरू मिलाएर अझ राम्रो मिल्ने बनाउनको लागि नाकको तार वा मास्क कोष्ठ समावेश सहित साथ मास्कको प्रयोग गरेर सबै प्वालहरु रोक्न सक्नुहुन्छ ।

 

सहायता टिप: समरभिल शीतकालीन किसान बजारमा $१५ बराबर मिलाउने

समरभिल शीतकालीन किसान बजारले त्यहाँका बासिन्दाहरूलाई जब ग्राहकहरूले एस.एन.ए.पी. वा पी-ई.बी.टी. सुबिधाहरूको साथ भुक्तानी गर्दछन् उनीहरूको खानामा आर्थिक सहयोग प्रदान गर्न $१५ डलरको प्रस्ताव गर्दै छ । तपाईं शीतकालीन किसान बजारको बारेमा कसरी अग्रिम अर्डर गर्ने सहितका बारेमा उनीहरूको वेबसाइट website मा अधिक जान्न सक्नुहुन्छ ।

सिटिका अन्य समाचार, घटनाहरू, र रोजगारीका अवसरः

·        मेयर कर्टाटोनको मध्यकालीन संबोधन Read or watch Mayor Curtatone’s midterm address पढ्नुहोस् वा हेर्नुहोस् जहाँ उनले आउने बर्षमा महामारी र वित्तीय संकट प्रतिक्रिया, आवास, यातायात, बिद्युतिय विभाजन, जातीय र सामाजिक न्याय, जलवायु परिवर्तन, र शिक्षा लगायत अन्य चीजहरूको वरिपरि प्राथमिकताहरू रेखांकित गर्दछ ।

·        Somerville Commission for Persons with Disabilities seeks commissioners

·        Inclusionary housing program virtual office hours, ३/४

·        Climate Forward Ambassadors webinar: building and energy solutions, ३/४

·        Pathways to citizenship: beginner ESOL/civics class, ३/१०

·        Gilman Square community meeting, ३/१०

·        Inclusionary housing program virtual office hours, ३/११

·        Virtual overdose prevention training, ३/१५

·        Somerville Public Library online events (शिल्प सामग्रीको कर्बसाइड पिकअपको साथ शिल्प बनाउने, ई.एस.एल., नागरिकता शिक्षण, कथा समय, र अन्य)

·        सिटिमा रोजगार अवसरहरु: www.somervillema.gov/jobs

 

अशक्तता भएका व्यक्तिहरू जसलाई सहयोगी साधनहरू र सेवाहरू प्रभावी सञ्चारका लागि आवश्यक हुन्छन्, वैकल्पिक ढाँचामा लिखित सामग्री, वा नीति र प्रक्रियाहरूमा उचित संशोधनहरू, समरभिल शहरको कार्यक्रमहरू र गतिविधिहरूको पहुँच गर्न वा बैठकहरूमा उपस्थित हुन नेन्से सलामौनलाई NSalamoun@somervillema.gov मा वा (६१७)६२५-६६०० को २३२३ मा सम्पर्क गर्नुपर्दछ ।

 

 

समरभिल सिटिको कोभिड-१९ को अध्यावधिक जानकारी

बिहिबार, जनवरी २१, २०२१

 

प्रिय समुदाय सदस्यहरु,

यहाँ कोभिड-१९ बहिवार, जनवरी २१, २०२० को अध्यावधिक जानकारी उपलब्ध छ । संसाधनहरू तथा अन्य थप अध्यावधिक जानकारीको लागि कृपया https://www.somervillema.gov/covid19 मा पनि हेर्नुहोस् ।

 

ताजा समाचार:

Þ          समरभिल सिकटिको आजको कोभिड-१९ गणनाः मार्च २०२० देखि आज जनवरी २०, २०२० सम्ममा समरभिल सिटिका ३,९५७ जना बासिन्दाहरुमा कोभिड-१९ को सकारात्मक परिक्षण (Positive Test) भएको छ । अन्य २५२ जनामा पनि यो विचमा सम्भाविक सकारात्मक परिक्षण भएको अनुमान गरिएकोछ । तर दुर्भाग्यवस यहाँ ५५ जनाको मृत्यु भएको छ । यस सम्बन्धिमा थप जानकारीका लागी  https://public.tableau.com/profile/cityofsomerville#!/vizhome/SomervilleCOVID19Dashboard_v8/Dashboard3?publish=yes मा हेर्नुहोस् ।  

Þ          राज्य खोप गणना: जनवरी १४ सम्ममा कुल ३,४७,४५० कुल संचयी कोभिड-१९ खोप मसाचुसेट्समा आई सकेको छ, २,०६,१९० जनाले आफ्नो खोपको पहिलो मात्रा लिईसकेका छन्, र ३१,६७३ जनाले दोस्रो मात्रा प्राप्त गरेका छन् (दुबै वर्तमान खोपहरू पूर्ण प्रभावकारी हुनुको लागी दुई मात्रा आवश्यक पर्दछ)। राज्यमा उपलब्ध कुल मात्राको एक भागको लगभग सात भाग अर्थात ५४,०७५ मिडिलसेक्स काउन्टीमा रहेका स्वास्थ सेवा प्रदायकहरुलाई पठाइएको छ ।

Þ          चरण १ खोप वितरणको अद्यावधिक जानकारी: जनवरी २० सम्ममा चरण १ खोप कोभिड-सामना गरिरहेका स्वास्थ्य सेवा कर्मचारीहरू, दीर्घकालीन हेरचाह सुविधा प्रदायकहरु, प्राथमिक सेवा प्रदायकहरु (प्रहरी, वारुण यन्त्र, तथा आपतकालीन चिकित्सा सेवा प्रदायकहरू), र सुकुम्वासी जम्मा गरी हेरचाहको व्यावस्था गरी सुधारात्मक सुविधा उपलब्ध गराउने आश्रय स्थलहरूमा सेवा प्रदान गर्ने सेवा प्रदायकहरुलाई दिईएको छ । यो आशा गरिएको छ कि फेब्रुअरी १​​देखि पहिलो चरणका अन्तिम दुई समूहहरूको लागि खोप सुरु हुनेछ । जसमा आवास-आधारित स्वास्थ्य सेवाकर्मीहरू र गैर-कोभिड- सामना गरिरहेका स्वास्थ्यकर्मीहरू पर्नेछन् । चरण १ खोपको लागि योग्य व्यक्तिहरूले खोप स्थलहरू र अन्य थप जानकारी राज्य वेबसाइट https://www.mass.gov/info-details/covid-19-vaccine-locations-for-individuals-currently-eligible-to-be-vaccinated मा फेला पार्न सक्नु हुनेछ ।

Þ          चरण २ खोप वितरण: चरण २ मा फेब्रुअरी र मार्चमा ७५ बर्ष वा माथि उमेर भएका व्यक्ति तथा दुई वा बढि कोभिड-१९ जोखिमका आधारहरू (जसलाई https://www.cdc.gov/coronavirus/2019-ncov/need-extra-precautions/people-with-medical-conditions.html पनि भनिन्छ) भएका व्यक्तिहरुको साथ सुरू गर्ने योजना बनाइएको छ । त्यस पछी बार्हखरी -१२ सम्म पढाउने शिक्षकहरू र अन्य आवश्यक कामदारहरू सहित निश्चित पेशा https://www.mass.gov/info-details/covid-19-vaccine-distribution-timeline-phase-overview भएका व्यक्तिहरू र त्यसपछि ६५ बर्ष उमेरका व्यक्तिहरू तथा एक जोखिमको आधार भएका व्यक्तिहरू रहने छन् ।

Þ          तपाई कहिले खोप पाँऊन सक्नुहुन्छ? राज्यको खोप योजनामा ​​तपाई कहाँ पर्नुहुन्छ भन्ने जानकारीका लागि राज्यको वेबसाइटमा https://www.mass.gov/info-details/when-can-i-get-the-covid-19-vaccine मा हेर्नुहोस् वा यस ईमेलको तल हेर्नुहोस् । यो जानकारी परिवर्तन हुन सक्नेछन् र सिटि कर्मचारीले तपाईंलाई यी ईमेलहरू हाम्रो वेबसाइट https://www.somervillema.gov/departments/programs/covid-19-vaccinations र अन्य सम्पर्कका माध्यामबाट अद्यावधिक गरी राख्नेछन् । खोपका बारेमा धेरै प्रश्नहरू छन्? सार्वजनिक स्वास्थ्य विभागसँग लगातार सोधिने प्रश्नहरूको अनलाइन सूची छ र यसमा लगातार हुने अध्यावधिक जानकारीहरु https://www.mass.gov/info-details/covid-19-vaccine-frequently-asked-questions मा हेर्नुहोस् । थप अवसर बारे जानकारीहरु र भिडियोहरूका लागी https://www.somervillema.gov/departments/programs/covid-19-vaccinations मा हेर्नुहोस् ।

Þ          विद्यालय पुनःसंचालनका लागी टाउन हल फेरि हुदै: समरभिल सार्वनजिक बिध्यालयहरू पुनःसंचालनका लागी मूलत जनवरी १९ मा टाउन हलको आयोजना गरिएकोमा उक्त टाऊन हल उक्त दिनको सट्टा जनवरी २६ साँझ ६:३० का लागी पुनःसुचिकृत गरिएको छ । बैठकको बारेमा थप जानकारीका लागी र कसरी प्रतक्ष्य प्रसारणमा सम्मिलित हुने वा पछि यसलाई कसरी हेर्ने भन्ने जानकारीका लागी हाम्रो वेबसाइट https://www.somervillema.gov/events/2021/01/26/somerville-public-schools-reopening-town-hall मा हेर्नुहोस् ।

Þ          म्यासाचुसेट्स यात्रा आदेश अझै प्रभावकारी रहेकोछ: केहि अपवाद https://www.mass.gov/info-details/covid-19-travel-order#massachusetts-travel-form- बाहेक जो म्यासाचुसेट्स् बाहिर यात्रा गर्दछ उसले राज्य प्रवेश गर्नु अघि यात्रा फाराम https://www.mass.gov/info-details/covid-19-travel-order#massachusetts-travel-form- भर्नु पर्छ र १० दिनको लागि क्वारेन्टाइनमा बस्नु पर्छ वा राज्यमा आउनु अघि ७२ घण्टा वा सो भन्दा कम समयको कोभिड-१९ नकारात्मक परीक्षण भएको प्रमाण पत्र ल्याउनु पर्छ ।

Þ          साना व्यवसायी राहत कोषहरूको लागि आवेदन दिनुहोस्: समरभिल सिटिले कोभिड-१९ साना व्यवसाय राहत तेस्रो चरणका लागी साना व्यवसायी राहत कोषमा $५ मिलियन डलर उपलब्ध गराएको छ । योग्य व्यवसायीले $ २५,००० सम्मको अनुदानको लागि आवेदन दिन सक्छन् । यसका लागी आवेदनहरू उपलब्ध छन् र आवेदन आएका आधारमा यसको समीक्षा गरिनेछ । यसका लागी आवश्यक योग्यता सहित कोषको बारेमा थप जानकारीका लागी वा कोषको लागि अनलाइन आवेदन दिनका लागी https://www.somervillema.gov/departments/programs/small-business-covid-19-relief-fund मा हेर्नुहोस् ।

Þ          कोभिड-१९ नि:शुल्क परीक्षण: सि.एच.ए.ले समरभिल अस्पताल एसेंबली स्क्वायरमा निःशुल्क कोभिड-१९ परीक्षण प्रदान गर्दछ । यसका लागि (६१७)६६५-२९२८ मा (सोमबार-शुक्रबार बिहान ८:३० बजे देखि दिँऊसो ४:०० सम्म) फोन गर्नुहोस् । कोभिड-१९ घुम्ति परीक्षण एकाईले हाम्रो घर छेउछाउमा पनि कोभिड-१९ निःशुल्क परीक्षण प्रदान गर्दछ । घुम्ति परीक्षण तालिका तथा थप अध्यावधिक जानकारी  https://www.somervillema.gov/covidtesting मा फेला पार्न सकिन्छ । राज्यले नजिकैका समुदायहरू चेल्सी र एभरेट सहित धेरै फैलिएका परीक्षण स्थलहरू पनि संचालन गरिरहेको छ । थप जानकारीको लागि राज्यको वेबसाइट https://www.mass.gov/info-details/stop-the-spread मा जानुहोस् ।

 

सार्वजनिक स्वास्थ्य सल्लाह: स्वास्थ्य अधिकारीहरूले कोभिड-१९ मा रहेका विभिधता निरीक्षण गर्दछ

कोभिड-१९ को नयाँ विभिधता https://www.cdc.gov/coronavirus/2019-ncov/transmission/variant.html हरू विश्वभरि देखिईरहेका छन् । वैज्ञानिकहरू अझै उनीहरूको बारेमा सिक्दै छन् । तर अहिलेसम्म विश्वास गरिएको छैन कि तिनीहरू अझ बढी गम्भीर प्रकृतिका छन् । त्यहाँ प्रमाणहरू छन्, तथापि, कम्तिमा एउटा नयाँ संस्करण (बि.१.१.७) जुन हामीले व्यवहार गरिरहेको भन्दा बढी संक्रामक छ र यसले अमेरिकालाई पनि यसको चपेटामा पार्ने सक्ने आशंका गरिएको छ । किनकि यो सजीलै फैलिन्छ । अब कोभिड सुरक्षा दोब्बर गर्ने - अगाडि बढ्ने समय आएको छ । अतः तपाँई सार्वजनिक स्थानमा हुँदा तपाईंको नाक र मुख छोप्नुहोस्, जसको साथ तपाईं बास्नुहुन्न उहाँकोमा नजानुहोस् । जानै परे आफ्नो अनुहार ढाक्न वा मास्क लगाउन नछोड्नुहोस् । कम्तिमा ६ फिट दूरी कायम राख्नुहोस् । अरू धेरै प्रयोग हुने स्थल सफा गर्नुहोस्, र तपाइँका हातहरू प्राय: धुनुहोस् वा सेनिटाइज गरि सफा भएको सुनिश्चित गर्नुहोस् । सब भन्दा महत्त्वपूर्ण: आफ्नो स्वास प्रश्वास अरु सम्म नपुग्ने व्यावस्था गर्नुहोस् । भित्रि तथा बाहिरी सार्वजनिक स्थानहरूमा यात्राहरूको समयावधि सिमित गर्नुहोस् । यस्तो देखिएको छ कि कोठामा वा पसलमा जसले अपरिचित मानिसहरुसँग बढी समय लिन्छ ऊसली यी नयाँ संस्करणले झन छिटो समात्दै छ ।

 

सहायता तथा सुझाव: कसरी कार्यस्थलमा कोभिड प्रोटोकोलको अनुसरण नगरि उजुरी गर्ने

कोभिड-१९ को बखत एक कर्मचारीको रूपमा तपाईंको अधिकारहरू बारे यस वेवसाईट https://www.mass.gov/guides/resources-during-covid-19#-your-rights-as-an-employee-

बाट जानकारी लिनुहोस् । यदि तपाईंमा कोभिड-१९ को समयमा आफ्नो कार्यस्थलको सुरक्षाको बारेमा चिन्ता छ भने तपाईंले म्यासाच्युसेट्स् महान्याधिवक्ताको कार्यालयमा अनलाइन गुनासो/उजुरी https://www.mass.gov/forms/report-unsafe-working-conditions-in-massachusetts-during-covid-19---unpublished पेश गर्न सक्नुहुन्छ । तपाइँको गुनासोको लागी चासोका विषयहरु निम्न बमोजिम हुन सक्छन्:

·          सफाई / कीटाणु रहित बनाउने कार्य

·          स्वच्छता

·          अनुपालन र सत्यापनका लागी पोस्टर प्रदर्शन गर्न असफल

·          व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)

·          लाक्षण देखिएका कामदारहरूलाई काम गर्न आवश्यक छ

·          बदला

·          सामाजिक दूरी

महान्याधिवक्ताको कार्यालयले कोभिड-१९ को अवधिमा मजदुर र रोजगारदाताहरूको अधिकार https://www.mass.gov/service-details/frequently-asked-questions-about-covid-19-employee-rights-and-employer-obligations सम्बन्धी धेरै भाषाहरूमा बारम्बार सोधिने प्रश्नहरू र तिनको जवाफ पनि प्रकाशित गरेको छ ।

 

सिटिका अन्य समाचार र घटनाहरूः

·          समावेशी आवास कार्यक्रम भर्चुअल कार्यालय समय १/२१ https://www.somervillema.gov/events/2021/01/21/inclusionary-housing-program-virtual-office-hours

·          जेष्ठ नागरिक परिषदमा खाद्यान्न लैजाने १/२२ https://www.somervillema.gov/events/2021/01/22/lunch-box-pick-council-aging

·          ओपिओइड दुरुपयोग र दुरुपयोग - परिवार र साथीहरूको सहयोग समूह १/२६ https://www.somervillema.gov/events/2021/01/12/opioid-misuse-and-abuse-family-and-friends-support-group

·          समावेशी आवास आभासी कार्यालय १/२८  https://www.somervillema.gov/events/2021/01/14/inclusionary-housing-program-virtual-office-hours

·          जुवा समस्या रोकथाम १/२८ https://www.somervillema.gov/events/2021/01/28/problem-gambling-prevention-photovoice-exhibition

·          समरभिल सार्वजनिक पुस्तकालय अनलाइन https://www.somervillepubliclibrary.org/ कार्यक्रमहरू (शिल्प सामग्रीहरुको कर्बसाइड पिकअप, ई.एस.एल., नागरिकताका प्रशिक्षण, कथा समय, र अन्य थप जानकारीका लागी)

 

राज्य वर्तमान खोप उपलब्धता तालिकाः

हामी तपाईंलाई कसलाई, कहिले र कसरी खोप लगाउने भनी जानकारी दिनेछौं । तर उल्लेख गरिएका यी जानकारीहरु परिवर्तनको विषय हुन सक्छ । अहिलेको लागि राज्य योजना यहाँ छ: कोभिड-१९ खोपहरू राज्यद्वारा स्थापित चरणबद्ध तालिकामा आधारित हुनेछन् । हाल चरण १ चलिरहेको छ । हालको वितरण योजना प्राथमिकता क्रम तल सूचीबद्ध छ ।

 

चरण १: डिसेम्बर २०२० - फेब्रुअरी २०२१:

·          क्लिनिकल र गैर क्लिनिकल स्वास्थ्य सेवा कामदारहरू प्रत्यक्ष र कोभिड-१९ को सामना गरिरहेका वा हेरचाह गरिरहेका व्यक्तिहरु

·          दीर्घकालीन हेरचाह सुविधा भएका स्थानअरु, आराम घरहरू, र तीनका सहयोगी बस्ने सुविधा स्थलहरुमा रहने व्यक्तिहरु

·          प्रहरी, वारुणयन्त्र, र आपतकालीन चिकित्सा सेवा प्रदायकहरू

·          समग्र देखभालका कार्य गर्ने व्यक्तिहरु (सुधार तथा आश्रय गृह सहित)

·          घुम्ति तथा घर घरमा आधारित स्वास्थ्य सेवा कर्मचारीहरू

·          स्वास्थ्य सेवा कार्यकर्ताहरूले गैर-कोभिड- सामना गर्ने व्यक्तिलाई हेरचाह गरिरहेका व्यक्तिहरु

 

चरण २: फेब्रुअरी २०२१ - अप्रिल २०२१

·          २+ https://www.cdc.gov/coronavirus/2019-ncov/need-extra-precautions/people-with-medical-conditions.html र / वा उमेर +७५+ को साथ व्यक्ति (कोभिड-१९ जटिलता तथा उच्च जोखिम)

·          प्रारम्भिक शिक्षा, के.-१२, ट्रान्जिट, किराना, उपयोगिता, खाद्य र कृषि, सरसफाई, सार्वजनिक निर्माण र सार्वजनिक स्वास्थ्यकर्मी

·          वयस्क +६५+

·          एक https://www.cdc.gov/coronavirus/2019-ncov/need-extra-precautions/people-with-medical-conditions.html साथ व्यक्तिहरू

 

चरण ३: अप्रिल २०२१ - जून २०२१

·          सर्वसाधारण व्यक्तिहरु

 

अशक्तता भएका व्यक्तिहरू जसलाई सहयोगी साधनहरू र सेवाहरू प्रभावी सञ्चारका लागि आवश्यक हुन्छन्, वैकल्पिक ढाँचामा लिखित सामग्री, वा नीति र प्रक्रियाहरूमा उचित संशोधनहरू, समरभिल शहरको कार्यक्रमहरू र गतिविधिहरूको पहुँच गर्न वा बैठकहरूमा उपस्थित हुन नेन्से सलामौनलाई NSalamoun@somervillema.gov मा वा (६१७)६२५-६६०० को २३२३ मा सम्पर्क गर्नुपर्दछ ।

समरभिल सिटिको कोभिड-१९ अध्यावधिक जानकारी

जनवरी ११, २०२१ सोमबार

प्रिय समुदाय सदस्यहरु,

यहाँ कोभिड-१९ को अध्यावधिक जानकारी उपलब्ध छ । थप संसाधनहरू तथा अन्य अध्यावधिक जानकारीहरुका लागि कृपया https://www.somervillema.gov/covid19 मा हेर्नुहोस् ।

 

ताजा समाचार:

·        समरभिल सिटिको आजको कोभिड-१९ गणना: मार्च देखि आज जनवरी ११, २०२० सम्ममा समरभिल सिटिका ३,४७४ बासिन्दाहरूमा कोभिड-१९ का सकारात्मक परीक्षण भएको छ भने अन्य २२२ जनामा सम्भावित सकारात्मक परिक्षण भएको अनुमान गरिएको छ । तर दुर्भाग्यवस यहाँ ५३ व्यक्तिको मृत्यु भएको छ । यस सम्बन्धमा थप जानकारी प्राप्त गर्नका लागी  https://public.tableau.com/profile/cityofsomerville#!/vizhome/SomervilleCOVID-19Dashboard_v8/Dashboard3?publish=yes मा हेर्नुहोस् ।

 

·        कोभिड-१९ खोपको पहिलो चरण चलिरहेको: समरभिल सिटिका सार्वजनिक सुरक्षाकर्मीहरूले अर्को हप्ता कोभिड-१९ खोपहरू लिइरहेका छन् । क्याम्ब्रिज हेल्थ एलायन्सले स्वास्थ्यकर्मीहरुलाई निरन्तर रुपमा सफलतापूर्वक खोप दिइरहेको छ । अहिले सिटिले भर्खर कोभिड-१९ खोपको ५०० मात्रा प्राप्त गरिसकेको छ । अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरु तथा ९११ का कर्मचारीलाई जनवरी १२ देखि फेब्रुअरी १ सम्म ​​पहिलो चरणमा यी खोपहरु दिइनेछ/दिईरहिएको छ । राज्यको खोप दिने योजनामा ​​तपाई कहाँ पर्नुहुन्छ भन्ने जानकारीका लागि राज्यको वेबसाइट https://www.mass.gov/info-details/when-can-i-get-the-covid-19-vaccine मा हेर्नुहोस् वा यस जानकारीको तल जानुहोस् । यी जानकारीहरु द्रुत रूपमा विकसित भइरहेका छन् जुन परिवर्तन हुन सक्दछ । सिटि कर्मचारीहरुले तपाईंलाई ईमेलहरू मार्फत वा हाम्रो वेबसाइट https://www.somervillema.gov/covidvaccine मार्फत वा अन्य सम्पर्कको माध्याम मार्फत अध्यावधिक राख्नेछन् । खोपका बारे धेरै प्रश्नहरू छन्? सार्वजनिक स्वास्थ्य विभागसँग https://www.mass.gov/info-details/covid-19-vaccine-frequently-asked-questions  मा यस बारेका जानकारीहरूको सूची छ । प्रश्नहरूको लगातार अध्यावधिक गरिएको सूचीको लागि https://www.somervillema.gov/covidvaccine मा हेर्नुहोस् ।

 

·        साना व्यवसाय राहत कोषहरूको लागि आवेदन दिनुहोस्: समरभिल सिटिले कोभिड​​-१९ राहत कोषको तेस्रो चरणमा साना व्यवसायीलाई $५ मिलियन डलर उपलब्ध गराएको छ । योग्य व्यवसायीहरूले $२५,००० सम्मको अनुदानको लागि आवेदन दिन सक्छ । अनुप्रयोगहरू अब उपलब्ध छन् र निरन्तरतका आधारमा समीक्षा गरिनेछ । योग्यता आवश्यकताहरू सहित कोषको बारेमा थप जानकारीका लागी तथा सहयोगका लागी अनलाइन आवेदन दिनका लागी  https://www.somervillema.gov/departments/programs/small-business-covid-19-relief-fund मा हेर्नुहोस् ।

 

·        तपाईंको आर्थिक खाता भुक्तानको लागि तपाईंको बैंक खाता वा चिठिपत्रको जाँच गर्नुहोस्: आर्थिक प्रभाव भुक्तानीको दोस्रो चरण (२०१९ मा $७५,०००० सम्म कमाउनेहरूका लागि $६०० डलर र सो भन्दा अधिक कमाउनेहरूको लागि कम) वितरण सुरु भयो । यदि तपाईं महामारीको प्रभावको आर्थिक भुक्तानी प्राप्त गर्न योग्य हुनुहुन्छ भने यो पहिले महामारीको प्रभावमा भएको आर्थिक भुक्तानीको जस्तो अवस्था हो । थप जानकारीको लागि र तपाईंको भुक्तानी स्थिति जाँच गर्न आई.आर.एस. वेबसाइट https://www.irs.gov/coronavirus/economic-impact-payments मा हेर्नुहोस् ।

 

·        हामी अझै घरेलु मास्कहरू https://www.somervillema.gov/news/city-distribute-100000-commercial-masks-residents-launches-10000-mask-drive-homemade-cloth १०,००० मास्क अंशको रूपमा स्वीकार गर्दैछौं: हामी ५,००० मास्क माईलस्टोन पार गरिसकेका छौं ! धन्यवाद ! के तपाई हामीलाई १०,००० सम्म मास्क पुग्नका लागी मद्दत गर्न सक्नुहुन्छ? यदि तपाईं समरभिलको रचनात्मक निवासी हुनुहुन्छ जो पुन:प्रयोज्य अनुहारको मास्क सिलाइरहनुभएको छ भने कृपया हाम्रो १०,००० मास्क ड्राइभमा केही चन्दा दिन विचार गर्नुहोस् । ती मास्कहरु धोएर सफा गरिसकेपछि जेष्ठ नागरिक र अन्य कमजोर स्वास्थ्य स्थिति भएका जनसंख्यामा वितरित गरिनेछ । यदि तपाईं मास्क चन्दा दिन चाहानुहुन्छ भने तिनीहरूलाई झोलामा बन्द गरेर राख्नुहोस् र तिनीहरूलाई ड्रप बक्समा ल्याउनुहोस् जुन या त केन्द्रिय पुस्तकालय (७९ हाईलैंड एभ) वा पूर्वी शाखा पुस्तकालय (११५ ब्रॉडवे) मा उपलब्ध छ ।

 

·        नि:शुल्क कोभिड-१९ परीक्षण: सि.एच.ए. समरभिल अस्पताल एसेम्बली स्क्वायरमा निःशुल्क परीक्षण प्रदान गर्दछ । परिक्षणको समय निर्धारण गर्नका लागी सोमबार देखि शुक्रबार बिहान ८:३० बजे देखि दिऊसो ४:०० बजे सम्म (६१७)६६५-२९२८ मा फोन गर्नुहोस् । कोभिड-१९ को घुम्ति परीक्षण एकाईले हाम्रो घर छेउछाउमा परीक्षण प्रदान गर्दछ । मोबाइल परीक्षण तालिका जब उपलब्ध हुन्छन् त्यसको बारेमा थप जानकारी https://www.somervillema.gov/covidtesting मा फेला पार्न सकिन्छ । राज्यले चेल्सी र एभरेटको नजिकैको समुदायहरू सहित धेरै स्थानमा परीक्षण स्थलहरू पनि संचालन गरिरहेको छ । थप जानकारीको लागि राज्यको वेबसाइट https://www.mass.gov/info-details/stop-the-spread मा जानुहोस् ।

 

सार्वजनिक स्वास्थ्य सल्लाह: रोगको संख्या पहिले भन्दा बढि छ कृपया कोभिड सुरक्षा नीतिहरुको जानकारी राख्नुहोस्

डिसेम्बरमा समरभिलमा कम्तिमा १,१३५ कोभिड-१९ नयाँ बिरामीहरू भएका थिए । यो संख्या अघिल्लो तीन महिनाको भन्दा बढी संख्या यो । यो संख्या महिनाको अन्त्य सम्मको परीक्षणमा अझ बढ्न सक्छ । हामी यो महामारीको सामना दशौं महिनामा गरिरहेका छौं र यो एकदम महत्त्वपूर्ण छ कि हामी सबैले यो महामारी रोक्नको लागि आफ्नो भूमिका गरिरहेका छौं र अझं गरिरहनु आवश्यक छ । यसमा जब तपाईं सार्वजनिक स्थलमा हुनुहुन्छ, वा तपाँई कसैको साथमा हुनुहुन्छ तर तपाँई उहासँग बस्नुहुन्न, वा तपाईं बिरामी महसुस गर्नुहुन्छ, वा तपाँई त्यस्ता कसैको नजिक सम्पर्कका पुग्नु भएको छ भने अनुहार ढाक्ने वा मास्क लगाउनु पर्ने विषय समावेश छ । यी कदमहरुले तपाईं, तपाईंको परिवार, साथीहरू, र छिमेकीहरू, कामदारहरू, र जो कोभिड-१९ को बढी जोखिममा छन् उनीहरुको रक्षा गर्न मद्दत गर्दछ ।

 

सहायता सुझाव: बच्चाहरूको लागि अनलाइन मनोरन्जन

समरभिल सार्वजनिक पुस्तकालयले धेरै युवाका लागी सामग्रीहरू ईबुक, अडियोबुक, स्ट्रिमि भिडियो, र अन्य सामाग्रीहरु भर्चुअल https://www.somervillepubliclibrary.org/kids/digital-library-kids

रुपमा तपाईंको लाइब्रेरी कार्डको माध्यामबाट अक्षरशःपहुँच पाँऊन सकने व्यावस्था गर्दैछ ।

 

पुन:सञ्चालनका नयाँ चरणबारेः

समरभिल सिटिले अर्को सूचना नभएसम्म पुन:सञ्चालनको संशोधित चरण २ चरण २ https://www.somervillema.gov/news/somerville-remain-modified-phase-2-step-2-reopenings मा कायम रहनेछ (यसले जिम, फिटनेस सेन्टर र अन्य व्यवसाय तथा गतिविधिहरूमा अतिरिक्त प्रतिबन्ध समावेश गर्दछ)।

 

सिटिका अन्य समाचार र घटनाहरूः

वित्तीय वर्ष २०२१ सम्पत्ति कर निर्धारण जानकारी अब अनलाइन https://www.somervillema.gov/departments/finance/assessing मा उपलब्ध छ ।

 

अधिकार पत्र समीक्षा समिति https://www.somervillema.gov/news/application-deadline-extended-somerville%E2%80%99s-charter-review-committee-seeks-community-members को आवेदन अवधि १/१९ मा विस्तार गरियो (यो अवसर प्राविधिक वा सुस्त लाग्न सक्छ तर यो वास्तवमा हाम्रो सिटि सरकारको आकार र लोकतान्त्रिक संरचनाहरूको माध्यमबाट सोच्नका साथ संलग्न हुनको लागि एक शक्तिशाली चीज हो । हामी यि परिप्रेक्षाहरुमा हाम्रो समुदाय सदस्य भित्र ठूलो विविधता प्रतिबिम्बित सुनिश्चित गर्न यसको एक विस्तृत तहको खोजी गर्दैछौं । (त्यसैले कृपया हेर्नुहोस् र प्रयोगको विचार गर्नुहोस्।)

 

ओपिओइड दुरुपयोग र दुरुपयोग - परिवार र साथीहरूको सहयोग समूह १/१२ https://www.somervillema.gov/events/2021/01/12/opioid-misuse-and-abuse-family-and-friends-support-group

समावेशी आवास आभासी कार्यालय https://www.somervillema.gov/events/2021/01/14/inclusionary-housing-program-virtual-office-hours १/१

 

मार्टिन लूथर किंग डे छुट्टी सोमबार १/२० (भर्चुअल एम.एल.के. दिनका कार्यक्रमहरूको विवरणहरूको लागि हेर्नुहोस् । सिटिका सबै कार्यालयहरू बन्द रहने, फोहोर उठाउने कार्य यस हप्ताभर एक दिन ढिला हुनेछ ।)

 

समरभिल सार्वजनिक पुस्तकालय अनलाइन https://www.somervillepubliclibrary.org/ कार्यक्रमहरू (शिल्प सामग्रीहरुको कर्बसाइड पिकअप, ई.एस.एल., नागरिकताका प्रशिक्षण, कथा समय, र अन्य थप जानकारीका लागी)

 

राज्य वर्तमान खोप उपलब्धता तालिकाः

उल्लेख गरिएका यी जानकारीहरु परिवर्तनको विषय हुन सक्छ । उदाहरण को लागी सि.डि.सि.ले यस हप्ता https://www.nytimes.com/live/2021/01/06/world/covid-19-coronavirus#more-pharmacies-will-begin-distributing-doses-to-high-risk-groups-and-other-vaccine-news उच्च जोखिम समूहहरुमा पर्ने फार्मेसीहरुलाई आशा गरिए भन्दा छिटो खोप लिन सक्ने घोषणा गर्‍यो । अतः हामी तपाईंलाई कसलाई, कहिले र कसरी खोप लगाउने भनी जानकारी दिनेछौं । अहिलेको लागि राज्य योजना यहाँ छ: कोभिड-१९ खोपहरू राज्यद्वारा स्थापित चरणबद्ध तालिकामा आधारित हुनेछन् । हाल चरण १ चलिरहेको छ । हालको वितरण योजना प्राथमिकता क्रम तल सूचीबद्ध छ ।

चरण १: डिसेम्बर २०२० - फेब्रुअरी २०२१:

o   क्लिनिकल र गैर क्लिनिकल स्वास्थ्य सेवा कामदारहरू प्रत्यक्ष र कोभिड-१९ को सामना गरिरहेका वा हेरचाह गरिरहेका व्यक्तिहरु

o   दीर्घकालीन हेरचाह सुविधा भएका स्थानअरु, आराम घरहरू, र तीनका सहयोगी बस्ने सुविधा स्थलहरुमा रहने व्यक्तिहरु

o   प्रहरी, वारुणयन्त्र, र आपतकालीन चिकित्सा सेवा प्रदायकहरू

o   समग्र देखभालका कार्य गर्ने व्यक्तिहरु (सुधार तथा आश्रय गृह सहित)

o   घुम्ति तथा घर घरमा आधारित स्वास्थ्य सेवा कर्मचारीहरू

o   स्वास्थ्य सेवा कार्यकर्ताहरूले गैर-कोभिड- सामना गर्ने व्यक्तिलाई हेरचाह गरिरहेका व्यक्तिहरु

 

चरण २: फेब्रुअरी २०२१ - अप्रिल २०२१

o   २+ https://www.cdc.gov/coronavirus/2019-ncov/need-extra-precautions/people-with-medical-conditions.html र / वा उमेर +७५+ को साथ व्यक्ति (कोभिड-१९ जटिलता तथा उच्च जोखिम)

o   प्रारम्भिक शिक्षा, के.-१२, ट्रान्जिट, किराना, उपयोगिता, खाद्य र कृषि, सरसफाई, सार्वजनिक निर्माण र सार्वजनिक स्वास्थ्यकर्मी

o   वयस्क +६५+

o   एक https://www.cdc.gov/coronavirus/2019-ncov/need-extra-precautions/people-with-medical-conditions.html साथ व्यक्तिहरू

 

चरण ३: अप्रिल २०२१ - जून २०२१

o   सर्वसाधारण व्यक्तिहरु

 

 

अशक्तता भएका व्यक्तिहरू जसलाई सहयोगी साधनहरू र सेवाहरू प्रभावी सञ्चारका लागि आवश्यक हुन्छन्, वैकल्पिक ढाँचामा लिखित सामग्री, वा नीति र प्रक्रियाहरूमा उचित संशोधनहरू, समरभिल शहरको कार्यक्रमहरू र गतिविधिहरूको पहुँच गर्न वा बैठकहरूमा उपस्थित हुन नेन्से सलामौनलाई NSalamoun@somervillema.gov मा वा (६१७)६२५-६६०० को २३२३ मा सम्पर्क गर्नुपर्दछ ।

समरभिल सिटिको कोभिड-१९ अध्यावधिक जानकारी

बिहिबार, डिसेम्बर २४, २०२०

प्रिय समुदाय सदस्यहरु,

यहाँ समरभिल सिटिको बुधवार, डिसेम्बर २४,२०२० को कोभिड-१९ को अध्यावधिक जानकारी उपलब्ध छ । अन्य थप अध्यावधिक जानकारी तथा संसाधनहरूको जानकारीको लागि कृपया somervillema.gov/covid19 मा हेर्नुहोस् ।

ताजा समाचार:

·        कोभिड-१९ गणना: मार्च देखि डिसेम्बर २४, २०२० बिहान १०:०० बजे सम्ममा समरभिल सिटिका २,९९० बासिन्दाहरुले कोभिड-१९ को सकारात्मक परीक्षण गरेका छन् । यसमा अन्य १९० जनामा पनि सम्भावित सकारात्मक परिक्षणहरू भएको मानिएको छ (कतिपय वर्तमानमा, विगतमा केहि) र दुखद रुपमा ५१ जनाको मृत्यु भएको छ । समरभिल सिटिको थप तथ्यका लागी somervillema.gov/covid19dashboard मा हेर्नुहोस् ।

·        तपाई खोप कहिले प्राप्त गर्न सक्नुहुनेछ ?: कोभिड-१९ खोप पहिलो चरणमा स्वास्थ्यकर्मीहरू, पहिलो प्रतिक्रियाकर्ताहरू, र दीर्घकालीन हेरचाह सुविधाका लागी काम गरी बस्ने व्यक्तिहरू, https://www.mass.gov/info-details/when-can-i-get-the-covid-19-vaccine मा लगाऊन सुरु भैसकेको छ । दोस्रो चरण जुन फेब्रुअरी २ मा सुरु हुने आशा गरिएको छ त्यसमा पहिले नै कोभिड-१९ भैसकेका व्यक्तिहरु, ६५ बर्ष वा सो भन्दा माथि उमेरका व्यक्तिहरु, अग्रपंङ्तिमा रही काम गर्ने कामदारहरू, र केही सर्तहरू भएका व्यक्तिहरु जसलाई कोभिड-१९ ले छिटै आक्रमण गर्न सम्भावना भएका https://www.cdc.gov/coronavirus/2019-ncov/need-extra-precautions/people-with-medical-conditions.html मानिसहरूलाई समावेश गरिनेछ । यदि तपाइँ दोस्रो चरण खोप लिन योग्य हुनुहुन्छ भने हामी तपाईंलाई खोप सम्बन्धी जानकारीमा ध्यान दिन तथा आफुले पाऊने खोपका लागी निश्चित भई हामीलाई जानकारी गराऊन अनुरोध गर्दछौं जसले गर्दा हामीलाई यो खोपको योजना बनाउन सहयोग हुनेछ छ । तपाईंको स्वास्थ्य सेवा प्रदायक, तत्काल हेरचाह गर्ने संस्था, वा सामुदायिक स्वास्थ्य केन्द्रले पनि तपाईंलाई "निश्चित सर्तहरू" वर्गमा पर्नु हुन्छ भन्ने निर्धारण गर्न मद्दत गर्न सक्नेछन् । हामी यी जानकारीहरु ईमेल मार्फत वा https://www.somervillema.gov/covid19 मा अध्यावधिक गर्नेछौं ।

·        स्थानीय व्यापारिक सहयोगका लागी $५ मिलियन अमेरिकी डलर थप: गत हप्ता मेयर कर्टाटोनीले स्थानीय व्यापार स्थिरताको लागि $५ मिलियन डलर https://www.somervillema.gov/news/somerville-rolls-back-covid-19-reopenings-modified-version-phase-ii-step-2 विनियोजन गर्नका लागी  अनुरोध गर्नु भएकोमा नगर परिषदले सो अनुरोधलाई अनुमोदन गरेको छ । व्यापार मालिकहरूले कोषको लागि कसरी आवेदन दिन सक्छन् भन्ने बारे थप जानकारीको लागि वा व्यापारिक सहयोगका लागी र थप अध्यावधिक जानकारीका लागि, तथा आर्थिक विकास न्यूजलेटरको लागि यहाँ https://us3.list-manage.com/subscribe?u=4295afe228ec6bb6d10f44dca&id=dad8598d25 मा गएर नाम दर्ता गर्नुहोस् ।

·        समरभिल सिटि पुनःसञ्चालको दोस्रो चरणको संशोधित संस्करणमा: डिसेम्बर १६ मा सिटि, क्षेत्र, राज्य, र देशमा कोभिड-१९ को बढ्दो प्रसारको कारण समरभिल अस्थायी रूपमा पुन:सञ्चालनको संशोधित संस्करणमा राज्यको दोस्रो चरको संसोधित दोस्रो चरण योजना तलका व्यवसायहरू फेरि कम्तिमा जनवरी ६ सम्म बन्द रहने गरी पछी हटाईएको https://www.somervillema.gov/news/somerville-rolls-back-covid-19-reopenings-modified-version-phase-ii-step-2 छ ।

o  भवन भित्र सञ्चालित कसरत केन्द्रहरू, स्वास्थ्य क्लबहरू, र वैकल्पिक स्थानहरू प्रयोग गरिरहेका शारिरिक व्यायाम स्थलहरु । तर एक-मा-एक व्यक्तिगत प्रशिक्षण सत्रका लागी भने अनुमति कायम छ ।

o  कला, शिक्षा र जीवन विज्ञानमा भवन भित्र गरिने गैर-खेलकुदका शिक्षण कक्षाहरु १८ बर्ष वा माथिका व्यक्तिका लागि ।

o  भवन भित्रका रमाईलो र खेलकुद सुविधाहरू (१८ बर्ष वा कम उमेरका बाहेक) । तर भित्रि पौडि पोखरीहरू सबै उमेरका लागि पूर्व-दर्ता ढाँचा संरचना अन्तर्गत खुला रहन सक्दछ । प्रत्येक पौडी लेनमा एक व्यक्ति मात्र सीमित हुनु पर्छ ।

o  कम सम्पर्कको सम्भावनाका लागी भवन भित्रका मनोरन्जन स्थलहरू (उदाहरणका लागि कुल्हाडी फ्याँक्ने, १८ भन्दा मुनिका युवाहरू बाहेक रक क्लाइम्बि आदि)।

·        राज्यले नयाँ क्षमता दिशानिर्देशहरू घोषणा गरेकोछ: डिसेम्बर २६ देखि लागु हुनेगरी रेस्टुरेन्टहरू, पूजा घरहरू, र प्रायः सबै व्यवसायहरूले २५% क्षमता सीमा पालन गर्नुपर्नेछ । नयाँ राज्य दिशानिर्देशहरू कम्तिमा जनवरी १० सम्म कायम नै रहने छन् । थप जानकारीको लागि राज्यको https://www.mass.gov/info-details/temporary-capacity-and-gathering-limits वेबसाइटमा हेर्नुहोस् । भित्री र बाहिरी भेलाहरूको लागि समरभिलको १० व्यक्तिको स्थानीय सीमा यथा स्थानमा रहन्छ । राज्यले अब सबै भित्रि जमघटहरू, निजी वा सार्वजनिकलाई १० भन्दा बढी व्यक्तिको लागि बन्द गरेको छ । तर वर्तमान बृद्धिलाई सुस्त पार्न मद्दत गर्नको लागि तपाईं आफूले नचिनेका कुनै व्यक्तिसँग घर भित्र कुनै प्रकारका भेलाहरु नगरी आफ्नो तर्फको जिम्मेवारी पुरा गर्न सक्नुहुन्छ ।

·        समरभिलको पहिलो झण्डा उठाउने भर्चुअल कार्यक्रम हुने: जनवरी १, १७७६ मा जर्ज वाशिंगटनले ग्रान्ड युनियन झण्डा प्रोस्पेक्ट हिलमा उठाएका थिए । प्रत्येक वर्ष हामी ऐतिहासिक घटनाको सम्झना गर्न प्रोस्पेक्ट हिलमा भेला हुन्छौं । तर यस वर्ष यो उत्सव भर्चुअल हुनेछ । जनवरी १ देखि तपाईं यस वर्षको सुधार गरिएको समारोह सिटि टिभी https://www.somervillema.gov/departments/communications-and-community-engagement/somerville-city-cable बाट प्रतक्ष्य र सिटिको युट्युव https://www.youtube.com/user/SomervilleCityTV च्यानलबाट रेकर्ड हेर्न सक्नुहुनेछ ।

·         नि:शुल्क कोभिड-१९ परीक्षण: सि.एच.ए. समरभिल अस्पतालले एसेंबलीरोमा निःशुल्क कोभिड-१९ को परीक्षण प्रदान गर्दछ । समयका लागि सोमबार-शुक्रबार बिहान ८:३० बजे देखि दिनको ४:०० बजे सम्म (६१७)६६५-२९२८ मा फोन गर्नुहोस् । घुम्ती परिक्षण एकाइ  https://www.somervillema.gov/covid19testing ले पनि हाम्रो छेऊछाऊमा कोभिड-१९ परीक्षण प्रदान गर्दछ । घुम्ती परीक्षण तालिका र अन्य थप जानकारीका लागी https://www.somervillema.gov/covid19 को "लक्षणहरू, परीक्षण, र चिकित्सा जानकारी" ट्याब अन्तर्गत फेला पार्न सकिन्छ । राज्यले चेल्सी र एभरेटको नजिकैको समुदायहरू सहित धेरै फैलिएको क्षेत्रमा पनि परीक्षण स्थलहरू पनि संचालन गरिरहेको छ । थप जानकारीको लागि राज्यको वेबसाइट https://www.mass.gov/info-details/stop-the-spread मा जानुहोस् ।

सार्वजनिक स्वास्थ्य सल्लाह:

यो म्यासाच्युसेट्स् हेल्थ कनेक्टरमा नामांकनका लागि समय खुला गरिएको छ

यदि तपाईंले स्वास्थ्य बीमाको लागि आवेदन दिन आवश्यक छ वा म्यासाचुसेट्स हेल्थ कनेक्टर मार्फत तपाईंको कभरेजमा परिवर्तन गर्न आवश्यक छ जसमा मास-हेल्थ र कनेक्टर-केयर जस्ता योजनाहरू छन्, यसका लागी हाल नामांकन समय खुला गरिएकोछ । तपाईंको २०२१ को स्वास्थ्य विमाको लागी जनवरी २३ सम्ममा https://www.mahealthconnector.org/ मा भ्रमण हेर्नुहोस् ।

सहायता सुझाव:

बेरोजगारी दावीमा भएको तथ्यांक चोरीको प्रतिवेदन सार्वजनिक हुंदै

म्यासाच्युसेट्स् बेरोजगारी सहायता विभाग (डी.यू.ए.) बेरोजगारी भत्ताका लागी भएका दावीहरू https://www.mass.gov/info-details/report-unemployment-benefits-fraud का समयमा अरुको व्यक्तिगत तथ्यांक चोरी गरी दायर उल्लंघन गरी बेरोजगारी भत्ता दावी गरी भएका ठगीहरुको प्रतिवेदन सार्वजनिक गरिरहेको छ । यदि तपाइँ बेरोजगारीको बारेमा पत्र प्राप्त गर्नु भयो भने तपाईंले सो दावी गर्नु भएको थियो कि थिएन जानकारी दिनुहोला । यदि तपाइँलाई अरु कसैले तपाँईको जानकारी चोरेको शंका गर्नुहुन्छ भने वा कसैले ब्यक्तिगत फाइदाको लागि तपाइँको व्यक्तिगत जानकारीको प्रयोग गरेको छ भन्ने लागेको छ भने डी.यू.ए.लाई डी.यू.ए. को ठगी प्रतिवेदन https://www.mass.gov/forms/unemployment-fraud-reporting-form भरेर वा (८७७)६२६-६८०० मा फोन गरी सतर्क गर्नुहोस् । तपाईको पहिचान र क्रेडिट जानकारी प्रयोग गरी यदि कसैले तपाईको नाममा बेरोजगारी फाइदाहरुको लागि ठगी आवेदन गरेको छ भने सुरक्षित हुनका लागी तपाईले लिन सक्ने थप कदमहरु बारेका जानकारीहरु https://www.mass.gov/service-details/report-identity-theft मा उपलब्ध छन् । ।

सिटिका अन्य समाचारहरूः

बिदा तथा बन्द / फोहोर ऊठाउनमा ढिलाइ: यदि तपाईंको फोहोर र रिसाइक्लि सामान्यतया शुक्रबार ऊठाउने गरिएको थियो भने क्रिसमस र नयाँ वर्षको छुट्टीहरूको कारण यस हप्ता र अर्को हप्ता दिन एक दिन ढिलाइ हुनेछ भनेर सम्झनुहोस् । आवासीय अनुमति पार्किंग र पार्किंग मिटर डिसेम्बर २५ र जनवरी १ मा लागू हुनेछैनन् । सि.एच.ए. परीक्षण स्थलहरू क्रिसमस र नयाँ वर्षको दिनमा बन्द हुनेछ । डिसेम्बर २४ र ३१ मा दिऊसो २:०० बन्द हुनेछन् ।

योजना/कार्यक्रमहरू:

https://somervilleartscouncil.org/illuminationstour जनवरी १ सम्म ।

https://www.somervillema.gov/news/city-somerville-seeking-climate-forward-ambassadors-winterspring-2021

https://www.somervillema.gov/events/2020/12/30/inclusionary-housing-program-virtual-office-hours बुधबार, डिसेम्बर ३० साँझ ५:०० बजे सम्म ।

https://somervilleartscouncil.org/projectionseries जनवरी भर ।

http://somervillecityma.iqm2.com/Citizens/Detail_Meeting.aspx?ID=3050 सोमबार, जनवरी ४ साँझ ६:०० बजे (आधिकारीक रुपमा निर्वाचित पदाधिकारी तथा समितिको संयोजकहरुको सपथ)

https://www.somervillema.gov/events/2021/01/05/opioid-misuse-and-abuse-family-and-friends-support-group मंगलबार, जनवरी ५ साँझ ५:३० बजे

https://www.somervillepubliclibrary.org/

धन्यवाद ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई सहयोगी साधनहरू र सेवाहरू प्रभावी सञ्चारका लागि आवश्यक हुन्छन्, वैकल्पिक ढाँचामा लिखित सामग्री, वा नीति र प्रक्रियाहरूमा उचित संशोधनहरू, समरभिल शहरको कार्यक्रमहरू र गतिविधिहरूको पहुँच गर्न वा बैठकहरूमा उपस्थित हुन नेन्से सलामौनलाई NSalamoun@somervillema.gov मा वा (६१७)६२५-६६०० को २३२३ मा सम्पर्क गर्नुपर्दछ ।

 

समरभिल सिटि, म्यासाच्युसेट्स्

जोशेफ ए. कर्टाटोनी

मेयर

सम्पर्कः media@somervillema.gov, फोनः (८५७)५२३-९९०५

तत्काल प्रकाशनका लागी ।                                                                            बिहिबार, डिसेम्बर १७, २०२०

समरभिल सिटिको हिमपात आपतकालीन अवस्था शुक्रबार हट्दै

डिसेम्बर १८, २०२० बिहान १०:०० बजे

सिटिको पार्किंग स्थलहरुमा राखिएका सवारी साधनहरु

मध्यान्न १२:०० बजे भित्रमा हटाऊनुहोस् ।

घर/जग्गा धनिले आफ्नो घर/जग्गासंग जोडिएको सडक पेटी

शुक्रबार दिँऊसो १:०० बजे भित्र सफा गरिसक्नु पर्नेछ ।

समरभिल – समरभिल सिटिको हिमपात आपतकालीन अवस्था शुक्रबार, डिसेम्बर १८, २०२० को बिहान १०:०० बजेबाट हटाईएको छ । यस अवधी पछी सामान्य पार्किंग नियमहरु लागु हुनेछन् । तपाँईलाई टिकट पाँऊनबाट जोगाउन र टो गरी तपाँईको सवारी साधन उठाएर लानबाट जोगाउन तथा असल छिमेकी हुन र सुरक्षित रहनका लागी तलको जानकारीहरु उपयुक्त उपायहरु हुन सक्छन् ।

सिटि स्वामित्वको पार्किंग स्थलहरुमा रहेका सवारी साधनहरुः वासिन्दाहरुले आपतकालीन अवस्था घोषणा भएको अवधीमा सिटि स्वामित्व रहेका पार्किंग स्थलहरुमा पार्किंग गरेका सवारी साधनहरु आपतकालीन अवस्था हटेको २ घण्टा भित्रमा सो स्थानबाट हटाई सक्नु पर्नेछ । अतः शुक्रबार मध्यान्न १२:०० बजे सम्ममा सिटि अनुमति प्राप्त पार्किंग स्थलमा रहेका सवारी साधन नहटाईएमा ती सवारी साधनहरुमा टिकट दिन र/वा टो गरी उठाई लान सकिने छ, जसले गर्दा सिटिबाट हिँऊ सफाईका लागी खटिएका कर्मचारिहरुले सजिलै हिँऊ सफा गर्न सक्नेछन् ।

पार्किंग अनुमती पत्र देखिनु पर्नेः यस हिमपातको अवधिमा तपाँईको सवारी साधन हिँऊले ढाकिएको छ । तपाँईले हिमपात आपतकालीन अवस्था हटेको २४ घण्टा भित्रमा पार्किंगको लागी सिटिले प्रदान गरेको पार्किंग अनुमती पत्र देखिने गरी तपाँईको सवारी साधन सफा गरिसक्नु पर्नेछ । अतः शनिबार, डिसेम्बर १९, २०२० को बिहान १०:०० बजे सम्ममा पार्किंग अनुमती पत्र देखिने गरी सवारी साधन सफा गरिसक्नु पर्नेछ । अन्यथा तपाँईको सवारी साधनमा टिकट दिन सकिनेछ ।  

सवारी साधनको हिँऊ सफा गरिसक्नु पर्नेः यस हिमपातको अवधिमा तपाँईको सवारी साधन हिँऊले ढाकिएको छ । तपाँईले हिमपात आपतकालीन अवस्था हटेको ४८ घण्टा भित्रमा सवारी साधनबाट पुर्ण रुपमा हिँऊ सफा गरिसक्नु पर्नेछ । अतः आईतबार, डिसेम्बर २०, २०२० को बिहान १०:०० बजे सम्ममा तपाँईको सवारी साधनको हिँऊ सफा गरिसक्नु पर्नेछ । अन्यथा तपाँईको सवारी साधनमा टिकट दिन सकिनेछ ।

सडक पेटीको हिँऊ सफा गर्नेः घर/जग्गा धनीले हिँऊ पर्न छाडेको ६ घण्टा दिनको ऊज्यालो समय भित्रमा आफ्नो घर/जग्गासँग जोडिएको सडक पेटिको हिँऊ सफा गरिसक्नु पर्नेछ । राती एकदमै बढी चिसो भएका कारण वरफ जम्ने भएका कारण हामी घर/जग्गा धनीलाई सकेसम्म छिटो उक्त हिँऊ तथा वरफ सफा गर्न प्रोत्शाहित गर्न चाहन्छौं । सडक पेटी शुक्रबार दिँऊसो १:०० बजे भित्रमा सफा गरिसक्नु पर्नेछ । सडक पेटी ३ फिट चौडा सफा हुनु पर्नुछ । तर सडक पेटी सफा गर्दा आफ्नो सुरक्षालाई विशेष ध्यान दिनुहोस् । बेला बेलामा आराम गर्नुहोस् । तातो रहने प्रयास गर्नुहोस् । चिसो मौसममा अपनाउनु पर्ने सुरक्षा सावधानीका लागी https://www.somervillema.gov/news/extreme-cold-advisory-and-safety-tips मा हेर्नुहोस् ।

हिँऊ सोहोर्नका लागी सहयोगः यदि तपाँई जेष्ठ नागरीक वा शारिरिक रुपमा असक्त हुनुहुन्छ र हिँऊ सोहोर्न असर्मथ हुनुहुन्छ र यसका लागी सहयोग चाहनु हुन्छ भने कृपया एजिङ्ग काऊन्सीलको फोन नं (६१७)६२५-६६०० *२३०० मा दैनिक कार्यालय समयमा फोन गरी आफ्नो नाम समावेश गराउनुहोस्, जसले गर्दा आगामी समयमा तपाँईले सहयोग प्राप्त गर्न सक्नु हुनेछ ।

साईकल यात्राः साईकलका लागी छुट्टाईएको बाटोमा सिटिका कर्मचारीहरुले हिँऊ तथा वरफ पन्छाउने छन् । तर हिमपात भईरहेको समयमा तत्काल पुनः हिँऊ जम्मा हुने वा चिसोका कारण वरफ जम्न सक्ने सम्भावनालाई भने नकार्न सकिदैन । हिँऊ सफा गरुन्जेल कुर्नुहोस् । यस्तो अवस्थामा वाध्यात्मक अवस्थामा बाहेक साईकलमा यात्रा नगर्न सल्लाह दिईन्छ । तपाँई अन्य सवारीका विकल्प पनि छनौट गर्न सक्नु हुन्छ । वाध्यात्मक अवस्थामा साईकलमा यात्रा गर्नु पर्ने भएमा होशियारी अपनाऊनु होला ।

कसरी सहयोग गर्नेः तपाँईको छिमेकीलाई सोध्नुहोस्, पानीका हाईड्रेन्टहरुमा हिँऊ सफा गर्नुहोस्, तपाँईको ड्राईभवे प्रयोग गर्नुहोस,  पार्किंग आदान प्रदान गर्नुहोस्: तपाँईले सक्नु हुन्छ भने तपाँईको छिमेकीमा जेष्ठ नागरीक, शारिरिक असक्त व्यक्तिहरु, वा अन्य छिमेकीहरु जसलाई हिँऊ सफा गर्नका लागी सहयोगको आवश्यकता पर्दछ, ऊनीहरुलाई सहयोग गर्नुहोस् । हाम्रा कर्मचारीहरु पानीका हाईड्रेन्ट, र अन्य सार्वजनिक महत्वका स्थलहरु सफा गर्दैछन् । यदि सम्भव भए तपाँईले पनि यसमा सहयोग गर्नु भएमा हामी आभारी हुने छौं । अन्त्यमा यो हिँऊ पर्ने समयमा पार्किंग साच्चै नै साँघुरा छन् । तपाँईको ड्राईभवे छ भने प्रयोग गर्नुहोस्, अरुलाई पनि स्थान भए उपलब्ध गराउनुहोस्, यदि तपाँई सडकमा पार्किंग गर्नुहुन्छ भने अरुको लागी पनि विचार गरेर पार्किंग गर्नुहोस् ।  

खुला/बन्द/ढिलाई/रद्दः

·          शुक्रबार खुला रहनेः

o   सिटिका रिमोट कार्यहरु सामान्य समय जस्तै नियमित रहनेछन् ।

o   बिद्यालयका रिमोट कक्षाहरु सामान्य समय जस्तै नियमित रहनेछन् ।

o   सिटि र बिद्यालय भवनहरु खुला रहने छन् । तर सिटि हलमा पार्किंग सिमित छन् ।

o   ग्रयाव एण्ड गो खाना बिहान ११:३० देखि दिँऊसो २:०० बजे सम्म मात्र उपलब्ध हुनेछ । बिहान लिन सकिने छैन ।

o   सबै सामुदायी बिद्यालयहरु नियमित तालिकामा सञ्चालन हुनेछन् ।

o   समरभिल सार्वजनिक पुस्तकालयको कर्वसाईड सेवा दिँऊसो २:०० बजेबाट शुरु हुनेछ ।

o   एसेम्ब्ली स्क्वाएरमा रहेको कोभिड-१९ परिक्षण सुचारु हुनेछ ।

o   आईस स्केटिङ्ग रिंक खुल्ला हुनेछन् ।

·          ढिलाईः

o   फोहोर उठाउने कार्य बिहिबारबाट १ दिन ढिला हुनेछ । बिहिबार बाहिर राख्नु पर्ने फोहोर शुक्रबार र शुक्रबार बाहिर राख्नु पर्ने फोहोर शनिबार बाहिर राख्नु पर्नेछ ।

·          रद्द गरिएकोः

o   सडक सफा गर्ने बढार्ने कार्य यस बर्षका लागी रद्द गरिएको छ । सिटिको नीति अनुसार पहिलो हिमपात आपतकालीन घोषणा पश्चात सो बर्षको सडक सफा गर्ने बढार्ने कार्य बर्षको लागी अन्त्य गरिन्छ ।

·          शुक्रबार बन्दः

o   केनेडी पौडि पोखरी

समरभिल सिटिको हिमपात आपतकालीन अवस्थाको अवधीमा यहाँहरुको धैर्यता र सहयोग वास्तवमै सर्हानिय छ । हिमपात सम्बन्धी नीति तथा थप जानकारीका लागी कृपया www.somervillema.gov/snow मा हेर्नुहोस् । सामान्य अवस्थामा अन्य जानकारी वा सिटिका सेवाहरुका बारेमा जान्नका लागी फोन नं.३११ वा (६१७)६६६-३३११ मा फोन गर्नुहोस् अथवा www.somervillema.gov मा हेर्नुहोस् । ३११मा fb.com/311Somerville, वा @311somerville, र 311 app बाट पनि सम्पर्क गर्न सकिन्छ ।

धन्यवाद ।

 

समरभिल सिटि, म्यासाच्युसेट्स्

जोसेफ ए. कर्टाटोनी

मेयर

सम्पर्क: Media@somervillema.gov वा फोन नं.(८५७)५२३-९९०५

तत्काल प्रकासनको लागि डिसेम्बर १६, २०२०

समरभिल हिमपात आपतकालिन अवस्थाको घोषणा

बुधवार, डिसेम्बर १६, २०२० साँझ ६:०० बजे

  • तपाँईको सवारी साधन टिकट पाँऊनबाट र टो गरी लैजानबाट बच्न राती १०:०० बजे सम्ममा सडकको जोर घर नम्बर भएको किनारामा राख्नुहोस् ।
  • नगरपालिकाको पार्किंग स्थलमा पनि पार्किंग अनुमति छ (तर बिद्यालयको पार्किंग स्थलमा भने अनुमती छैन ।
  • बिहिवार खुला रहने: सिटिको अनलाईन सेवाहरू बिहीबार बन्द रहनेः ग्र्याब र गो खाना पाईन स्थलहरू, कोभिड-१९ परीक्षण स्थल, पुस्तकालय कर्बसाइड सेवाहरू, सबै सिटि र बिद्यालय भवनहरू, रिंकस्, पौडी पोखरी बन्द रहनेछन् ।
  • रद्दीटोकरी (फोहोर उठाउने) / रिसाइक्लिंग पिकअप बिहिबारबाट एक दिन ढिलाइ हुनेछ ।

समरभिल - हालै मौसमको पूर्वानुमानको आधारमा सिटिले प्रभावको मुल्यांकन गर्दै बुधवार, डिसेम्बर १६, २०२० साँझ ६:०० बजेबाट लागु हुने गरी हिमपात आपतकालिन अवस्थाको घोषणा गर्दैछ । तपाँईको सवारी साधनरू (साँझ ६:०० बजे देखि राती १० बजेसम्ममा) सडकको जोर घर नम्बर भए तर्फ सार्नका लागि ४ घण्टा समय हुनेछ । (तर तपाईंको सडकमा फरक सडक संकेत छ भने सोही बमोजिम हुनेछ ।) कुनै पनि अपवादहरू नजिकका सडक संकेतहरूद्वारा उल्लेख गरिनेछ । सवारी साधनलाई एक तर्फ सार्नाले हिँऊ सफा गर्न र आपतकालीन सवारी साधन जानका लागि ठाउँ बनाउँदछ । त्यसैले यसमा तपाईंको योगदनका लागी धन्यवाद ।

हिमपात आपतकालीन पार्किंगका लागि नगरपालिकाका पार्किंग स्थलहरू पनि उपलब्ध छन् । सिटिको स्वामित्वमा रहेको उपलब्ध पार्किंग स्थलहरूको पूर्ण सूचीको लागि www.somervillema.gov/snow मा हेर्नुहोस् । हिमपात आपतकालिन समयमा पार्किंगका लागि बिद्यालय पार्किंग स्थलहरू भने उपलब्ध हुने छैनन् र ढोकाहरू राती १०:०० बजे बन्द हुनेछन् । तपाईंको सवारी साधन बिद्यालयको पार्किंग स्थलमा बन्द हुनबबाट, टिकट पाँऊनबाट, र टो गरी लैजानबाट जोगिनको लागि राती १०:०० बजे अगावै स्थान खाली गर्नुहोस् ।

साईकल लेनहरू र साईकल ट्र्याकहरू हाम्रो हिउँ हटाउने समुहले सफा गर्नेछन् । यद्यपि यो विचमा आँधीबेहरीको अवधिको लागि केही घण्टा तुरुन्तै हिउँ वा बरफ जम्मा हुन सक्छ । यदि तपाईंले यात्रा गर्नु पर्छ भने कृपया साइकल चलाउँदा सावधानी अपनाउनुहोस् र यातायातका अन्य उपायहरू प्रयोग गर्ने बारे विचार गर्नुहोस् ।

खुला / बन्द सेवाहरू:

बिहीबार खुल्ने:

-सिटी सेवाहरू रिमोट उपलब्ध रहनेछन्

-रिमोट बिद्यालय तालिका अनुसार जारी रहनेछन्

ढिलाइ:

-रद्दी टोकरी उठाऊन बिहिबारबाट १ दिन ढिलाइ भई शुरु हुनेछ (बिहीबारको सट्टा शुक्रबार र शुक्रबारको सट्टा शनिबार बाहिर राख्ने)

रद्द गरिएको:

-फोहोर उठाउने कार्य यो बर्ष भरका लागी रद्द गरिएको छ । पहिलो हिमपात आपतकालीन घोषणा पछी सडक सफा गर्ने बन्द गर्ने सिटिको नीति नै छ ।

बिहिबार बन्दः

-सबै सिटि कार्यालयहरु र बिद्यालय भवनहरू

-भोजन वितरण (अतिरिक्त खाना आँधीबेहरी भन्दा पहिले प्रस्ताव गरिएको छ)

-पुस्तकालय कर्बसाइड सेवाहरू

-सबै सामुदायिक बिद्यालय कार्यक्रम

-सिएचए कोभिड -१९ परीक्षण स्थल

-आइस रिक र क्यानेडी पोखरी

थप जानकारीको लागि somervillema.gov मा हेर्नुहोस् वा ३११ फोन गर्नुहोस्।

हिमपात आपतकालीन अवस्थाका बारेमा सामान्य जानकारी

फुटपाथ सफा गर्ने: सबैको लागि सुरक्षित मार्ग सुनिश्चित गर्न घर जग्गा मालिकहरूले हिउँ पर्न समाप्त भएपछी ६ घण्टा दिनको उज्यालो भित्र उनीहरूको घर जग्गा तर्फबाट हिउँ र बरफ हटाउन जिम्मेवार हुने छन् ।

चौबाटोको २० फिट भित्र पार्किंग नगर्नुहोस्: हिँऊ सफा गर्न र आपतकालिन सवारी साधनहरूको लागि पर्याप्त स्थान छोड्नको लागि चौबाटोको २० फिट भित्र पार्क गरिएका सवारी साधनहरू टिकट नपाउन र टो नहुनको लागी सो स्थलबाट हटाउनुहोस् । यो नियमन आवश्यकता अनुसार लागु गरीएको छ र विशेषत गरी साँघुरो सडकमा पालना गर्न महत्त्वपूर्ण छ ।

हिउँ परिक्रमण सहयोग: समरभिलमा हिम आँधी पछि जेष्ठ नागरिक वा अशक्त व्यक्तिहरूलाई बाहिर निकाल्न सहयोग गर्ने युवाहरूको लागि समरभिल टीन शोवलिंग कार्यक्रम एक भुक्तानीमा आधारित सहयोगको कार्यक्रम हो । सिजनका लागि किशोर र घरका मालिकहरू जोडी बन्न सक्छन् । आँधी अघिको समय भन्दा पहिले नै तपाईले यस विषयमा विचार गर्नु पर्छ र किशोर सहयोगीसँग जोडा बनाउनु पर्छ । भविष्यमा हुने आँधीबेहरीहरूका लागि कसरी आफ्नो नाम दर्ता गर्ने भनेर सोध्नका लागी एजिंगमा काउन्सिलको फोन नं. (६१७)६२५-६६०० x२३०० मा सम्पर्क गर्नुहोस् ।

हिमपात आपतकालिन पार्किंग अपवादहरू (किन किन केही सडकमा यस मौसममा अनौंठो पार्किंग छ): सीमित संख्यामा हिमपात आपतकालीन अवस्थामा सँधै अनौंठो पार्किंग हुन्छ । सामान्यतया यी एकतर्फी सडकहरू हुन् जहाँ ठाउँ-ठाउँमा अवरोधका कारण वर्षभर पार्कि केवल अनौंठो पक्षमा मात्र अनुमति दिइन्छ । केहि केसहरूमा ती सडकहरू हुन् जसको सडकको दुबै छेउमा पार्किंग छ तर हिउ सोहोर्ने मार्गको अवधिमा सडकको एक छेउमा भवनहरू छैनन् । यी अवस्थाहरूमा घरहरू सहित सडकको छेउमा मात्र पार्किंग अनुमति दिइन्छ। कृपया तपाईंको सडकमा संकेत जाँच गर्नुहोस् ।

अगाडि योजना बनाउनुहोस्: जाडोमा अगाडि योजना गर्नु राम्रो हुन्छ । एक पटक आपतकालिन अवस्थाको घोषणा भएपछि तपाईंले ४ घण्टा भित्रमा सवारी साधन सार्नुपर्नेछ । त्यसैले यदि तपाईं यात्रा गर्दै हुनुहुन्छ वा काम गर्दै हुनुहुन्छ भने सही स्थानमा पार्क गर्नु पर्छ । नत्र तपाईंले आफ्नो गाडीलाई समयमै सार्न गाह्रो हुन सक्छ ।

ड्राइववे प्रयोग: यदि तपाईंसँग ड्राइभवे छ भने कृपया हिमपात आपतकालको समयमा यसको प्रयोग कसरी गर्ने भन्ने बारे विचार गर्नुहोस् । यसमा छिमेकी वा साथीसँग साझेदारी गर्नुहोस् ।

सिटि सतर्कताहरू: समुदायका सदस्यहरूलाई आपतकालीन फोन, ईमेल र / वा पाठ सन्देश सचेतका साथै तपाईंको छिमेकको लागि महत्वपूर्ण जानकारी प्राप्त गर्न सिटिको चेतावनी प्रणालीको लागि आफ्नो नाम गर्न प्रोत्साहित गरिन्छ । Www.somervillema.gov/alerts मा वा ३११ (६१७)६६६-३३११ मा मोबाईल फोनबाट फोन गरेर सतर्कताको लागि नाम दर्ता गर्नुहोस् ।

हिमपात आपतकाल कहिलेलाई भनिन्छ? जब चार वा बढी इन्च हिउँको पूर्वानुमान गरिन्छ तब हिमपात आपतकालिन अवस्थाको घोषणा गर्न सकिन्छ । सिटि अधिकारीहरूले विभिन्न माध्यमहरूमार्फत आँधीबेहरी पूर्वानुमानलाई नजिकबाट अनुगमन गर्छन् र एक सूचित निर्णय गर्न सबै उपलब्ध जानकारीको प्रयोग गर्दछन् जुन पूर्वानुमान गरिएको हिउँको संग्रह, फुटपाथ तापक्रम, उत्तर-तूफानको तापक्रम, अघिल्लो आँधीबेहरीबाट बाँकी हिउँको अस्तित्व र अन्य कारकहरूलाई ध्यानमा राख्छन् ।

कसरी हिउँ आपतकालको बारेमा सूचित रहने: एक पटक हिमपात आपतकालिन अवस्थाको घोषणा भएपछि बासिन्दाहरूलाई सञ्चारको बहु-माध्हयामहरू मार्फत सूचित गरिन्छ । जसमा: सिटि सतर्कताहरू https://www.somervillema.gov/alerts, सिटी केबल टिभी (Comcast Channel १५ र २२ RCN Channel १३, १५ र ६१३ ), स्थानीय मिडिया (अनलाइन, रेडियो, प्रिन्ट, टिभी, आदि), सिटि सोशल मिडिया जसमा City of Somerville (Official), https://www.facebook.com/City-of-Somerville-Nepali%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-102843874517082,  311 Somerville,  ट्विटर somervilleCity र @311Somerville, सिटि वेबसाइट www.somervillema.gov  र फ्ल्याशिंग नीलो बत्तीहरू सिटिमा चौबाटोहरूमा सक्रिय पारिएका हुन्छन् (जब बत्तीहरू फ्ल्यास हुँदैछ, हिमपात आपतकालिन अवस्था प्रभावमा रहन्छ)।

समरभिल सिटिको कोभिड-१९

अध्यावधिक जानकारी

 

प्रिय समुदाय सदस्यहरु,

यहाँ सोमबार, डिसेम्बर १५, २०२० को कोभिड-१९ सम्बन्धी अध्यावधिक जानकारी उपलब्ध छ । कृपया उपलब्ध संसाधनहरू तथा अन्य थप अध्यावधिक जानकारीका लागी somervillema.gov/covid19 मा पनि हेर्नुहोस् ।

 

विशेष सन्देश:

सि.डि.सि.ले हामी "उच्च-संङ्क्रमण" को अवधिमा रहेको चेतावनी दिएको छ ।

यस अवधिका सुरक्षा सावधानीहरू महत्वपूर्ण छन् ।

सि.डि.सि.ले भर्खरै चेतावनी दिएको छ की "चिसो मौसम, अधिक समय घर भित्रै बिताउनु पर्ने बाध्यता, अमेरिकामा चली रहेको छुट्टीको मौसम, र रोग/बिमारीको सुक्ष्म फैलावट" का कारण कयौं बिरामी छन् तर उनीहरुमा कुनै लक्षणहरू देखिएका छैनन् । जसका कारण "संयुक्त राज्य अमेरिका हाल उच्च स्तरिय संङ्क्रमणको चरणमा प्रवेश गरिसकेको छ ।“ यो अवस्था म्यासाच्युसेट्समा पनि लागू हुन्छ । हामी तपाईंलाई अनावश्यक गतिविधिहरू सीमित गर्न र केन्द्र, राज्य, र स्थानीय स्तरमा जारी गरिएका कोभिड-१९ सम्बन्धी सबै सिफारिश तथा सुरक्षा दिशानिर्देशहरू पालना गर्न कडा आग्रह गर्दछौं । जसमा अनुहार ढाक्ने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, भीडभाड भएका ठाउँमा नजाने तथा नबस्ने, आवश्यकता अनुसार यात्रा स्थगित गर्ने, शुद्द हावाका लिने (कहिलेकाँही ढोका वा झ्याल खोल्ने), बारम्बार हात धुने, र यदि तपाँई आफु बिरामी भएको महसुस गर्नुहुन्छ वा भाइरसको चपेटामा परेको छु भन्ने लागेमा घरमै बस्ने र जाँच गराउने पर्दछन् ।

 

ताजा समाचार:

·        कोभिड-१९ गणना/तथ्याङ्क: मार्च २०१९ देखि सोमबार, डिसेम्बर १५, २०२० बिहान ८:०० बजे सम्म समरभिल सिटिका २,६८३ जना बासिन्दाहरूमा कोभिड-१९ को सकारात्मक परीक्षण (Positive Test) भएको छ । समरभिल सिटि भित्र अन्य १७३ जनामा पनि सम्भावित सकारात्मक परिक्षण भएको अनुमान गरिएको छ (कतिपय वर्तमानमा, विगतमा केही) । दुर्भाग्यवस यहाँ ५० जनाको मृत्यु भएको छ । यस सम्बन्धि थप जानकारीका लागी somervillema.gov/covid19dashboard मा हेर्नुहोस् ।

·        खोपहरू आउँदैछन्, तर पनि कोभिड सुरक्षा कायम राख्नुहोस्: राज्यले भर्खर कोभिड-१९ खोपहरू कहिले उपलब्ध हुनेछ भनेर समयरेखा https://www.mass.gov/covid-19-vaccine-in-massachusetts

जारी गरेको छ । यो समाचारले हामीमा अत्यावश्यक आशाको सञ्चार प्रदान गरेको छ, अब यो समय कोभिड-१९ का सुरक्षा उपायहरू सुस्थाउने समय होइन । यद्यपि स्वास्थ्यकर्मी र दीर्घ रोग भएका तथा हेरचाह गर्नु पर्ने व्यक्तिहरूले यस महिनाको सुरूमा नै खोपहरू लिन थाल्छन, तथापी यो खोप सबैका लागी अप्रिल-जून २०२१ सम्म व्यापक रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छैन । यो बीचमा हामी सबैले अनुहार ढाक्ने मास्क लगाउने काम निरन्तर गरिरहनु आवश्यक छ । मास्कले तपाईंको नाक र मुख ढाकिएको हुनु पर्छ । साथै सामाजिक दूरी र अन्य  सुरक्षा उपायहरू पनि अपनाउनु महत्त्वपूर्ण छ । जब खोपको बारेमा अधिक जानकारी उपलब्ध हुने छ तब स्थानीय रूपमा यी खोपहरु कसरी पाउने भन्ने जानकारी सहित somervillema.gov/covid19 मा सार्वजनिक गर्नेछौं ।

·        सी.डी.सी.ले अनुहार ढाक्नका लागि व्यापक रुपमा अनुरोध गरिरहेको छ: सी.डी.सी.ले अब जहिले पनि तपाई घरबाट बाहिर निश्किदा तपाईको नाक र मुखमा मास्क लगाउन वा अनुहार ढाक्नका लागी https://www.washingtonpost.com/health/2020/12/04/cdc-mask-guidance-indoors/ अनुरोध गरिरहेको छ । यसमा कार्यस्थलहरू र कार्यालयहरू र कुनै पनि घरको भित्रि स्थानको साथै बाहिरी स्थान जहाँ तपाईं छ फिट भन्दा टाढा रहन सक्नु हुन्न ती स्थान सामेल छन् । यदि तपाईंको घरमा कोही कोभिड-१९ भएको छ भन्ने जानकारी भएमा सि.डि.सि.ले घरमा पनि तपाईंलाई आफ्नो अनुहार ढाक्न वा मास्क लगाउन अनुरोध गरेकोछ । अनुहार ढाक्दा वा मास्क लगाउदा तपाँईको घरमा तपाईंसँग अतिथिहरू हुनु हुन्छ भने पनि रोक सर्नबाट जोगाउँछ । याद गर्नुहोस्, समरभिल तथा पुरा म्यासाच्युसेट्समा तपाईं जुनसुकै समयमा घर बाहिर जाँदा तपाँईको अनुहार ढाक्नु वा मास्क लगाउनु अनिवार्य आवश्यक छ ।

·        संस्मरणका लागी: समरभिलमा नयाँ भाडा / धितो सहायता कोषमा $५००,००० उपलब्ध भएको छ: कोभिड-१९ संघीय सहायता कोष ऐन बमोजिम आयका आधारमा भाँडा वा धितो भुक्तानीमा आय-योग्य बासिन्दालाई सहयोग गर्न नयाँ सिटि राहत कोष एफ.एल.ई.एक्स.-सी.भी. कोषमा $५००,००० उपलब्ध भएको छ । महामारीको यो कोष समरभिल सिटि बेघर गठबन्धन द्वारा व्यवस्थित गरिएको छ र यसका लागी डिसेम्बर ३० सम्म आवाश्यक भएका व्यक्ति हुनुपर्दछ । त्यसैले आवेदन दिन चाहने निवासीहरूले सकेसम्म चाँडो फर्म भर्ने कार्य गर्नु पर्नेछ । एफ.एल.ई.एक्स.-सी.वी. कोषको बारेमा थप जानकारीको लागि यहाँ https://www.somervillema.gov/news/city-announces-500000-emergency-housing-funds-covid-19-rentalmortgage-assistance थिच्नुहोस् ।

·        समरभिलको छुट्टीमा कोभिड-१९ का सुरक्षा योजनाहरू: यो छुट्टीको मौसम, हाम्रो मनपर्ने स्थानीय परम्पराले कोभिड-१९ को प्रसारलाई रोक्नको लागि कठीनाई सृजना गरिरहेको छ । स्याण्टाले महिनाको शुरुमा मेयर जोशेफ ए. कर्टाटोनीको साथ सन्देश अग्रिम तथ्याङ्क संकलन गर्न र क्रिसमस रूखको प्रकाशको लागि विशेष यात्रा गर्नुभयो । हामी हनुकाको पहिलो रात मैनबत्तीको प्रकाशको साथ बि’नाई बर्थ मन्दिरमा भर्चुअल रुपमा सामिल भयौं । सिटिको कला परिषदले शानदार उज्यालोको प्रदर्शनीलाई एक स्व-मार्गनिर्देशित भ्रमणका रुपमा रूपान्तरण गर्‍यो । तपाई यस्ता पर्वहरूमा कसरी सम्मिलित हुन सक्नुहुन्छ भन्ने कुरा पत्ता लगाउनका लागि https://www.somervillema.gov/2020Holidays मा हेर्नुहोस् ।

·        तपाईंको छुट्टीको योजनाहरूबारे पुनःविचार गर्न हामीसँग सामेल हुनुहोस्: कोभिड-१९ मामिलाहरू बढ्दै जाँदा चिसो मौसममा कोरोना भाइरस सुरक्षालाई ध्यानमा राखेर घर भित्रका गतिविधिहरू बढाउँदै छुट्टीको योजनाहरूको बारेमा छलफल गर्न अहिले उत्तम समय छ । किनभने कोरोना भाइरस घर भित्र सजिलैसँग फैलन्छ । अतः तपाईंसँग साथमा बस्नुहुने व्यक्तिहरूसँग मात्र भेला हुनु सुरक्षित हुन्छ । यदि तपाईं अरूहरूसँग भेला हुने योजना बनाउनु भयो भने कृपया तपाईंले अनुहार ढाक्नुहोस् वा मास्क लगाउनुहोस् । चाहे तपाईं घरमा हुनुहुन्छ भने पनि यस्तो सुरक्षा योजना बनाउनुहोस् र त्यसको पालना गर्नुहोस् । सी.डी.सी. https://www.cdc.gov/coronavirus/2019-ncov/daily-life-coping/holidays.html सँग छुट्टीको योजनाहरू बनाउनु अघि विचार गर्नुपर्ने चीजहरूको केही सुझावहरू उपलब्ध छन् । साथै यदि तपाईं अरूहरूसँग भेला हुनुहुदैछ भने भेलाहरुलाई थोरै सुरक्षित बनाउनको लागि पनि सुझावहरू उपलब्ध छन् ।

·        नियमित कक्षा पछी नि:शुल्क भर्चुअल अतिरिक्त कक्षा: समरसोसियल एक नि:शुल्क अनलाइन कक्षाहो जसले नियमित कक्षा पश्चात समरभिल सिटिका पुर्व प्राथमिक कक्षा देखि आठौं कक्षाका विद्यार्थीहरूका लागि अनलाईन कक्षा सञ्चालन गर्दछ । आगामी गतिविधिहरू हेर्न र नाम दर्ता गर्न https://sites.google.com/scatvsomerville.org/somersocial वेबसाईटमा हेर्नुहोस् ।

·        नि:शुल्क कोभिड-१९ परीक्षण: सि.एच.ए. समरभिल अस्पतालले एसेंबलीरोमा निःशुल्क कोभिड-१९ को परीक्षण प्रदान गर्दछ । समयका लागि सोमबार-शुक्रबार बिहान ८:३० बजे देखि दिनको ४:०० बजे सम्म (६१७)६६५-२९२८ मा फोन गर्नुहोस् । घुम्ती परिक्षण एकाइ  https://www.somervillema.gov/covid19testing ले पनि हाम्रो छेऊछाऊमा कोभिड-१९ परीक्षण प्रदान गर्दछ । घुम्ती परीक्षण तालिका र अन्य थप जानकारीका लागी https://www.somervillema.gov/covid19 को "लक्षणहरू, परीक्षण, र चिकित्सा जानकारी" ट्याब अन्तर्गत फेला पार्न सकिन्छ । राज्यले चेल्सी र एभरेटको नजिकैको समुदायहरू सहित धेरै फैलिएको क्षेत्रमा पनि परीक्षण स्थलहरू पनि संचालन गरिरहेको छ । थप जानकारीको लागि राज्यको वेबसाइट https://www.mass.gov/info-details/stop-the-spread मा जानुहोस्।

 

सार्वजनिक स्वास्थ्य सल्लाह: आफ्नो मुख र नाक ढाक्नुहोस्

याद गर्नुहोस्, यदि तपाईंको अनुहार ढाक्दा वा मास्क लगाउँदा तपाईंको मुख र नाक छोपिएको छैन भने तपाईंले यसलाई ठीकसँग लगाउनु भएको छैन । कोभिड-१९ श्वासप्रश्वासको समयमा आउने थोपाबाट फैलिन्छ जुन तपाईंको नाक र मुख दुबैबाट आउन सक्छ । त्यसैले तिनीहरूलाई फैलिन रोक्नको लागि तपाँईको नाक र मुख ढाक्नु आवश्यक छ । वास्तवमा तापक्रम चिसो हुदाँ तपाईले आफ्नो अनुहार ढाकेर आनन्द लिन सक्नुहुन्छ ।

 

सहायता सुझाव: उपयोगिता बिलहरू भुक्तानीका लागी सहयोग

यदि तपाईंलाई यस जाडोमा तपाईंको घर कोठा तताउने ईन्धन र बिद्युतका शुल्कहरू तिर्न समस्या भइरहेको छ भने यसका लागी सहयोग उपलब्ध छ । आय योग्य परिवारहरूले ईन्धन सहायता https://www.somervillema.gov/heatingassistance प्राप्त गर्न सक्दछन् । हाम्रो कोभिड-१९ सहयोग पृष्ठ https://www.somervillema.gov/departments/covid-19-help-food-housing-and-financial-assistance मा हामीसँग भुक्तानी योजनाहरू, कम उपयोगिता दरहरूको लागि योग्यता, र वातावरणिय कार्यक्रमहरू बारे जानकारी उपलब्ध छन् जसले तपाईंको लागतहरूलाई कम गर्न मद्दत गर्दछन् ।

 

सिटिका अन्य आगामी कार्यक्रमहरू र समाचारहरू

https://www.somervillema.gov/news/city-somerville-seeking-climate-forward-ambassadors-winterspring-2021

https://www.somervillema.gov/news/virtual-meeting-share-updates-spring-hill-sewer-separation-project-december-14

https://www.somervillema.gov/events/2020/12/17/inclusionary-housing-program-virtual-office-hours

https://www.somervillema.gov/seasonofsupport

https://www.somervillema.gov/news/winter-202021-park-even-during-snow-emergencies

https://www.somervillema.gov/news/former-acting-chief-police-charles-femino-serve-acting-chief-police-effective-december-12

https://www.somervillema.gov/events/2020/12/22/lunch-box-pick-council-aging

 

अशक्तता भएका व्यक्तिहरू जसलाई सहयोगी साधनहरू र सेवाहरू प्रभावी सञ्चारका लागि आवश्यक हुन्छन्, वैकल्पिक ढाँचामा लिखित सामग्री, वा नीति र प्रक्रियाहरूमा उचित संशोधनहरू, समरभिल शहरको कार्यक्रमहरू र गतिविधिहरूको पहुँच गर्न वा बैठकहरूमा उपस्थित हुन नेन्से सलामौनलाई NSalamoun@somervillema.gov मा वा (६१७)६२५-६६०० को २३२३ मा सम्पर्क गर्नुपर्दछ । 

समरभिल सिटिको कोभिड-१९

अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरु,

यहाँ कोभिड-१९ को मंगलबार, नोभेम्बर २४, २०२० को  अध्यावधिक जानकारी उपलब्ध छ । बारम्बार अद्यावधिक हुने जानकारीको र संसाधनहरूको थप जानकारीको लागि कृपया https://www.somervillema.gov/covid19 मा पनि जाँच हेर्नुहोस् ।

 

ताजा समाचार:

·        समरभिलमा कोभिड-१९ को गणना: मार्च महिना देखि मंगलबारबार, नोभेम्बर २४, २०२० बिहान ८:०० बजे सम्म समरभिलका १,८४५ जना बासिन्दाहरूको कोभिड-१९ को सकारात्मक परीक्षण भएको छ । जसमध्ये १,६५८ जनालाई पुर्णत निको भएको छ । १४० जना अझै यसको असरबाट प्रभावित हुनुहुन्छ भने ४७ को दुःखद निधन भएको छ । थप तथ्यहरुका लागी समरभिल सिटिको कोभिड-१९ ड्यासबोर्ड https://public.tableau.com/profile/cityofsomerville#!/vizhome/SomervilleCOVID-19Dashboard2/Dashboard3 मा हेर्नुहोस् ।

·        समरभिलमा $५,००,००० को नयाँ भाँडा/मोर्टगेज सहायता कोषहरू उपलब्ध हुदैछ: महामारीको कारण भाडा वा केही प्रकारका धितोको रकम तिर्न असक्षम र आयको आधारमा उक्त भाडा वा धितो भुक्तानीको लागी राहत पाँउन योग्य समरभिल सिटिका बासिन्दाहरूको लागि सिटिले वासिन्दाको आप्रवास स्थितिको परवाह नगरी कोभिड-१९ $५,००,००० रकमको राहत कोषहरू उपलब्ध गराइरहेको छ । यसका लागी बासिन्दाहरूको आय ए.एम.आई. (एरिया मेडीयन इनकम) भन्दा कम हुनुपर्दछ । विवरणहरू शहरको वेबसाइटमा अर्को हप्ताको सुरूमा प्रकाशित गरिनेछ र डिसेम्बर ३१ सम्ममा रकमहरू आवाश्यकता अनुरुप प्रयोग भईसकेको हुनुपर्दछ । त्यसैले छिटो आवेदन फाराम भर्नका लागी सबैलाई प्रोत्साहित गरिन्छ । यस सम्बन्धि थप प्रश्नहरूको उत्तर दिन र आवश्यकता अनुसार आवेदनमा सहयोग प्रदान गर्न समरभिल सिटि स्थायी आवासको कार्यालय उपलब्ध छ । थप विवरणहरूको लागि कृपया अर्को हप्ता https://www.somervillema.gov/ मा जाँच गर्नुहोस् । (समरभिलका लागि एच.यु.डी.-अनुमोदित ए.एम.आई. अनुसार एक व्यक्तिको लागि आय $८३,३०० भन्दा कम, दुई जनाको परिवारको लागि $९५,२२० तीन जनाको परिवारको लागि $ १,०७,१०० चार जनाको परिवारका लागि $१,१९,००० हुनुपर्दछ ।)

·        साना व्यावसाय राहत कोषको लागि नोभेम्बर ३०, २०२० सम्म आवेदन दिनुहोस्: साना व्यवसाय राहत कोषको दोस्रो चरणको लागि आवेदन दिने अन्तिम म्याद सोमबार, नोभेम्बर ३०, २०२० दिऊँसो ३:०० बजे सम्म छ । यस कोषका लागि कसरी आवेदन दिन सकिन्छ भन्ने बारेमा थप जानकारीको लागी https://www.somervillema.gov/departments/programs/small-business-covid-19-relief-fund मा भ्रमण हेर्नुहोस् ।

·        फोटो प्रोजेक्टमा सम्मानीत जीवनहरु कोभिड-१९ को कारण गुमेको छ: दुःखको कुरा संयुक्त राज्य अमेरिकामा हाल सम्म झण्डै २,५०,००० भन्दा बढी मानिसले कोभिड-१९ का कारण ज्यान गुमाएका छन् । समरभिल कला परिषदले ज्यान गुमायका स्थानिय फोटोग्राफरहरूलाई सम्मान गर्न https://www.somervilleremembers.org/ वेबसाइटमा स्थानीय फोटोग्राफरहरूको खाली मेचको चित्र प्रस्तुत गरिएको छ जसले समरभिलका बासिन्दाहरूको प्रतिनिधित्व गर्दछ । फोटोहरू समरभिलका विभिन्न स्थानहरूमा खाली भएका कुर्सीहरू प्रदर्शित गरिएका छन् । यी प्रत्येकले चित्रले यस भाइरसको शिकार हुने व्यक्तिको प्रतिनिधित्व गर्दछन् । यस परियोजनाको निर्माण सिटिले त्यस बेला गरेको थियो जब सिटिमा मृत्यु हुनेको संख्या ४२ थियो । दुर्भाग्यवस हाल यो संख्या बढ्दो छ र अहिले ४७ पुगेको छ ।

·        संझनाका लागी: आवासीय पार्किंग नियम डिसेम्बर १बाट पुनः लागुहुन सुरु: यस बर्षको शुरुमा निलम्बित गरिएको आवासीय पार्किग नियम मंगलबार, डिसेम्बर १ देखि फेरि सुरू हुदैछ । यदि तपाईंसँग आवासीय पार्किंग अनुमति छैन वा तपाईंको नवीकरण गर्नु आवश्यक पर्ने छ भने यसका लागी समय भयो, तत्काल गर्नुहोस् । तपाईं आफ्नो नयाँ अनुमति वा नविकरण अनलाइन मार्फत वा पार्किग विभागको कार्यालयमा मेल वा ड्रप बक्स मार्फत प्राप्त गर्न सक्नुहुन्छ । थप जानकारी यहाँ https://www.somervillema.gov/news/somerville-residential-parking-enforcement-resume-december-1 फेला पार्न सक्नु हुनेछ ।

·        कर दरका लागी सार्वजनिक सुनुवाई ११/२४ को लागि तालिकाबद्ध गरिएकोछः समरभिल सिटी काउन्सिलले आर्थिक वर्ष २०२१ को कर दरहरुमा सार्वजनिक सुनवाई गर्नेछ । यो सुनुवाई मंगलबार, नोभेम्बर २४, २०२० साँझ ७:०० बजे सुरु हुनेछ । तपाइँ कसरी बैठकमा उपस्थित हुन र / वा प्रश्न वा सुझाव यहाँ https://www.somervillema.gov/events/2020/11/24/public-hearing-setting-tax-levy-percentages-fy21 क्लिक गरेर फेला पार्न सक्नुहुनेछ ।

·        नि:शुल्क कोभिड-१९ परीक्षण: सि.एच.ए. समरभिल अस्पतालले एसेंबलीरोमा निःशुल्क कोभिड-१९ को परीक्षण प्रदान गर्दछ । समयका लागि सोमबार-शुक्रबार बिहान ८:३० बजे देखि दिनको ४:०० बजे सम्म (६१७)६६५-२९२८ मा फोन गर्नुहोस् । घुम्ती परिक्षण एकाइ  https://www.somervillema.gov/covid19testing ले पनि हाम्रो छेऊछाऊमा कोभिड-१९ परीक्षण प्रदान गर्दछ । घुम्ती परीक्षण तालिका र अन्य थप जानकारीका लागी https://www.somervillema.gov/covid19 को "लक्षणहरू, परीक्षण, र चिकित्सा जानकारी" ट्याब अन्तर्गत फेला पार्न सकिन्छ । राज्यले चेल्सी र एभरेटको नजिकैको समुदायहरू सहित धेरै फैलिएको क्षेत्रमा पनि परीक्षण स्थलहरू पनि संचालन गरिरहेको छ । थप जानकारीको लागि राज्यको वेबसाइट https://www.mass.gov/info-details/stop-the-spread मा जानुहोस्।

 

सार्वजनिक स्वास्थ्य सल्लाह: यस छुट्टीको मौसममा सुरक्षित रहनुहोस्

बिदाको दिन नजिकै आउँदा, तपाईं आफ्ना प्रियजनहरूसँग जम्मा गर्ने तरिकाहरूको बारेमा सोच्दै हुनुहुन्छ । संझनाको रूपमा सुरक्षित छनौट भनेको तपाईसँग नबस्ने कुनै पनि व्यक्तिलाई भेला नगर्नुहोस् । कोभिड-१९ अरूमा नफैलाउने एक मात्र निश्चित तरिका तपाईंको आफ्नै परिवार भित्र रहनु हो । व्यक्तिगत रूपमा मनाउनुको सट्टा, फोन वा भर्चुअल मार्फत प्रियजनहरूसँग जोडिने उपायहरु बारे विचार गर्नुहोस् । यदि, तथापि, तपाईं परिवार वा साथीहरूसँग भेट्ने योजना बनाउनुहुन्छ भने यहाँ केहि उपायहरू छन् जुन तपाईंको जोखिम कम गर्न सहयोगी सक्नुहुन्छ:

·        सीडीसीले छुट्टीमा सुरक्षित भेला हुन https://www.cdc.gov/ मा बिभिन्न सुझावहरू प्रदान गर्दछ, जसमा जमघटहरू साना राख्ने, बाहिर रहने, अनुहार ढाक्ने वा मास्क लगाएर, र सबैलाई आ-आफ्नै खानाहरू ल्याउन अनुरोध गर्ने बारे जानकारी उपलब्ध गराऊँदछ ।

·        टाईम https://time.com/5912699/thanksgiving-cancel/ को यस लेखले तपाइँलाई यस वर्ष पर्व मनाउने तरिका बारेमा प्रिय जनहरूलाई कसरी कुरा गर्ने भनेर केही सुझावहरू प्रदान गर्दछ ।

·        राज्यको यात्रा मार्गनिर्देशनहरूसँग आफूलाई परिचित गर्नुहोस्: यदि तपाईं केहि राज्यहरूमा यात्रा गर्दै हुनुहुन्छ भने, तपाईंले दुई हप्तासम्म यात्रा र क्वारन्टाइन रिपोर्ट गर्नुपर्नेछ वा तपाईं फर्कनुहुँदा कोभिड-१९ को नकारात्मक परीक्षणको प्रमाण हुनुपर्नेछ । यात्रा अघी बारम्बार https://www.mass.gov/forms/massachusetts-travel-form मा जाँच गर्नुहोस् जसमा क्वारेन्टाईन वा अन्य आवश्यकताहरू कुनै पनि समयमा अद्यावधिक हुन सक्छ ।

 

सुझाव/सहायता: खाद्य क्षेत्रका संसाधनहरू

यदि तपाईंलाई खानामा पहुँचका लागी सहयोगको आवश्यक पर्दछ भने यहाँ तपाईंलाई स्थानीय रूपमा धेरै स्रोतहरू उपलब्ध छन् । थप जानकारीको लागि हाम्रो कोभिड-१९ मद्दत पृष्ठ https://www.somervillema.gov/departments/covid-19-help-food-housing-and-financial-assistance मा हेर्नुहोस् । त्यहाँ तपाईंले एऊटा तालिका पाउनुहुनेछ जुन स्थानीय खाद्यान्न स्थलहरुका तालिका, सम्पर्क जानकारी, त्यहाँ बोलिने भाषाहरू, र तपाईंले परिचय पत्र ल्याउनु पर्छ कि पर्दैन भन्ने जानकारी समावेश गरिएकोछ ।

 

समरभिल सहायता कोषा (समरभिल केयर फन्ड) मार्फत आफ्ना छिमेकीहरूलाई सहयोग गर्नुहोस् (वा सहयोगको लागि आवेदन दिनुहोस्):

समरभिल परिवार र त्यहाँका बासिन्दाहरूले महामारीको सामना गर्नुपर्दा छुट्टीको मौसममा कृपया समरभिल समरभिल सहयोग कोष https://www.somervillema.gov/somervillecares

मा चन्दा दिन विचार गर्नुहोस् । यदि तपाईंलाई सहयोगको खाँचो छ भने तपाईं उही लिंकको माध्यमबाट कोष https://www.somervillema.gov/somervillecares मा आवेदन दिन सक्नुहुन्छ । यो दान-आधारित कोषले समरभिलका बासिन्दाहरू, कामदारहरू, र परिवारहरूलाई खाद्यान्न, डायपर, व्यक्तिगत स्वच्छताका उत्पादनहरू जस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न मद्दत गर्न प्रत्यक्ष सहयोग दिन्छ । त्यस्तै मेडिकल कोपे र डक्टरबाट प्राप्त औषधीको शिफारिस  - तथा छुट्टीमा मनपर्ने खाना वा प्रकारको लागि सामग्री किन्न सहयोग गर्दछ । ठूला वा सानो प्रत्येक दानले यस अवस्थामा सहयोग पुर्याउन सक्छ । यसका लागी $४५ ले एक स्वस्थ सम्बन्धी साधनको झोला वा औषधीको किन्नको लागी वा रासनको व्यावस्थाको लागी पनि प्रयोग हुन सक्छ । यदि तपाईंलाई कुनै ठूलो दाताहरू थाहा छ जसले यसकालागी योगदान गर्न सक्षम हुन सक्नुहुन्छ, कृपया उनीहरूसँम्म यो जानकारी पुर्याऊन सहयोग गर्नुहोस् ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई सहयोगी साधनहरू र सेवाहरू प्रभावी सञ्चारका लागि आवश्यक हुन्छन्, वैकल्पिक ढाँचामा लिखित सामग्री, वा नीति र प्रक्रियाहरूमा उचित संशोधनहरू, समरभिल शहरको कार्यक्रमहरू र गतिविधिहरूको पहुँच गर्न वा बैठकहरूमा उपस्थित हुन नेन्से सलामौनलाई NSalamoun@somervillema.gov मा वा (६१७)६२५-६६०० को २३२३ मा सम्पर्क गर्नुपर्दछ ।

 

समरभिल सिटि

राज्यद्धारा जारी नयाँ कोभिड प्रतिबन्धहरू शुक्रबार, नोभेम्बर ६, २०२० देखि लागु हुनेः

यो वर्ष सार्है कठिन बर्षको रुपमा रहेको छ ।  हामी सबैले यो शरद ऋतु पार गर्दै गर्दा पुनः कोभिड-१९ को नयाँ नियमहरू आवश्यक पर्ला भनेर सोचेका थिएनौं । तर जाडो समय आउँदैछ, भाइरस घर भित्र सजिलैसँग फैलिन सक्छ । यस विचमा कोभिड-१९ का बिरामीहरु कमनवेल्थ भित्रका अस्पतालहरुमा भर्ती हुने मात्रा बढ्दै छ । हामी त्यस्तो समुदायमा रहँदा आफुलाई भाग्यशाली महसुस गर्दछौं जहाँ विशाल बहुसंख्यकहरूले कोभिड-१९ को प्रसारलाई कम गर्न मद्दत गर्न सकेसम्मका प्रयासहरु गरेका छन् । यस हप्ता राज्यपालले कोभिड-१९ को नयाँ बृद्धिलाई मत्थर बनाउन सहयोग गर्ने नयाँ उपायहरूको घोषणा गरेका छन् । हामीले समरभिलमा यो एक चोटि पहिले पनि गरेका थियौं र हामी सबैलाई पुनः फेरि यो एक पटक पालना गर्न मद्दत गर्न आग्रह गर्दछौं ।

सबै आदेश र सल्लाहाहरू शुक्रबार, नोभेम्बर ६, २०२० देखि प्रभावकारी हुनेछन् । राज्यद्धारा जारी नयाँ आदेशहरू तल सूचीबद्ध गरिएकाछन् । तपाइँको अंशको सहयोगका लागी धन्यवाद ।

राज्यका नयाँ सल्लाहाहरु:

घरमै बस्ने सल्लाहा, राती १०:०० बजे सम्ममा घरमा पुगिसक्नुहोस्:

अपवाद बाहेक आवश्यक क्रियाकलापहरू जस्तै काममा जान, किराना किनमेल गर्न, औषधि लिन, वा स्वच्छ हावा लिनका लागी हिंड्न् । राती १०:०० बजे देखि बिहान ५:०० बजे सम्म सबै बासिन्दाहरूलाई उनीहरूको परिवारसँग मात्र घरमा बस्न निर्देशन दिइन्छ (पाहुनाहरूसँग होइन) । यसको प्रमुख उद्देश्य भाइरसको जोखिम निम्त्याउन सक्ने अनावश्यक गतिविधिहरू कम गर्नु हो । विस्तृत विवरणको लागि https://www.mass.gov/news/stay-at-home-advisory मा थिच्नुहोस् ।

अरूको तपाईंको कत्तिको नजिक हुनुहुन्छ भन्ने भन्दा पनि सधैं सार्वजनिक रूपमा आफ्नो नाकमुख छोप्नुहोस् (भित्र र बाहिर):

अनुहार ढाक्नाले वा मास्क लगाउनाले जीवन बचाउन र व्यवसाय खुला राख्न तलको लिकंमा थिचेर हेर्दा https://directorsblog.nih.gov/2020/11/03/face-coverings-could-save-130000-american-lives-by-march/#:~:text=Face%20Coverings%20Could%20Save%20130%2C000%20American%20Lives%20from%20COVID%2D19%20by%20March,-Posted%20on%20November&text=The%20coronavirus%20disease%202019%20(COVID,a%20mid%2Dsized%20U.S.%20city. मद्दत गर्दछ । राज्यले अब बर्ष भन्दा माथिका सबै व्यक्तिहरूले सबै सार्वजनिक ठाउँमा अरूबाट टाढा वा नजिक जे सुकै हुँदा पनि मास्क लगाउन वा अनुहार ढाक्न अनिवार्य गरेकोछ । यो नियम भित्र र बाहिर दुबै स्थानमा लागू हुन्छ । पहिले जस्तै स्वास्थ अवस्थाका कारण असक्षम भएमा अघिल्ला अपवादहरू जस्तै अहिले पनि अपवाद लागु हुन्छ । संझनाको रूपमा समरभिलको हकमा २ बर्ष वा सो भन्दा माथि उमेरका सबैलाई मास्क लगाउने वा अनुहार ढाक्ने आदेश लागू हुन्छ । संशोधित मास्क लगाउने वा अनुहार ढाक्ने आदेशका लागी https://www.mass.gov/doc/covid-19-order-55/download मा थिच्नुहोस् ।

भेलालाई सुरक्षित राख्नुहोस्:

राज्यले भेला हुने आकारको सीमालाई घटाएको छ र अब सबै भेलाहरू (आकार वा स्थानलाई विचार नगरी) राती ९:३० बजे अनिवार्य समाप्त हुनुपर्दछ । समरभिलमा सबै भित्री र बाहिरी भेलाहरूमा दश वा सो भन्दा कम व्यक्तिहरूमा सीमित गरिएको छ । राज्यले पनि अब कोभिड-१९ को सकारात्मक परिक्षण भएको घटनाहरू स्थानीय स्वास्थ्य विभागमा अनिवार्य जानकारी गराउन आवश्यक पर्ने र सम्पर्क स्थापनामा सहयोग गर्न अनिवार्य गरेको छ । समरभिल स्वास्थ्य र मानव सेवा विभागमा सम्पर्क गर्न ३११ [(६१७)६६६-३३११] मा फोन गर्नुहोस् । संशोधित सभा आदेश पढ्न https://www.mass.gov/doc/covid-19-order-54/download मा थिच्नुहोस् ।

राती ९:३० बजे नै बन्द गर्नै पर्ने केहि व्यवसाय र क्रियाकलापहरूः

घरमै रहने सल्लाहाको कार्यान्वयनमा सहयोग गर्न राज्यले निम्न व्यवसाय र क्रियाकलापहरूलाई हरेक रात ९:३० बजे बन्द गर्न आदेश गरेको छ । ती व्यावसायहरु बिहान ५:०० बजे भन्दा अगाडि पुन खोल्न सकिदैन । यसमा निम्न व्यावसाय समावेश छन्:

·          बसेर खाना खान सकिने रेष्टुरेण्ट राती ९:३० बजे अनिवार्य बन्द हुनु पर्छ । तर मदिरा बाहेकका अन्य खाना लिई जान वा वितरणका लागी जान सकिनेछ ।

·          मदिरा व्यावसाय वा मदिरा बिक्री गरिने अन्य व्यावसायले राती ९:३० बजे अनिवार्य मदिरा बिक्रि वितरण बन्द गर्नु पर्नेछ । तर मदिरा बाहेकका अन्य सामानको बिक्रि गर्न भने सकिनेछ ।

·          वयस्कहरुले प्रयोग गर्ने गाँजा विक्रि राती ९:३० बजे अनिवार्य बन्द गर्नु पर्छ । तर औषधीको रुपमा उपयोग गरिने गाँजा भने बिक्रि गर्न सकिनेछ ।

·          बाहिर र भित्र गरिने कार्यक्रमहरु ।

·          सिनेमा भवन/वा अन्य मनोरञ्जन भवनहरु/वा अन्य कायक्रम गरिने भवनहरु (भित्र र बाहिर) ।

·          युवा र वयस्कका शौखिन खेल गतिविधिहरू ।

·          गल्फ खेलिने स्थानहरु ।  

·          मनोरन्जनकारी डुंगा विचरण र डुंगा व्यवसाय ।

·          बाहिर गरिने मनोरन्जनका अनुभवहरु ।

·          क्यासिनो र घोडचढी / वा यसै प्रकारका अन्य सुविधाहरू ।

·          सवारी चालक  र उडान सिकाउने बिद्यालयहरू ।

·          चिडियाखाना, बनस्पतिय बगैंचा, वन्यजन्तु आरक्षण, प्राकृतिक केन्द्रहरू ।

·          मानिसहरुसँग व्यक्तिगत सम्पर्क हुने सेवाहरू (जस्तै कपाल र नङ्का सलुनहरू) ।

·          शारिरिक व्यायाम केन्द्र, स्वास्थ्य केन्द्रहरू, र स्वास्थ्य क्लबहरू ।

·          भित्री र बाहिरी पौडि पोखरीहरू

·          संग्रहालयहरू/सांस्कृतिक र ऐतिहासिक अवस्थितिहरू/निर्देशित भ्रमणहरू ।

·          राती ९:३० बजे अनिवार्य बन्द गर्न आवश्यक व्यवसायहरूको पूर्ण सूचीको लागि यहाँ https://www.mass.gov/doc/covid-19-order-53/download मा थिच्नुहोस्।

कोभिड-१९ को थप समाचार छिट्टै पूरा कोभिड-१९ को थप अध्यावधिक जानकारीका साथमा आउँदैछ ।

धन्यवाद ।

समरभिल सिटि

कोभिड-१९ अद्यावधिक जानकारी

मंगलबार, अक्टुबर २७, २०२०

प्रिय समुदाय सदस्यहरु,

यहाँ https://www.somervillema.gov/covid19 समरभिल सिटिको लागि आज मिति २०२० अक्टोबर २७ मंगलबारको कोभिड-१९ सम्बन्धित अद्यावधिक जानकारी र उपलब्ध स्रोतको जानकारी उपलब्ध छ ।  

ताजा समाचार:

·        केस गणना: मार्च देखि अक्टुबर २७ बिहान ८:०० बजे सम्ममा समरभिलका १,४१८ बासिन्दाहरूमा कोभिड-१९ को सकारात्मक परीक्षण भएको छ, जसमध्ये १,३३२ जनालाई निको भएको छ भने दुःखको कुरा ४५ जनाको मृत्यु भएको छ । यस सम्बन्धि अन्य थप तथ्यांकको लागी https://public.tableau.com/profile/cityofsomerville#!/vizhome/SomervilleCOVID-19Dashboard2/Dashboard3 मा हेर्नुहोस् ।

·        बुधवार, अक्टुबर २८ साँझ ६ बजे कोभिड-१९ मानसिक स्वास्थ्य र कल्याण सम्बन्धि टाउन हल: यो शरद ऋतुको समयमा यो कोभिड-१९ महामारीको बखत भैरहेको भर्चुअल रेसिस्ट्याट बैठक  https://www.somervillema.gov/events/2020/10/28/resistat-meeting-mental-health-wellness को शृंखलाको एक हिस्साको रूपमा मेयर, सिटी काउन्सिलरहरू र कर्मचारीहरु सँगको बैठकमा सहभागी भई भैरहेका कार्यहरुका बारेमा जानकारी लिऊँ । हामी तपाईंको प्रश्नहरू पनि लिनेछौं । तपाईं या त फोन गर्न सक्नुहुन्छ वा जुम मा सामेल हुन सक्नुहुन्छ वा सिटी टिभीमा हेर्न सक्नुहुन्छ । यसको विष्तृत विवरणहरू https://www.somervillema.gov/departments/programs/city-somerville-virtual-events मा । जानकारीहरु स्पेनिश र अंग्रेजीमा अक्षरस उपलब्ध हुनेछ । पोर्तुगाली, हाईटियन क्रेयोल र नेपाली भाषाको लागि ईमेल sbernt@somervillema.gov मा अनुरोध गर्न सक्नुहुनेछ ।

·        बिद्यालय खुल्ने सम्बन्धमा बिहीबार, अक्टोबर २९ साँझ ६ बजे टाउन हलको आयोजना हुँदै: समरभिल सार्वजनिक बिद्यालय र समरभिल सिटी संयुक्त रूपमा २०२०/२०२१ बिद्यालय वर्ष सञ्चालन बारे स्थानीय प्रयासमा दोस्रो अनलाइन बिद्यालय टाउन हल हुँदै छ । यस टाउन हलमा भवन भेन्टिलेसन र कोभिड-१९ परीक्षण योजनाका बारे अद्यावधिक जानकारीहरू समावेश हुनेछन् । बैठकको थप जानकारी एवं कसरी समावेश हुने भन्ने थप जानकारी https://www.somervillema.gov/events/2020/10/29/schools-reopening-town-hall मा उपलब्ध छ ।

·        अग्रिम मतदान शुक्रवार समाप्त हुन्छ: नोभेम्बर ३ को चुनावको लागि जारी अग्रिम मतदान यसै शुक्रबार, अक्टोबर ३० मा समाप्त हुदैछु । सबै अग्रिम मतदान सिटि हल ९३ हाईलैंड एभमा भैरहेको छ । तपाईंले अग्रिम मतदान समयावधिको सूची https://www.somervillema.gov/departments/elections/early-voting

मा भेट्टाउन सक्नुहुन्छ । व्यक्तिगत रुपमा उपस्थित भई भोट गर्न चाहने जो कोहीले अग्रिम मतदानको फाइदा उठाई भीड भाड हुनबाट जोगाउँदै सामाजिक दूरी कायम गर्न मद्दत गर्न सक्दछ ।

·        उपयोगिताका साधनहरु बन्द हुने बारेको जानकारी: यहाँ धेरै जसो परिस्थितिहरू https://www.mass.gov/service-details/when-am-i-protected-from-having-my-utilities-shut-off छन् जस अन्तर्गत तपाईंको उपयोगिता कम्पनीलाई तपाँईले बुझाउनु पर्ने शुल्क बाँकी भए पनि सार्वजनिक उपयोगिता विभाग (डि.पि.यु.) म्यासाचुसेट्सको अनुमति बिना तपाईंको सुविधाहरू बन्द गर्न मिल्दैन । उदाहरणको लागी यदि उपयोगिता सेवा तपाईंको घर तातो गर्न आवश्यक छ भने नोभेम्बर १५ र मार्च १५ बीच डि.पि.यु.को अनुमति बिना उक्त सेवा बन्द गर्न निषेध गरिएको छ । यदि तपाईंलाई तपाईंको उपयोगिता बिल भुक्तान गर्न समस्या भइरहेको छ भने तपाईं ईन्धन सहायता  https://hedfuel.azurewebsites.net/ का लागी योग्य हुन सक्नुहुन्छ । यस बमोजिम भुक्तान योजना तय गर्न तपाईं आफ्नो उपयोगिता कम्पनीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

·        नि: शुल्क कोभिड-१९ परीक्षण: सि.एच.ए. समरभिल अस्पतालले एसेम्ब्ली रोमा कोभिड-१९ को नि:शुल्क परीक्षण प्रदान गर्दछ । यसका लागि समय तालिकाको लागी फोन नं (६१७)६६५-२९२८ मा सोम-शुक्र बिहान ८:३० बजे देखि दिउँसो ४:०० बजे सम्ममा फोन गर्नुहोस् । कोभिड-१९ घुम्ती परीक्षण एकाई https://www.somervillema.gov/covid19testing ले निवासीहरुलाई पहुँच सजिलो बनाउन हाम्रो छिमेकमा पनि परिक्षण सुविधा प्रदान गर्दछ । घुम्ती परीक्षण तालिका र अन्य अधिक जानकारी https://www.somervillema.gov/covid19 मा

"लक्षणहरू, परीक्षण, र चिकित्सा जानकारी" ट्याब अन्तर्गत फेला पार्न सकिन्छ ।

·        सुरक्षित हलोवीनको लागि हामीसँग सामेल हुनुहोस्: यो हेलोवीन (शनिबार, अक्टुबर ३१, २०२०) हामी सबै बासिन्दाहरूलाई हलोवीन मनाउन आमन्त्रित गर्दछौं । साँझ ६:३० अनुहारमा मास्क लगाउनुहोस वा छोप्नुहोस् र तपाईंको ढोका वा झ्यालबाट हामीलाई तपाईंको उत्तम हेलोवीन गर्ज, भूत बूज, र उप्स दिनुहोस् (वा केवल शिष्टताका साथ तपाईंको कोभिड-१९ संकट र निराशाबाट बाहिर रहनुहोस्) । यदि तपाईं आफ्नै डराउने यात्राको योजना गर्न चहानु हुन्छ भने हलोवीन नजिकिदै गर्दा समरभिल आर्ट काउन्सिल https://somervilleartscouncil.org/halloween ले भर्चुअल हलोवीन कार्यक्रमहरूको सूची तथा हलोवीन सजावटको नक्शा साझा गर्दैछ ।

सार्वजनिक स्वास्थ्य सल्लाह: भित्र गरिने भेलाले कोभिड१९ को प्रसारलाई बढाउन सक्दछ

किनभने कोभिड-१९ वायुजनित कणहरू मार्फत प्रसारित हुन्छ - जसलाई एरोसोल भनिन्छ - जुन हावामा सुस्त रहन्छ https://www.npr.org/sections/health-shots/2020/10/05/920446534/cdc-acknowledges-coronavirus-can-spread-via-airborne-transmission । हामी चिसो मौसममा हुने घरभित्रका जमघटहरूमा थप सावधानी अपनाउन वासीन्दाहरूलाई सम्झाउन चाहन्छौं । किनकि एयरोसोलहरू केही मिनेट वा घण्टा पनि हावामा रहन सक्दछन् । सामाजिक दूरी मात्र एक्लै यसका लागी पर्याप्त छैन । घर भित्रका मानिसहरूलाई सुरक्षा गर्नका लागी राम्रो भेन्टिलेसन र अनुहार ढाक्नाले वा मास्क लगाउनाले प्रसारण घटाउन मद्दत गर्दछ । तर सबैभन्दा सुरक्षित कुरा भनेको तपाईसँग सँगै नबस्ने कसैसँग पनि भित्र जम्मा हुनका लागी गरिएको अनुरोधलाई बेवास्ता गर्नु हो ।

 

सहायता सुझाव: $१५ को एस.एन.ए.पि. र पि.-ई.बि.टि. कार्डहरु समरभिलका किसानहरूको बजारमा प्रयोग गर्न सकिनेः युनियन स्क्वायर फार्मर्स मार्केट https://www.unionsquaremain.org/vendors मा वा https://www.massfarmersmarkets.org/davis मा वा https://www.somwintermarket.org/ मा प्रति हप्ता $१५ सम्मको लागि डलर म्याच प्राप्त गर्न सक्दछन् । बजारमा प्रवेश गर्दा पसलहरूमा रहेका बजार प्रबन्धकको पालमा कुनै पनि रकमको लागि उनीहरूको एस.एन.ए.पी. वा पी.-ई.बी.टी. कार्ड प्रयोग गर्न सक्दछन् । तिनै बजारमा दुकानदारहरूले बजार टोकनको रूपमा थप लाभहरू प्राप्त गर्नेछन् । तीन बजारहरूमा फल र तरकारीहरू, मासु, कुखुरा, माछा, दुग्ध उत्पाद, मह, जाम, रोटी, बीउ र बोटबिरुवाहरू जस्तै एस.एन.ए.पि. योग्य उत्पादनहरू खरीद गर्न प्रयोग गर्न सकिन्छ तर यीनिहरुका बीच हस्तान्तरण योग्य छैन ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई सहयोगी साधनहरू र सेवाहरू प्रभावी सञ्चारका लागि आवश्यक हुन्छन्, वैकल्पिक ढाँचामा लिखित सामग्री, वा नीति र प्रक्रियाहरूमा उचित संशोधनहरू, समरभिल शहरको कार्यक्रमहरू र गतिविधिहरूको पहुँच गर्न वा बैठकहरूमा उपस्थित हुन नेन्से सलामौनलाई NSalamoun@somervillema.gov मा वा (६१७)६२५-६६०० को २३२३ मा सम्पर्क गर्नुपर्दछ ।

 

 

समरभिल सिटि

कोभिड-१९ अद्यावधिक जानकारी

सोमबार, अक्टुबर १९, २०२०

प्रिय समुदाय सदस्यहरु,

यहाँ somervillema.gov/covid19 समरभिल सिटिको लागि आज मिति २०२० अक्टोबर १९ सोमबारको कोभिड-१९ सम्बन्धित अद्यावधिक जानकारी र उपलब्ध स्रोतको जानकारी उपलब्ध छ ।  

ताजा समाचार:

·  केस गणना: मार्च देखि अक्टुबर १९ बिहान ८:०० बजे सम्ममा समरभिलका १,३५८ बासिन्दाहरूमा कोभिड-१९ को सकारात्मक परीक्षण भएको छ, जसमध्ये १२५५ जनालाई निको भएको छ भने दुःखको कुरा ४२ जनाको मृत्यु भएको छ । यस सम्बन्धि अन्य थप तथ्यांकको COVID-19 Dashboard मा हेर्नुहोस् ।

·  सतर्क रहनुहोसः समरभिल सिटि यस हप्ता कोभिड-१९ को राज्य नक्सामा रातो कोटी (Red Zone) मा पर्न पुगेको छ । कुनै समुदायमा जब पछिल्ला १४ दिनमा १००,००० बासिन्दाहरूमा ८ जना भन्दा बढी केसहरू बढ्छन् त्यस्ता समुदायहरू रातो कोटीमा सर्छन् । समरभिलको दर हाल ८.२ छ । यसकारण महत्त्वपूर्ण रूपमा हामी सबैले राम्रो अभ्यासहरू जारी राख्नुपर्दछ जसले वसन्त ऋतुमा शुरु भएको कोभिड-१९ को चापलाई घटाउन सघाउन मद्दत पुर्‍याउँछ । जस्तैः सामाजिक दूरी कायम राख्ने, तपाईंसँग बसोबास नगर्ने मानिसहरूसँगको जमघटहरू सीमित गर्दै लाने, कुनै सार्वजनिक भित्रि वा बाहिरी ठाउँमा अनुहार ढाकेर वा मास्क लगाएर हिड्ने, र अक्सर तपाइँको हात र उच्च स्पर्श हुने सतहहरु बारम्बार धुने वा सनिटाइज गर्ने ।

·  हलोवीनमा कोभिड-१९ बाट गर्नु पर्ने सुरक्षाको बारेमा नबिर्सनुहोस्: हामी बासिन्दाहरूमा कोभिड-१९ को प्रसारलाई कम गर्ने प्रयास स्वरुप यस बर्षका लागी चाल-वा-उपचार (Trick-or-Treating) परम्परा दृढताका साथ त्याग्नका लागी आग्रह गर्दछौं । यस बर्षभर १०-व्यक्ति जम्मा हुने सीमा भित्रि र बाहिरि स्थलमा हुने कुनै पनि कार्यक्रममा कायम रहन्छ । सबै व्यक्तिगत-व्यक्तिगत, सिटि-प्रायोजित, वा सिटि-स्वीकृत कार्यक्रमहरू यस बर्षमा आयोजना हुने छैनन् । रोग नियन्त्रण केन्द्रहरूसँग कम जोखिम गतिविधिहरू बारेमा जस्तै गृह-शिल्प र भर्चुअल भेटघाटहरूको लागि suggestions for lower-risk activities मा सुझावहरू उपलब्ध छन् । थप रूपमा समरभिल आर्ट्स काउन्सिल Somerville Arts Council ले हलोवीन सजावटको नक्शामा भर्चुअल हेलोवीन कार्यक्रमहरूको सूची तयार गर्ने काम गरिरहेको छ ताकि तपाईं आफ्नै नजिकै (छिमेकमा) हलोवीन पैदल यात्रा व्यवस्थित गर्न सक्नुहुनेछ । पार्क तथा मनोरञ्जन विभागले यसका अलावा स्कूल पछिका कार्यक्रमहरु afterschool program मा सहभागीहरूका लागि विशेष कार्यक्रम र शिल्पहरूको पनि योजना गरिरहेको छ । हलोवीनको हप्ताको लागी कार्यक्रमहरुका लागी सोमबार, मंगलबार, बिहीबार र शुक्रवार शुक्रबार ती स्थलहरू उपलब्ध हुनेछन् ।

·  कोभिड-१९ को अद्यावधिक टाउन हल मंगलबार अक्टुबर २०, २०२० साँझ ६:०० बजे हुने: यो पतझड मौसममा भइरहेको मेयर, सिटी काउन्सिलरहरू र कोभिड-१९ अद्यावधिक समुहका कर्मचारीहरु स्वास्थ्य तथ्याकहरू, आपतकालीन प्रतिक्रिया, हालको तथ्यांक स्थिती, र अन्य थप विषयहरु सहित समावेश हुने भर्चुअल रेसिस्ट्याट बैठकहरू series of virtual ResiStat meetings को शृंखलाको एक हिस्साको रूपमा तपाँई पनि सहभागी हुनुहोस् । हामी तपाईंको प्रश्नहरू पनि लिनेछौं । तपाईं या त फोन गर्न सक्नुहुन्छ, वा जुम मार्फत सामेल हुन सक्नुहुनेछ, वा सिटी टिभीमा हेर्न सक्नु हुनेछ । यस सम्बन्धि थप जानकारीका लागी somervillema.gov/virtualtownhall मा हेर्न सक्नु हुनेछ । स्पेनिश व्याख्या र अंग्रेजी क्याप्शन उपलब्ध हुनेछ । पोर्चुगीज, हेसियन क्रियोल र नेपालीमा व्याख्या गर्नका लागी sbernt@somervillema.gov मा ईमेल गर्न सक्नु हुनेछ ।

·  जेष्ठ नागरिकका लागी कोभिड-१९ टाउन हल, बुधबार अक्टुबर २१ साँझ ६:०० बजे: यो पतझड मौसममा भइरहेको मेयर, सिटी काउन्सिलरहरू र कोभिड-१९ अद्यावधिक समुहका कर्मचारीहरु स्वास्थ्य तथ्याकहरू, आपतकालीन प्रतिक्रिया, हालको तथ्यांक स्थिती, र अन्य थप विषयहरु सहित समावेश हुने भर्चुअल रेसिस्ट्याट बैठकहरू series of virtual ResiStat meetings को शृंखलाको एक हिस्साको रूपमा तपाँई पनि सहभागी हुनुहोस् । हामी तपाईंको प्रश्नहरू पनि लिनेछौं । तपाईं जेष्ठ नागरिकले या त फोन नं (३०१)७१५-८५९२ मा फोन गरी त्यसमा कोडः ९६७ ३८०२ ०४९० प्रयोग गरी समावेश हुन सक्नुहुन्छ, वा जुम मार्फत सामेल हुन सक्नुहुनेछ, वा सिटी टिभीमा हेर्न सक्नु हुनेछ । यस सम्बन्धि थप जानकारीका लागी somervillema.gov/virtualtownhall मा हेर्न सक्नु हुनेछ । स्पेनिश व्याख्या र अंग्रेजी क्याप्शन उपलब्ध हुनेछ । पोर्चुगीज, हेसियन क्रियोल र नेपालीमा व्याख्या गर्नका लागी sbernt@somervillema.gov मा ईमेल गर्न सक्नु हुनेछ ।

·  प्रारम्भिक अग्रिम मतदान शनिबार सुरु हुन्छ: नोभेम्बर ३ मा हुने चुनावको लागि प्रारम्भिक मतदान शनिबार, अक्टुबर १७, २०२० बाट शुरु भएको छ र शुक्रबार, अक्टुबर ३० सम्म माध्यम कायम रहनेछ । सबै प्रारम्भिक मतदान सिटि हल, ९३ हाइलैंड एभमा हुदैछ । तपाईं प्रारम्भिक मतदानको समय सूची यहाँ HERE पाउन सक्नुहुन्छ । प्रारम्भिक मतदानको फाइदा उठाई भोट गर्न चाहने जो कोही व्यक्तिले यस दुई हप्ताको अवधिमा भीड विहिन रुपमा सामाजिक दूरीका साथ आफुले चाहे बमोजिम भोट गरी आफु तथा सबैलाई सहयोग गर्न सक्नु हुनेछ ।

·  राज्य निष्कासनको मेधावीयुक्त समयावधि सकियो, तर समरभिलको कायम छ: राज्यको निष्कासन मेधावीयुक्त समयावधी शनिवार, अक्टुबर १७ मा सकिएको छ । यसको अर्थ घरधनीहरू अदालत मार्फत बेदखलीको प्रक्रिया सुरु गर्न सक्षम हुनेछन् । तथापि, समरभिलमा स्थानीय अधिग्रहण local moratorium यथा स्थानमा रहन्छ जुन आवासीय वा व्यावसायिक सम्पत्तिबाट व्यक्ति वा तिनीहरूको सामानहरू हटाउन रोक्छ । यदि घरधनीले तपाईंलाई घर खाली गर्नका लागि कागजातहरू दिइन्छन भने सिटिको आवास स्थिरता कार्यालय (Office of Housing Stability - OHS) ले तपाईंलाई स्रोतहरू र सहयोगका साथ जडान गर्न मद्दत गर्न सक्छ । आवास असुरक्षाको सामना गरिरहेको समरभिलमा जो कोहीले ओ.एच.एस.लाई फोन नं (६१७)६२५-६६०० को २५८१ मा वा वेवसाईट www.somervillema.gov/ohs मा गएर र "एक रेफरल बनाउनुहोस्" मा क्लिक गरेर सम्पर्क गर्न सक्नु हुनेछ ।

·  थप आवास स्रोतहरू: यस हप्ताको सुरुमा राज्यले घोषणा गर्यो कि बेदखली रोकथाम कार्यक्रममा थप १७१ मिलियन डलर लगानी गरिने छ । यदि तपाई आवास असुरक्षाको सामना गरिरहनु भएको छ भने कृपया ओ.एच.एस.लाई फोन नं (६१७)६२५-६६०० को २५८१ मा वा वेवसाईट www.somervillema.gov/ohs मा गएर र "एक रेफरल बनाउनुहोस्" मा क्लिक गरेर सम्पर्क गर्न सक्नु हुनेछ ।

·  आवास केन्द्रित टाउन हल: अक्टूबर १५ मा सिटिको रेसिस्ट्याट कार्यक्रमले कोभिड-१९ को क्रममा आवास टाउन हल आयोजना गर्यो । जसमा भाडावाला र घर मालिकहरू दुबैको लागि संसाधनहरूको वर्णन गरिएको थियो । तपाईं सिटिको युट्युव च्यानल www.youtube.com/SomervilleCityTV मा अभिलेख हेर्न सक्नुहुन्छ ।

·  समरभिल सहयोग कोष (Somerville Cars Fund) को माध्यमबाट आफ्ना छिमेकीहरूलाई सहयोग गर्नुहोस् (वा आवेदनको लागि सहयोग गर्नुहोस्): यदि तपाईं आफु र आफ्नो परिवारका लागी आवश्यकता पुरा गर्न सक्षम एवं भाग्यशाली हुनुहुन्छ भने कृपया समरभिल केयर कोष Somerville Cares Fund मा चन्दा दिन विषयमा पनि विचार गर्नुहोस् । (यदि तपाईंलाई सहयोगको खाँचो छ भने तपाईं सोही लिंक the same link को माध्यमबाट कोषमा आवेदन दिन सक्नुहुन्छ ।) यो दान-आधारित कोषले समरभिलका बासिन्दाहरू, कामदारहरू, र परिवारहरूलाई किराना, डायपर, व्यक्तिगत स्वच्छता उत्पादनहरू, मेडिकल कोपे, र प्रेश्किप्सन जस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न मद्दत गर्न प्रत्यक्ष सहयोग दिन्छ । हाम्रो समुदायमा महामारी फैलीरहेको अवस्थामा पनि मानिस कामका लागी र अन्य कयौं आवश्कताका लागी केही घण्टा काम बाहिर रहन तीव्र आवश्यकता रहन्छ । यसका लागी ठूला वा साना प्रत्येक दानले सहयोग गर्न सक्छ । मात्र ४५ डलरका किराना सामानको एक स्वस्थ झोला किन्न सकिनेछ वा कसैलाई औषधीको लागी सहयोग गर्न सक्नेछ । यदि तपाईंलाई कुनै ठूलो दाताहरू बारे थाहा छ जो योगदानका लागी सहमत हुनुहुन्छ, कृपया त्यसका लागी सहयोग गर्नुहोस् ।

·  तपाईं दान दिन चाहानाका साथ मास्क बनाउँदै हुनुहुन्छ? हामी हाम्रो १०,००० मास्क ड्राइभ 10,000 Mask Drive लागि लक्ष्यको लागि लगभग आधा बाटोमा छौं: अहिले सम्म तपाईंले ४,६०५ मास्कहरू बनाई दान गरी सक्नु भएको छ । यदि तपाईं एक शिपयुक्त समरभिल निवासी हुनुहुन्छ जो पुन:प्रयोज्य मास्क सिलाई रहनु भएको छ भने कृपया हाम्रो १०,००० मास्क लक्ष्य पूरा गर्न मद्दतको लागि केही मास्क चन्दा दिन विचार गर्नुहोस् । धोई सकी सफा गरिसकेपछि उक्त मास्क जेष्ठ नागरिक र अन्य रोगका हिसावले कमजोर जनसंख्यामा वितरित गरिनेछ । यदि तपाईं मास्क चन्दा दिन चाहानुहुन्छ भने तिनीहरूलाई बन्द गरिएको झोलामा राख्नुहोस् र ड्रप बक्समा ल्याउनुहोस् जुन या त सेन्ट्रल लाइब्रेरी ७९ हाईलैंड एभ वा पूर्वी शाखा पुस्तकालय ११५ ब्रॉडवेमा छ ।

·  नि: शुल्क कोभिड-१९ परीक्षण: सि.एच.ए. समरभिल अस्पतालले एसेम्ब्ली रोमा कोभिड-१९ को नि:शुल्क परीक्षण प्रदान गर्दछ । यसका लागि समय तालिकाको लागी फोन नं (६१७)६६५-२९२८ मा सोम-शुक्र बिहान ८:३० बजे देखि दिउँसो ४:०० बजे सम्ममा फोन गर्नुहोस् । कोभिड-१९ घुम्ती परीक्षण एकाई mobile COVID-19 testing unit ले निवासीहरुलाई पहुँच सजिलो बनाउन हाम्रो छिमेकमा पनि परिक्षण सुविधा प्रदान गर्दछ । घुम्ती परीक्षण तालिका र अन्य अधिक जानकारी somervillema.gov/covid19 "लक्षणहरू, परीक्षण, र चिकित्सा जानकारी" ट्याब अन्तर्गत फेला पार्न सकिन्छ ।

सार्वजनिक स्वास्थ्य सल्लाह: हलोवीन मास्कले सुरक्षा मास्क प्रतिस्थापन गर्दैन

यद्यपि हामी यस क्षेत्रका बासिन्दाहरूलाई यस वर्ष ट्रिक-वा-ट्रीट नगर्न जोडदार आग्रह गर्दछौं, तर यदि तपाइँ त्यसो गर्ने निर्णय गर्नुहुन्छ भने सुनिश्चित गर्नुहोस् कि तपाइँ यथासम्भव सुरक्षित रूपमा गर्नुहुन्छ । याद राख्नु पर्ने एउटा महत्त्वपूर्ण कुरा के हो भने हलोवीन मास्क अनुहार ढाक्नको विकल्प होइन र सम्भवतः कोभिड-१९ प्रसारलाई रोक्न मद्दत गर्दैन । थपः सार्वजनिक स्वास्थ्य विभागले एकतर्फी ट्रिक-वा-ट्रिट जस्तै "ट्रिक-वा-ट्रेटरहरूको लागि घरबाट बाहिर राखिएको "लिनुहोस् र जानु" जस्तो विकल्पको बारेमा मार्गदर्शन प्रदान गरेको छ जसले अरूबाट दूरी राख्न मद्दत गर्दछ ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई सहयोगी साधनहरू र सेवाहरू प्रभावी सञ्चारका लागि आवश्यक हुन्छन्, वैकल्पिक ढाँचामा लिखित सामग्री, वा नीति र प्रक्रियाहरूमा उचित संशोधनहरू, समरभिल शहरको कार्यक्रमहरू र गतिविधिहरूको पहुँच गर्न वा बैठकहरूमा उपस्थित हुन नेन्से सलामौनलाई NSalamoun@somervillema.gov मा वा (६१७)६२५-६६०० को २३२३ मा सम्पर्क गर्नुपर्दछ ।

 

समरभिल सिटी

सेप्टेम्बर १५, २०२० को कोभिड-१९ को अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

कृपया संसाधनहरू तथा अन्य थप जानकारीको लागी somervillema.gov/covid19 मा हेर्नुहोस् ।

 

ताजा समाचार:

·        केस गणना: मार्च महिना देखी आज सेप्टेम्बर १५ सम्म समरभिलका १२८४ जना बासिन्दाहरूमा कोरोना भाईरस भएको पुष्टि भएको छ  जसमध्ये ११३१ जना निको भै सकेका ११५ जना अझै उपचारका क्रममै रहेका र ३८ जनाको दुःखद निधन भएको छ । सिटिको नयाँ सुधारिएको कोभिड-१९ ड्यासबोर्ड (COVID-19 Dashboard) मा अधिक जानकारी पाउन सक्नुहुनेछ । नयाँ ड्यासबोर्डमा तपाई समरभिलको कोभिड-१९ को बिभिन्न तथ्याङ्कका साथसाथै हालको केस गणनामा फेला पार्न सक्नुहुन्छ ।

·        सिटिले भाँडा सहायता, खाना पहुँच, र कोभिड-१९ को अन्य सहयोगको लागि २.२ मिलियन डलर उपलब्ध गराएको छ: कोभिड-१९ महामारीको समयमा सामुदायिक सहयोगको अपरिहार्य आवश्यकताको परिपुर्तिको लागी समरभिल सिटिले हालसालै संघीय सहायता ऐनको २.२ मिलियन डलर भन्दा बढी रकम स्थानिय गैर्ह नाफामुलक संस्थालाई वितरण (distributed) गर्यो ताकि उनीहरुले भाडा, खाना, र बाल हेरचाह जस्ता आवश्यकता भएका बासिन्दाहरूलाई मद्दत गर्न सकुन् । (कुल १.६ मिलियन डलर स्थानिय निवासीहरुको भाडा सहयोगका लागी प्रयोग हुनेछ ।) यस कोष मार्फत आवास सहायता सहयोगमा पहुँचका लागी  समरभिल सिटिको स्थायी आवास कार्यालय somervillema.gov/ohs मा वा फोन नं (६१७)६२५-६६०० X२५८१ मा फोन गरी सम्पर्क गर्नुहोस् । सबै अन्य आवश्यकताका लागी प्रत्यक्ष अनुदान लाभदायकहरुका लागी निम्न सुचि (listed here)  मार्फत सामान्य वितरण सेवाका माध्यमबाट प्रदान गरिनेछ ।

·        सिटिले कोरोनाभाइरसको प्रारम्भिक चेतावनी प्रणालीको रूपमा फोहोर पानीलाई परीक्षण गर्ने: नर्थईष्टर्न विश्वविद्यालय र स्टान्टेकको साथमा समरभिल सिटिले कोरोनाभाइरसको अनुगमन गर्न सामुदायिक फोहोर पानी परीक्षण कार्यक्रम community wastewater testing  सुरू गर्यो । ढल पानीको परीक्षणले रोग बढे नबढे र फैलिए नफैलिएको पत्ता लगाउन सक्दछ । व्यक्तिहरूको परीक्षण भन्दा एक दुई हप्ता पहिले कोभिड-१९ हटस्पटहरू स्पष्ट गरी सोही बमोजिम परिक्षणको योजना गर्न गरिएको हो । परीक्षण गत हप्ता शुरू भयो । यसका लागी फरक फरक दसवटा स्थानहरुबाट नमूनाहरू साप्ताहिक रूपमा संकलन गरिनेछ । छोटकरीमा तपाईं भन्न सक्नुहुन्छ कि समरभिल सिटिले नयाँ पहलको साथ अघि बढ्दैछ ।

·        समरभिल पुनःखुल्ने प्रकृया तेस्रो चरणमाः समरभिलका व्यावसायहरु पुनःसंचालनको तेस्रो चरण (Certain Phase 3 businesses) अन्तर्गत सेप्टेम्बर ८, २०२० मंगलबार देखि केही व्यवसायहरू, फिटनेस क्लबहरू, र जिमहरू लगायतका व्यावसायहरु खोल्न खोज्ने व्यावसायीहरुलाई केही प्रतिबन्ध सहित ती व्यावसाय खोल्न अनुमति दिइयो । सबै व्यवसायहरूले सिटि स्वीकृत कोभिड-१९ को कडा सुरक्षा आवश्यकताहरू पूरा गर्नुका साथै स्वास्थ्य योजना समेत पुरा गरेको हुनुपर्दछ । यी आवश्यकताहरू भाइरस प्रसारणको जोखिम घटाउनको लागि योजना गरिएको हो । यसमा राज्यद्वारा तोकिएका सबै आवश्यकताहरूका साथै सबै कर्मचारी र संरक्षकहरूले अनिवार्य अनुहार ढाक्ने जस्ता राज्यका मापदण्डहरू समावेश छन् ।

·        समरभिल केयर फन्डमार्फत आफ्ना छिमेकीहरूलाई सहयोग गर्नुहोस् (वा सहयोगको प्राप्तिका लागि आवेदन दिनुहोस्): हाल संघिय रुपमा प्रति हप्ता अतिरिक्त ६०० को संघीय बेरोजगारी लाभ समाप्त भएको छ । अझै पनि हाम्रो समुदायका अधिक व्यक्तिहरूले आर्थिक कठिनाइको सामना गरिरहेका छन् । आवश्यकता छनौट गर्ने सन्दर्भमा निकै कडा कठिनाईको सामना गरिरहेका छन् । यदि तपाईं आफ्नो व्यावस्था गर्न सक्षम हुनको साथै अरुलाई सहयोग गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने कृपया समरभिल सहायता कोषमा (Somerville Cares Fund) अनुदान दिनुहोस् । यदि तपाईंलाई सहयोगको खाँचो छ भने तपाईं सोही लिंक (the same link) मार्फत कोषमा आवेदन दिन सक्नुहुन्छ । यस दान-आधारित कोषले समरभिलका बासिन्दा, मजदुर, र तिनका परिवारलाई खाद्यान्न, डायपर, व्यक्तिगत स्वच्छता उत्पादनहरू, औषधी र अन्य स्वास्थय आवश्यकता जस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न मद्दत गर्न प्रत्यक्ष सहयोग दिन्छ । अहिले सम्म समुदाय अत्यन्त उदार रहेको छ ६,५०,००० डल। भन्दा बढी चन्दा दिँई सकेकोछ, तर हाल यो कोष सुख्खा भएको छ । तपाँईको एक सानो दानले पनि यसलाई मद्दत गर्न सक्छ ।

·        यहाँ समुदायलाई सहयोग गर्ने सजिलो नि: शुल्क तरीका छ - २०२० जनगणना भर्नुहोस्: २०२० अमेरिकी जनगणनामा समावेश हुने अन्तिम म्याद केही हप्ता मात्र बाँकी छ । हामी समरभिल भित्र सेप्टेम्बर ३० सम्म मात्र सबैलाई गणना गर्नका लागि सक्षम रहने छौं । यसका लागी my2020census.gov मार्फत वा फोन नं द्वारा (८४४)३३०-२०२० मा फोन गरी जनगणनामा समावेश गर्न जम्मा १० मिनेट मात्र लाग्छ । अहिले समरभिललाई विभिन्न चीजहरूको लागि चाहिने अरबौं डलर खतरामा छ । जस्तै स्वास्थ्य सेवा केन्द्रहरू, आवास, शिक्षा, र आपतकालीन अवस्थामा जनाउनु पर्ने प्रतिक्रिया । कांग्रेसमा हाम्रो महत्वपूर्ण प्रतिनिधित्व पनि मतगणनाद्वारा निर्धारण गरिएको हुन्छ र यसको निर्धारण पनि यस जनगणनाले नै गर्दछ । अहिले संयुक्त राज्य जनगणना लिने गणकहरू तपाईंबाट यसको प्रतिक्रिया लिन सहयोगका लागि समरभिलका घरघरमा भ्रमण गर्दैछन् । तपाईं जनगणना लिने व्यक्तिको परिचय प्रमाणित गर्न (२१२)८८२-७१०० मा ढोका खोल्नु अघि फोन गर्न सक्नुहुनेछ ।

·        कोभिड-१९ नि: शुल्क परीक्षण: सि.एच.ए. समरभिल अस्पतालले एसेम्ब्लि स्क्वायरमा नि: शुल्क कोभिड-१९ परीक्षण प्रदान गर्दछ । भ्रमण तालिका तय गर्नका लागी (६१७)६६५-२९२८ मा सोमबार देखि शुक्रबार सम्म बिहान ८:३० बजे देखि साँझ ४:०० बजे सम्म फोन गर्न सक्नुहुनेछ । परीक्षण एकाईले हाम्रो छिमेकमा कोभिड-१९ घुम्ती परिक्षण सेवा mobile COVID-19 testing unit पनि प्रदान गर्दछ जहाँ बासिन्दाहरूको लागि सहज पहुँच रहन्छ । मोबाइल परीक्षण तालिका लगायतका विषयमा थप जानकारी  www.somervillema.gov/covid19. मा "लक्षण, परीक्षण, र चिकित्सा जानकारी" ट्याब अन्तर्गत फेला पार्न सकिन्छ ।

 

आगामी भर्चुअल टाउन हलहरूः

·        कोरोनाभाइरस महामारीको बीचमा कला र संस्कृति ०९/१५: समरभिलका कलाकार र सांस्कृतिक समुदायका साथ साथै सबै इच्छुक व्यक्तिहरूलाई कला समुदायले कोभिड-१९ महामारीमा सामना गरिरहेका चुनौतीहरूको साथ साथै सम्भावित समाधानहरू बारेमा छलफल गर्न भर्चुअल टाउन हलको लागि हामीसँग सामेल हुन आमन्त्रित गरिन्छ । टाउन हल मंगलबार, सेप्टेम्बर १५ मा आयोजित गरिनेछ जुन साँझ ६:३० बिहान सुरु हुन्छ । थप विवरण at www.somervillema.gov/news मा उपलब्ध छ ।

·        समरभिल सार्वजनिक बिद्यालय संचालन विषयमा टाउन हल ०९/२१: समरभिल सार्वजनिक बिद्यालय र समरभिल सिटीले संयुक्त रूपमा बिद्यालयहरू खोल्ने सम्बन्धमा जानकारी दिन सोमबार, सेप्टेम्बर २१ साँझ ५:३० बजे भर्चुअल टाउन हलको आयोजना गर्दैछ । यसमा अपनाईइका सुरक्षा उपायहरू र नयाँ स्कूल वर्षमा के आशा गर्ने भन्ने बारे अद्यावधिक जानकारी प्रदान गरिनेछ । थप विवरण www.somervillema.gov/news मा उपलब्ध छ ।

 

आजको सहयोग सल्लाह: सेप्टेम्बर राष्ट्रिय पुनःप्राप्तीको महिना हो

सेप्टेम्बर राष्ट्रिय रिकभरी महिना हो । त्यसैले यो अवसरमा हामी समुदायलाई भर्चुअल रिकभरी स्रोतहरूको बारेमा पुनः सम्झाउन दिलाउन चाहन्थ्यौं । कोभिड-१९ को प्रसारलाई नियन्त्रण गर्न आवश्यक सामाजिक दूरीले रिकभरीमा रहेका मानिसहरूलाई अन्यसँग सम्पर्क गर्न र सहयोगमा पहुँच पुर्याउन गाह्रो बनाउन सक्छ । समूहहरु जस्तै  Narcotics Anonymous, SMART Recovery, र Herren Project ले महामारीको समयमा भर्चुअल रिकभरी बैठक र संसाधन प्रदान गर्दैछन् । हामीसँग www.somervillema.gov/coronavirushelp मा थप संसाधनहरूको एक सूची छ ।

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: आफ्नो नाक नबिर्सनुहोस्

सर्वप्रथम धेरै धेरै जनालाई धेरै धेरै धन्यवाद जसले सार्वजनिक रूपमा अनुहार ढाक्ने काम जारी राखेका छन् सामाजिक दूरीको अभ्यास गर्छन् र कोभिड-१९ को प्रसारलाई ढिलो बनाउन अन्य कदमहरू चाल्न मद्दत गर्छन् । हामी सबैलाई सम्झना गराउन चाहन्छौं कि वास्तवमै अनुहार ढाक्नु प्रभावकारी हुन तपाईंको मुख र नाक दुबै छोपिएको हुनुपर्छ । अगाडि बढ्नु अघि तपाईंको अनुहार सही तरीकाले ढाकिएको छ भनि निश्चित गर्न अतिरिक्त समय लिनुहोस् । यो हाम्रो समुदायको रक्षाको लागी एक लामो यात्राको मार्ग हो ।

 

धन्यवाद ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न, समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।

 


मंगलबार, अगस्ट ४, २०२०

समरभिल सार्वजनिक बिद्यालय शैक्षिक सत्र २०२० – २०२१

प्रिय समरभिल सार्वजनिक बिद्यालय परिवारहरू,

हामीले हाम्रो बिद्यालय भवनहरुको निरिक्षण पश्चाच प्राप्त प्रारम्भिक तथ्यहरुको धेरै छलफल र समीक्षा गरी आज बिहान बिद्यालय वर्ष २०२०-२०२१ को प्रारम्भिक चरणको शुरुवातमा पूर्ण रुपमा दुर शिक्षा (Remote Learning) को आधारमा सञ्चालन गर्ने निर्णय गरेका छौं ।

हामी पछिल्ला धेरै महिनाहरुमा बिद्यार्थीहरुलाई व्यक्तिगत (In-Person) तथा दुर शिक्षा (Remote Learning) गरी दुबै मिश्रीत रुपमा सुरक्षित व्यावस्थाका साथ बिद्यालयमा फर्काउन सहयोग गर्न लगनशील भई स-साना विषयहरू समेतको चरणबद्ध रुपमा गहन अध्ययन गरी काम गरिरहेका छौं । त्यो योजना अन्तर्गत ​​हाम्रो बिद्यालय भवनहरूमा भ्यान्टिलेसन र फिल्टेरेसन प्रणालीको आंकलन गर्न एक ईन्जिनियरिङ फर्म ल्याउने, विद्यार्थी र कर्मचारीहरूको भाइरस निगरानी एवं परीक्षणका लागी योजना स्थापित गर्ने काम समावेश छन् ।

हामीले शुरुदेखि नै भनेका छौं की हाम्रो सर्वोच्च प्राथमिकतामा हाम्रा विद्यार्थी, कर्मचारी, र तिनीहरुका परिवारहरूको स्वास्थ्य एवं सुरक्षा रहनेछ । हामी विश्वास गर्दैनौं कि यी दुई महत्त्वपूर्ण तथ्यहरूको समाधान बिना बिद्यालय व्यक्तिगत रुपमा पुन:खोल्ने योजना लागु गर्नु सुरक्षित वा हाम्रो बिद्यालय समुदायको हितमा छ ।

हामी हाम्रो कर्मचारीहरु र परिवारहरुले विगत केहि हप्ताहरूमा दिएका सुझाव, विचार, भावना, र प्रतिक्रियाहरुको कदर गर्दछौं । एउटा कुरा स्पष्ट छ: हामी सबै जना सहमत छौं कि विद्यार्थी र शिक्षक/शिक्षिकाका लागि व्यक्तिगत रुपमा शिक्षा दिनु/लिनु उत्तम उपाय हो । यस दुर शिक्षा योजनामा शिक्षक/शिक्षिकाले आफ्ना विद्यार्थीहरू र विद्यार्थीहरूले आफ्ना शिक्षक/शिक्षिका, साथीसंगी, र सल्लाहकारहरु सँगको सहकार्यको अभाव महसुस गर्छन् ।

हामी नयाँ सुरक्षा दिशानिर्देशहरूको निर्देशन बमोजिम व्यक्तिरुपमा बिद्यालय सञ्चालन गर्न तयार हुनको लागि चरणबद्ध रुपमा सक्दो कार्य गरिरहेका छौं । आजका दिन सम्म हामीले यो सुनिश्चित गर्ने प्रयाश गरेका छौं कि हामीले हाम्रो बिद्यालहरू व्यक्तिगत रुपमा पुनःसञ्चालन हुदाँका बखत जोखिम न्यूनीकरण गर्न सम्भव होस् - ताकि हाम्रा कर्मचारीहरू, विद्यार्थी, र परिवारहरू सुरक्षित महसुस गर्न सकून् ।

हामी सिगों समरभिल एक समुदायको रूपमा स्वास्थ्य र सुरक्षा निर्देशद्धारा निर्देशित भई निरन्तर विकसित भइरहेका जटिल स्वास्थ्य संकट पहिचान गर्दै दृढ प्रतिबद्धताका साथ ती समस्याको सामना गरिरहेका छौं । हामी हाम्रा कर्मचारी, विद्यार्थीहरू र परिवारहरू व्यक्तिगत रूपमा भेट्न सक्ने अन्य उपायहरू सहितका विकल्पहरूको अन्वेषण गरिरहेका छौं ।

हामी युवाहरुलाई सेवा प्रदान गर्ने हाम्रा सहयोगीहरूसँग दुर शिक्षाको अवधिमा बाहिर रहने विद्यार्थीहरूको सामाजिक भावनात्मक आवश्यकताहरूको परिपुर्तिका लागि बाहिरी गतिविधिहरूको सुचि विकास गर्न सक्रिय रूपमा सहकार्य गरिरहेका छौं ।

आउँदो हप्ताहरूमा हामी हाम्रो बिद्यालय भवनहरूमा सुरक्षित फर्कनको लागि अनुमति दिन भेन्टिलेसन र फिल्टरेसनलाई व्यवस्थित गर्न जारी राख्नेछौं र हाम्रा स्वास्थ्य सहयोगीहरूसँग एक परीक्षण प्रणाली सिर्जना गर्न कार्य गर्नेछौं जसले हाम्रो विद्यार्थी र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्दछ ।

हामी दुर शिक्षा अनुभवको साथ अझ कसरी राम्रोसँग व्यक्तिगत रुपमै पुन:बिद्यालय खोल्न सफल हुने भनी समयरेखा र सर्तहरू पहिचान गर्न कार्य गर्दैछौं जसले हाम्रो दुर शिक्षा योजनामा सब भन्दा संघर्षरत विद्यार्थीहरुः ई.एल.एल., विशेष शिक्षा, र प्रेक-२ मा भएका बिद्यार्थीलाई सहयोग पुग्नेछ ।

अर्को केही हप्ताहरूमा हामी कुराकानीका आधारमा हाम्रो दुर शिक्षा र मिश्रित योजनाहरूको विकास योजनाहरु परिमार्जन गर्दै नियमित रुपमा अध्यावधिक गर्दै दुर शिक्षामा सँलग्न हाम्रा विद्यार्थीहरूको लागि बाहिरी गतिविधिहरूको अवसरहरू सहित नयाँ शैक्षिक पात्रो तयार गर्नेछौं ।

हामी तपाईंको सहयोग र निरन्तर धैर्यता एवं बुझाईको कदर गर्दै यहाँहरुको सहयोगका माध्यमबाट यो चुनौतीको अभूतपूर्व सामना गर्न सक्दो प्रयास गर्दछौं ।

धन्यवाद ।

 

आदरपूर्वक,

मेयर जोशेफ ए. कर्टाटोनी,

बिद्यालय सुपरिटेन्डेन्ट मैरी स्किपर, तथा

बिद्यालय समितिका अध्यक्ष क्यारी नोर्मान्ड

 

 


जुलाई ३१,२०२०

समरभिल सिटिको कोभिड-१९ सम्बन्धि अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

यहाँ शुक्रबार, जुलाई ३१, २०२० कोभिड-१९ को अध्यावधिक जानकारी छ । थप जानकारी र अन्य आवश्यक संसाधन स्रोतहरूका लागी कृपया https://www.somervillema.gov/covid19 मा पनि हेर्नुहोस् ।

ताजा समाचार:

·        कोभिढ-१९ केस गणना: आज जुलाई ३१ राती १०:००सम्म समभरभिलका कुल १,०४२ बासिन्दाहरूको कोभिड-१९ को सकारात्मक परीक्षण भएको छ भने ति मध्ये १,००२ जनालाई निको भएको छ र दुःखको कुरा यहाँ ३७ जना व्यक्तिको मृत्यु भएको छ । थप जानकारीको लागी सिटिको ड्यासबोर्ड https://somerville-dashboardcovid.trial.opendatasoft.com/pages/citysdashboard/ मा हेर्नुहोस् ।

·        तेस्रो चरण पुन:सञ्चालन कार्य अझ केही समयका लागी स्थगित: चिकित्सा समुदायका सदस्यहरूले संक्रमितको बढ्दो संख्या https://www.bostonglobe.com/2020/07/27/metro/baker-says-coronavirus-cases-mass-ticking-up-cites-small-clusters-including-chatham-house-party/ तर्फ बिचार गरी राज्यको चरणबद्ध पुनिःसञ्चालनको कार्यमा केही ढिलाई गरी  https://www.bostonglobe.com/2020/07/27/nation/mass-medical-society-president-says-state-should-consider-backing-down-phase-covid-19-cases-rise/ पुन: खोल्न आग्रह गरी समरभिलको चरण ३ को १ https://www.somervillema.gov/news/phase-3-reopening-somerville-remains-hold-outdoor-fitness-alternatives-allowed पुन:सञ्चालन कार्य तालिका केही समयका लागी स्थगीत गरिएकोछ । स्थानीय अधिकारीहरूले २ साताको अन्तरालमा स्थिति समीक्षा गर्न जारी राख्ने छन् र अर्को अध्यावधिक जानकारी सोमबार, अगस्ट १७, २०२० वा सो भन्दा अगाडि आउने छ । समरभिलमा भित्रि र बाहिरी भेलाहरू पनि चरण २ बमोजिम नै कायम रहन्छन् र अर्को सूचना नभएसम्म १० जना भन्दा बढी व्यक्तिलाई भेलामा सहभागी हुन अनुमति दिईएको छैन । सिटि जिम र फिटनेस केन्द्रहरूलाई बाहिरी विकल्पहरूमा ध्यान दिई सुरक्षित वातावरण तयार गरी केहि सेवाहरू प्रदान गर्न प्रोत्साहीत र सहयोग https://www.somervillema.gov/outdoorgyms गर्दै छ ।

·        सिटी काउन्सिलले टफ्ट्स पुनःसञ्चालन योजनाको बारेमा सार्वजनिक सुनुवाईको आयोजना गर्दैछ: समरभिल सिटी काउन्सिलले बुधवार, अगस्ट ५ मा साँझ ७:०० बजे टफ्ट्स विश्वविद्यालयको पुनःसञ्चालन योजनाको बारेमा भर्चुअल सार्वजनिक सुनुवाई गर्दैछ । त्यहाँ निवासीहरू सहभागी भई आफ्ना धारणा राख्न सक्ने दुई तरिकाहरू छन्:

o  उक्त बैठकमा उपस्थित हुन र सुन्नको लागि बैठक शुरु हुनु अगावै तल उल्लेखित लिंक इन्टरनेट ब्राउजरमा राख्नुहोस्  https://attendee.gotowebinar.com/register/6975948688038741262 जसले तपाइँलाई बैठकको लागि दर्ता गर्न सोध्न्नेछ र तपाँई दर्ता हुनु भएपछि तपाइँ बैठक/वेबिनार सुरु हुने बित्तिकै सो को जानकारी निर्देशनका साथ एक ईमेल प्राप्त गर्नुहुनेछ ।

o  सो सुनुवाईमा तपाँईको धारणा सिटीको cityclerk@somervillema.gov ईमेल मार्फत पठाउन सकिन्छ वा सिटी क्लर्कलाई ९३ हाईल्याण्ड एभिन्यू, ०२१४३ मा पत्र पठाउन पनि सकिन्छ । टिप्पणी तथा सुझावहरु सिटि काउन्सिललाई पठाउनका लागी बुधवार, अगस्ट ५, २०२० को मध्यान्न सम्ममा प्राप्त भैसक्नु पर्नेछ ।

·        टफ्ट्सले पुनःसञ्चालन योजनाको बारेमा समुदायको बैठक आयोजना गर्दैछ: टफ्ट्स विश्र्वबिद्यालयले मंगलबार, अगस्ट ४, २०२० साँझ ५:०० बजे देखि विश्र्वबिद्यालय पुन:सञ्चालन विषयमा सामुदायिक बैठक पनि आयोजना गरेको छ । अनलाइन बैठकको लागि दर्ता गर्न तलको लिंकमा https://tufts.zoom.us/webinar/register/WN_rDutFXeKSK2KjpHdeox-qQ थिच्नुहोस् ।

·        तपाईको हातमा लगाउने सेनिटाइजरको जाँच गर्नुहोस्: फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफ.डी.ए.) चेतावनी दिएको छ कि अमेरिकामा मिथेनोल समावेश गरिएका केही ह्यान्ड सेनिटाइजरहरू बेचिदैछन् जसको विषाक्त प्रभाव पर्छ । एफ.डी.ए.ले त्यस्ता ब्रान्डको सूची आफ्नो वेबसाइट https://www.fda.gov/drugs/drug-safety-and-availability/fda-updates-hand-sanitizers-consumers-should-not-use मा मिथेनोल युक्त स्यानिटाईजरको सूची राखेको छ र हालै त्यसको विस्तार गरेको छ । तपाईंले प्रयोग गरिरहनु भएका उत्पादनहरू सुरक्षित छन् भनेर निश्चित गर्न उक्त सूचीमा पनि एक नजर लगाउनु होस् ।

·        समरभिल सहायता कोष मार्फत तपाईंको छिमेकीहरूलाई सहयोग पुर्‍याउनुहोस्: हामी प्रति हप्ताको $६०० को बेरोजगारी लाभको अन्त्य हुने अवधीबाट केही दिन मात्र टाढा छौं । यसले हाम्रो समुदायमा व्यक्तिहरूको लागि नयाँ वित्तीय कठिनाइ सिर्जना गर्दछ । यदि तपाईं भाग्यशाली हुनुहुन्छ र केहि पैसा कमाउनु भएको छ र समुदायका लागी केही दान गर्न सक्षम हुनुहुन्छ भने कृपया समरभिल सहायता कोष https://www.somervillema.gov/somervillecares मा केही रकम दान गर्नुहोस् । यस दानमा आधारित कोषले समरभिलका बासिन्दाहरू, कामदारहरू, र बिद्यालयका बच्चाहरूको अभिभावकलाई सीधा सहायता प्रदान गर्दछ ताकि उनीहरूले आवास, खाना, र उपयोगिताका बिलहरू जस्ता आधारभूत खर्चहरूमा त्यसको प्रयोग गर्न सकून् । यदि तपाईं आफु दान गर्न असमर्थ हुनुहुन्छ भने पनि आफ्नो साथीहरू र परिवारका सदस्यहरुलाई समरभिल सहायता कोषको बारेमा जानकारी गराई मद्दत गर्न सक्नुहुनेछ ।

·        जेष्ठ नागरिकहरूका लागि हेरचाह योजना: वृद्धाश्रम परिषदले नयाँ पजल, खेल, कला र शिल्प आपूर्ति, पुस्तकहरू, र अन्य मनोरञ्जनात्मक चीजहरू बटुल्दै जेष्ट नागरिकहरूका लागि हेरचाह योजनाहरू सिर्जना गर्दछ । यदि तपाईं त्यस्ता सामाज दान दिन चाहनुहुन्छ भने अगष्ट ७ भित्र हल्याण्ड स्ट्रीट जेष्ठ नागरिक केन्द्रको अगाडिको ढोका भित्र रहेको बाकसमा सामानहरू छोड्न सक्नुहुनेछ । थप जानकारीको लागि कृपया सम्पर्क संयोजक डेबी हिगिन्सलाई dhiggins@somervillema.gov मा वा (६१७)६२५-६६०० को २३२१ मा सम्पर्क गर्नुहोस् ।

·        पश्चिम नील भाईरसबाट आफूलाई जोगाउनुहोस्: यद्यपि यस गर्मीमा पश्चिम नील भाइरसको कुनै मानवीय घटना भएको छैन । तर भाइरस ल्याउने लामखुट्टे छिमेकी सिटिहरूमा फेला परेका छन् । त्यसैले तपाईं बाहिर जाँदा आफ्नो सुरक्षा गर्नु महत्त्वपूर्ण छ । बिहान र साँझमा लामखुट्टेहरू बढी सक्रिय हुन्छन् । यदि तपाईं ती समयमा बाहिर हुनुहुने छ भने किराहरुका लागी छर्कने औषधी लगाउनुहोस् वा लामो बाहुला भएको लुगा लगाई शरिर ढाक्नुहोस् ।

·        एसेम्बली स्क्वायरमा नि:शुल्क कोभिड-१९ परीक्षण हुने: समरभिल स्वास्थ्य बोर्डले सबै बासिन्दाहरूलाई कोभिड-१९ परीक्षण गर्न आग्रह गर्दछ । जति धेरै व्यक्तिले परीक्षण गर्छन् त्यती नै हाम्रो पुन:सञ्चालन योजना सुरक्षित हुन्छ । यसका लागी तपाईंसँग रोगको लक्षणहरू वा डाक्टरको शिफारिस हुनु आवश्यक पर्दैन । साथै कुनै बीमा आवश्यक पर्दैन तथा अध्यागमन स्थिति पनि जाँच गरिएको छैन । समरभिलका बासिन्दाहरूको लागि नि:शुल्क कोभिड-१९ परीक्षणको लागि नाम दर्ता गर्न फोन नं (६१७)६६५-२९२८ मा हरेक दिन बिहान ८:३० बजे देखि साँझ ४:०० बजे सम्म फोन गर्न वा समरभिल सिटिको वेवसाईट  https://www.somervillema.gov/covid19testing मा हेर्न सक्नुहुन्छ ।

·        कोभिड-१९ नि:शुल्क घुम्ति परीक्षण समय र स्थानहरू: कोभिड-१९ घुम्ति परीक्षण एकाई https://www.somervillema.gov/mobiletesting ले हाम्रो सिटि निवासीहरूलाई परिक्षणमा सजिलो पहुँच बनाउन छिमेकमै यसको परिक्षण गर्दैछ । तपाईं आगामी परीक्षण समय र स्थानहरूको तालिका https://www.somervillema.gov/covid19 मा "लक्षण, परीक्षण, र मेडिकल जानकारी" ट्याब अन्तर्गत पाउन सक्नुहुन्छ । यसका लागी अग्रिम नाम दर्ता आवश्यक छ । परीक्षणको लागि तपाईंमा रोगको लक्षण हुनु आवश्यक छैन र बीमा वा डाक्टरको शिफारिसको पनि आवश्यकता पर्दैन । यसमा तपाँईको आप्रवासन स्थिति जाँच गरिने छैन । तर तपाइँ समरभिल निवासी हुनु पर्छ । नाम दर्ता गर्का लागी हर्क सोमबार देखि बुधबार सम्म बिहान ८:३० देखी साँझ ४:३० बजे सम्म बिहिबार बिहान ८:३० देखी साँझ ७:३० बजे सम्म र शुक्रबार बिहान ८:३० देखी दिउँसो १२:३० बजे सम्म फोन नं (६१७)६८२-०५८३ मा फोन गर्नुहोस् । यदि तपाईंको फोनको जवाफ दिईएको छैन भने कृपया भ्वाइसमेल छोड्नुहोस् । कसैले तपाईंलाई सकेसम्म चाँडो फिर्ता फोन गर्नेछ । फोनको धेरै संख्याको कारण प्रतिक्रिया प्राप्त गर्नमा केही ढिलाइ हुन सक्छ ।

·        परीक्षणका लागी थप स्रोतहरू: कोभिड-१९ परीक्षणको लागि यदि समरभिलमा उल्लेखित समय वा स्थानहरू तपाईंको लागि काम गर्दैनन् भने अतिरिक्त विकल्पहरूको जानकारी यहाँ छन्:

o  राज्यले अगस्त १४ सम्म कभनवेल्थको अन्य स्थानहरू जस्तै एभरेट र चेल्सी नजिकै नि:शुल्क परीक्षणको व्यावस्था गरेकोछ । केहि स्थानहरूमा अग्रिम नाम दर्ता आवश्यक पर्दछ र केहि स्थानमा जो उपस्थित हुन्छ उसलाई परीक्षण गर्दछ । थप जानकारीका लागी https://www.mass.gov/info-details/stop-the-spread#where- मा हेर्नुहोस् ।

o  एम.ई.एम.ए. ले कोभिड-१९ व्यावस्था केन्द्रको समन्वयमा म्यासाचुसेट्समा कोभिड-१९ परीक्षण स्थल हरूको बारेमा जानकारीको साथ अन्तर्क्रियात्मक नक्शा https://memamaps.maps.arcgis.com/apps/webappviewer/index.html?id=eba3f0395451430b9f631cb095febf13 तयार गरेको छ । यसमा परिक्षण स्थलहरुको सुची पनि छ । यसको

जानकारीहरु शिघ्र प्रचार गर्ने कार्य जारी छ । त्यसैले स्थलमा जानु पहिले सम्पर्क गर्नु गर्नुहोस् । यी स्थलहरूमा पूर्व जानकारी, शिफारिस, र/वा नाम दर्ता पनि आवश्यक पर्न सक्छ ।

आजको सहयोग सल्लाह: नि:शुल्क भर्चुअल शिविर

यस गर्मीमा तपाईंको बच्चाहरूको लागि केहि रमाईलोको लागि खोजी गर्दै हुनुहुन्छ तर के गर्ने भन्ने निश्चित हुनुहुन्न? समर क्याम्पसँग समरभिल प्राथमिक बिद्यालय, निम्नमाध्यामिक बिद्यालय, र उच्च विद्यालयका युवाहरूको लागि निःशुल्क अनलाइन गतिविधिहरूको तालिका छ । समर क्याम्पले उच्च-गुणस्तरिय, उमेर सापेक्ष, अन्य गतिविधिहरू जस्तै बक्सिंग कक्षा, पार्कोर पाठ, फोटोग्राफी कार्यशाला, कोडिंग, संगीत उत्पादन, र बिभिन्न समूह खेल लगायत विभिन्न शिल्पकारी सुन्दर सामान स्थानीय प्रदायकहरु समरभिल मिडिया सेन्टर, पार्खोर जेनरेशन, किशोर सशक्तिकरणद्धारा पहुँच प्रदान गरिएका परियोजना पर्दछन् । सबैको जानकारी समर क्याम्प वेबसाइट https://sites.google.com/view/somercamp2020/home?authuser=0 मा हेरी नाम दर्ता गर्न सक्नुहुनेछ ।

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: बाहिर पनि ठूलो जमघट नगर्नुहोस् । यदि तपाईं सानो जमघट गर्नुहुन्छ भने यहाँ सुरक्षित हुनका लागी थप सल्लाहहरू छन् ।

संझनाका लागी समरभिलमा बाहिरी र भित्री भेलाहरू दश व्यक्तिहरूमा सीमित गरिएका छन् । हामीलाई थाहा छ कि तातो मौसमले पार्टी आयोजना गर्नेहरूका लागी प्रलोभनमा पार्छ । तर कोभिड-१९ ले गर्मीको बिदा लिईरहेको छैन । सुरक्षित रहनु भनेको तपाई घर बाहिर अरु कसैसँग पनि भेला हुनबाट जोगिनु हो । तर यदि तपाई अरूहरु जस्तै भेला हुन चाहनु हुन्छ भने यी सुरक्षा सल्लाहहरुको पालना गर्नुहोस्:

·        तपाईंसँग नबस्ने व्यक्तिहरुसँग कम्तिमा छ फिट टाढा बस्नुहोस् ।

·        यदि तपाईं अरूबाट छ फिट भन्दा कम दुरीमा हुनुहुन्छ भने सो समयमा अनुहारमा मास्क लगाउनुहोस् वा ढाक्नुहोस ।

·        विज्ञहरू अब सोच्दछन् कि कोभिड-१९ बाहिरबाट प्रसारण हुने सम्भावना कम छ । त्यसैले यदि तपाईं भेला गर्नुहुन्छ भने बाहिर जम्मा हुनु सुरक्षित छ । तर दिमागमा यो राख्नुहोस् कि सामाजिक दूरी र अनुहार ढाक्नु आवश्यक छ ।

·        बाहिरी भेला भएता पनि मानिसहरू अझै शौचालय प्रयोग गर्न भित्र जान आवश्यक पर्दछ । अनुहारह भित्र पनि लगाउँनुपर्दछ र भुईंहरू प्रयोग गर्नु अघि र पछी सफा गर्नुपर्छ । शौचालयको उपयोगको आवश्यकतालाई सीमित गर्न छोटो छोटो भेला मात्र गर्नुहोस् वा सार्वजनिक स्थानमा भेट्नुहोस् जस्तै पार्क ।

·        भेलाहरूमा आफुलाई चाहिने चीज ल्याउनुहोस् र खाना बाँडफाँड नगर्नुहोस् । भाँडाकुँडा, कुर्सीहरू आदि पनि वितरण नगर्नु सुरक्षित हुन्छ । पाहुनाहरुलाई आफ्नै कुर्सी, खाना, पेय, भाँडा, इत्यादि ल्याउन भन्नुहोस् ।

·        मदिराले व्यक्तिहरूको सोच, दूरी, र सुरक्षा दिशानिर्देशहरू पछ्याउन सक्ने क्षमतामा ह्रास ल्याउन सक्छ । कम्तिमा पनि मदिराको खपत कम गर्नु होस् वा यसलाई सुरक्षित राख्न पूर्ण रूपमा बहिस्कार गर्नुहोस् ।

·        तपाईका हातहरू बारम्बार धुनुहोस् वा हातमा सेनिटाइजर प्रयोग गर्नुहोस् । लगातर छोइने सतहहरू सफा गर्नुहोस् । फेरि, सामुहिक वस्तुहरू प्रयोग नगर्नु उत्तम हुन्छ । तर यदि तपाइँ प्रयोग गर्नुहुन्छ भने ती सामुहिक वस्तुहरू सफा गर्न नबिर्सनुहोस् जस्तैः भाँडा, कूलर, र बाहिरी फर्निचर ।

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न, समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।

धन्यवाद ।


        

 समरभिल सिटि                      म्यासाच्युसेट्स्

                        जोशेफ ए. कर्टाटोनी                     मेरी स्किपर

                          मेयर                                   बिद्यालय परिक्षक

तत्काल प्रकाशनका लागी, जुलाई २३, २०२०

सम्पर्क:

सुज्याना एच. मोरग्यान smorgan@k12.somerville.ma.us वा (६१७)६२९-५२२१

नतासा पेरेज media@somervillema.gov वा (६१७)५०४-७४२८

 

समरभिल सार्वजनिक बिद्यालयको  कोभिड-१९ योजनाको लागी

टाउन हल  घोषणा

 

समरभिल सार्वजनिक बिद्यालयको  कोभिड-१९ योजनाको लागी ४ वटा टाउन हल  घोषणा

 

समरभिल, म्यासाच्युसेट्स् - समरभिल सार्वजनिक बिद्यालय र समरभिल सिटीले कोरोनाभाइरस महामारीको बीचमा २०२०/२०२२ बिद्यालय सञ्चालनको तयारीको लागि स्थानीय प्रयासमा चार अनलाइन बिद्यालय सञ्चालन योजना टाउन हॉल (दुई अंग्रेजीमा र दुई बहुभाषिक) आयोजना गर्नेछन् । यसका साथै महामारीको कारण समरभिल सार्वजनिक बिद्यालयले समितिले दुई थप ग्रिष्म कालीन बैठकहरू गर्ने छ ।

 

आँउदो समय तालिकाहरु:

·          सोमबार, जुलाई २७: बिद्यालय समिति बैठक, साँझ ७:०० बजे

·          बुधबार, जुलाई २९: बिद्यालय सञ्चालन योजना टाउन हलः प्रयासका योजना परिचय र छलफल

समिति बैठक, साँझ ७:०० बजे

o   बहुभाषिक टाउन हलः साँझ ५:०० बजे देखि ६:२५ बजे सम्म

o   अंग्रेजी भाषामा टाउन हलः साँझ ६:३० बजे देखि ८:०० बजे सम्म

·          सोमबार, अगष्ट ३: बिद्यालय समिति बैठक, साँझ ७:०० बजे

·          बुधबार, अगष्ट ५: बिद्यालय सञ्चालन योजना टाउन हलः प्रयासका योजना परिचय र छलफल

समिति बैठक, साँझ ७:०० बजे

o   बहुभाषिक टाउन हलः साँझ ५:०० बजे देखि ६:२५ बजे सम्म

o   अंग्रेजी भाषामा टाउन हलः साँझ ६:३० बजे देखि ८:०० बजे सम्म

 

कसरी सहभागी हुनेः

हेर्नुहोस्: सबै बैठकहरु प्रत्यक्ष प्रशारण हुनेछन् । प्रत्यक्ष हेर्नुहोस्:

·          सिटि केवल टिभि र शैक्षिक च्यानल (आर.सि.एन. मा च्यालन १३ र १५ तथा कमकाष्टमा च्यालन १५ र २२)

·          सिटि यु-ट्युवः youtube.com/SomervilleCityTV

·          सिटि वेवसाईटः somervillema.gov/TV (प्रत्यक्ष प्रशासरण भनेको स्थानमा थिच्नुहोस्)

 

बिद्यालय समितिको बैठकमा अनलाईन सहभागीताः

·          कसरी सहभागी हुने भन्ने बारेमा बिद्यालयको वेवसाईटमा जानकारीहरु समावेश गरिएका छन्: https://somerville.k12.ma.us/district-leadership/somerville-school-committee/school-committee-meetings

टाउन हलमा अनलाईन वा फोनबाट सहभागी हुनः

·          टाउन हल जुम मार्फत व्यावस्था गरिएको छ र त्यसमा फोनबाट सहभागी हुन सक्ने व्यावस्था पनि उपलब्ऊ छ ।

·          तपाँई सहभागी हुन चाहनु भएको बैठकको तोकिएको समयमा उल्लेखित वेवसाईट मार्फत सहभागी हुनुहोस् www.somervillema.gov/virtualtownhall । वा फोन सहभागीताका लागी जानकारी लिनुहोस् ।

·          समरभिल सार्वजनिक बिद्यालयले आफ्ना पारिवारिक बहुभाषिक सम्पर्क माध्यामहरु समेतको प्रयोग गरेर यी बैठकहरु सम्बन्धि जानकारीहरु आफ्ना बिद्यार्थी तथा तिनका परिवारलाई पठाई रहेको छ ।

·          फोन कलबाट सहभागी हुनका लागी सम्बन्धित बैठक हुने दिन सिटि केवल टिभि र शैक्षिक च्यानल (आर.सि.एन. मा च्यालन १३ र १५ तथा कमकाष्टमा च्यालन १५ र २२) बाट वा ३११ मा फोन गरेर जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न, समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।

 

धन्यवाद ।


२०२० जुलाई २४, शुक्रबार

समरभिल सिटि कोभिड-१९ बारे केही विषेश जानकारीहरु

प्रिय समुदाय सदस्यहरु,

यस महिनाको अन्त्यमा $६०० पूरक बेरोजगारी लाभ अन्त्यमा अन्त हुने भएको छ (जुन यस हप्ताको अन्त पछि प्रभावकारी हुनेछ) । हामीलाई थाहा छ ।  दुर्भाग्यवश यसका कारणले हाम्रा धेरै समरभिल निवासिहरुले आर्थिक कठिनाइको सामना गर्नुपर्नेछ । महामारीको समयमा हामीले उपलब्ध स्रोत र सहयोग हरूको जानकारीको फेहरिस्त https://www.somervillema.gov/coronavirushelp मा राखेका छौं र हाम्रा कर्मचारीहरु ती स्रोतसाधनहरुको समुचित जानकारी प्रदान गर्न र आवश्यक समयोथका लागी तयार छ  भएर बसेका छन् । तल बासिन्दाहरूको सहायताका लागी केहि विषेश जानकारीहरू उपलब्ध छन्, तर अधिक जानकारी जस्तै मानसिक स्वास्थ्य र अन्य व्यावस्थापनका जानकारी एवं स्रोतहरू वेबसाइटमा उपलब्ध छन् । यदि तपाईंलाई यी जानकारीहरु अरू कसैलाई सहयोगी हुन्छ भन्ने थाँहा छ भने कृपया उनीहरूसँग यी जानकारीहरु आदान प्रदान गर्नुहोस् ।

यदि तपाईंलाई स्रोतहरूमा पहुँचका लागी सहयोगको आवश्यकता छ भने कृपया सिटिको ३११ अर्थात मा (६१७)६६६-३३११ मा सम्पर्क गर्नु भई बहु-भाषिक आवास, सामाजिक सेवा, वा आप्रवासी मामिलाका कर्मचारीहरुसंग फोन सम्पर्क गर्न सक्नुहुनेछ ।

यो महामारीले कडा चोट पुर्‍यायो पुर्याएको अवस्थामा यदि तपाईसँग आफ्ना लागी पर्याप्त साधन स्रोत छ र यस मध्ये केही आफ्ना छिमेकीहरु वा अन्यका लागी केही सहयोगमा पुर्याउन सक्ने परिस्थिति छ भने तपाइँले समरभिल सहायता कोषमा चन्दा दिन सक्नुहुन्छ (जानकारीको लागि तल हेर्नुहोस्) । कुनै पनि सहयोथ रकमले अति आवश्यकता हुनेहरुलाई मद्दत गर्नसक्दछ ।

·        खाद्यान्न: खाद्य संसाधनहरूको लागि https://www.somervillema.gov/departments/covid-19-help-food-housing-and-financial-assistance मा हेर्नुहोस् ।

o  खाद्यान्न उपलब्धता सम्बन्धमा नजिकैको खाना उपलब्ध हुने स्थलहरू, उपलब्ध सेवाहरू, सो स्थानमा बोलिने भाषाहरू, खुला हुने समय सहितको साप्ताहिक पात्रोको लागि हाम्रो स्रोत र संसाधनहरुका लागी माथीको वेवसाईटमा हेर्नुहोस् र खाद्य सहयोग चयन गर्नुहोस् ।

o  समरभिल खाद्य सुरक्षा गठबन्धन http://somervillefoodsecurity.org/food-access-during-covid-19/ ले कोभिड-१९ को अवधिमा स्थानीय खाद्यान्न वितरण स्थलहरूको एक अद्यावधिक सूची तयार गरेको छ । सम्बन्धित स्थलहरुमा व्यक्तिगत भेट गर्नु अघि समय तालिका निर्धारण गर्नुहोस् किनकी हाल हरेक स्थलमा नयाँ सुरक्षा प्रक्रियाहरू अपनाईएका हुन सक्छन् ।

o  सोमवार, बुधवार, र शुक्रवार पूर्वी समरभिल कम्युनिटी स्कूल, हेली स्कूल, विन्टर हिल स्कूल, वा वेस्ट समरभिल नेबरहुड स्कूलमा नि: शुल्क ग्रयाव-एण्ड-गो-ब्रेकफास्टहरू र लन्च https://www.somervillema.gov/sites/default/files/summer-eats-2020-all-languages.pdf लिन सक्नुहुनेछ । यहाँ तपाँईको परिचय पत्र आवश्यक छैन र परिवारको एक व्यक्तिले सम्पूर्ण परिवारको लागि खाद्यान्न लिन सक्दछन् । कृपया यदि तपाई धेरै परिवार सदस्यहरू वा अन्य कसैको सहयोग सहयोगको लागि खाद्यान्न लिदै हुनुहुन्छ भने कृपया एउटा झोला ल्याउनुहोस् । स्कूल वेबसाइट https://somerville.k12.ma.us/district-departments/food-nutrition-services/food-resources-students-and-families मा थप जानकारी र संसाधनहरूको बारेमा हेर्नुहोस् ।

o  पुरक पोषण सहायता कार्यक्रम (एस.एन.ए.पी.) कम आय भएका व्यक्ति र परिवारहरूको लागि https://www.mass.gov/how-to/apply-for-snap-benefits-food-stamps संघीय पोषण सहायता कार्यक्रम हो जुन इलेक्ट्रोनिक बेनिफिट्स ट्रान्सफर (ई.वि.टि.) कार्ड मार्फत सुविधा प्रदान गर्दछ । तपाईं यहाँ आफ्नो योग्यताको लागी https://dtaconnect.eohhs.mass.gov/screening जाँच गर्न सक्नुहुन्छ र यहाँ https://dtaconnect.eohhs.mass.gov/ सहयोगको लागि नाम दर्ता गर्न सक्नुहुन्छ । यसका सामान्य समय सीमा र काम नियमहरू कोभिड-१९ को कारणले गर्दा निलम्बित गरिएको छ । यदि तपाइँले पहिले नियमहरू पूरा नगरेकोले तपाँईको आवेदन अस्वीकार गरिएको थियो भने तपाईले यसकका लागि पुन: आवेदन दिनु पर्छ । नोट गर्नुहोस् कि (एस.एन.ए.पी.) फाइदाहरू सार्वजनिक शुल्क निर्धारणहरूमा आधारित छन् । तपाईंले आवेदन गर्नु अघि तपाईंको अद्यागमन वकिलसँग कुरा गर्नुपर्छ । यदि तपाईंसँग अद्यागमन वकिल छैन भने, तपाईं ३११ नं. मा फोन गरी समरभिभाः आप्रवासी मामिलाहरूको कार्यालय https://www.somervillema.gov/departments /communications-and-community-engagement/somerviva-office-immigrant-affairs मा सम्पर्क गर्न सक्नुहुनेछ वा तलको वेवसाईडमा उल्लेख भएका मध्ये कुनै पनि संस्थाहरु  https://www.masslegalservices.org/system/files/library/Statewide%20Referral%20List%2011.12%20%281%29.pdf मा सम्पर्क गरी नि: शुल्क कानुनी मद्दतको लागी अनुरोध गर्न सक्नुहुनेछ ।

·          आवास र अन्य उपयोगिताका साधनहरू: आवास र उपयोगिता साधन स्रोतहरूको थप जानकारीको लागि https://www.somervillema.gov/coronavirushelp मा भ्रमण गर्नुहोस् ।

o   म्यासाचुसेट्समा अक्टोबर १७ सम्म आवासीय बेदखलीहरू र कुनै पनि प्रकारको निश्काशन https://www.boston.com/news/coronavirus/2020/07/21/charlie-baker-massachusetts-eviction-moratorium हरु प्रतिबन्धित गरिएको छ । सिटिले स्थानीय कोभिड-१९ को आपतकालिन अवस्था नहटाइए सम्म समरभिल सिटिभरि आवासीय र व्यावसायिक निष्कासन मोरोरियम https://www.somervillema.gov/evictionmoratorium को प्रभाव कायम रहनेछ । तर यो अवधीमा तपाईं अझै तपाईंको भाँडा वा धितो भुक्तानीको लागि जिम्मेवार हुनुहुनेछ । त्यसैले भाडा ढिलाइ वा आंशिक भुक्तानीका विकल्पहरूका बारेमा कुरा गर्न तपाईंको घरमालिक वा ऋणदातासँग सम्पर्क गर्नुहोस् । थप सहयोगका लागि समरभिलका बासिन्दाहरूले यो https://www.somervillema.gov/departments/office-strategic-planning-and-community-development-ospcd/office-housing-stability अनलाइन रेफरल फारम भरेर वा (६१७)६२५-६६०० * २५८१ मा फोन गरेर हाउजिंग स्टेबिलिटी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । भाडामा बस्नेहरू र सम्पत्ती मालिकहरूको सहयोगका बारेमा थप जानकारीका लागी हाम्रो भाडामा बस्ने सम्बन्धी प्रश्नहरु https://www.somervillema.gov/sites/default/files/TenantFAQ.pdf र सम्पत्ति मालिकका प्रश्नहरु https://www.somervillema.gov/sites/default/files/PropertyOwnerFAQ.pdf र यसका उत्तरहरु पनि उपलब्ध छन् ।

o   सार्वजनिक उपयोगिता विभाग (डि.पि.यू.) ले आपतकालीन अवस्थामा यस भुक्तानीको नभएका आधारमा उपयोगिता सेवाहरू विच्छेदन वा निलम्बन https://www.mass.gov/doc/chairs-1st-set-of-orders-under-c-25-s-4b-re-covid-19/download गर्न रोक्का गरेको छ । एभरसोर्सले ढिलो-भुक्तानीमा लाग्ने शुल्कहरू हटाउँदै छ र लचिलो भुक्तान योजनाहरूको पनि प्रस्ताव गर्दैछ । उपलब्ध वित्तीय सहायताको बारेमा थप जानकारीको लागि तिनीहरूको वेबसाइट  https://www.eversource.com/content/ct-c/residential/safety/protect-yourself/responding-to-covid-19 मा हेर्नुहोस् वा ग्राहक सेवा प्रतिनिधिसँग कुरा गर्न (८००)५९२-२००० फोन गर्नुहोस् ।

·          वित्तीय: अधिक वित्तीय स्रोतहरूको लागि https://www.somervillema.gov/coronavirushelp मा भ्रमण गर्नुहोस् ।

मसाच्युसेट्स संक्रमणकालीन सहायता विभाग (डी.टी.ए.) कार्यक्रमले तीन प्रकारका आर्थिक सहयोग प्रदान गर्दछ:

o   आश्रित बालबालिकाहरू भएका परिवारलाई संक्रमणकालीन सहायता (टि.ए.एफ.डि.सि.),

o   जेष्ठ नागरिक, अक्षम, र बालबालिकाहरूलाई संक्रमणकालीन सहायत (ई.ए.ई.डि.सि.), र

o   राज्य पूरक कार्यक्रम (एस.एस.पि.) ।

प्रत्येक प्रोग्राम र योग्यता एवं आवश्यकताहरूको बारेमा थप जानकारीको लागी डीटीएको वेबसाइट https://www.mass.gov/economic-assistance-cash-benefits भ्रमण गर्नुहोस् ।

·          समरभिल सहायता कोष https://www.somervillema.gov/somervillecares ले समरभिलका बासिन्दाहरू, कर्मचारीहरू, र विद्यार्थीका अभिभावकहरु जसलाई कोभिड-१९ को महामारीले बढी असर गरेको छ उनीहरुको आप्रवास स्थितिको पर्वाह नगरी खाद्यान्न, अन्य उपयोगिताहरू, भाडा/धितो, स्वास्थ्य सेवा वा बच्चाका लागी सहयोग जस्ता आधारभूत आवश्यकताहरू पुरा गर्न प्रत्यक्ष सहायता प्रदान गर्दछ । तपाइँ यहाँ https://www.caasomerville.org/somerville-cares-fund-request समरभिल सहायता कोषबाट सहयोग पाँउनको लागी आवेदन दिन सक्नुहुन्छ ।

·          समरभिल सहायता कोषमा दान गर्नुहोस्:

तपाईं आफ्नो छिमेकीलाई मद्दत गर्न सक्नुहुन्छ र यी कठिन समयमा एक फरक अवस्था बनाउन सक्नुहुन्छ:

प्रत्येक हप्ता $६०० को पूरक बेरोजगारी लाभको म्याद समाप्त भएपछि धेरै व्यक्तिहरूले आफ्नो आम्दानीको केही हिस्सा गुमाउँदैछन जसले किरानासाना, औषधि, र आवास जस्ता आधारभूत आवश्यकताहरू परिपुर्ति गर्न लाग्ने रकम तिर्न गाह्रो हुन्छ । यदि तपाईंको आम्दानी आफ्ना लागि पर्याप्त छ र केही अरुका लागी समेत दिन सक्ने अवस्था छ भने कृपया समरभिल सहायता कोष https://www.somervillema.gov/somervillecares मा सहयोग गर्नुहोस् । तपाईं हामीलाई रकम संकलन कार्यमा समेत सहायता गरेर समेत थप सहयोग गर्न सक्नुहुनेछ । कृपया आफ्ना साथीहरू, र छिमेकीहरूलाई समेत कोषको बारेमा बताउनुहोस् र उनीहरू सहयोग गर्न सक्षम भएमा चन्दा दिन आग्रह गर्नुहोस् । यदि तपाईं सम्भावित ठूला दाताहरूलाई चिन्नु हुन्छ भने तिनीहरूलाई कोषमा ठूलो अनुदान सहायता गर्न प्रोत्साहित गर्ने कार्य पनि गर्नुहोस् । साथै यदि तपाइँ समरभिलका बासिन्दाहरू वा कामदारहरूलाई चिन्नुहुन्छ जसलाई अहिले नै मद्दत चाहिन्छ भने कृपया उनीहरूलाई राहतको लागि कोषमा आवेदन दिन प्रोत्साहन दिनुहोस् ।

धन्यवाद ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न, समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।

 


शनिबार, जुलाई १८, २०१९

समरभिल सिटिको कोभिड-१९ को अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

यहाँ कोभिड-१९ को eअध्यावधिक जानकारीहरु छन् । अन्य शंसाधनहरू र थप जानकारीहरुका लागि somervillema.gov/covid19 मा हेर्नुहोस् ।

 

ताजा समाचार:

·        केस गणना: हिजो जुलाई १७, २०२० को साँझ ९:०० सम्ममा समरभिलका कुल १,०१६ बासिन्दाहरूको कोभिड-१९ को सकारात्मक परिक्षण भएको छ भने, ९६८ जनाको स्वास्थ्य अवस्था राम्रो भई निको भएको छ भने र दु:खको कुरा यहाँ ३४ जनाले ज्यान गुमाएका छन् । थप जानकारीका लागी कोभिड-१९ ड्यासबोर्ड https://somerville-dashboardcovid.trial.opendatasoft.com/pages/citysdashboard/ मा हेर्नुहोस् ।

·        सिटि पुनःखोल्ने तेस्रो चरण: समरभिल सिटिको व्यवसाय पुनःखोल्ने तेस्रो चरण https://www.somervillema.gov/news/phase-3-business-reopening-somerville-pushed-august-3-earliest अन्तर्गतको पहिलो चरण कम्तिमा सोमबार, अगस्ट ३, २०२० सम्मका लागी रोकिनेछ । यसै विचमा नगर क्षेत्रमा बढ्दो नयाँ केस र राज्यको सम्पर्क ट्रेसिङ कार्यक्रम https://www.wbur.org/commonhealth/2020/07/09/contact-tracing-frustrated-local-officials को प्रभावकारिताको बारेमा स्थानीय अधिकारीहरू चिन्तित भएका छन् । अतः यस अघि राज्यका दिशानिर्देशहरूमा उल्लेख भएको भित्रि र बाहिरि जमघटहरूमा १० जना भन्दा बढी व्यक्तिको उपस्थित हुन नहुने भन्ने व्यावस्था कम्तिमा अगस्त ३ सम्म प्रभावकारी रहनेछन् । चरण तीनको पहिलो चरणमा पुन:खोल्ने व्यवसायमा ठूला भित्रि स्थलहरू र गतिविधिहरू सामान्यतया भाईरसको प्रसारको लागि उच्च जोखिमको रूपमा लिईएका छन् । जस्तै चलचित्र घर, कसरत स्थल, सांस्कृतिक केन्द्रहरू, प्रदर्शन स्थलहरू, र आन्तरिक जमघटहरू । सिटि पुनःखोल्ने चरण तीन अन्तर्गत पहिलो चरणका बारेमा थप जानकारीको लागी सिटिको वेबसाइट https://www.somervillema.gov/news/phase-3-business-reopening-somerville-pushed-august-3-earliest मा पनि हेर्न सकिन्छ ।

·        पुनःस्मरणका लागी सिटिका भवनहरू अझै सार्वजनिक रूपमा बन्द: यद्ययपी सिटि भवनहरू सर्वसाधारणको लागि बन्द नै छन् तर सिटि सेवाहरू अझै पनि बिद्युतिय माध्यामबाट वा सिटिको फोन नं. ३११ मा फोन गरेर उपलब्ध हुन सक्छ । थप जानकारीको लागि हाम्रो https://www.somervillema.gov/departments/programs/coronavirus-disease-2019-covid-19-information पृष्ठमा "सिटि सेवा स्थिति" ट्याब हेर्नुहोस् ।  

·        बास्केटबल हुपहरू अवरुद्ध रहने: समरभिल सिटिका बास्केटबल खेल्ने स्थानहरूमा अत्यधिक धेरै भीडभाड र खेलहरू भएको पाईयो । अतः सिटिका पार्कहरूमा बास्केटबल हुप्स अर्को सूचना नभएसम्मका लागी फेरि रोकिएको छ । उक्त स्थलहरू अझै पनि गैर-सम्पर्क सहित खेल्नको लागि भने उपलब्ध छन् । हामी उक्त खेल मैदानहरु र अन्य मनोरन्जन क्षेत्रको उपयोग गर्दा सबैले आफ्नो उचित विवेकले निर्णय गरी प्रयोग गर्न आग्रह गरिरहेका छौं । यदि उक्त स्थलहरुमा सामाजिक दूरी कायम गर्न सम्भव छैन पछि प्रयोग गर्नुहोस् वा उक्त स्थलको विकल्प खोज्नुहोस् ।

·        समरभिल अस्पतालमा नि:शुल्क कोभिड-१९ परीक्षण: समरभिल स्वास्थ्य बोर्डले सबै बासिन्दाहरूलाई कोभिड-१९ को अनिवार्य परीक्षण परिक्षणका लागी विशेष आग्रह गरिरहेको छ । जति धेरै व्यक्तिको परीक्षण हुन्छ, त्यति नै हाम्रो सिटि पुन:खोल्न सुरक्षित हुन्छ । यसका लागी तपाईंमा रोगको लक्षणहरू वा चिकित्सकको शिफारिस वा स्वास्थ्य बिमा हुनु आवश्यक छैन । समरभिलका बासिन्दाहरूको लागि नि:शुल्क कोभिड-१९ https://www.somervillema.gov/departments/programs/coronavirus-disease-2019-covid-19-information को परीक्षणको लागि नाम दर्ता गर्न (६१७)६६५-२९२९ मा सोमबार देखि शुक्रवार सम्म बिहान ८:३० बजे देखि दिऊँसो ४:०० बजे सम्ममा फोन गर्नुहोस् ।

·        घुम्ति परीक्षण समय र स्थानहरू: कोभिड-१९ को निःशुल्क घुम्ति परीक्षण बिरामीहरूले विभिन्न स्थानका लागी गरेको नाम दर्ता गरे बमोजिम स्वीकार गरिनेछ । परीक्षणको लागि तपाईंमा लक्षण हुनु आवश्यक पर्दैन वा स्वास्थ्य बीमा वा डाक्टरको शिफारिसको पनि आवश्यकता पर्दैन । व्यक्तिको आप्रवासन स्थिति बारे पनि सोधिने छैन । यसका लागी तपाँई समरभिल निवासी हुनु पर्छ र नाम दर्ता गर्नका लागी (६१७)६८२-०५८३ मा फोन गर्नुपर्छ । यो नम्बरहरु सिटी हलको नियमित कार्यालय समयमा जवाफ उपलब्ध हुनेछन् (सोमबार देखि बुधबार सम्म बिहान ८:३० बजे देखि दिऊँसो ४:३० बजे सम्म; बिहिबार बिहान ८:३० बजे देखि साँझ ७:३० बजे सम्म; तथा शुक्रबार बिहान ८:३० बजे देखि दिऊँसो १२:३० बजे सम्म) । यदि तपाईंको फोन कसैले उठाएन भने कृपया खवर छोड्नुहोस् । कसैले तपाईंलाई सकेसम्म चाँडो खवर गर्नेछ । फोनको अत्याधिक संख्याको कारण जवाफ प्राप्त गर्नमा ढिलाइ हुन सक्छ । तपाईं आगामी परीक्षणको समय र स्थानहरूको तालिका www.somervillema.gov/covid19 मा "लक्षण, परीक्षण, र स्वास्थ्य जानकारी" ट्याब अन्तर्गत पाउन सक्नुहुन्छ ।

·        थप परीक्षणका लागी स्रोतहरू: यहाँ कोभिड-१९ परीक्षणको यदि समरभिलको समय वा स्थानहरू तपाईंको लागि काम गर्दैनन् भने अतिरिक्त विकल्पहरूको जानकारी:

o  राज्यले अगस्ट १४ सम्म कभनवेल्थको अन्य नजिकका स्थानहरू जस्तै एभरेट र चेल्सीमा पनि नि:शुल्क परीक्षणका लागी प्रस्ताव गरिरहेको छ । केहि स्थानहरूमा पहिल्यै नाम दर्ता गर्न आवश्यक पर्दछ र केहि स्थानहरुमा नाम दर्ता विना नै परीक्षण उपलब्ध हुन्छ । थप जानकारीका लागी https://www.mass.gov/info-details/stop-the-spread#where- मा हेर्नुहोस् ।

o  एम.ई.एम.ए.ले कोभिड-१९ कमान्ड सेन्टरको साथ र समन्वयमा म्यासाच्युसेट्समा कोभिड-१९ परीक्षण स्थलहरूको बारेमा ईन्टरनेटमा जानकारीको साथ अन्तर्क्रियात्मक नक्शा प्रदान गर्दछ । यसले परीक्षण स्थलहरूको जानकारी योग्य पूर्ण सूची पनि समावेश गर्दछ । जानकारी द्रुत रूपमा जारी छ, त्यसैले परिक्षण स्थलमा जानुभन्दा पहिले सम्पर्क गर्नुहोस् । स्थलहरूमा पूर्व परिक्षण, शिफारिस, र / वा अग्रिम नाम दर्ता पनि आवश्यक पर्न सक्दछ ।

 

आजको सहयोग सल्लाह: के म यस महामारीको समयमा परिवारका सदस्यहरूको हेरचाह गर्न कामबाट छुट्टी लिन पाँऊछु?

·        अप्रिल १ सम्ममा कोरोनाभाइरस पहिलो पारिवारिक प्रतिक्रिया ऐन (एफ.एफ.सी.आर.ए.) https://www.dol.gov/agencies/whd/pandemic/ffcra-employee-paid-leave ले काम गर्न असमर्थ रहेका योग्य कामदारहरूलाई ८० घण्टा सम्म बिरामी बिदा आंशिक-भुक्तानी प्रदान गर्दछ किनभने उनीहरूले कोभिड-१९ भएका प्रियजनहरुको हेरचाह गर्नु आवश्यक छ ।

o  एफ.एफ.सी.आर.ए. ले जो कर्मचारीहरु कोभिड-१९ को कारणले बच्चाहरुको बिद्यालय बन्द भई वा बच्चाहरुको हेरचाह प्रदायक उपलब्ध नभएका कारण उनीहरूको हेरचाह गर्नुपर्ने भई काम गर्न असमर्थ कर्मचारीहरूको लागि १२ हप्ता सम्म पारिवारिक बिदाको आंशिक-भुक्तानी प्रदान गर्दछ ।

o  एफ.एफ.सी.आर.ए. ५०० जना भन्दा कम कामदार भएका अधिकांश रोजगारदाताहरुलाई  https://www.mass.gov/service-details/frequently-asked-questions-about-covid-19-employee-rights-and-employer-obligations लागू हुन्छ । ५० जना भन्दा कम कर्मचारी भएका रोजगारदाता यो सीमित परिस्थितिका लागी छुट योग्य हुन सक्छन् । रोजगारदाताहरू जसले स्वास्थ्य सेवा प्रदायकहरू वा आपतकालीन उद्वार कर्ताहरूलाई रोजगार दिन्छन् त्यस्ता रोजगार दाताका कामदारहरू यस बिदाका लागि योग्यता हुनबाट वञ्चित पनि हुन सक्छन् ।

·        थप, म्यासाच्युसेट्समा बिरामी विदा प्राप्ति कानून https://www.mass.gov/files/documents/2018/09/21/est_faq_1.pdf  अन्तर्गत राज्यमा अधिकांश कर्मचारीहरूले आफु स्वयं वा परिवारका सदस्यहरूको हेरचाह गर्न प्रति वर्ष ४० घण्टा सम्म रोजगारी सुरक्षित बिरामी बिदा जम्मा हुने र सो बिदा उपयुक्त समयमा प्रयोग गर्ने अधिकार पाउँदछन् । यदि तपाईं एफ.एफ.सी.आर.ए. बिदाका लागि योग्य हुनुहुन्छ र म्यासाच्युसेट्स कानून अन्तर्गत बिरामी बिदा कमाएको छ भने उक्त कर्मचारीहरूले एफ.एफ.सी.आर.ए. बिदा लिने भनी छनौट गर्न सक्दछन् वा उक्त जम्मा भएको मसाच्युसेट्स बिरामी बिदा पछि प्रयोग गर्नको लागि बचत गर्न सक्नेछन् ।

 

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: यदि तपाइँ यात्रा गर्नुपर्ने छ भने सुरक्षित रूपमा गर्नुहोस्

सबैभन्दा सुरक्षित विकल्प भनेको कुनै पनि अनावश्यक यात्राहरू नगर्नु नै हो । तर यदि तपाईंलाई यात्रा गर्न आवश्यक छ भने कृपया तपाईंको यात्रालाई सकेसम्म सुरक्षित बनाउन सि.डि.सि.बाट जारी भएका https://www.cdc.gov/coronavirus/2019-ncov/travelers/travel-in-the-us.html दिशानिर्देशहरू समीक्षा र पालना गर्नुहोस् । यसमा विचार गर्नुपर्ने केही मुख्य चीजहरू:

·        के तपाईं कोभिड-१९ फैलिएको ठाउँमा यात्रा गर्दै हुनुहुन्छ?

·        के तपाईं बस्ने ठाउँमा कोभिड-१९ को प्रसार एकदमै ज्यादा छ?

·        के कोही व्यक्तिहरू तपाईकोमा भ्रमण गर्दैछन्,वा तपाँईसँग यात्रा गर्दैछन्, वा तपाँईसँग विशेष गरी कोभिड-१९ को उच्च जोखिम हुने वर्गका कोही बस्दछन् ?

·        जहाँ तपाईं बस्नुहुन्छ वा तपाईं यात्रा गरिरहनु भएको छ त्यहाँ यात्रा प्रतिबन्धहरू छन्? उदाहरणको लागी म्येन राज्यमा भ्रमण गर्ने कुनै पनि म्यासाच्युसेट्स राज्य निवासीहरूको लागि १४ दिनको क्वारेन्टिनमा बसेको वा कोभिड-१९ को नकारात्मक परीक्षण भएको प्रमाण चाहिन्छ ।

 

धन्यवाद ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न, समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।

 


मंगलबार, जुलाई ७, २०२०

समरभिल सिटि कोभिड-१९ अद्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

यहाँ आज जुलाई ७, २०२० को कोभिड-१९ अद्यावधिक जानकारी छ । कृपया थप अद्यावधिक जानकारी र संसाधनहरूको लागि check somervillema.gov/covid19  मा पनि हेर्नुहोस् ।

ताजा समाचार:

·          केस गणना: आज बिहान ११:३० बजे सम्म ९९८ जनाको कोभिड-१९ को सकारात्मक परिक्षण भएको छ भने ती मध्ये ९२३ जनालाई निको भैसकेको छ र दुर्भाग्यवस यहाँ ३१ जना व्यक्तिको मृत्यु भएको छ । सिटिको कोभिड-१९ ड्यासबोर्ड https://somerville-dashboardcovid.trial.opendatasoft.com/pages/citysdashboard/ मा समरभिल थप केस डाटा हेर्नुहोस् ।

·          पुन: खोल्ने चरण तीन: समरभिल सिटिले पुनःसञ्चालनको चरण तीन https://www.somervillema.gov/reopeningphase3 अन्तर्गत व्यवसायहरू पुन:खोल्नको लागि तालिका तयार गरी थप सतर्कता अपनाई काम अगाडि बढाईरहेको छ । समरभिल सिटिमा चरण तीनमा स्वास्थ्य र मानव सेवा प्रदायक बाहेक हाल कुनै अन्य बन्द प्रतिष्ठानहरू जुलाई १३ भन्दा अघि फेरि खोल्ने अनुमति दिईइको छैन जुन बोस्टनका लागि राज्यपाल बेकरले तोकेको मिति हो । (राज्यको बाँकी भागका लागि पुनः खोल्ने मिति जुलाई ६ को लागि तय गरिएको थियो ।) सामुहिक भेलाहरूको लागि अद्यावधिक दिशानिर्देशहरू पनि जुलाई १३ भन्दा पहिले प्रभावकारी हुनेछैन । यसले सिटिका अधिकारीहरूलाई व्यावसायीहरुसँग सुरक्षा प्रोटोकलहरू सिर्जना गर्नका लागी काम गर्न समय प्रदान गर्नेछ । केहि केसहरूमा परिणाम स्वरूप खुल्ने मिति जुलाई १३ भन्दा पछि तय गर्न सकिनेछ ।

·          पेचेक संरक्षण कार्यक्रम समय विस्तार: व्यवसायीहरूले पेचेक प्रोटेक्शन प्रोग्राम (पी.पीरपीर) का लागि शनिबार, अगस्त ८ सम्ममा आवेदन दिन सक्दछन् । पी.पी.पी. ऋण साना व्यवसाय प्रशासन मार्फत व्यवस्थित गरिन्छ र व्यवसायमा उनीहरूको कामदारलाई तलबमा प्रदान गरी निरन्तर राख्न मद्दत गर्दछ । पी.पी.पी. ऋणको लागि आवेदन दिन थप जानकारीको लागि यहाँ https://www.sba.gov/funding-programs/loans/coronavirus-relief-options/paycheck-protection-program क्लिक गर्नुहोस् । अन्य व्यापार सहयोगको लागि somervillema.gov/covidbizhelp मा भ्रमण गर्नुहोस् ।

·           समरभिलमा निष्कासन अवधि प्रभावकारी रही रहने: आवासीय र व्यवसायिक निष्कासनमा समरभिल सिटिमा निश्कासन सम्बन्धि नीति https://www.somervillema.gov/evictionmoratorium अझै पनि कायम रहेको छ र सिटिको आपतकालिन अवस्था अन्त्य नभएसम्म प्रभावमा रहनेछ । राज्यको आवासीय र साना-व्यवसायिक निश्कासन नीति सरकार चार्ली बेकरले यसलाई विस्तार नगरे मंगलबार, अगस्त १८, २०२० मा समाप्त हुनेछ । यसका साथै बेदखली एवं निश्कासनका साथसाथै सिटिको आवास  स्थिरता कार्यालय र आप्रवासी मामिलाहरूको कार्यालयले स्थानीय वासिन्दा तथा साना व्यावसायीका लागी राज्य र  गैर्हनाफा मुलक एजेन्सीहरू मार्फत भाडामा राहत सहायताका दिलाउनका लागि पनि काम गरिरहेकोछ । सिटिले भर्खरै थप भाडा सहायताका लागि $१.५ मिलियन समरभिल केयर्स कोषमा पनि विनियोजन गरेको छ, जुन चाँडै समुदायमा गैर नाफा नक्राउने साझेदारहरू मार्फत सबैभन्दा बढी खाँचो परेकाहरूलाई उपलब्ध हुनेछ ।

·           सिटि सेवाहरू बारे पुनःजानकारी: सिटि भवनहरू सर्वसाधारणका लागी बन्द छन् भने कसरी तपाईं सिटिका विशिष्ट सेवाहरू पहुँच पाउँन सक्नुहुन्छ भनेर पत्ता लगाउन somervillema.gov/covid19 मा "सिटि सेवाहरू स्थिति" ट्याबमा जानुहोस् । यहाँ केहि सेवाहरूको बारेमा पुनःजानकारी हरू छन् जुन हामीलाई धेरै प्रश्नहरू पाइरहेका छौं:

o  फोहोर हटाउने: यार्डका फोहोर, बिद्युतिय फोहोर, र घरेलु खतरनाक फोहोर फाल्नका लागी उपलब्ध सेवाहरु अर्को सूचना नभएसम्म निलम्बित गरिएको छ । कर्बसाइड यार्ड फोहोर र कपडा (गुलाबी झोलाहरूमा) बटुल्ने कार्यहरु नियमित तालिकामा भइरहेको छ ।

o  विवाह इजाजतपत्रहरू: समरभिलका बासिन्दाहरूले अब समरभिलेमा विवाह इजाजतपत्रको लागि आवेदन दिन सक्दछन् । तर तिनीहरूलाई प्रक्रिया पुरा गर्न तीन हप्ता सम्म लिन सक्दछ । समरभिलमा विवाह इजाजत पत्रको लागि कसरी आवेदन दिने भन्ने जानकारीको लागि somervillema.gov/covid19 मा "सिटि सेवाहरू स्थिति" ट्याबमा हेर्नुहोस् ।

o  पुस्तकालयहरू: समरभिल सार्वजनिक पुस्तकालयले अब तीनै शाखाहरूमा सम्पर्क रहित रुपमा पुस्तक लिने सेवा https://www.somervillema.gov/news/somerville-public-library-offer-contactless-pickup-starting-july-6

प्रदान गर्दैछ । संरक्षकहरूले उनीहरूको https://library.minlib.net/iii/cas/login?service=https%3A%2F%2Ffind.minlib.net%3A443%2Fiii%2Fencore%2Fj_acegi_cas_security_check

खाता प्रयोग गरेर समरभिल पुस्तकालय सामग्री अनलाइन अनुरोध गर्न सक्दछन् । पुस्तकालय स्टाफले जब उनीहरूको वस्तुहरू लिन तयार हुन्छन्, या त ईमेल वा फोनद्वारा उनीहरूलाई सूचित गर्दछन् । पिकअपका लागी समय तालिका www.somervillepubliclibrary.org मा लाइब्रेरीको अनलाइन अपोइन्टमेन्ट प्रणाली प्रयोग गरेर वा समरभिल सार्वजनिक पुस्तकालयको (६१७)६२३-५००० मा फोन गरेर अनुसूचित गर्न सकिनेछ ।

·          आर्ट विट पुनर्कल्पनाको एक "मौका" लिनुहोस्: यस बर्षको आर्टबिट महोत्सव अझै जारी छ, तर तरीकाले सबैलाई सुरक्षित राख्न नयाँ तरिका अपनाईएको छ । जुलाई १० देखि १८ सम्म यस बर्षको आर्टबिटले भर्चुअल साथै सुरक्षित वास्तविक जीवन घटनाहरू "सम्भावना" नामका साथ विषयवस्तुमा केन्द्रित रही समावेश गरेको छ । तपाइँ प्रदर्शनी कसरी हेर्न सक्नुहुन्छ वा स्थापीत गर्न सक्नुहुन्छ भनेर थाहा पाउनको लागि somervilleartscouncil.org/artbeat/2020 भ्रमण गर्नुहोस् । समरभिल कला परिषदका  सदस्यहरू पूरा तालिका अद्यावधिक गर्नका लागि काम गर्दैछन् त्यसैले हप्ता दिनमा पुनः यो वेबसाईटमा हेर्न नबिर्सनुहोस् ।

·          समरभिल अस्पतालमा नि: शुल्क कोभिड-१९ परीक्षण: समरभिल स्वास्थ्य बोर्डले सबै बासिन्दाहरूलाई कोभिड-१९ को परीक्षण गर्न कडा आग्रह गरेको छ । जति धेरै व्यक्तिको परीक्षण हुन्छन्, त्यतिनै हाम्रो पुन: खोल्ने कार्य सुरक्षित हुन्छ । यसका लागी तपाईंसँग रोगको लक्षणहरू वा डाक्टरको शिफारिस हुनु आवश्यक पर्दैन । समरभिलका बासिन्दाहरूको लागि नि: शुल्क कोभिड-१९ परीक्षणको लागि साइन अप गर्न सोमबार देखि शुक्रवार सम्म बिहान ८:३० बजे देखि साँझ ४:०० सम्म https://www.somervillema.gov/covid19testing मा ईमेल गर्न वा (६१७)६६५-२९२८ मा फोन गर्न सक्नु हुन्छ ।

·          घुम्ति परीक्षण समय र स्थानहरू: समरभिल सिटि, क्याटाल्डो एम्बुलेन्स, र क्याम्ब्रिज हेल्थ एलायन्स (सि.एच.ए.) ले जूनबाट समरभिल अस्पताल बाहिर कोभिड-१९ परीक्षणका लागी एक परीक्षण स्थलका अलावा एक घुम्ती परिक्षण ईकाई https://www.somervillema.gov/mobiletesting सञ्चालनमा ल्याएको छ । घुम्ती परीक्षण इकाईले बिरामीहरूलाई तोकिएको स्थानमा स्वीकार गर्नेछ । परीक्षणको लागि तपाईंमा लक्षण हुनु आवश्यक छैन र बीमा वा डाक्टरको शिफारिश अनिवार्य छैन । आप्रवासन स्थिति पनि हेरिने छैन। तर तपाइँ एक समरभिल निवासी हुनु पर्छ र भ्रमण तालिका तय गर्न (६१७)६८२-०५८३ मा फोन गर्नुहोस् । यो फोनमा सिटी हल नियमित समय अवधि (सोमबार – शुक्रबार बिहान ८:३० – साँझ ४:०० बजे सम्म; बिहिबार ८:३० – साँझ ७:३० बजे सम्म; र शुक्रबार ८:३० - १२:३० बजे सम्म) सम्म फोन गर्न सकिनेछ । यदि तपाईंको फोनको जवाफ दिएन भने कृपया भ्वाइसमेल छोड्नुहोस् र कसैले तपाईंलाई सकेसम्म चाँडो कल फिर्ता गर्नेछ । फोनको संख्यकाको कारण प्रतिक्रिया प्राप्त गर्नमा ढिलाइ हुन सक्छ । "लक्षण, परीक्षण, र मेडिकल जानकारी" ट्याब अन्तर्गत आगामी परीक्षण समय र स्थानहरूको तालिका www.somervillema.gov/covid19 मा भेट्टाउन सक्नुहुन्छ ।

आजको सहयोग युक्ति: मानसिक स्वास्थ्य सेवाहरू पहुँच विस्तार गर्दै

·          यदि तपाइँ वा तपाइँलाई चिनेको कसैले मानसिक स्वास्थ्य समस्याको अनुभव गर्दै हुनुहुन्छ, वा आत्महत्या गर्ने विचार गरिरहनु भएको छ, वा अरुलाई हानी पुर्‍याइरहेको छ भने तुरुन्त ९११ मा फोन गर्नुहोस् । यदि तपाईं वा तपाईंको परिवारमा कसैले मानसिक स्वास्थ्य समस्या अनुभव गर्दै हुनुहुन्छ भने बोस्टन आपतकालीन सेवा टोली https://northsuffolk.org/services/emergency-services/boston-emergency-services-team/ (बेस्ट) को फोन नं. १(८००)९८१-४३५७ मा २४/७ सेवा उपलब्ध छ । यसमा प्रशिक्षित स्टाफले सहयोग, जानकारी, शिफारिशहरू प्रदान गर्न वा ब्यक्तिगत मूल्यांकनको व्यवस्था गर्न सक्छन् । बेस्टले बोस्टन मेडिकल सेन्टरको नेतृत्वमा म्यासाचुसेट्स बिहेभियरल हेल्थ साझेदारीको सहयोगमा बृहत्तर बस्टन क्षेत्रको संकट मूल्यांकन र उपचार सेवाहरूको व्यापक एवं उच्च एकीकृत प्रणाली प्रदान गर्दछ ।

·          माससपोर्ट नेटवर्कले रिभरसाइड ट्रामा सेन्टर र एमए हेल्थ डिपार्टमेन्ट मार्फत प्रस्ताव गरिएको कोभिड-१९ महामारी सम्बन्धी मुद्दामा संकटका बारेमा परामर्श र सहयोग प्रदान गर्दछ । कृपया  MassSupport@riversidecc.org मा ईमेल वा (८८८)२१५-४९२० मा फोन गर्नुहोस् । तिनीहरूले अंग्रेजी र स्पेनिश भाषामा सेवाहरू प्रदान गर्न सक्दछन् । अधिक जानकारीका लागी www.masssupport.org मा हेर्न सकिन्छ ।

·          यदि तपाईं दु:खी, एक्लो, निराश वा आत्महत्याको महसुस गर्दै हुनुहुन्छ भने https://samaritanshope.org/ ले मद्दत गर्न सक्छन् । वा (८७७)८७०-४६७३ मा कुनै पनि समयमा उनीहरूको २४/७ हेल्पलाइन कल गर्नुहोस् वा टेक्स्ट गर्नुहोस् । सेवाहरू नि: शुल्क र गोप्य छन् ।

·          म्यासाचुसेट्स मानसिक स्वास्थ्य विभागले विभिन्न आवश्यकताहरुको लागी मानसिक स्वास्थ्य सहायता खोज्न एक व्यापक अनलाइन गाइड https://www.mass.gov/guides/finding-mental-health-support-in-massachusetts बनाएको छ । यदि तपाईंसँग पहिल्यै मानसिक स्वास्थ्य प्रदाता छ भने उनीहरूसँग जाँच गर्नुहोस् । उनीहरूले अनलाइन वा फोन अपोइन्टमेन्ट प्रस्ताव गर्दै छन् । यहाँ धेरै अनलाइन-आधारित परामर्श सेवाहरू छन् र केहि बीमा योजनाहरूले यी सेवाहरूलाई समाहित गर्दछ । केहि बीमा योजनाहरुले बिरामी स्वास्थ्य टेलीमेडिसिन भेटघाटको लागी तपाइँको बिरामीको सह भुक्तान माफ गर्न सक्छ । तपाईंको सुविधाहरूको उपलब्ध छन् वा छैनन भनेर पत्ता लगाउन तपाईंको बीमा प्रदायकसँग सम्पर्क गर्नुहोस् ।

·          मानसिक स्वास्थ्य सेवा पहुँचको बारेमा थप जानकारीको लागि यहाँ https://www.somervillema.gov/coronavirushelp/mental-health-and-wellbeing क्लिक गर्नुहोस् ।

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: आफ्नो मुख र नाक ढाक्नुहोस्

तपाईंको अनुहार मुख र नाक ढाक्नु रोग सर्न नदिने सबैभन्दा प्रभावकारी उपाय हो । तपाईंले हाच्छिउँ गर्दा वा खोक्दा निकाल्न थोपाहरले कोभिड-१९ बोकेको हुन सक्दछ । तपाईंको अनुहारमा राम्रोसँग मास्क वा कपडा लगाउनुभयो भन तपाँईले तपाईंको वरिपरिका व्यक्तिहरुको रक्षा गर्न सहयोग गर्नुहुनेछ ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न, समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।


२०२० जुलाई २, बिहिबार

प्रिय समुदाय सदस्य,

हामी जुलाई ४ को हप्ता तर्फ अघि बढ्दै जाँदा हामी सबैजनाले रमाईलो, सुरक्षित, र स्वस्थ रुपमा यो समयको उपयोगमा हामीले पालना गर्नु पर्ने केहि सुरक्षा चासोबारे सार्वजनिक सचेत गर्न चाहन्छौं ।

 

·        आफैं आतशवाजीको व्यावस्था नगर्न जानकारी: म्यासाच्युसेट्समा आतशबाजी गैरकानुनी छ । यसका साथै आतशवाजिले सार्वजनिक स्वास्थ्य र सुरक्षामा पनि खतरामा पार्दछ । आतिशबाजीले आगलागी हुन र हाम्रो जस्तो धेरै जन घनत्व भएको छिमेकमा छिटो फैलिन सक्छ । आतिशबाजीबाट उत्पन्न आवाजले पोस्ट-ट्रम्याटिक स्ट्रेस डिसअर्डरबाट पीडितहरूलाई चोट पुर्‍याउन सक्छ । जनावरहरूलाई धेरै नराम्रो असर पर्न र तर्साउन पनि सक्छ । यो जुलाई ४ सप्ताहन्तमा (तथा ग्रीष्म ऋतुमा) हामी सबैलाई एक असल छिमेकी हुन र आतिशबाजीको आफैं वन्दोवस्त नगर्न पुनःस्मरण गराउँदछौं ।

 

·          जुलाई ४ को लागी सुरक्षा व्यावस्था: कोभिड-१९ को खतरा अझै कायम नै छ तापनि म्यासाच्युसेट्सले रोगको बढोत्तरीलाई स्थिर बनाउने राम्रो काम गरेको छ । दुर्भाग्यवस हाम्रो समुदायलाई सुरक्षित र स्वस्थ राख्दै हाम्रो प्रिय र महत्वपुर्ण परम्परालाई आत्मसात गर्दै जुलाई ४ का भेलाहरूको निरन्तरता दिन सार्है कठीन छ । समरभिलको स्वास्थ्य बोर्ड कडा आग्रह गर्दछ कि तपाईले आफ्नो परिवारमा बस्ने व्यक्ति बाहेक अरु सबैसँग सामाजिक दुरी कायम राख्नुहोस् । यदि तपाईं अरूहरूसँग भेला हुने निर्णय गर्नु हुन्छ भने कृपया कोभिड-१९ प्रसारणको जोखिम कसरी कम गर्ने बारेमा https://www.nytimes.com/2020/05/22/well/live/coronavirus-pandemic-memorial-day-picnics-bbqs.html मा यी महत्त्वपूर्ण सुझावहरूको समीक्षा गर्नुहोस् ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न, समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।


मितिः २०२० जुन २०, शनिबार

समरभिल सिटि कोभिड-१९ अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

कृपया बारम्बार अध्यावधिक हुने सूचना र संसाधनहरूको जानकारीको लागि somervillema.gov/covid19 मा भ्रमण गर्नुहोस् ।

ताजा समाचार:

क)   स्मरणिय दिन: आइतवार, जून १४, २०२० लाई समरभिल सिटिले कोभिड-१९ भाइरसका कारण मृत्यु भई अब हामीहरुका माझ कहिल्यै नरहने गरी विदाहुनु भएका तथा तथाकथित नश्लवादको शिकार भई ज्यान गुमाएकाहरूको सम्मान गर्न झण्डा दिवसको दिनलाई यसको प्रतिबिम्बको दिनको रूपमा मान्यता दियो । यस दिनलाई सम्झनाको दिनका रुपमा घोषणा गर्न मेयर जोशेफ ए. कर्टाटोन र काउन्सिलर बिल म्बाहको प्रश्ताव नगर परिषदले सर्वसम्मतिले पारित गर्यो जुन संयुक्त प्रश्तवाको पत्र यहाँ here पढ्न सकिन्छ ।

ख)   समरभिल सिटिको केस गणना: आज २०२० जून २०, शनिबार बिहान सम्म समरभिल सिटिमा ९६२ जनाको कोभिड-१९ को सकारात्मक परिक्षण (Positive Test) भएको छ । जसमध्ये ८६५ जनालाई पुर्ण निको भई स्वास्थ्य भैसकेका छन् । तर यहाँ ३० जनाको दुःखद मृत्यु भएको छ । यस सम्बन्धि थप जानकारी सिटिको कोभिड-१९ को ड्यासबोर्ड COVID-19 Dashboard मा पनि हेर्न सक्नु हुनेछ ।

ग)        यस हप्ताको उद्धरण: "म बुझ्छु कि यस बिन्दुमा मानिसहरू यस समस्याबाट कती र कसरी थकित भएका छन् । तर भाइरसलाई हामी कती थकित छौं भन्ने कुनै मतलब छैन र हुदैन । हामीहरुका माझमा भाइरस अझै बाँकी छ । हामी यो भावको समर्थन गर्दछौं कि मानिसहरूलाई काम गर्ने ठाउँ र सार्वजनिक ठाउँहरू जानकालागी बाहिर निकाल्ने प्रयास गर्ने समय आएको छ, तर त्यसो अति सावधानीका साथ गरौं ।" - फ्रान्सिस एस. कोलिन्स, राष्ट्रिय स्वास्थ्य निर्देशक, वाशिंगटन पोष्ट in the Washington Post मा हेर्नुहोस् ।  

घ)   गर्मी समयमा आराम गर्नका लागी अनुहार ढाक्ने नियमहरू: यी नियमहरु तुरुन्तै प्रभावकारी Effective immediately हुनेछन् । बाहिर जब तपाईं अरूबाट कम्तिमा छ फिट भन्दा बढी दूरीमा हुनुहुन्छ, तपाईंले अस्थायी रूपमा आफ्नो अनुहारबाट मास्क वा अनुहार ढाक्ने वस्तु हटाउन सक्नुहुनेछ । तर तपाँई नजिकै हुँदा मास्क लगाउनु पर्छ । यदि तपाईंले आफ्नो मास्क निकाल्नु भएको छ भने जब तपाईं कोही तपाँईको नजीक आउँदै गरेको देख्ने वितिक्कै यसलाई फेरीमा लगाउन शुरु गर्नुहोस्, जसले तपाईं अरुसँग जम्का भेट भई बाटो पारगर्नु अघि नै मास्क लगाई सक्ने प्रशस्त समय हुन्छ । भवन भित्रका सार्वजनिक स्थानहरूमा दुई वर्ष मुनिका बच्चाहरू र स्वास्थ्य कर्मिको सल्लाहाले मास्क लगाउन नपर्ने व्यक्ति वा अशक्तताका कारण अनुहार ढाक्न असमर्थ व्यक्तिहरू बाहेक सबैलाई मास्क लगाउनु अझै पनि आवश्यक छ । हामी सेप्टेम्बरमा फेरि मास्क लगाउने वा अनुहार ढाक्ने दिशानिर्देशहरूको समीक्षा गर्नेछौं ।

ङ)   जुन २९ बाट खेल मैदानहरू र बास्केटबल हुप्स खुल्दैछन्: जुन २९ तारिखबाट समरभिल खेल मैदानहरू तथा र बास्केटबल हुप्स playgrounds will open खुल्नेछन् । यसका लागी थप सरसफाइ र सुरक्षा निगरानीहरु कायम राखिएको छ । बास्केटबल कोर्टमा कुनै खेल वा प्रशिक्षणका लागी अनुमति दिईएको छैन र तपाईंले आफ्नो घर परिवार वाहेकका मानिसहरूसँग कुनै पनि खेल उपकरणहरू र सामानहरु आदान प्रदान गर्न हुँदैन । कृपया खेल मैदानहरू प्रयोग गर्दा सुरक्षालाई पनि ध्यानमा राख्नुहोस् - यदि खेल मैदानमा सामाजिक दूरीको लागि अनुमति दिईएको भन्दा धेरै भीड छ भने पछी पुःन फिर्ता आउनुहोस् वा अर्को खेल मैदान पत्ता लगाउने प्रयास गर्नुहोस् ।

च)   पौडि-पोखरी र स्प्ल्यास प्याडहरू जुलाई १ मा शुरु हुनेः सिटिद्वारा संचालित दुई पौडि-पोखरीहरु - ५ चेरी स्ट्रिटमा रहेको केनेडी स्कूलको भित्रि पौडि-पोखरी र ३२४ एलिवाईफ ब्रुक पार्कवेमा रहेको बाहिरी डिल्बॉय पौडि-पोखरी कोभिड-१९ को नयाँ सुरक्षा नीतिहरू new COVID-19 safety protocols समावेश गरी अतिरिक्त सफाइ गरी यहि जुलाई १ बुधबारका दिन खोलिने छन् । पौडि पोखरी खोल्ने नयाँ समयावधी somervillerec.com मा पोस्ट गरिनेछ । पार्कहरुमा स्प्ल्यास प्याडहरू जुलाई १ मा शुरु हुने गरी व्यावस्था मिलाईएको छ । हामी स्प्ल्यास प्याडहरू प्रयोग गर्दा सबैले सामाजिक दूरी सम्झन अनुरोध गर्दछौं । यदि बढ्दो भीड समस्या रुपमा आयो भने ति फेरि बन्द हुन सक्छन् ।

छ)   समरभिल सिटिले कोभिड-१९ घुम्ती परीक्षण शुरू गर्‍यो: समरभिल सिटि, क्याटाल्डो एम्बुलेन्स र क्याम्ब्रिज हेल्थ एलायन्स (सि.एच.ए.) ले समरभिल अस्पताल बाहिर टेस्ट साइटको अतिरिक्त कोभिड-१९ को एक घुम्ती परीक्षण स्थल mobile COVID-19 testing unit को व्यावस्था गरेको छ । मोबाइल परीक्षण इकाईले घुमिने स्थान अनुसार परिक्षणका लागी नाम स्वीकार गर्नेछ, साथै जेष्ठ नागरीक आवास भवनका निवासीहरूको लागि निश्चित दिनहरु तोकि परिक्षण गर्नेछन् । परीक्षणको लागि तपाईमा रोगको लक्षण हुनु आवश्यक छैन वा बीमा वा डाक्टरको शिफारिसको पनि आवश्यकता पर्दैन । आप्रवासन स्थिति बारे पनि सोधिने छैन । तर तपाइँ एक समरभिल निवासी हुनु पर्छ र समय तालिकाका लागी (६१७)३९८-७७७० मा वा (६१७)७३५-५५५३ मा फोन गर्नुहोस् । आउने हप्ताहरूको तालिका निम्नानुसार छन्:

·        बुधवार, जून २४, दिउँसो १२:०० बजे देखि २:०० बजे सम्म, प्रोस्पेक्ट हिल एकेडेमी, १७ फ्रान्कलीन स्ट्रिट

·        शुक्रबार, जून २६, दिउँसो १:०० बजे देखि ३:०० बजे सम्म, प्रॉस्पेक्ट हिल एकेडेमी, १७ फ्रान्कलीन स्ट्रिट

·        सोमबार, जून २९, बिहान ११:०० बजे देखि १:०० बजे सम्म, पूर्वी समरभिल कम्युनिटी स्कूल, ५० क्रस स्ट्रिट, ग्लेन स्ट्रिट प्रवेशद्वार

·        बुधबार, जुलाई १, बिहान १०:३० बजे देखि १२:०० बजे सम्म, पूर्वी समरभिल कम्युनिटी स्कूल, ५० क्रस स्ट्रिट, ग्लेन स्ट्रिट प्रवेशद्वार

थप परीक्षण मितिहरू https://www.somervillema.gov/covid19 मा तालिकाबद्ध गरी जानकारी गराईने छन् । थप जानकारीको लागि वा तालिकाको बारेमा सोधपुछ गर्न ३११ मा पनि कल गर्न सक्नुहुन्छ ।

ज)   समरभिलमा कोभिड-१९ को नि: शुल्क परीक्षण: समरभिल स्वास्थ्य विभागले समरभिलका सबै बासिन्दाहरुलाई कोभिड-१९ परिक्षणका लागी अनुरोध गरेको छ । समरभिलका बासिन्दाहरूको निःशुल्क कोभिड-१९ परीक्षणको लागि साइनअप गर्न free COVID-19 testing मा हेर्न वा (६१७)६६५-२९२८ मा सोमबार देखि शुक्रवार सम्म बिहान ८:३० बजे देखि साँझ ४:०० बजे सम्म फोन गर्नुहोस् । यसका लागी तपाईंसँग रोगको लक्षणहरू वा डाक्टरको शिफारिस हुनु आवश्यक छैन ।

 

आजको सहयोग सल्लाह:

यदि तपाइँ मौसम गर्मी भएको बेलामा आफ्नो घरमा फ्यान वा एयर कन्डिसनर चलाउन लाग्ने लागतको बारेमा चिन्तित हुनुहुन्छ भने तपाइँ इभरसोर्स कम्पनिबाट बिजुली दर discounted electricity rate मा छुट प्राप्त गर्न योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने बारे जानकारी प्राप्त गर्नुहोस् । इभर्सोर्सले भुक्तानी योजना payment plan विकल्पहरू र दरको लागि योग्य नहुने तर उनीहरूको बिल भुक्तान गर्न सहयोग चाहने ग्राहकहरूको लागि बजेट budget billing program पनि प्रस्ताव गरेको छ ।

आजको सार्वजनिक स्वास्थ्य सल्लाह:

अब हामी राज्यको पुन:खोल्ने योजनाको दोस्रो चरणमा छौं । रेष्टुरेन्टहरू र खुद्रा पसलहरू खुल्न सुरू भएका छन् । तर यो कुरा मनमा राख्नु महत्त्वपूर्ण छ कि कोभिड-१९ को खतरा अझै पनि छ र हामी सबैले आफ्नो पक्षबाट यसको प्रशार रोक्ने प्रयास जारी राख्न आवश्यक छ । यसको प्रसारलाई रोक्ने प्रयास गर्नुहोस् । यदि तपाईं रेस्टुरेन्टमा वा स्टोरमा हुनुहुन्छ भने, अनुहार ढाक्नु लगायत सबै सुरक्षा दिशानिर्देशहरू पालना गर्नुहोस् । तपाईंको परिवार बाहेकमा मानिसहरूबाट कम्तिमा ६ फिट टाढा रहनुहोस् । ती नियमहरू तपाइँलाई, अन्य ग्राहकहरू, र कामदारहरू सबैको रक्षा गर्न कायम गरिएका छन् । कृपया सहयोगी हुनहोस् । कुनै पनि व्यवसायका कर्मचारीहरूका कुरा धैर्यताका साथ सुन्नुहोस् । तिनीहरूले नयाँ दिशा-निर्देशिकाहरू अन्तर्गत कसरी काम गर्ने भनेर सिकिरहेका छन् । सबैलाई सुरक्षित राख्नको लागि सबैले अतिरिक्त सावधानी अपनाउनुपर्दछ ।

धन्यवाद ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न,

समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।


बिहिबार, जुन ११, २०२०

समरभिल सिटिको कोभिड-१९ को अद्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

थप संसाधनहरू एवं नियमित अद्यावधिक जानकारीको लागि कृपया somervillema.gov/covid19 मा हेर्नुहोस् ।

ताजा समाचार:

·        समरभिल सिटिको कोभिड-१९ को गणना: जून ११ बिहान ७:०० बजे सम्म समरभिलका जम्मा ९३३ जनाको कोविड-१९ को सकारात्मक परीक्षण (Positive Test) भएको छ । जसमध्ये ७७५ जनालाई पुर्ण निको भईकेको छ भने दुर्भाग्यवस यहाँ २९ जनाको मृत्यु भएको छ । अन्य जानकारी कोभिड-१९ ड्यासबोर्ड COVID-19 Dashboard मा हेर्नुहोस् ।

·        तपाँई बाहिर निस्कँदा विचार गर्नुपर्ने तथ्यांक: राज्यका राज्यपाल चार्ली बेकरले मार्च २३ मा घरमै बस्ने (State at Home) सल्लाहको घोषणा गरिरहँदा म्यासाचुसेट्स् राज्यभर जम्मा ७७७ जनामा कोभिड-१९ को सकारात्मक परिक्षण भएको थियो । गत शनिबार, जून ६, २०२० को दिन राज्यको दोस्रो चरणको पुन:सञ्चालनको उद्घोषण गरिरहँदा यहाँ एकै दिनमा ५७५ नयाँ सकारात्मक परिक्षण भएको थियो । भाइरस अझै पनि हामी र हाम्रो समुदायमा फैलिरहेको छ । कृपया तपाईंको गार्डलाई तल झार्न नदिनुहोस् जसले पछाडि थप खुल्छ । सार्वजनिक स्थलमा अनुहारमा मास्क लगाउनुहोस् वा अनुहार छोप्नुहोस्, ६ फिट सामाजिक दूरी कायम राख्नुहोस्, आफ्नो पटक-पटक हात धुनुहोस्, खोकी र छींक (हाच्छीऊं) गर्दा छोप्नुहोस्, यदि तपाईं सञ्चो हुनुहुन्न वा भाइरसको प्रकोपमा हुनुहुन्छ भने घरमै बस्नुहोस्, र अनावश्यक रुपमा बाहिर नजानुहोस् । कृपया तपाइँको आफ्नो योजना बनाउनुहोस् र सुरक्षित रहनुहोस् ।

·        समरभिल पुनःसञ्चालन चरण २: समरभिल पुनःसञ्चालनको दोस्रो चरणको समयरेखा राज्यको समयरेखा सँग मेल खान्छ, तर सिटिले धेरै मानिसहरू बाहिर निस्किने भएका कारण स्वास्थ्य सुरक्षाको लागि केही थप सुरक्षा उपायहरू अपनाएको छ । तपाईं सिटिको वेबसाइट City’s website मा सिटि पुन:सञ्चालन सम्बन्धि जानकारी हेर्न सक्नुहुनेछ । यहाँ हामीले धेरै प्रश्नहरू आएका दुई विषयहरूको बारेमा केहि विवरणहरू दिन गई रहेका छौं - रेस्टुरेन्टहरू र खेल मैदानहरू:

o   रेस्टुरेन्टहरु उनीहरूको स्थान सुरक्षा योजनाहरू सिटि-आवश्यकता अनुसार स्वीकृत भएपछि बाहिरको आसन सहित आजको मिति देखि खोल्न सक्दछन । समरभिल इजाजतपत्र आयोगले सम्भावित ढिलाइ हुनबाट जोगाउनको लागि नियमित भेट्घाट र कार्यका लागी सहमत भएको छ । हामी सिर्जनशील विकल्पहरू पनि हेर्दैछौं, जस्तै रेष्टुरेन्टहरू बाहिर बस्ने ठाउँमा थप ठाउँको व्यावस्थाका लागि विस्तारित फुटपाथ र पार्किगं रूपान्तरण भैरहेको छ जसले हाल ठाउँ नभएको व्यवसायहरू स्थान अभावका कारण पुनःसञ्चालन गर्नका लागी आईपर्ने समस्याबाट जोगिनेछन् । जब तपाइँको टेबलमा सेवा गरिरहेको हनुहुन्छ वा बसिरहेको हुनुहुन्छ, त्यस अवस्थामा आफ्नो अनुहारमा मास्क लगाउनुहोस् वा मुख ढाक्नुहोस् र सामाजिक दूरीको नियमहरूको पालना गर्न तयार हुनुहोस् ।

o   खेल मैदानहरू र स्प्ल्याश प्याडहरू खुल्ने मिति चाँडै घोषणा हुनेः हामी खेल मैदानहरु र स्प्ल्यास प्याडहरु पुनःखोल्नु अघि सुरक्षा निर्देशनको पालना गर्दै सरसफाई अन्तिम रूप दिने काम गर्दैछौं । यहाँ पनि सामाजिक दूरी र अन्य सुरक्षा दिशानिर्देशहरू पालना गरिनेछ । हामी तपाइँलाई यसबारे निरन्तर जानकारी गराई राख्नेछौं ।

o   समरभिल कोभिड-१९ राहत कोषबारे अध्यावधिक जानकारी: समरभिल सिटिले यस आपतकालिन समयमा आफ्ना बासिन्दाहरूलाई आवश्यक सहयोग पुर्‍याउन स्थापित समरभिल राहत कोषले साना साना दानहरुबाट हालसम्म $३,८२,००० संकलन गरेको छ । हाल सम्म कोषले ५४४ आवेदकहरूलाई आपतकालिन सहायता प्रदान गर्न सक्षम भएको छ, तर हाम्रो समुदायमा अझ अधिक व्यक्तिहरू छन् जसलाई सहयोग चाहिएको छ र यो अवस्थाको अझ बढ्दो छ, कम भैरहेको छैन, र गम्भीर बन्दैछ । कृपया यदि तपाईं सक्नुहुन्छ भने समरभिल केयर कोषमा चन्दा दिनुहोस् । यदि तपाईं सहयोग दिन असमर्थ हुनुहुन्छ वा सहयोग गरिसक्नु भएको छ र अझै थप मद्दत गर्न चाहानुहुन्छ यस कोषको बारेमा कृपया तपाईंले चिने जानेका अन्य महानुभावहरुमा पनि  donation to the Somerville Cares Fund मा दान गर्न सकिने जानकारी सार्वजनिक गरेर थप सहयोग गर्नसक्नुहुनेछ । जसले अहिलेसम्म दिनु भएको वा सहायता गर्नु भएको छ सबैलाई धन्यवाद छ । महामारीको बीचमा यो एक उज्ज्वल स्थान हो जहाँ अरूको सहयोगको लागि उच्च भावना देखिन्छ ।

o   सम्पत्ति कर, अन्तशुल्क (Excise Tax), र पानी बिल सम्बन्धि पुनःजानकारी: सम्पत्ति कर एवं अन्य शुल्कहरू जसको भुक्तानिका लागी सामान्य रूपमा १ मे सम्मको अवधि थियो र तिनीहरूको समयावधि जून १ सम्म विस्तार गरिएको थियो र यदि तपाईंले जून १ को अन्तिम मिति पनि छुटाउनुभएको छ भने तपाईंले आफ्नो सम्पत्ति तिर्नका लागि जून २९ सम्मको पाउनु हुनेछ । यसमा कुनै ब्याज वा थप शुल्क विना नै कर एवं शुल्कहरु तिर्न सक्नु हुनेछ । अन्तःशुल्क र पानीको शुल्करूको लागि सिटिको कोष विभागले मार्च १० वा पछी बाँकी रहेको शुल्कहरू जून २९ सम्म भुक्तान गरिएमा त्यसमा कुनै ब्याज वा जरिवाना लिने छैन ।

·        समरभिलमा कोभिड-१९ को नि: शुल्क परीक्षण: समरभिल स्वास्थ्य विभागले समरभिलका सबै बासिन्दाहरुलाई कोभिड-१९ परिक्षणका लागी अनुरोध गरेको छ । समरभिलका बासिन्दाहरूको निःशुल्क कोभिड-१९ परीक्षणको लागि साइन गर्न https://www.somervillema.gov/covid19 मा वा (६१७)६६५-२९२८ मा सोमबार देखि शुक्रवार सम्म बिहान ८:३० बजे देखि साँझ ४:०० बजे सम्म फोन गर्नुहोस् । यसका लागी तपाईंसँग रोगको लक्षणहरू वा डाक्टरको शिफारिस हुनु आवश्यक छैन ।

 

आजको सहयोग युक्ति: म भर्चुअल पुनःप्राप्ती सेवाहरूमा कहाँ पहुँच पुग्न सक्छ?

म्यासाचुसेट्स लागु पदार्थ प्रयोग हेल्पलाइन (Massachusetts Substance Use Helpline) एक राज्यव्यापी सार्वजनिक सेवा हो जुन तपाईंलाई वा तपाँईका प्रियजनलाई लागु पदार्थ प्रयोगबाट छुटकारा दिलाउन उपचार र पुनःस्थापित गर्नका लागी सहयोग र सेवा गर्दछ । यसका लागी हेल्पलाइनको फोन नं. (८००)३२७-५०५० मा बिहान ८:०० बजे देखि राति १०:०० बजे सम्म फोन गर्नुहोस् । यसका साथै helplinema.org मा पनि अनलाइन सेवा उपलब्ध छ ।

यदि तपाईं हाल स्वास्थ्य सेवा प्रदायक हुनुहुन्छ वा यसको एक हिस्सा हुनुहुन्छ भने कोभिड-१९ आपतकालको बेलामा कसरी सेवाहरू पहुँच गर्नुहुन्छ र त्यसमा कुनै परिमार्जन को आवश्यकता छ कि भनेर जाँच गर्नुहोस् । हाम्रो वेबसाइट On our website मा परिवार र साथीहरूको सेवा र सहयोगका लागी अतिरिक्त अनलाइन लिंकहरू पनि उपलब्ध छन् ।

 

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: यदि मलाई कोभिड-१९ छ तर घरमा अलग्गै बस्ने कोठा छैन भने म कहाँ बस्न सक्छु?

यदि तपाईं कोभिड-१९ को बिरामी हुनुहुन्छ र घरमा छुट्टै कोठा छैन भने तपाईं, तपाईंको परिवार र तपाईंको समुदायलाई सुरक्षित राख्ने विकल्पका रुपमा तपाईं १४ दिनको लागि एक्लै बस्न सक्नुहुनेछः

या त कोभिड-१९ को सकारात्मक परीक्षण भएको व्यक्तिलाई डाक्टरले भनेका छन् कि उनीहरू यो रोग भएका समरभिलका बासिन्दाहरूको २४/७ स्वास्थ्य सेवा पुर्याउन सक्नेछन् । मास जनरल अस्पतालले घरमा अलग्गै बस्न सक्ने अवस्था भएन भने रिकभरी इन अस्पतालमा उनीहरू सुरक्षित ढंगले राख्न सक्नेछ । ।

रिभियरमा अवस्थित रिकवरी इनले पाहुनाहरूलाई निजी कोठा, स्नान गृह, स्वास्थ्य सेवा, खाना, टिभी, वाइफाइ, र अन्य सहयोग निःशुल्क प्रदान गर्दछ । यी रिकभरी इन पूर्ण रूपमा नि: शुल्क छ - त्यहाँ कुनै सह-भुक्तानी वा शुल्कहरू हुनेछैनन् । तपाईंलाई यी रिकभरी इनमा बस्न स्वास्थ्य बीमाको आवश्यकता पर्दैन र तपाईंको अध्यागमन अवस्थाको बारेमा सोधिने छैन । रिकभरी इनमा बिरामीहरूको रोगको लक्षणहरू खराव भएको अवस्थामा द्रुत चिकित्सा हस्तक्षेप गर्दछन् जसले घरका अन्यलाई भाइरसले समात्ने सम्भावना कम गर्दछ । यदि तपाईंको घरमा वृद्ध/वृद्वा वा गम्भीर रोगको उच्च जोखिम रहेका other persons at higher risk for severe illness अन्य व्यक्तिहरू बस्छन् भने त्यस्ता बिरामीहरुको घर बाहिर नै उपचार हुनु महत्त्वपूर्ण हुन्छ । यहाँ Here’s a short video यस सम्बन्धमा एक छोटो भिडियो छ । थप जानकारीका लागी (६१७)८१९-४५२८ मा फोन गर्नुहोस् ।

 

धन्यवाद ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न,

समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।

 


 

 जुन १०, २०२०

समरभिल सिटि, म्यासाच्युसेट्स्

जोशेफ ए कर्टाटोनी

मेयर

सम्पर्क: नताशा पेरेज, (६१७)५०४-७४२८ ईमेलः media@somervillema.gov                                    मेयरको गृष्मकालिन रोजगार कार्यक्रमका लागि आवेदनहरू उपलब्ध छन् ।

 

रोजगार/रोजगार प्रशिक्षण भर्चुअल अवसरहरू उपलब्ध छन् ।

 

समरभिल, म्यासाच्युसेट्स् - समरभिल युवाहरू यता ध्यान दिनुहोस् ! मेयरको ग्रीष्मकालीन रोजगार कार्यक्रमले ग्रीष्म २०२० को लागि मंगलवार, जून ९, २०२० देखि आवेदनहरू स्वीकार गरिरहेको छ । यस वार्षिक कार्यक्रम मार्फत समरभिलका १०० जना भन्दा बढी किशोर/किशोरीहरुलाई सिटिका विभिन्न विभागहरू अन्तर्गत अवसरहरू प्रदान गरिनेछ, जसमध्ये धेरै यस वर्ष धेरै जसो भर्चुअल रुपमा हुनेछन् । यसमा योग्य हुनका लागी विद्यार्थीहरू उच्च विद्यालयमा भर्ना भएको, समरभिल बासिन्दा, र कम्तिमा १६ बर्षको उमेर पुगेको हुनु पर्दछ । रिक्रियसन विभागको कम्तिमा १४ बर्ष उमेरको युवाका लागि सीमित अवसरहरू उपलब्ध छन् ।

आवेदनहरू शुक्रबार, जून १९, २०२० मध्यान्न १२:०० सम्ममा गुगल फारम मार्फत उपलब्ध हुनेछन् । यसका लागी https://bit.ly/SomervilleSummerJobs2020 मा हेर्नुहोस् । ढिला गरी प्राप्त आवेदनहरू स्वीकार गरिने छैन ।

सबै आवेदकहरूको अन्तर्वार्ता जून २२ सम्म हुनेछ र चयन भएका युवाहरूले कार्यक्रम सुरु हुनु अघि अभिमुखीकरण तालिम पूरा गर्नुपर्दछ । ग्रीष्मकालीन रोजगारमा हप्तामा करीव २० घण्टा काम गर्नु आवश्यक हुन्छ, तथापी वास्तविक समय तालिका रोजगारदाता अनुसार फरक फरक हुन सक्नेछ ।

यदि तपाईंसँग कुनै प्रश्नहरू छन् वा थप जानकारी चाहनुहुन्छ भने, सामुदायिक सेवा प्रबन्धक जेनिफर मानसियालाई (६१७)६२५-६६०० को २४०६ वा jmancia@somervillema.gov मा सम्पर्क गर्नुहोस् ।

 

समरभिल सिटि जाति, रंग, लिंग, धर्म, उमेर, मूल राष्ट्रियता, अशक्तता वा अन्य कुनै सुरक्षित कोटीको आधारमा भेदभाव नगर्ने एक सकारात्मक/समान अवसर भएको रोजगारदाता हो । महिला, अल्पसंख्यक, पुर्व सुरक्षाकर्मीहरू, र अशक्तता भएका व्यक्तिहरूलाई आवेदन दिन प्रोत्साहित गरिन्छ ।

           

                धन्यवाद ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न, समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।


बिहिबार, मे ३०, २०२०

मेयर जोशेफ ए. कर्टाटोनी द्वारा

जर्ज फ्लोयड र उनी भन्दा अगाडि ज्यान गुमाएका

धेरै कालाजाति अमेरिकीहरूका बारे जारी गरेको

संक्षिप्त वक्तव्य

“यस हप्ता एक जना प्रहरी अधिकारीले भुँईमा लाडाई घाँटीमा घुँडा टेकेको अवस्थामा आफ्नो ज्यानको लागि भीख माग्दै मृत्यु भएका जर्ज फ्लोयडको हत्याले म क्रोधित भएँ, दुःखी भए, र फेरि क्रोधित भए । श्री फ्लोयड कालाजाति भएकै कारण मारिएका काला अमेरिकीहरूको धेरै लामो सूचीमा थपिएको एक अर्को नाम हो । जर्ज फ्लोयड, ब्रेनोना टेलर, अहमद अरबरी, र अन्य धेरै व्यक्तिहरुको मृत्युको  परिस्थिति फरक-फरक थिए तर यी सबैको मूल कारण भने समान थियो – जातिवाद ।

शोकमा डुबेका प्रदर्शनकारीहरू "कालाजातिको जीवनको विषय" भन्ने नाराका साथ देशभरि सडकमा उत्रिएका छन् । हामीलाई यस सत्यको सम्झना गराउन आवश्यक पर्दैन कि हाम्रो जीवनको संस्कृतिमा दुखद रुपमा भन्नै पर्ने हुन्छ की कालाजातिको जीवनको मुल्य सेताजातिको जीवन जत्तिको मूल्यवान मानिने गरेको छैन । हामीले त्यसका लागि हालसालै राज्य पुन:सञ्चालनका लागी विभिन्न स्थानमा भएका विरोधका घटना भन्दा अगाडि हेर्नु आवश्यक पर्दैन । सशस्त्र गोरा मानिसहरू सरकारी भवन बाहिर उभिए र उनीहरूको विरोध कार्यक्रम पश्चात पछि सकुशल घरतिर लागे, तर यसैबीचमा जगर अहमाद अरबरीले यहाँबाट उम्किएर सकुशल घर पुग्न सफल भएनन् ।

हामीलाई फ्लोयड, आरबरी, र टेलरमा जस्ता पीडितहरूको लागि न्यायको आवश्यकता छ । तर यसको जरा गहिरोसँग जकडिएको छ । समाजको एक अंगका रूपमा हामीले विशेष गरी कसरी सेता व्यक्तिहरूले हाम्रो देश, हाम्रो विश्वास, र हाम्रो संस्थामा जातिय भेदभावको आकार दिए भन्ने कुरा बुझ्ने काम गर्नु आवश्यक छ । हामीले हाम्रो आफ्नै पूर्वाग्रहहरू र समस्याग्रस्त विश्वासहरूको नजिकबाट अध्ययन र जाँच गर्नु आवश्यक छ । हामीले अदालत कोठामा, सेन्ट्रल पार्कको बाटोहरुमा, वा राष्ट्रपतिका ट्वीटहरुमा फेला पर्ने जातिय भेदभावलाई अस्वीकार गर्नु पर्छ । हामीले हाम्रा असफलता स्वीकार्नु पर्दछ र प्रत्येक असमानतालाई ठीक पार्नु पर्दछ ।

हामीले अधिक मात्रामा कालोजातिको जीवन गुम्नबाट रोक्न सचेतनताका साथ प्रयास गर्नुपर्दछ, यसले धेरै समय लिने छ र यो असहज पनि छ, तर यो आवश्यक छ । हामीले हाम्रो समाज एक निष्पक्ष र स्वतन्त्र समाज भएको कुरा सुनिश्चित गर्न र समाजका सबै व्यक्तिहरुको समान विकासका लागी त्यसो गर्नै पर्दछ । समरभिलमा हामी यस कार्यका लागी प्रतिबद्ध छौं । मलाई आशा छ कि तपाईंहरु यो कुरूप पुरानो महामारी जसलाई हामी जातिवाद भन्छौं, जसले यति धेरै मानिसलाई मारेको छ, त्यसलाई जरासहित समुल नष्ट गर्दै केवल कोभिड-१९ को महामारीसँग लड्ने लडाँईमा हामीसँगै सामेल हुनु हुनेछ । हार्दिक श्रद्दाञ्जली जर्ज, हामी तपाईंलाई बिर्सिने छैनौं ।“

धन्यवाद ।

जोशेफ ए. कर्टाटोनी

मेयर

समरभिल सिटि, म्यासाच्युसेट्स्


बिहिबार, मे ३०, २०२०

कोभिड-१९ को अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

संसाधनहरू (स्रोतहरु) र बारम्बार हुने अद्यावधिक जानकारीका लागि कृपया somervillema.gov/covid19 मा भ्रमण गर्नुहोस् ।

ताजा समाचार:

·        समरभिल सिटिको कोभिड-१९ केस गणना: आज मे ३०, २०२० को बिहान १०:०० बजे सम्म समरभिल सिटिका ८९० जना बासिन्दाहरूको कोभिड-१९ को सकारात्मक परीक्षण भएको छ भने ती मध्ये ६६५ जनालाई पुर्ण निको भइसकेका छ, र दुर्भाग्यवस यहाँ २७ जनाको मृत्यु भएको छ । थप जानकारीका लागी  https://somerville-dashboardcovid.trial.opendatasoft.com/pages/citysdashboard/ मा पनि हेर्न सक्नु हुनेछ ।

·        सिटि भवनहरू जून १, २०२० पछी पनि सर्वसाधारणका लागि बन्द रहने: थप ढिलाईको सम्भावना पनि छ, र हामी कोभिड-१९ को संकटलाई निरन्तर अनुगमन गरी यस सम्बन्धमा थप अद्यावधिक जानकारी पछी सार्वजनिक गर्नेछौं । धेरैजसो सिटि सेवाहरू अझै पनि अनलाइन उपलब्ध छन् । कर्मचारीहरुले टाढाबाटै (तोकिएको दुरी कायम गरी वा घरमै बसी) काम गर्न जारी राख्नेछन् । कुनै पनि प्रश्नहरूको जवाफ दिन वा सेवाहरुको अनुरोधको सम्बोधनका लागि सिटि सेवाको ३११ नं. २४ घण्टा उपलब्ध रहने छन् ।

·        बेरोजगारी भत्ताको जालसाजीको बढ्दो जानकारीहरूका लागी तपाईंको पत्र र ईमेलमा ध्यान राख्नुहोस्: राज्यले यहाँका बासिन्दाहरूलाई अपराधीहरूले बेरोजगारी भत्ता दावी दायर गर्नको लागि चोरी गरिएका वा  जालसाजी गरि प्राप्त गरिएका व्यक्तिगत जानकारी प्रयोग गरिरहेका छन्, त्यसैले तपाईंको पत्र र ईमेलमा राम्रोसँग ध्यान दिनुहोस् । यदि तपाईंले बेरोजगारी भत्ताका लागी आवेदन गर्नुभएको छ र सो सम्बन्धमा पत्र वा ईमेल पाउनुभयो भने ठीकै छ, तर तपाईंले यसका लागि कुनै गर्नु भएको छैन र पत्र वा ईमेल पाँउनु भयो भने कृपया तत्काल उजुर गर्नुहोस् । यदि तपाईंले आवेदन गर्नु भएको छ भने प्राप्त सामग्रीहरु ध्यानपूर्वक पढ्नुहोस् र ती तपाईंको पेश गर्नु भएको जानकारीसँग पूर्ण रूपमा मेल खान्छ की खादैनन् न्निश्चित गर्नुहोस् । बेरोजगारी भत्तासँग सम्बन्धित सम्भावित उजुरीका लागी यहाँ https://www.mass.gov/info-details/report-unemployment-benefits-fraud मा क्लिक गर्नुहोस् वा फोन नं. (८७७)६२६-६८०० मा फोन गर्नुहोस् । अन्य समाचार र कथाहरू https://boston.cbslocal.com/2020/05/27/massachusetts-scam-alert-unemployment-fraud/

मा र https://www.bostonglobe.com/2020/05/27/business/your-pandemic-unemployment-assistance-application-has-been-processed-you-never-applied/ मा हेर्न सक्नु हुनेछ ।

·        पहिलो सार्वजनिक सडक पेटी विस्तार बो स्ट्रिटबाट शुरु हुनेः कोभिड-१९ को अवधिमा सडक पेटिमा सुरक्षित हिड्ने वा व्यापारलाई समेत सुरक्षित बनाउने हाम्रो प्रयासहरूको एक अंशको रूपमा हाम्रो मोबिलिटी टीमले यस हप्ता युनियन स्क्वायर बो स्ट्रिटबाट पहिलो फुटपाथ विस्तार प्रयास शुरुवात गरेकोछ । यसको प्रमुख उद्देश्य व्यावसायीक स्थलमा प्रवेशका लागी सुरक्षित सामाजिक दूरीमा लाइनमा उभिन, कर्बसाइड पिकअप गर्न, र बाहिरी व्यावसाय जस्तै व्यापारको क्रममा बाहिर थप स्थान प्रदान गर्नु हो । पार्किगं र सवारी साधन चलाउने भागहरूको समुचित व्यावस्था गर्दै र उपलब्ध समेत गराउँदै सम्पन्न गरिन्छ । हामी कसरी काम भईरहेको छ भन्ने अनुगमन पनि गर्छौं र आवश्यकता अनुसार सुधारहरू गर्दैछौं । थप जानकारी विस्तारमा उपलब्ध गराउदै जानेछौं । यस सम्बन्धि थप जानकारीका लागी https://somervoice.somervillema.gov/covid19mobility/news_feed/shared-curbs मा हेर्नुहोस् ।

·        सडक बढार्ने/सफा गर्ने बारे पुनःजानकारी: सडक बढार्ने/सफा गर्ने कार्य यसै सोमबार, जून १, २०२० बाट पुन सुरु हुनेछ । टिकटबाट बच्न कृपया तपाईंको सडकमा राखिएका सडक चिन्हहरू राम्रोसँग हेर्नुहोस् । तपाईंको गाडीलाई कहिले सार्ने भनेर पक्का गर्नका लागी somervillema.gov/sweeper मा हेर्नुहोस् ।

·        समरभिलमा कोभिड-१९ को नि: शुल्क परीक्षण: समरभिल स्वास्थ्य विभागले समरभिलका सबै बासिन्दाहरुलाई कोभिड-१९ परिक्षणका लागी अनुरोध गरेको छ । समरभिलका बासिन्दाहरूको निःशुल्क कोभिड-१९ परीक्षणको लागि साइन गर्न https://www.somervillema.gov/covid19 मा वा (६१७)६६५-२९२८ मा सोमबार देखि शुक्रवार सम्म बिहान ८:३० बजे देखि साँझ ४:०० बजे सम्म फोन गर्नुहोस् । यसका लागी तपाईंसँग रोगको लक्षणहरू वा डाक्टरको शिफारिस हुनु आवश्यक छैन ।

·        पुलहरू पुनःसञ्चालनमा आए! ग्रीन लाइन निर्माणका लागि तीन पुलहरू बन्द हुन भइरहेका थिए? याद गर्नुहोस् कुनै समय सिटिको सब भन्दा ठूलो खबर यो थियो । हामी हाल यस्तो संसारमा छौं जहाँ तिनीहरूको पुन:सञ्चालन सिटिको शीर्ष समाचार बन्न सक्ने छैन, तर पनि ठिकै छ, हामी फेरी पनि यसमा हर्षित हुदै खुशी मनाउन चाहन्छौं । हामीले यसलाई पुरण गर्यौं । त्यहाँ प्रमुख कार्य सम्पन्न भएको छ । वाशिंगटन स्ट्रीटको पुल आइतवार देखि पुनःखुल्नेछ र बल स्क्वायरको पुल जूनको पहिलो हप्ता पुनःखुल्ने व्यवस्था गरिएको छ । थप काम जारी रहनेछ र केही समयको लागि यात्राका लागी प्रत्येक दिशामा एकल पथ हुनेछ । अधिक जानकारीका लागी www.somervillema.gov मा हेर्न सक्नु हुनेछ । तर यो वास्तवमै प्रगति हो । हामी टी स्टेशनको धेरै निकट छौं, र यसका लागी लामो समय सम्म हामीले लामो संघर्ष गरिरहेको छौं ।

·        समरभिलमा हेयर सैलुन र बार्बर शप जुन १ बाट पुनःखुल्ने: सिटी कर्मचारी सल्लाहकार समूह तथा व्यावसायका प्रोप्राइटरहरूले संयुक्त रुपमा काम गरेर समरभिलमा कपालका सम्बन्धि सेवाहरूको पुन:सञ्चालन योजना तय गरिएको छ जसमा राज्यको योजनाभन्दा पनि उच्च सुरक्षा मापदण्डहरू व्यावस्था गरिएको छ । प्रत्येक प्रतिष्ठानले सिटिमा सुरक्षा योजना पेश गर्न प्रतिबद्धता जनाएका छन्, निरीक्षकहरूले कार्य स्थलहरुको र यसको कपाल सुकाउने डाईगं कार्यको समीक्षा र अनुगमन गर्नेछन् । सधैं झै हामी तपाईंलाई स्थानीयहरु प्रति वफादार रहन प्रोत्साहित गर्दछौं । यहाँ https://www.somervillema.gov/salonreopening यस सम्बन्धि थप जानकारी ।

आजको सहयोग सल्लाह: तपाईंले सधैं पत्रहरु हेर्नु पर्ने थप कारणहरु: तपाईंको संघीय राहत कोषबाट पाउने सहयोगहरू भिसा डेबिट कार्डको रूपमा पाउन सक्नुहुनेछः

यदि तपाईंले अझै सहयोग ऐन (केयर्स एक्ट) द्वारा अधिकार प्रदान गरिएका व्यक्तिहरूलाई प्रत्यक्ष प्रोत्साहन भुक्तानीका रुपमा प्रदान गरिने आर्थिक प्रभाव भुक्तानी (ई.आई.पी.) प्राप्त गर्नुभएको छैन भने तपाईंको मेल बक्समा नजर राख्दै गर्नुहोस् । यदि तपाईं ई.आई.पी. प्राप्त गर्न योग्य हुनुहुन्छ र तपाईंले अझै प्राप्त गर्नुभएको छैन भने तपाईंले भिसा डेबिट कार्ड मार्फत तपाईंको ई.आई.पी. प्राप्त गर्दै हुनुहुन्छ । मेटा बैंकले भिसा डेबिट कार्डहरू सादा लिफाफामा मेल पठाउँदैछ जसमा "मनी नेटवर्क कार्डहोल्डर सर्भिस" भनी लेखिएको हुनेछ, त्यस्तो कार्ड नफ्याक्नुहोस् । तपाँईले कार्ड प्रयोग गर्नु अघि शुल्क अनुसूचीको पनि अनिवार्य अध्ययन गर्नुहोस् । कार्डहरू तपाईंको आई.आर.एस.को ट्याक्स फाईलमा पछिल्लो पटक उल्लेख भएको पत्राचार ठेगानामा पठाइनेछ । तपाईंलाई पठाइएको कार्ड तपाईंको ई.आई.पी. कार्ड हो भनी पुष्टि गर्न निम्न जाँच गर्नुहोस्:

·        खाम “मनी नेटवर्क कार्डहोल्डर सर्भिस” बाट प्राप्त भएको हुनुपर्छ ।

·        कार्डको अगाडि भिसा उल्लेख भएको हुन्छ र कार्डको पछाडि जारीकर्ता बैंकको नाम “मेटा बैंक एन.ए. उल्लेख भएको हुन्छ ।

·        खाममा पनि यो जानकारी तपाइँको ई.आई.पी. कार्ड हो भनेर जानकारी समावेश गरिएको हुन्छ । कार्डको साथ समावेश गरिएको जानकारीलाई होशियारीका साथ समीक्षा गरी निश्चित गर्नुहोस् ।

यदि तपाईंले मेल बक्समा कार्ड प्राप्त गर्नुभयो जसले माथीका मापदण्डहरू पूरा गर्दैन, यो धोकायुक्त काम हुन सक्छ । यदि तपाईंलाई आफ्नो कार्ड वैध हो कि होईन भनेर निर्धारण गर्न समस्या भइरहेको छ भने सिटिको ३११ नं. मा सम्पर्क गर्नुहोस् र प्रोत्साहन भुक्तानमा हुने धिकाधडीहरूबाट जोगिने बारे तथा अन्य थप संघीय व्यापार आयोग उपभोक्ता सूचना एवं परामर्श स्रोतहरूको पनि जानकारी लिनुहोस्।

तपाइँ तपाइँको ई.आई.पी. डेविट कार्ड अन्य डेबिट कार्ड जस्तै भिसा डेबिट कार्डहरू स्वीकार गरिने स्थानमा सामान खरीद गर्नका लागि प्रयोग गर्न सक्नुहुनेछ । यसमा लाग्ने अतिरिक्त शुल्कहरूबाट जोगिनका लागि, केवल ईन-नेटवर्क एटीएमहरू प्रयोग गर्नुहोस् जसले हर प्रकारका कार्ड (ब्रान्ड) स्वीकार गर्दछ । तपाईं एटीएमहरू फेला पार्न ई.आई.पी. एटीएम लोकेटर ई-नेटवर्क प्रयोग गर्न सक्नुहुनेछ ।

एटीएमले तपाईंलाई तपाईंको ब्यालेन्स जाँच गर्न प्रेरित गर्दछ भने पनि एटीएममा तपाईंको ब्यालेन्स जाँच नगर्नुहोस् जसले तपाँई $०.२५ शुल्क लाग्नबाट बच्नु हुनेछ । तपाईले आफ्नो ब्यालेन्स https://www.eipcard.com/ मा खाता बनाएर वा १(८००)२४०-८१०० मा कल गरेर नि:शुल्क अनलाइन जाँच गर्न सक्नुहुन्छ ।

तपाइँ कसरी eivecard.com मा तपाइँको कार्डको प्रयोग सक्रिय र ब्यालेन्स जाँच गर्ने भन्ने बारे थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: सार्वजनिक स्थलहरुमा अनुहार ढाक्ने कार्यहरू नियमित राख्नुहोस्

व्यापार र मनोरन्जनात्मक गतिविधि फेरि अधिक रुपमा सुरु भएपछि सार्वजनिक रूपमा अनुहारमा मास्क लगाउनु वा ढाक्नु भनेको एउटा घातक रोगको दोस्रो सम्भावित आक्रमणको कम जोखिम भई सामान्य जीवनमा फर्कनु हाम्रो सबैभन्दा राम्रो उपाय हो (यो राज्य र समरभिल दुबैले पनि आवश्यक मानेका छन्)। भाइरस अझै हामीहरुको विचमा छ । भाईरस फैलाउन तपाईंसँग भाइरस भएको लक्षण हुनु पर्दैन । तपाईंले यसलाई फैलिनबाट जोगाउन मद्दत गर्न मास्क लगाउनु वा अनुहार ढाक्नु एक महत्त्वपूर्ण तरिका हो । यति नै हो र यति नै सरल पनि छ । तर थप जानकारीका लागी यहाँ https://www.vanityfair.com/news/2020/05/masks-covid-19-infections-would-plummet-new-study-says

र यहाँ https://www.mayoclinic.org/diseases-conditions/coronavirus/in-depth/coronavirus-mask/art-20485449 मा लेखहरू हेर्न सक्नु हुन्छ । र अन्त्यमा पुनःस्मरणका लागी मास्कहरू केवल २ बर्ष वा माथिका लागि व्यक्तिहरुका लागी मात्र आवश्यक छ र चिकित्सा अशक्तता अपवाद लागू हुन्छ ।

 

धन्यवाद ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न,

समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।



मंगलवार, मे २९, २०२०

कोभिड-१९ को अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

थप संसाधनहरू एवं नियमित अद्यावधिक जानकारीको लागि कृपया somervillema.gov/covid19 मा पनि हेर्नुहोस् ।

 

ताजा समाचार:

·          समरभिल सिटिको कोभिड-१९ केस गणना: आज मे २९, २०२० को बिहान ७:०० बजे सम्म समरभिल सिटिका ८८० जना बासिन्दाहरूको कोभिड-१९ को सकारात्मक परीक्षण भएको छ भने ती मध्ये ६४५ जनालाई पुर्ण निको भइसकेका छ, र दुर्भाग्यवस यहाँ २६ जनाको मृत्यु भएको छ । अधिक जानकारी https://somerville-dashboardcovid.trial.opendatasoft.com/pages/citysdashboard/ मा फेला पार्न सकिन्छ ।

·          समरभिलमा राष्ट्रिय झण्डा आधा झुकाईयो: सिंगो राष्ट्र यस हप्ता एक दर्दनाक परिस्थितिमा पुगेको छ: कोभिड-१९ को कारणले संयुक्त राज्य अमेरिकामा १,००,००० भन्दा बढीको मृत्यु भएको छ । ती मध्ये २६ जना हामीले आफ्नै घर समरभिलबाट गुमाएका छौं । समरभिल र देश भित्र भएको यो हृदय विदारक क्षतिको गम्भिर रूपमा अवलोकन गर्नुका साथै भाइरसको कारण विश्वभरमा ज्यान गुभाएका सबैलाई सम्मान गर्न आज समरभिलमा रहेका झण्डालाई आधा झुकाईएको थियो।

·          भाडा सहयोगका लागि अतिरिक्त $१.५ मिलियन डलर आउँदैछ: सिटि हालसालै यु.एस. केयर्स ऐन कोषमा $२ मिलियन डलरको लागि योग्य भएको छ, जसमध्ये सिटिले $१.५ मिलियन डलर रकम अत्यावश्यक भाडामा सहयोगको आवश्यकता भएका व्यक्ति/परिवारहरूको लागी छुट्याएको छ, र आधा मिलियन कोभिड-१९ का लागी राहत, स्वास्थ्य सेवा, र खाद्य सुरक्षा कार्यक्रमहरू सहित अन्य प्रयोजनका लागी प्रयोग हुनेछ । भाडाका लागी सहयोग चाहने निवासीहरूले सिटि साँझेदारका रुपमा रहेको गैर नाफामुखी संस्था मार्फत कोषमा पहुँच पुर्याउन सक्नेछन् । त्यो प्रक्रियाको बारेमा थप विवरणहरू चाँडै घोषणा गरिने छ । यहाँ अधिक जानकारी। (आवास संसाधनहरुका बारेमा थप जानकारी तल https://www.somervillema.gov/rentalassistancefunding मा हेर्नुहोस्।)

·          सडक बढार्ने/सफा गर्ने कार्यको पुनःजानकारी: सडक सफा गर्ने कार्य गत सोमबार शुरू भयो र पार्किंग सम्बन्धि नीतिको कार्यान्वयन यो आउँदै सोमबार, जून १, २०२० बाट शुरू हुनेछ । हामीले जून १ सम्मका लागी स्वैच्छिक पालनको लागि समय निश्चित गरेका छौं । सोमबार, जुन १, २०२० बाट पार्कि अधिकारीहरूले सडक सफा गर्ने नियम पालना नगरेमा टिकट जारी गर्न थाल्नेछन् । सडक सफा राख्नाले सडकबाट फोहोरहरु हटाउँनेछ जसले बर्षातको समयमा आउने आँधी, हुरी, भेलका कारण सडकमा फोहोरले नाली बन्द गरी बाढी आउन सक्ने समस्या हुन दिदैन । तपाईंको सडकमा राखिएका संकेतहरु हेर्नुहोस् र somervillema.gov/sweeper गएर आफ्नो कार कहिले सार्ने भनेर निश्चित गर्नुहोस् । कोभिड-१९ को कारण जो सवारी साधन चलाउन असमर्थ छन् वा अलग्गै बस्न आदेश दिइएका छन् त्यस्ता व्यक्तिहरुको हकमा नयाँ नीतिहरू विकास गरिदैछ ।

·          समरभिलमा कोभिड-१९ को नि: शुल्क परीक्षण: समरभिल स्वास्थ्य विभागले समरभिलका सबै बासिन्दाहरुलाई कोभिड-१९ परिक्षणका लागी अनुरोध गरेको छ । समरभिलका बासिन्दाहरूको निःशुल्क कोभिड-१९ परीक्षणको लागि साइन गर्न https://www.somervillema.gov/covid19 मा वा (६१७)६६५-२९२८ मा सोमबार देखि शुक्रवार सम्म बिहान ८:३० बजे देखि साँझ ४:०० बजे सम्म फोन गर्नुहोस् । यसका लागी तपाईंसँग रोगको लक्षणहरू वा डाक्टरको शिफारिस हुनु आवश्यक छैन ।

 

आजको सहयोग जाकारी: यदि मलाई मेरो भाँडा वा धितो भुक्तान गर्न मद्दत चाहियो भने म के गर्ने?

पहिलो, तपाँईले आफ्नो घर मालिक वा दातालाई सम्पर्क गरी ढिलाई वा आंशिक भुक्तानीका विकल्पहरूका बारेमा छलफल गर्नुहोस् ।

·          भाँडामा लिनेहरू: तपाईंको घरमालिक वा व्यवस्थापन कम्पनीलाई सकेसम्म चाँडो सम्पर्क गर्नुहोस् । यदि तपाईं उनीहरूसँग भुक्तानीका बारेमा नयाँ भुक्तानी योजना तथा मितिहरूको तय गर्न सक्नुहुन्छ भने लिखित रूपमा सो योजनाको विवरण तयार पार्नुहोस् । यदि तपाइँ तपाइँको भाँडा तिर्न सक्षम हुनुहुने छैन भने, यो https://www.mass.gov/doc/form-of-notice-and-documentation-covid-19-hardship-residential-tenant/download फारम तपाइँको घरमालिकलाई भाडा तिर्न ढीलाई भएको ३० दिन भित्र पठाउनुहोस् । यहाँ https://www.mass.gov/doc/dhcd-guidance-and-form-instructions-for-tenants-eviction-moratorium/download फारम कसरी भर्ने बारे निर्देशनहरू छन् । छुटेको हरेक भुक्तानीको लागी प्रत्येक महिनाको लागि एक नयाँ फारम भर्नु पर्छ । यदि तपाईं फारममा भेट्न सक्नुहुन्न भने तपाँई तपाईंको घर मालिकलाई यसको जानकारी र कागजातहरु सहित ईमेल गर्न वा पत्र पठाउन सक्नुहुन्छ । यसले तपाईंलाई ढिला शुल्क र म्यासाच्युसेट्स् निश्कासन र फोरक्लोजर मोरेटोरियम ऐन https://malegislature.gov/Bills/191/H4647 अन्तर्गत नकारात्मक क्रेडिट रिपोर्टिंगबाट बचाउनेछ । भाँडामा बस्नेहरूको सहयोगका बारे थप जानकारीका लागी हाम्रो टेनेन्ट प्रश्न उत्तरहरु https://www.somervillema.gov/sites/default/files/TenantFAQ.pdf मा पनि उपलब्ध छन्

·          घर मालिकहरू: यदि तपाईं आगामी धितो कसरी भुक्तानी गर्ने बारे चिन्तित हुनुहुन्छ भने तपाईं तपाईंको हालको अवस्थाको बारेमा जानकारी दिनका लागी जति सक्दो चाँडो तपाईंले धितो बुझाउनु पर्ने संस्थामा सम्पर्क गर्नुहोस् (त्यो सङस्था जसलाई तपाईंले तपाईंको मासिक भुक्तानी पठाउनुहुन्छ) । तपाईंको धितो सर्वरको टेलिफोन नम्बर र पत्राचार ठेगाना तपाईंको मासिक धितोको कागजातमा सूचीबद्ध भएको हुनु पर्दछ । तपाईंको अवस्थाको बारेमा छलफल गर्न छुटेको भुक्तानीले ढिलाइ र अन्य संकलन शुल्कहरूबाट बच्नका लागी तपाँईको ऋणदाताहरूसँग सम्पर्क गर्नु महत्त्वपूर्ण छ । सम्पत्ती मालिकहरूको लागि सहयोगको बारेमा थप जानकारी सम्पत्ति मालिक प्रश्न उत्तर https://www.somervillema.gov/sites/default/files/PropertyOwnerFAQ.pdf मा उपलब्ध छन् ।

 

भाँडा र धितो भुक्तानीका लागी सहयोग गर्न यी स्रोतहरू उपलब्ध छन्:

समरभिल सिटि र समरभिल गैर नाफामुखी एजेन्सीहरूको मार्फत केहि आपतकालीन भाडा सहयोग कोषहरू उपलब्ध छन् । नोट गर्नुहोस् कि सबै कार्यालयमा कर्मचारी घरबाटै काम गरिरहेका छन् तर उनिहरु निरन्तर फोन सम्पर्कमा रहिरहेका छन् र फोन सम्पर्क गर्ने सेवाग्राहि संग निरन्तर सम्पर्कमा पुगिरहेका छन् ।

·          सोमरभिले हाउजि स्टेबिलिटी कार्यालय: तपाईले यहाँ अनलाइन सेवाहरूको बारेमा अनुरोध गर्न सक्नुहुनेछ https://www.somervillema.gov/departments/office-strategic-planning-and-community-development-ospcd/office-housing-stability वा (६१७)६२५-६६०० * २५८१ मा फोन गर्न सक्नु हुनेछ ।

·          समरभिल होमलेश कोलिसन:  समरभिल होमलेश कोलिसनको https://www.somervillehomelesscoalition.org/ मा वा फोन नं. (६१७)६२३-६१११ मा फोन सम्पर्क गर्न सक्नु हुनेछ ।

·          कम्युनिटि एक्शन एजेन्सी अफ समरभिल: कम्युनिटि एक्शन एजेन्सी अफ समरभिलको  https://www.caasomerville.org/ मा वा फोन नं. (६१७)६२३-७३७० मा फोन सम्पर्क गर्न सक्नु हुनेछ ।

·          जष्ट-ए-स्टार्टः जष्ट-ए-स्टार्टको https://www.justastart.org/ मा वा फोन नं. (६१७)४९४-०४४४ मा फोन सम्पर्क गर्न सक्नु हुनेछ ।

·          म्यासाचुसेट्सले राज्यको कोभिड-१९ आपतकालिन अवस्थाको संबोधनका लागी राज्य परिवार संक्रमण आवासीय सहयोग (आर.ए.एफ.टी.) https://www.mass.gov/info-details/covid-19-dhcd-website#residential-assistance-for-families-in-transition-(raft)-program-and-covid-19-state-of-emergency-

कार्यक्रममार्फत थप रकम उपलब्ध गराउँदैछ । यदि तपाईं आर.ए.एफ.टी. कोषका लागि आवेदन दिन चाहानुहुन्छ भने कृपया यो https://www.somervillema.gov/departments/office-strategic-planning-and-community-development-ospcd/office-housing-stability

मा अनलाईन शिफारिस फारम पूरा गरेर वा हाउसिंग स्टेबिलिटी कार्यालयको फोन नं.  (६१७)६२५-६६०० * २५८१ मा फोन गरेर सम्पर्क गर्नुहोस् ।

 

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: मनोवैज्ञानिक स्वास्थ्य सल्लाह https://www.redcross.org/take-a-class/coronavirus-information/psychological-first-aid-online-course मा छोटो अनलाइन कोर्स: कोभिड-१९ को संकटपुर्ण समयमा मानिसहरूलाई लचिलो बनाई आफू स्वयंलाई र अरूलाई सहयोग दिनको लागि रेड क्रस प्रशिक्षण सेवाले नयाँ मनोवैज्ञानिक फर्स्ट एड विकसित गरेको छ । यसमा अमेरिकी रेड क्रसका वैज्ञानिक सलाहकार परिषद, सी.डी.सी., र अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको मार्गदर्शनमा आधारित सामग्रीहरु समाविष्ट गरिएका छन् । अनलाइन कोर्स पूरा हुन लगभग एक घण्टा लाग्छ र यसले तनाव पहिचानमा सहयोगी सामग्रीका साथै तपाईंको आफ्नै परिवार र सहकर्मीहरूलाई कसरी सहयोग पुर्‍याउँने भन्ने जानकारी समेत समावेश गरिएका छन्

 

धन्यवाद ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न,

समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।

 

 


मंगलवार, मे २६, २०२०

कोभिड-१९ को अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

थप संसाधनहरू एवं नियमित अद्यावधिक जानकारीको लागि कृपया somervillema.gov/covid19 मा पनि हेर्नुहोस् ।

ताजा समाचार:

·         समरभिल सिटिको कोभिड-१९ केस गणना: आज मे २६, २०२० को बिहान १०:०० बजे सम्म समरभिल सिटिका ८६४ जना बासिन्दाहरूको कोभिड-१९ को सकारात्मक परीक्षण भएको छ भने ती मध्ये ६२८ जनालाई पुर्ण निको भइसकेका छ, र दुर्भाग्यवस यहाँ २५ जनाको मृत्यु भएको छ । अधिक जानकारी https://somerville-dashboardcovid.trial.opendatasoft.com/pages/citysdashboard/ मा फेला पार्न सकिन्छ । कृपया नोट गर्नुहोस् कि यहाँ हामीलाई ज्ञात भएका केसहरू मात्र समावेश छन्, यो अनुमान गरिएको छ कि यहाँ रोगका सम्भावित लक्षण र लक्षणहरु एवं आधिकारिक रूपमा पत्ता नलगाइ कनै बिद्यमान रहेका हुन सक्छन् ।

·         कृपया समरभिल केयर फन्डलाई समर्थन गर्नुहोस्: सुचकांकको नयाँ जानकारी अनुसार कोभिड-१९ को प्रभावले हाम्रो क्षेत्र https://www.bostonglobe.com/2020/05/21/business/more-face-hunger-mass-overwhelmed-food-pantries-close/ मा भोकमरी बढिरहेको छ । पूर्वी म्यासाचुसेट्समा २०२० मा भोकमरीको जोखिममा पर्ने अनुमान गरिएको छ जहाँ ६ जनामा १ जना बालबालिका भोकमरीमा पर्नेछन् । बोस्टन ग्लोबका अनुसार २०१९ मा भन्दा यस बर्ष ९३% भोकमरी बढ्ने अनुमान छ । यस अवस्थाबाट उन्मुक्तिका लागी तपाइँले मद्दत गर्न सक्नुहुन्छ । यसको एउटा तरिका समरभिल केयर्स फन्डमा somervillema.gov/somervillecares मा दान गर्न सकिन्छ । यस दान-आधारित कोषले समरभिलका बासिन्दाहरूलाई सीधै पैसा उपलब्ध गराँउछ ताकि तिनीहरूले खाद्यान्न, औषधि, व्यक्तिगत आवश्कताहरू, र भाँडाकुँडा जस्ता अत्यावश्यक लागतहरूको परिपुर्ती गर्न सक्दछ । यदि तपाईं आफ्नो आवश्कता पुरा गर्ने भाग्यशाली व्यक्ति हुनुहुन्छ र अहिलेको यो संकटको घडीमा समुदायका लागी केही दान गर्न चाहनुहुन्छ भने कृपया समरभिल केयर्स कोषमा दान गर्नुहोस् । सबैले यो खवर फैलाउन मद्दत गर्नुहोस् । कृपया अरूलाई समरभिल केयर्स कोषको बारेमा बताउनुहोस् (सायद एउटा ट्वीट, फेसबुक पोस्ट, वा घरवरिपरिको सडक किनारामा चकले वेब साइटको जानकारी दिनुहोस्) ताकि अरूलाई यो कुरामा सचेत गराउन सम्भव हुनेछ । यदि तपाँई दान दिन सक्ने अवस्था भएका प्रमुख दाताहरु लगायत मानिसहरु चिन्नुहुन्छ भने दान/अनुदान दिनका लागी सिधै अनुरोध गर्नुहोस् । यी सबै कुराले यो संकटको घडिमा मद्दत पुग्दछ । फेरि, यी कोषहरूले हाम्रा समस्यामा परेका छिमेकीहरूलाई उनीहरूको आवश्यक खर्चहरू गर्नका लागी केहि मद्दत गर्दछ । हामीले भर्खर $ २७५,००० भन्दा बढी उठाएका छौं, जुन आश्चर्यजनक छ, तर वर्तमान अवस्थामा हामीलाई प्राप्त अनुरोधहरूमा आधारित आवश्यकता पूरा गर्न अर्को $१ मिलियन चाहिन्छ । (स्थानीय खाद्य श्रोतहरूका बारेमा थप जानकारीको लागि तल हेर्नुहोस्।)

·         आर्थिक सहयोग भुक्तानी पूर्व-भुक्तान डेबिट कार्डहरू मार्फत आउँदैछ: यदि तपाईं आर्थिक प्रभाव भुक्तानीको लागि योग्य हुनुहुन्छ र यो अहिलेसम्म प्राप्त गर्नुभएको छैन भने, मेटाबैंक मार्फत डेबिट कार्ड मेल गरिएको छ, यसका लागि आफ्नो मेलबक्समा नजर राख्दै गर्नुहोस् । आर्थिक विभागले गत हप्ता घोषणा गर्‍यो कि यसले चेक-नभई मेटा-बैंकमार्फत प्रि-पेड डेबिट कार्डहरूमा आर्थिक प्रभाव भुक्तानहरू पठाँउदै छ । यी भिसा कार्डहरू जहाँसुकै खरिद वा प्रयोग गर्न स्वीकार्य हुने छन् र तपाईं तिनीहरूलाई इन-नेटवर्क एटीएमबाट नगद लिन पनि प्रयोग गर्न सक्नुहुनेछ । नयाँ डेबिट कार्ड भुक्तान सम्बन्धी थप जानकारीको लागि ट्रेजरी डिपार्टमेन्टको वेबसाइट https://home.treasury.gov/news/press-releases/sm1012 मा जानुहोस् ।

·        कोभिड-१९ को नि: शुल्क परीक्षण: समरभिलका बासिन्दाहरूको निःशुल्क कोभिड-१९ परीक्षणको लागि साइन अप गर्न https://www.somervillema.gov/covid19 मा वा (६१७)६६५-२९२८ मा सोमबार देखि शुक्रवार सम्म बिहान ८:३० बजे देखि साँझ ४:०० बजे सम्म फोन गर्नुहोस् । यसका लागी तपाईंसँग रोगको लक्षणहरू वा डाक्टरको शिफारिस हुनु आवश्यक छैन ।

आजको सहयोग युक्ति: खाद्य संसाधनहरू

यदि तपाईंलाई पुरानै वा नयाँ खाद्यान्न सहयोगको आवश्यकता छ भने कृपया स्थानीय स्रोतहरूको उपयोग गर्नुहोस् । सिटि र बिद्यालयका कर्मचारीहरूले तयारी खाना र अन्य खाद्यान्नहरू पिक-अप वा डेलिभरीको माध्यामबाट उपलब्ध गराउने काम गरिरहेका छन् । संसाधनहरूको थप जानकारीका लागी तपाईंले www.somervillema.gov/coronavirusHelp मा हेर्न सक्नु हुनेछ ।

हाम्रो वेवसाइटहरूबाट नि:शुल्क ग्र्याब-एण्ड-गो भोजन, नि: शुल्क ग्र्याभ-एण्ड-गो ब्रेकफास्ट, र खाजा मध्ये कुनै एक रोज्नुहोस् । यसका लागी कुनै परिचयपत्र आवश्यक पर्दैन र एक व्यक्तिले आफ्ना सम्पूर्ण परिवारको लागी खाद्यान्न लिन सक्दछ । कृपया यदि तपाई धेरै परिवारका सदस्यहरूका लागी वा कसैका लागी समेत खाद्यान्न लिनका लागी सहयोग गर्दै हुनुहुन्छ भने कृपया एउटा झोला ल्याउन नबिर्सिनुहोस् ।

·        समय: सोमबार - शुक्रवार, बिहान ९:०० बजे देखि बिहान ११:०० बजे सम्म (सबै मौसममा)

·        स्थानहरू:

o   पूर्वी समरभिल कम्युनिटी स्कूल (५० क्रस स्ट्रिट),

o   आर्थर डी हेली स्कूल (५ मिचाम स्ट्रिट),

o   विन्टर हिल कम्युनिटी इनोवेशन स्कूल (११५ सिकामोर स्ट्रिट)

o   पश्चिम समरभिल नेबरहुड स्कूल (१७७ पाउडर हाउस बोउलेभर्ड)

किरानाहरू: कोमिड-१९ संकटको लागि समरभिल/खाद्यान्नका लागि सिटिमा नि:शुल्क पूरक खाद्य पेन्ट्री स्थापना गरिएको छ । हरेक हप्ताको लागि साइन अप गर्न यस https://docs.google.com/forms/d/e/1FAIpQLSfVBkw4CkxfdfptSnXktOV3jd3GSFdguZ2mAnEpv3wSNvI5Yg/viewform मा फारम भर्नुहोस् र छिट्टै नविग्रने वस्तुहरूका साथै ताजा फलफूल र तरकारीहरू सहितको एक झोला प्राप्त गर्नुहोस् । कृपया नोट गर्नुहोस्: यदि तपाई साप्ताहिक रुपमा झोला चाहानुहुन्छ आवश्यकता अनुसार तपाँईले हरेक हप्ता फेरि साइन अप गर्नु पर्छ । साप्ताहिक साइन अपहरूले हामीलाई पर्याप्त खाद्यान्नको लागि योजना बनाउन र कुनै खाद्यान्न नष्ट नहुने कुराको सुनिश्चित गर्न मद्दत गर्दछ ।

·          खाद्यान्न स्रोतहरूको सूचि: समरभिल फूड सेक्युरिटी कोलिशन http://somervillefoodsecurity.org/find-food-in-somerville/community-meals-by-day/

ले कोभिड-१९ को अवधिका लागी खाद्यान्न स्रोतहरूको अद्यावधिक सूची http://somervillefoodsecurity.org/food-access-during-covid-19/

तयार गरि काम गरिरहेको छ । प्रत्येक व्यक्तिले यहाँ भ्रमण गर्नु अघि फोन गर्नुहोस्, किनकि यहाँ नयाँ प्रक्रियाहरू लागु भएको पनि हुन सक्छ ।

·          खाद्य संसाधन हटलाइन: प्रोजेक्ट ब्रेडले फूडसोर्स http://www.projectbread.org/get-help/foodsource-hotline.html हटलाइन (८००)६४५-८३३३ [टि.टि.वाई. लाईन: १(८००)३७७-१२९२] मा फोन गर्ने व्यक्तिहरुलाई खाद्यान्न स्रोतहरू फेला पार्न मद्दत गर्दछ । हटलाइन १६० भाषाहरूमा उपलब्ध छ ।

·          यदि तपाईं खानामा पहुँचका लागी चिन्तित हुनुहुन्छ भने तपाईं कुनै पनि समयमा ३११ मा फोन गर्न सक्नुहुन्छ र यहाँको समुदाय सहयोगी टोली र कर्मचारिहरुले तपाईंलाई स्थानीय स्रोतहरूसँग जोड्दछन् । सिटिका ३११ सेवामा द्विभाषी कर्मचारीहरु पनि छन् र १६० भाषाहरूमा मद्दत गर्न भाषा लाईन पनि प्रयोग गर्न सक्दछ ।

आजको सार्वजनिक स्वास्थ्य सल्लाह:

यदि तपाईंसँग कोभिड-१९ छ र तपाईंको अवस्था बिग्रँदो छ भने आपतकालिन चेतावनी संकेतहरू चिन्नुहोस्: यी सहयोगी सल्लाहहरू अमेरिकन रेडक्रसबाट उपलब्ध भएका हुन्:

" यदि तपाइँका लक्षणहरू गम्भीर भई आपतकालीन चेतावनी संकेतहरू दिन्छन् भने तुरून्त चिकित्सकीय सहयोगका लागी फोन गर्नुहोस् । चेतावनी संकेतहरू निम्न बमोजिम समावेश छन्:

·          सास फेर्न समस्या भएमा

·          छातीमा लगातार दुखाइ वा दबाव भएमा

·          नयाँ भ्रमात्मक अवस्था (मनमा के गरें, कसो गरें भनी मनमा भ्रम सृजना हुने)

·          बिउजो बस्न वा बिउँझिन कठिनाई भएमा

·          ओठ/मुख वा अनुहार निलो भएमा

यसमा सबै सूची समावेशी छैन । गम्भीरवा सम्बन्धित अन्य कुनै पनि लक्षणहरूको लागि तपाईंको चिकित्सा प्रदायकसँग परामर्श लिनुहोस् ।

यदि तपाईंसँग कोभिड-१९ का कारण चिकित्सा आपतकालिन अवस्था छ भन्ने तपाईंलाई लागेको छ भने तपाँईले ९११ मा फोन गर्नुहोस् । यदि तपाईं बिरामी हुनुहुन्छ भने थप जानकारीको लागि सीडीसी https://www.cdc.gov/coronavirus/2019-ncov/if-you-are-sick/steps-when-sick.html  को मार्गदर्शनको समीक्षा गर्नुहोस् । यदि तपाईं साझा आवास https://www.cdc.gov/coronavirus/2019-ncov/daily-life-coping/shared-housing/index.html

वा घरपालुवा जनावर https://www.cdc.gov/coronavirus/2019-ncov/faq.html#COVID-19-and-Animals को बारेमा जानकारी चाहनु हुनुहुन्छ भन्ने विषयका जानकारी समावेश गरिएका छन् ।”

 

धन्यवाद ।

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न,

समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।

 

 


समरभिल सिटि, म्यासाच्युसेट्स्

जोसेफ ए. कर्टाटोनी

मेयर

आईतबार मे २४, २०२०

सम्पर्क: नताशा पेरेज, (६१७)५०४-७४२८, media@somervillema.gov

तत्काल रिलीजको लागि

सिटि सार्वजनिक स्ट्रिट्स पायलट प्रोग्राम अर्को महिना शुरू हुदै;

सम्पर्क रहित पिकअप र सामाजिक दूरीमा सहयोग पुर्‍याउन

अतिरिक्त उपाय योजनाहरू

 

समरभिल सिटि यहाँका बासिन्दाहरूलाई गम्भीर सेवाहरूमा जोड्दछ

यसका लागी सार्वजनिक सडक योजनाहरूमा प्राथमिकता दिन्छ ।

 

समरभिल, म्यासाच्युसेट्स् – मे महिनाको अन्तमा समरभिल सिटिले सामाजिक दुरिका साथ पैदल यात्राको लागि अनुमति दिने पैदल र साइकल यात्रा गर्ने मार्गहरूको लागि सार्वजनिक स्ट्रिट्स पाइलट प्रोग्राम शुरू गरिरहेको छ । यी मार्गहरूले यहाँका बासिन्दाहरूलाई खाद्यान्न वितरण योजनाहरू, चिकित्सा सुविधाहरू, र किराना स्टोरहरू जस्ता आवश्यक सेवाहरूमा जोड्दछ । यो साझा सडक कारणले पैदल यात्रीहरू, साइकल चालकहरू, र अन्य प्रयोगकर्ताहरूको लागि ध्वनी प्रदुषण रहित आवासीय शाखा-सडकहरू खोल्नेछन् सडकका बासिन्दा, पहिलो प्रतिक्रियाकर्ता, डेलिभरी ड्राइभरहरू, सरसफाई ट्रक, र सडक सफा गर्नेहरूको लागि सवारी साधनमा सहज पहुँच अनुमति दिँन्छ ।

सार्वजनिक गरिएको सडक (मार्ग) पहिलो चरणमा विन्टर हिल र पुर्वी समरभिल वरपरहरू जोड्दछ । यसले समरभिल र पूर्वी समरभिल सामुदायिक विद्यालयहरूमा समरभिल सार्वजनिक बिद्यालयको खाना वितरण स्थलहरू १६५ ब्रोडवेमा परियोजना सूप खाद्य पेन्त्री; स्टप एण्ड सप; र क्यापुआनो स्कूल लगायत समावेश गर्दै सुरू हुदैछ । त्यसपछिको मार्गहरू गर्मी भरमा खुल्नेछ, जसले सिटी मोबिलिटी स्टाफ सदस्यहरूलाई प्रत्येक मार्गको मूल्यांकन गर्न र आवश्यकता अनुसार परिवर्तन गर्न समय दिनेछ । योजना गरिएको मार्गहरू र तालिकाको पूर्ण नक्शा हेर्नका लागि हाम्रो समरभोईस साइट https://somervoice.somervillema.gov/covid19mobility मा जानुहोस् । मार्गहरू कार्यान्वयन हुने क्रममा तपाँईहरुले तिनीहरूका बारेमा प्रतिक्रियासमेत समरभ्वाइसमा पनि बुझाउन सक्नुहुन्छ ।

“जब हामी अर्थव्यवस्था पुनः खोल्न थाल्छौं र धेरै मानिसहरूले आफ्नो घर छोडेर बाहिर निस्कनु पर्दछ, हामीले यसका लागि सुरक्षित विकल्पहरू छनौट गर्नु आवश्यक छ । महामारीको समयमा यो जीवनको लागि आवश्यक योजना हो, ”मेयर जोसेफ ए कर्टाटोनीले भने "हामी विचार गर्दैछौं कि तातो मौसमको महीनामा धेरै मानिसहरू पैदल वा बाइकमा हुनेछन्, र हामी सुरक्षित पहुँचयोग्य यातायातको लागि थप ठाउँ सिर्जना गर्दैछौं । कोभिड-१९ आपतकालको समयमा हाम्रो समुदायले ठूलो संकल्प देखाएको छ र हामीहरुले धेरै साझा त्यागहरू गरेको छौं र अब हाम्रो भावनालाई निराश पार्ने समय होइन । समरभिलको साझा सडकहरू हिड्नका लागि हो, भेला हुनको लागि होईन । सडकको जिम्मेवार ढगले प्रयोग हामी सबैमा निर्भर रहन्छ र याद गर्नुपर्छ कि हामी सबै यसका लागी साथमा छौं।”

सुरक्षा उपायहका रुपमा यी सडकहरूको साझा प्रयोगको लागि सबै प्रयोगकर्ताहरूलाई सचेत गराउनका लागी विभिन्न चिन्हहरु र सामान्य अवरोधहरू समावेश गर्दछ । समरभिलको यस कार्यक्रमले हाललाई अस्थायी सामग्रीहरू प्रयोग गर्दछ जुन पछी हाम्रो अनुभव र बासिन्दाहरूको प्रतिक्रियाको आधारमा पाइलट प्रोग्राममा परिमार्जन गर्न सकिनेछ । यस सडकमा सवारी प्रयोग गर्न अनुमति दिईएका चालकहरूले यी सडक मार्गहरूमा मानिसहरू भेटिने सम्भावनाका साथ सडकको सामुहिक प्रयोग जस्तै अरुहरुलाई पनि ध्यान दिदै बिस्तारै सवारी साधन चलाउनु पर्दछ र । सडकमा पैदल यात्रीहरु, दौडिनेहरु, र साइकल यात्रा  गर्ने व्यक्तिहरुले यी अनुमति प्राप्त सवारी साधनहरूको लागि पनि स्थान उपलब्ध गराउन सचेत रहनु पर्छ ।

फुटपाथ विस्तार, कर्बसाइड पिकअप क्षेत्र, र टचलेस वाक सिग्नलहरू

सारवजनिक सडक पायलट प्रोग्रामको साथ सिटिले समरभिल सडकमा सार्वजनिक सुरक्षा र सामाजिक दूरीको अवधारणाको पालनामा सुधार गर्नका लागि यस महिना देखि व्यावसायिक क्षेत्रहरूमा अस्थायी फुटपाथ विस्तार, व्यवसाय जिल्लाहरूमा पिकअप/ड्रप-अप उपायहरू र परिचय सहितका टचलेस हिड्ने संकेतहरू सहितको विभिन्न उपायहरू अपनाउदै कार्यान्वयन गर्नेछ ।

सिटिका महत्वपुर्ण व्यापार स्थलहरुमा ग्राहकहरु विच सामाजिक दूरी कायम गर्नका लागी अधिक स्थान प्रदान गर्न फुटपाथ अस्थायी रूपमा चौडा हुनेछन् जसले स्टोरहरु र रेस्टुरेन्टहरुमा पिकअपको लागी प्रतीक्षा गर्दा पर्याप्त स्थान हुनेछ । सडकमा राखिएको अन्य अवरोधहरू सर्कुलेशन र क्युइको लागि ट्राफिक कोन र कर्ब केहि फिटमा थप ठाउँ सिर्जना गर्न प्रयोग गरिनेछ । यस सिटिले पनि धेरै व्यापार केन्द्रहरूमा पार्किगं मिटर परिमार्जन गरेको छ जस अनसार १५ मिनेटको पिकअप/ड्रप-अफ गतिविधिहरू संचालनका लागी स्थानीय व्यवसायहरूका लागी सहयोगी हुन सक्छ ।

"समरभिलको आर्थिक गतिविधि व्यावसायिक वर्गमा फर्कने क्रममा हामीले कामदार, ग्राहक र यात्रीहरूलाई कोभिड-१९ को सामुदायिक प्रसारण हुनबाट सुरक्षित राख्नुपर्दछ," मेयर कर्टाटोनले भने "अस्थायी फुटपाथ विस्तार र १५ मिनेट सवारीसाधन पार्किंगले सम्पर्क रहित कर्बसाइड खुद्रा र रेस्टुरेन्ट टेक-आउट व्यवसायलाई सहयोग पुर्‍याउँछ । यी रणनीतिहरू गत दुई महिनामा विश्वका दर्जनौं शहरहरूमा सफलतापूर्वक परिचालन गरिएको छ र समरभिल पहिलो पाइलट प्रोजेक्टको सुरुवातका लागी प्रतीक्षामा छ । ”

समरभिल सिटि पायलट प्रोग्रामले उपकरणहरूले साथ दिने स्थलहरुमा ट्राफिक संकेतहरू परिमार्जन गर्न पनि सुरु गरेको छ । यसले पैदल यात्रा गर्नेहरूलाई पैदल यात्रीहरूको पैदल संकेत प्राप्त गर्न बटन थिच्नु पर्ने आवश्यकतालाई हटाउनेछ । यस उपायले बटनका पुश गर्दा हुने अनावश्यक शारीरिक सम्पर्क घटाउँछ, उच्च-स्पर्श हुने सतहबाट भाइरस प्रसारणको सम्भावना कम गर्दछ । प्रत्येक संकेतका साथमा बहुभाषिक जानकारी चिन्हहरु परिमार्जित गरी स्थापित भइरहेको छ । मोविलिटि टीमले राज्यको स्वामित्वको पैदल संकेतहरूमा संकेतहरूको उपकरण अध्यावधिक अन्वेषण गर्दै हाल टचलेसमा परिवर्तन हुन सक्दैन त्यस्ता स्थानहरुमा पनि परिवर्तनहरू गर्न म्यासाच्युसेट्स् यातायात विभागको साझेदारीमा काम गरिरहेको छ ।

अन्तमा, समुदाय र स्थानीय व्यवसायहरूलाई सहयोग पुर्‍याउन र सुरक्षित रूपमा अझ बढी क्रियाकलापतिर संलग्न हुदै सार्वजनिक क्षेत्रका समस्याहरुको समाधानका लागी विशेष अन्वेषण चलिरहेको छ । सिटिको योजना, सार्वजनिक ठाउँ, सार्वजनिक विद्यालय, र पार्क र मनोरन्जन कर्मचारीहरूले यस महामारीको बखत घर बाहिरका गतिविधि बढाउन र बाहिरी व्यावसाय सञ्चालनका लागी सबै भन्दा राम्रो अभ्यासहरू र तिनको समिक्षा गर्दैछन् ।

थप जानकारी र कोभिड-१९ को नियमित अध्यावधिक जानकारीहरूको लागि, www.somervillema.gov/coronavirus मा हेर्नुहोस् र www.somervillema.gov/Alerts मा सिटिको अलर्ट फोन कल, पाठ, ईमेल लागि साइन अप गर्नुहोस् । साथै FB.com/SomervilleCity र @SomervilleCity लाई पनि पछ्याउनुहोस् ।

 

धन्यवाद ।


आईतबार मे २४, २०२०

समरभिल सिटि, म्यासाच्युसेट्स्,

स्मृति दिवस (मेमोरियल डे)

कृपया राष्ट्र सेवामा समर्पित भई राष्ट्रको लागि आफ्नो जीवन बलिदान प्रदान गर्ने समाजका स्वर्ण नक्षत्रहरू र उनिहरुका परिवारका सदस्यहरू जसले हाम्रो लागी आफ्ना खुसीको बलिदान गरेका छन उनीहरुको सम्मानका लागी सोमबार हामीसँग सहभागी हुनुहोस् ।

कोभिड-१९ का कारण समरभिलको स्मृति दिवस समारोह र अवलोकनका कार्यहरू सुरक्षित रुपमा सञ्चालन हुनु पर्दछ । मेयर जोशेफ ए. कर्टाटोनी र सिटि काउन्सिलका अध्यक्ष म्याट म्याक्लफ्लिन भि.एफ.डब्ल्यु. डिल्बोय पोस्ट ५२९ का मुख्य सैन्य अधिकारी बब हार्डि, डिजेवल अमिरकन भेट्रान च्याप्टर २७ को प्रतिनिधित्व गर्दै माइकल सुलिभन, अमेरिकन लिजीअन पोष्ट १९ का मुख्य सैन्य अधिकारी नर्मन फुर्टाडोका साथ स्थानीय भेट्रानहरु र साथीहरूको एक सानो समूहको साथ उपस्थित हुनेछन् । यस पटक गैर सार्वजनिक स्मृति दिवस र माल्यार्पण समारोह हुनेछ जुन सामाजिक दूरीको पालनाका साथ आयोजित हुनेछ र आम सर्वसाधारण जनताको लागि अभिलेखित गरी पछी प्रशारण गरिनेछ ।

समारोह हेर्न कृपया सोमबार सिटि वेबसाइट somervillema.gov का साथै सिटिका सामाजिक सञ्जाल (https://www.somervillema.gov/departments/communications/social-media, https://www.facebook.com/SomervilleCity, https://twitter.com/SomervilleCity  fb.com/SomervilleCity, र twitter.com/SomervilleCity) का एवं सिटी केबल टिभीमा पनि हेर्नसक्नु हुनेछ । सामुहिक प्रदर्शनका मार्गमा रहेका लठ्ठाहरुमा सामाजिक कार्य व्यावस्था विभाग (डि.पि.डब्ल्यु.) द्वारा तुल ब्यानरहरू पनि टाँगिनेछन् । यस महत्त्वपूर्ण दिनको अवसरमा हामी सबैलाई राम्रोसँग एकजुट पार्नको लागि सिटी केबल टिभी (आर.सी.एन. च्यानल १३ र ६१३ तथा कमकास्ट च्यानल २२) ले पनि बितेका वर्षहरूको स्मृति दिवस प्रदर्शनी समारोहहरूको २४/७ का श्रव्य दृश्य प्रशारण गरिरहनेछन् ।

धन्यवाद ।


आईतबार मे २४, २०२०

समरभिल सिटिको कोभिड-१९ को अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

थप संसाधनहरू एवं नियमित अद्यावधिक जानकारीको लागि कृपया somervillema.gov/covid19 मा पनि हेर्नुहोस् ।

ताजा समाचार:

·         समरभिल सिटिको कोभिड-१९ केस गणना: हिजो मे २३, २०२० को राती १०:०० बजे सम्म समरभिल सिटिका ८४१ जना बासिन्दाहरूको कोभिड-१९ को सकारात्मक परीक्षण भएको छ भने ती मध्ये ६२८ जनालाई पुर्ण निको भइसकेका छ, र दुर्भाग्यवस यहाँ २३ जनाको मृत्यु भएको छ । अधिक जानकारी https://somerville-dashboardcovid.trial.opendatasoft.com/pages/citysdashboard/ मा फेला पार्न सकिन्छ । कृपया नोट गर्नुहोस् कि यहाँ हामीलाई ज्ञात भएका केसहरू मात्र समावेश छन्, यो अनुमान गरिएको छ कि यहाँ रोगका सम्भावित लक्षण र लक्षणहरु एवं आधिकारिक रूपमा पत्ता नलगाइ कनै बिद्यमान रहेका हुन सक्छन् ।

·        कोभिड-१९ का कारण समरभिलको स्मृति दिवस समारोह र अवलोकनका कार्यहरू सुरक्षित रुपमा सञ्चालन हुनु पर्दछ । मेयर जोशेफ ए. कर्टाटोनी र सिटि काउन्सिलका अध्यक्ष म्याट म्याक्लफ्लिन भि.एफ.डब्ल्यु. डिल्बोय पोस्ट ५२९ का मुख्य सैन्य अधिकारी बब हार्डि, डिजेवल अमिरकन भेट्रान च्याप्टर २७ को प्रतिनिधित्व गर्दै माइकल सुलिभन, अमेरिकन लिजीअन पोष्ट १९ का मुख्य सैन्य अधिकारी नर्मन फुर्टाडोका साथ स्थानीय भेट्रानहरु र साथीहरूको एक सानो समूहको साथ उपस्थित हुनेछन् । यस पटक गैर सार्वजनिक स्मृति दिवस र माल्यार्पण समारोह हुनेछ जुन सामाजिक दूरीको पालनाका साथ आयोजित हुनेछ र आम सर्वसाधारण जनताको लागि अभिलेखित गरी पछी प्रशारण गरिनेछ ।

समारोह हेर्न कृपया सोमबार सिटि वेबसाइट somervillema.gov का साथै सिटिका सामाजिक सञ्जाल (https://www.somervillema.gov/departments/communications/social-media, https://www.facebook.com/SomervilleCity, https://twitter.com/SomervilleCity  fb.com/SomervilleCity, र twitter.com/SomervilleCity) का एवं सिटी केबल टिभीमा पनि हेर्नसक्नु हुनेछ । सामुहिक प्रदर्शनका मार्गमा रहेका लठ्ठाहरुमा सामाजिक कार्य व्यावस्था विभाग (डि.पि.डब्ल्यु.) द्वारा तुल ब्यानरहरू पनि टाँगिनेछन् । यस महत्त्वपूर्ण दिनको अवसरमा हामी सबैलाई राम्रोसँग एकजुट पार्नको लागि सिटी केबल टिभी (आर.सी.एन. च्यानल १३ र ६१३ तथा कमकास्ट च्यानल २२) ले पनि बितेका वर्षहरूको स्मृति दिवस प्रदर्शनी समारोहहरूको २४/७ का श्रव्य दृश्य प्रशारण गरिरहनेछन् ।

·        स्मृति दिवसको संझनामा: सोमबारको छुट्टीको कारण रद्दीटोकरी र पुनःप्रयोग योग्य सामाग्री संकलनका लागी एक हप्ताको ढिलाइ हुनेछ र सोमबार मे २५, २०२० मा कुनै सडक सफाई हुनेछैन ।

·        स्मृति दिवस सुरक्षा: म्यासाच्युसेट्स् यातायात विभागले सर्वसाधारणलाई यस स्मृति दिवस सप्ताह अन्त्यमा घरमै बस्न र राज्य सरकारका गभर्नरको घरमै रहने सल्लाहकारको सुरक्षा घोषणाको पालन गर्न सल्लाह दिएको छ जुन अन्य मार्गनिर्देशनहरूको साथमा भनिएको छ, “सबै बासिन्दाहरूले स्वास्थ्य सेवा, पूजा र अनुमति प्राप्त कार्यहरु जस्तै किनमेल, काम, र बाहिरी गतिविधिहरूका लागि मात्र घर छोड्नु पर्छ ।" भाइरस अझै हामीहरुका विच बाँकी नै छ । कृपया घरमा सुरक्षित बस्न तयार पारिएको मार्गदर्शन पढ्नुहोस् र यसलाई आफु तथा आफ्ना प्रियजनहरू, नर्सहरू, ईएमटीहरू, र डाक्टरहरू, साथै आफ्नो समुदायलाई बचाउनको लागि पनि ध्यान दिनुहोस् । । समरभिल स्वास्थ्य विभागले आग्रह गर्दछ कि तपाईले आफ्नो परिवारमा बस्ने व्यक्ति बाहेक अरु कसैसँग पनि सामाजिक सम्बन्ध राख्नु हुँदैन । यदि तपाईं अरूहरूसँग भेला हुन चाहनु हुन्छ भने कृपया कोभिड-१९ प्रसारणको जोखिम कम गर्नका लागि यी महत्त्वपूर्ण सुझावहरूको समीक्षा गर्नुहोस् ।

·        सडक सफागर्ने/बढार्ने कार्यको चरणबद्ध तालिका सुरू हुँदैछ: सोमबार जुन १, २०२० देखि सडक बढार्ने सफा गर्ने कार्य नियमित तालिकामा फर्किनेछ । जून १ सम्म हामी सबैलाई स्वैच्छिक अनुपालनको लागि अनुरोध गरिरहेका छौं । सोमबार जुन १, २०२० पछी पार्किगं नियन्त्रण अधिकारीहरूले सडक सफा गर्ने नियम पालना नगर्दा टिकट जारी गर्न थाल्नेछन् । सडक सफा गर्दा सडकमा रहेका फोहोरहरु हटाईने छ अन्यथा यसले आँधी हावाहुरी पानी पर्दा नालीहरू बन्द गर्न सक्छन् र बाढी आउन जोखिम बढाउन सक्छ । त्यसोहुदां तपाईको सवारी साधन सारिदिनु भएमा त्यो सराहनीय हुनेछ । तपाईंको सडकमा राखिएका चिन्हहरू राम्रोसँग हेर्नुहोस् वा तपाईंको सडक सफाई तालिकाको लागि somervillema.gov/sweeper मा हेर्नुहोस् । कोभिड-१९ को कारण अलग बस्न आदेश दिइएका व्यक्ति जो आफ्नो कार सार्न असमर्थ छन् तिनिहरुको लागी फरक नीतिहरु विकास गरिदैछ ।

·        सार्वजनि स्ट्रिट्स पायलट प्रोग्राम समरभिलमा छिट्टै सुरुहुदै: अन्तर्राष्ट्रिय उत्तम अभ्यास र समरभिल सिटिको अधिक सामाजिक दूरीकाका साथ अनुकूल सार्वजनिक स्वास्थ्य आवश्यकताहरूका आधारित हिड्ने र साइकल यात्रा गर्ने थप मार्गहरू प्रदान खोल्ने प्रयासमा सिटि मोविलिटी टीमले सार्वजनिक स्ट्रीट पायलट प्रोग्राम योजना विकसित गरिरहेको छ । मे महिनाको अन्त्य सम्ममा पहिलो सार्वजनिक मार्ग तयार हुनेछ र अधिक गर्मीयाम भरिमा शहरव्यापी यसको अनुसरण गरिनेछ । सार्वजनिक स्ट्रिट्स कम-संख्यामा आवासीय साइड-स्ट्रिटहरू पैदल यात्रीहरू, साइकल चालकहरू, र अन्य प्रयोगकर्ताहरूको लागि खोलिने छन् त्यस पश्चात अन्य सवारीहरूलाई अनुमति दिँदै लगिनेछ । सार्वजनिक स्ट्रिट्सले बासिन्दाहरूलाई खाद्यान्न, स्वास्थ्य सेवा, वा अन्य आवश्यकताहरूको लागि आवश्यक यात्रा गर्न सुरक्षित विकल्पहरू प्रदान गर्दछ, साथै अन्य नयाँ मार्गहरूको प्रयोथमा पनि सहयोग प्रदान गर्दछ । यस बाटोमा राखिएका चिन्हहरु र साना अवरोधहरू सबै प्रयोगकर्ताहरूलाई सुरक्षित रहन सचेत राख्नको लागि प्रयोग गरिनेछन् । समरभिलको यस पायलट प्रोग्राम कार्यक्रमले अस्थायी सामग्रीहरू प्रयोग गर्दछ जुन हाम्रो अनुभवको आधारमा परिमार्जन गर्न सकिन्छ । यस सम्बन्धि थप जानकारी आउदै जानेछ । योजना गरिएको मार्गहरूको एक पूर्ण नक्शा र कार्यक्रम हेर्न, https://somervoice.somervillema.gov/covid19mobility भ्रमण गर्नुहोस् । मार्गहरू लागू भएदेखि, समरभ्वाइस साइटमा प्रतिक्रिया बुझाउन सकिन्छ ।

·        कोभिड-१९ को नि: शुल्क परीक्षण: समरभिलका बासिन्दाहरूको निःशुल्क कोभिड-१९ परीक्षणको लागि साइन अप गर्न https://www.somervillema.gov/covid19 मा वा (६१७)६६५-२९२८ मा सोमबार देखि शुक्रवार सम्म बिहान ८:३० बजे देखि साँझ ४:०० बजे सम्म फोन गर्नुहोस् । यसका लागी तपाईंसँग रोगको लक्षणहरू वा डाक्टरको शिफारिस हुनु आवश्यक छैन ।

आजको सहयोग युक्ति: समरभिल सार्वजनिक पुस्तकालयका कार्यक्रमहरू मार्फत अरूसँग सम्पर्क गर्नुहोस्

यदि तपाइँ केहि रमाईलो चीजहरूको लागि खोजी गर्दै हुनुहुन्छ वा तपाइँ आफ्ना विचार वा रुचिहरू साझा गर्ने अरूसँग वस्तुतः जडान गर्ने तरिकाहरूको खोजिमा हुनुहुन्छ भने समरभिल पब्लिक लाइब्रेरीको भर्चुअल प्रोग्राम https://www.somervillepubliclibrary.org/programs-events/virtual-programs

पृष्ठमा तपाइँको मनपर्ने कुन कार्यक्रहरू एस.पी.एल. डिजिटल रूपमा भइरहेको छ भनेर हेर्न सक्नुहुनेछ । केही प्रस्तावहरूमा ई.एस.एल.-कुराकानीहरू, पुस्तक-समूहहरू, कथा-समयहरू, नागरिकता-वर्गहरू, र कविता-छलफलहरू समावेश छन् ।

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: कान सुन्न नसक्ने व्यक्तिहरूका लागि कोभिड-१९ संचार सहयोग

कान सुन्न र सुन्नका लागी समस्या भएकाका लागी म्यासाचुसेट्स आयोगले सुन्न गाह्रो भएका व्यक्ति र बिरामीहरुलाई https://www.mass.gov/doc/covid-19-card/download

अस्पतालका कर्मचारीहरु, चिकित्साकर्मीहरु, पहिलो प्रतिक्रियाकर्ता, र सेवा प्रदायकहरुसंग कुरा गर्न मद्दत गर्न एक कोभिड-१९ संचार कार्ड प्रदान गरेको छ ।

 

धन्यवाद ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न,

समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।


शुक्रबार मे २२, २०२०

समरभिल सिटिको कोभिड-१९ अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू

थप संसाधनहरू एवं नियमित अद्यावधिक जानकारीको लागि कृपया somervillema.gov/covid19 मा पनि हेर्नुहोस् ।

ताजा समाचार:

·         समरभिल सिटिको कोभिड-१९ केस गणना: हिजो मे २१, २०२० को राती १०:०० बजे सम्म समरभिल सिटिका ८२९ जना बासिन्दाहरूको कोभिड-१९ को सकारात्मक परीक्षण भएको छ भने ती मध्ये ५९५ जनालाई पुर्ण निको भइसकेका छ, र दुर्भाग्यवस यहाँ २३ जनाको मृत्यु भएको छ । अधिक जानकारी https://somerville-dashboardcovid.trial.opendatasoft.com/pages/citysdashboard/ मा फेला पार्न सकिन्छ । कृपया नोट गर्नुहोस् कि यहाँ हामीलाई ज्ञात भएका केसहरू मात्र समावेश छन्, यो अनुमान गरिएको छ कि यहाँ रोगका सम्भावित लक्षण र लक्षणहरु एवं आधिकारिक रूपमा पत्ता नलगाइ कनै बिद्यमान रहेका हुन सक्छन् ।

·        सडक सफागर्ने/बढार्ने कार्यको चरणबद्ध तालिका सुरू हुँदैछ: सोमबार जुन १, २०२० देखि सडक बढार्ने सफा गर्ने कार्य नियमित तालिकामा फर्किनेछ । जून १ सम्म हामी सबैलाई स्वैच्छिक अनुपालनको लागि अनुरोध गरिरहेका छौं । सोमबार जुन १, २०२० पछी पार्किगं नियन्त्रण अधिकारीहरूले सडक सफा गर्ने नियम पालना नगर्दा टिकट जारी गर्न थाल्नेछन् । सडक सफा गर्दा सडकमा रहेका फोहोरहरु हटाईने छ अन्यथा यसले आँधी हावाहुरी पानी पर्दा नालीहरू बन्द गर्न सक्छन् र बाढी आउन जोखिम बढाउन सक्छ । त्यसोहुदां तपाईको सवारी साधन सारिदिनु भएमा त्यो सराहनीय हुनेछ । तपाईंको सडकमा राखिएका चिन्हहरू राम्रोसँग हेर्नुहोस् वा तपाईंको सडक सफाई तालिकाको लागि somervillema.gov/sweeper मा हेर्नुहोस् । कोभिड-१९ को कारण अलग बस्न आदेश दिइएका व्यक्ति जो आफ्नो कार सार्न असमर्थ छन् तिनिहरुको लागी फरक नीतिहरु विकास गरिदैछ ।

·        यस हप्ता म्यासाचुसेट्स हेल्थ कनेक्टर मार्फत बीमाको लागि साइन अप गर्ने अन्तिम मिति: बीमा नभएको बासिन्दाले स्वास्थ्य बीमाको लागि अब आवेदन दिनुपर्दछ । म्यासाचुसेट्स हेल्थ कनेक्टरले स्वास्थ्य विमाको जुन १ देखि शुरुवातिका लागी मे २३ सम्ममा र जुलाई शुरुवतिका लागी मे २५ सम्ममा आफ्नो नामांकन गर्नका लागि समयावधि विस्तार गरिसकेको छ । तपाईं निम्न परिस्थितिहरूमा कुनै पनि समयमा स्वास्थ्य विमाको फाराम भर्न योग्य हुन सक्नुहुन्छ:

o   तपाईंले जीवनमा भएका परिवर्तनहरु जस्तै बच्चाको जन्म वा कुनै अन्य वालबच्चालाई धर्मपुत्र/धर्मपुत्रीका रुपमा लिईएको, विवाह, अध्यागमन स्थितिमा परिवर्तन, निवासमा परिवर्तन, वा न्यूनतम आवश्यक विमा सुरक्षा गुमाएको परिस्थितिमा जहिलु सुकै विमाका लागी आवेदन गर्न सक्नुहुन्छ ।

o   तपाईं स्वास्थ्य विमा सुरक्षाको लागि मासहेल्थ, कनेक्टरकेयर, बाल चिकित्सा सुरक्षा योजना (सी.एम.एस.पी.), वा हेल्थ नेट मार्फत स्वास्थ्य विमाको लागि योग्य हुनुहुन्छ जहिलु सुकै विमाका लागी आवेदन गर्न सक्नुहुन्छ ।

o   तपाईं दाँतको विमा योजनाको लागि आवेदन दिँदै हुनुहुन्छ भने जहिलु सुकै विमाका लागी आवेदन गर्न सक्नुहुन्छ ।

थप जानकारी mahealthconnector.org मा पाउन सकिन्छ ।

कोभिढ-१९ को नि: शुल्क परीक्षण: समरभिलका बासिन्दाहरूको निःशुल्क कोभिड-१९ परीक्षणको लागि साइन अप गर्न https://www.somervillema.gov/covid19 मा वा (६१७)६६५-२९२८ मा सोमबार देखि शुक्रवार सम्म बिहान ८:३० बजे देखि साँझ ४:०० बजे सम्म फोन गर्नुहोस् । यसका लागी तपाईंसँग रोगको लक्षणहरू वा डाक्टरको शिफारिस हुनु आवश्यक छैन ।

आजको सहयोग जानकारी: मे २९, २०२० सम्ममा ईन्धन सहयोगको लागि आवेदन दिनुहोस्

ईन्धन सहयोगका लागि आवेदन दिनको लागि विस्तारित म्याद शुक्रवार मे २९, २०२० सम्म कायम छ । अप्रिल ३०, २०२० भन्दा अघि आय वा घरको आकार परिवर्तन भएको परिवारहरूले मानव सेवा कार्यक्रम विभागमा सहयोगका योग्यताका लागी समीक्षा गर्न अनुरोध गर्न सक्नेछन् । क्याम्ब्रिज सिटिले क्याम्ब्रिज र समरभिल सिटिका लागि ईन्धन सहयोग कार्यक्रम चलाउदै आएको छ । यसमा आवेदनका लागी (६१७)३४९-६२५२ मा फोन गरी सन्देश छोड्नुहोस् ।

धन्यवाद ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न,

समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।


महत्वपूर्ण आर्थिक कार्य पुनःसुचारु हुने खवरका साथ भर्चुअल टाउन हल

 

समरभिल सिटिले आर्थिक व्यावस्था पुन:सञ्चालन पहिलो चरणको तालिका तयार गरेको छ (यस ईमेलको अन्त्यमा पूर्ण घोषणा हेर्नुहोस्):

आज सिटिले घोषणा गर्‍यो कि यसले सोमबार जुन १, २०२० देखि सिटि भित्रका व्यावसायीक परिसरमा हुने व्यवसायहरू, कार्यालयहरू, र केही पर्सनल सर्भिस कार्यालयहरुको पुनर सञ्चालनका लागि मिति तय गरेको छ । जुन १, २०२० मा  सिटि र राज्यको कार्यहरु पुन:सञ्चालनको काम ठूलो हदसम्म पुरा हुनेछ, समरभिल सिटिले पहिले निर्दिष्ट गरेका कार्यतालिकामा चरणबद्व सुरु गर्ने क्रममा रहनेछन भन्ने प्रमुख भिन्नताका रुपमा पूजा स्थलहरूमा १० भन्दा बढी मानिस जम्मा नहुनेगरी सीमित हुनेछन । कपाल सैलुन/नाई पसलहरू यसका स्थानीय मालिकहरूसँग परामर्श गरी सुरक्षिका अभ्यासहरूको सम्बन्धमा वृहद छलफल गरी जूनको शुरुमा खुल्नेछन् । यस अतिरिक्त यस अवधिमा कोभिड-१९ परीक्षणको मात्रालाई बढाई घुम्ति टोलीको समेत व्यावस्था गर्दै थप परिक्षणको क्षमता बढाई अनुमतिको दायरा समेत बढाई स्थानीय रुपमा केस संख्याहरूलाई स्थीर तथा निरन्तर घटाउदै लानका लागी प्रयास गर्दै सामाजिक गतिविधि बढाउदै लगिनेछ । भोली आर्थिक विकास कार्यालयका कर्मचारीहरुले हेयर ड्रेसर/नाइहरूका धारणा सुन्नको लागि एक भर्चुअल बैठक आयोजना गर्ने छ । थप जानकारीको लागि यहाँ https://www.eventbrite.com/e/covid-19-business-check-in-tickets-100547751030 मा हेर्नुहोस् ।

कोभिड-१९ को बारेमा छलफलका लागी आउँदो भर्चुअल टाउन हल बैठकमा भाग लिनुहोस्: मेयर जोशेफ ए. कर्टाटोनी र सिटिका कर्मचारीको साथ आउँदो भर्चुअल टाउन हल बैठकहरूमा हामीहरुसँग सामेल हुनुहोस् जहाँ तपाईं कोभिड-१९ का स्थानीय प्रभावहरू र यसमा सिटिको योजनाहरुको बारेमा जान्न सक्नुहुन्छ । तपाईं या त जूम भिडियो कल मार्फत वा फोन कल मार्फत प्रत्यक्ष भाग लिन सक्नुहुन्छ, वा अग्रिम प्रश्नहरू पेश गर्न एवं सिटी केबल टिभीमा https://www.somervillema.gov/departments/communications-and-community-engagement/somerville-city-cable यसको प्रत्यक्ष प्रशारण हेर्न सक्नुहुन्छ (आर.सी.एन. च्यानल १३ र ६१३ तथा कम्कास्टमा च्यानल २२)। बैठकहरू पनि अभिलेखित पनि गरिनेछ र सिटिको युट्युब च्यानल https://www.youtube.com/user/SomervilleCityTV र सिटी केबल टिभीमा पुनः प्रसारण गरिनेछ । कसरी भाग लिने भन्ने बारे थप जानकारीको लागि, somervillema.gov/virtualtownhall मा हेर्नुहोस् । यहाँ आगामी बैठकहरूका बारेमा थप जानकारीहरु उपलब्ध छन्:

o   अभिभावक टाउन हल – आज बिहिबार मे २१, २०२० मा साँझ ७:०० बजे देखि ८:०० बजे सम्म

o   युवा टाउन हल - मिति घोषणा गर्न बाँकी (किशोर/किशोरी र उच्च विद्यालय विद्यार्थीहरूको लागि)


मंगलवार मे २०, २०२०

कोभिड-१९ अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

थप संसाधनहरू एवं नियमित अद्यावधिक जानकारीको लागि कृपया somervillema.gov/covid19 मा पनि हेर्नुहोस् ।

ताजा समाचार:

  • समरभिल सिटिको कोभिड-१९ केस गणना: आज मे २०, २०२० को बिहान ९:०० बजे सम्म समरभिल सिटिका ८०८ जना बासिन्दाहरूको कोभिड-१९ को सकारात्मक परीक्षण भएको छ भने ती मध्ये ५८९ जनालाई पुर्ण निको भइसकेका छ, र दुर्भाग्यवस यहाँ २३ जनाको मृत्यु भएको छ । अधिक समरभिल जानकारी . https://somerville-dashboardcovid.trial.opendatasoft.com/pages/citysdashboard/ मा फेला पार्न सकिन्छ ।
  • समरभिल सिटिको पुनःसुचारु हुने समयावधि: समरभिल पुनःसुचारु पार्ने समयावधि राज्य सरकारका राज्यपाल चार्ली बेकरले हिजो घोषणा गरेको राज्यव्यापी योजना भन्दा केही फरक रहेको छ । राज्य योजनाका केहि विषयहरूलाई तुरुन्तै लागू गरिनेछ, केही परिमार्जन गरिनेछ र केहीको कामदारहरू र यहाँका बासिन्दाहरूलाई राम्ररी सुरक्षा दिने र यस रोगको सम्भावित दोस्रो आक्रमणबाट स्थानीय आर्थिक अवस्थालाई दिगो र अझ राम्रो गरी पुन:स्थापित गर्नेगरी समीक्षा भैरहेको छ । थप जानकारी आउने दिनमा जति सक्दो चाँडो सार्वजनिक गरिनेछ । समरभिल सिटिले यस पुन:सुचारु गर्ने समयावधिका खास विषयहरू यस प्रकार छन्:

o   समरभिल सिटिले दुई हप्ता अघि घोषणा गरेको योजना अनुसार मे १८, २०२० बाट अत्यावश्यक सेवा बाहेकका निर्माण व्यावसाय पुनःसुचारु भएकोछ । https://www.somervillema.gov/news/somerville-announces-timeline-phased-construction-restart-under-strict-covid-safety-protocols

o   अस्पताल र मेडिकल सेवा सुविधाहरू प्रदायकहरुले मे १८, २०२० बाट उच्च प्राथमिकतामा रहेका रोग रोकथाम तथा हेरचाह सेवा पुनःसुचारु गर्नेछन् । अन्य मेडिकल प्रदायकहरूले राज्यले तोकेको समयावधी र सुरक्षा दिशानिर्देशहरू अधिनमा रही सोमबार मे २५, २०२० बाट अन्य सेवाहरू पुनःसुचारु गर्नेछन् ।

o   कर्बसाइड खुद्रा व्यावसाय पनि राज्य योजना अनुरुपनै सोमबार मे २५, २०२० बाट पुनःसुचारु हुनेछन् ।

o   माथी उल्ल्खित बाहेक अन्य सबै विषयका पुन:सुचारू हुने व्यावसाय वा कार्य योजनाहरु राज्यद्वारा जारी योजनाको मूल्यांकन गर्ने अवधिसम्म सिटिले अस्थायी रूपमा स्थगन गरेको छ ताकि ती पुन:सुचारु गर्नु योजनाहरू हाम्रो समुदायका लागि व्यावहारिक र सुरक्षित छन् भनी सुनिश्चित गर्न सकियोस् । उदाहरणका लागी यसमा कपाल काट्ने सैलुन, पूजा घर, र खेल मैदान समावेश छन् ।

·          कोभिड-१९ को बारेमा छलफलका लागी आउँदो भर्चुअल टाउन हल बैठकमा भाग लिनुहोस्: मेयर जोशेफ ए. कर्टाटोनी र सिटिका कर्मचारीको साथ आउँदो भर्चुअल टाउन हल बैठकहरूमा हामीहरुसँग सामेल हुनुहोस् जहाँ तपाईं कोभिड-१९ का स्थानीय प्रभावहरू र यसमा सिटिको योजनाहरुको बारेमा जान्न सक्नुहुन्छ । तपाईं या त जूम भिडियो कल मार्फत वा फोन कल मार्फत प्रत्यक्ष भाग लिन सक्नुहुन्छ, वा अग्रिम प्रश्नहरू पेश गर्न एवं सिटी केबल टिभीमा https://www.somervillema.gov/departments/communications-and-community-engagement/somerville-city-cable

यसको प्रत्यक्ष प्रशारण हेर्न सक्नुहुन्छ (आर.सी.एन. च्यानल १३ र ६१३ तथा कम्कास्टमा च्यानल २२)। बैठकहरू पनि अभिलेखित पनि गरिनेछ र सिटिको युट्युब च्यानल https://www.youtube.com/user/SomervilleCityTV

र सिटी केबल टिभीमा पुनः प्रसारण गरिनेछ । कसरी भाग लिने भन्ने बारे थप जानकारीको लागि, somervillema.gov/virtualtownhall मा हेर्नुहोस् । यहाँ आगामी बैठकहरूका बारेमा थप जानकारीहरु उपलब्ध छन्:

o   सामुदायिक टाउन हल - मंगलबार मे १९, २०२० मा साँझ ७:०० बजे देखि ८:०० बजे सम्म (सर्वसाधारणका लागि)

o   अभिभावक टाउन हल - बिहिबार मे २१, २०२० मा साँझ ७:०० बजे देखि ८:०० बजे सम्म

o   युवा टाउन हल - मिति घोषणा गर्न बाँकी (किशोर/किशोरी र उच्च विद्यालय विद्यार्थीहरूको लागि)

·          कोभिढ-१९ को नि: शुल्क परीक्षण: समरभिलका बासिन्दाहरूको निःशुल्क कोभिड-१९ परीक्षणको लागि साइन अप गर्न https://www.somervillema.gov/covid19 मा वा (६१७)६६५-२९२८ मा सोमबार

देखि शुक्रवार सम्म बिहान ८:३० बजे देखि साँझ ४:०० बजे सम्म फोन गर्नुहोस् । यसका लागी तपाईंसँग रोगको लक्षणहरू वा डाक्टरको शिफारिस हुनु आवश्यक छैन ।

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: जब सम्पर्क अन्वेषकहरुले फोन गर्छन् तब के हुन्छ?

यदि तपाईं कोभिड-१९ का लागि सकारात्मक परीक्षण भएको छ भने, तपाईं राज्यको सम्पर्क अन्वेषण टोलीको सदस्यबाट कल प्राप्त गर्नुहुनेछ । तपाईंले त्यस्ता फोन कल उठाएर तिनीहरूको प्रश्नहरूको जवाफ सहि रूपमा दिन सक्नुहुनेछ जसले गर्दा कोभिड-१९ प्रभावित व्यक्तिका सम्पर्कमा आएका हुन अन्यलाई सूचित गरी उनिहरुको समेत परीक्षण गरी रोग फैलन नदिन महत्वपुर्ण भूमिका निर्वाह गर्न सकिन्छ । सम्पर्क अन्वेषकहरूले केवल तपाईंको नाम र तपाईंको घनिष्ठ सम्पर्क भएका व्यक्तिको पहिचान एवं सम्पर्क फोन नम्बर सोध्नेछन्, साथै तपाँईलाई तपाईंलाई तपाँईको उपचार वा अलग्गै बसिरहेको अवस्थामा थप संसाधनहरू आवश्यक पर्दछ भन्ने बारे जानकारी लिनेछन् । तिनीहरूले तपाँईसँग तपाँईको सामाजिक सुरक्षा नम्बर (एस.एस.एन.), स्वास्थ्य बीमा जानकारी, वित्तीय जानकारी, वा आप्रवास स्थितिको बारेमा केहि पनि सोध्दैनन् । तपाँईले जानकारी दिएका व्यक्तिहरुसँग सम्पर्क गरी कुरा गर्दा तिनीहरूले तपाईंको नाम एवं अन्य जानकारीका बारे उनीहरुसँग कुरा गर्दैनन् । यसका साथै उनीहरूले तपाईंको आप्रवासन सम्बन्धी कुनै पनि जानकारीहरु आईस (आई.सी.ई.) अधिकारीहरूलाई उपलब्ध गराउने छैनन् । यहाँ निम्न कुराहरुको अपेक्षा गर्न सकिन्छः

·        म्यासाच्युसेट्स् कोभिड-१९ अन्वेषण टोलीले कोभिड-१९ को लागि सकारात्मक परिक्षण गरिएको वा यो रोग लागेको छ सबैलाई फोन गर्दछन् । यसका लागी तपाँईलाई फोन नं.(८३३)६३८-१५८५ वा (८५७)३०५-२७२८ हरुबाट फोन आउनेछ । तपाईको फोनमा "MA COVID Team" भनेर पनि देखाउन सक्छ । फोन कलहरू बिहान ८:०० बजे देखि साँझ ८:०० बज सम्म आउनेछन् र तपाँईले यसको जवाफ दिनु अति महत्त्वपूर्ण छ ।

·        फोन कलको बखत केस अन्वेषकले तपाईंलाई रोगको लक्षणहरू देखिनु भन्दा ४८ घण्टा अघि देखिको अवधिमा तपाईंले ६ फिट भित्रका दुरीमा भेट गरिएका सबै व्यक्ति र भ्रमण गरेको स्थानहरूको सूचीका बारेमा सोध्नेछन् । साथै तपाँईसँग सम्पर्क भएका तर कुनै लक्षण नदेखिएता पनि ४८ घण्टा अघि भेटघाट भएका सबैको सम्पर्कहरु समावेश गर्नुहोस् । केस अन्वेषकले तपाईंले पहिचान गरेको कुनै पनि व्यक्तिको फोन नम्बर पनि सोध्न सक्नेछन् ताकि उनीहरू सहजै गर्न स्थापना गरी उनीहरूलाई सम्भावित सङ्क्रमणको अग्रिम सूचित गर्न सकियोस् ।

·        केस अनुसन्धानकर्ताले यस समय अवधिमा तपाईंलाई कुनै पनि आवश्यक सहयोग चाहिएको भएमा सो बारेमा समेत छलफल गर्नेछ र तपाईंलाई यससँग सम्बन्धित व्यक्तिसँग समन्वय पनि गराउनेछन्, जसले तपाईंलाई आवश्यक सहयोग प्राप्त गर्न मद्दत गर्दछन ।

·        म्यासाच्युसेट्स् कोभिड टोलीले तपाइँले सम्पर्क प्रदान गर्नु भएका व्यक्तिहरूलाई फोन सम्पर्क गरी उनीहरुलाई रोगको सम्भावनाको जानकारी दिई पालना गर्नु पर्ने अन्य चरणहरुका बारेमा बताउँछन् । तिनीहरूले तपाईंको नाम र परिचयको जानकारी दिने छैनन्।

·         केस अन्वेषक र/वा समरभिल सार्वजनिक स्वास्थ्य बोर्डका नर्सहरूले तपाइँका रोगका लक्षणहरू र आवश्यकताहरूको नियमित जाँच तथा अनुगमन गर्दछन् । तपाईको उपचारका अवधिमा तपाँईलाई सिफारिशहरू र सहयोगम पहुँचका लागी साहयोग गर्नेछन् र साथै रिकभरी इन, परामर्श सेवा, खाना पहुँच, र अन्य आवश्यकताहरूका बारेमा जानकारी उपलब्ध गराउनेछन् ।

 

धन्यवाद ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न,

समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।


मंगलबार मे १८, २०२०

तत्काल रिलीजको लागि

सम्पर्क: नताशा पेरेज (६१७)५०४-७४२८, Media@somervillema.gov

 

समरभिल सिटिले सिटि भित्रका काम कारवाही पुनःसुचारु गर्नको लागी

राज्य भन्दा बढी सतर्कता अवधी निर्धारित गरेको छः

 

निर्माण व्यावसाय, अस्पताल र चिकित्सा सेवाहरू, र कर्बसाइड खुद्रा व्यावसाय

पुनःसुचारु गर्ने राज्यको समयावधी

 

राज्यद्वारा जारी पुनरःनिर्माण योजनाको कार्यान्वयन हुनुभन्दा पहिले कोभिड-१९ का प्रभावहरुमा क्षेत्रीय भिन्नताहरु उद्धृत गर्दै विज्ञहरुका चेतावनी र कामदारका हक हितको संरक्षण जस्ता मुद्दाहरुमा सिटिको आफ्नो समिक्षा सहित अझ स्पष्ट हुनु आवश्यक छ ।

समरभिल, म्यासाच्यूसेट्स् - पहिले घोषणा गरिए अनुसार समरभिल सिटिले गभर्नर चार्ली बेकरले घोषणा गरेको पुनःसुचारु गर्ने समयावधिको सामान्य निर्देशनभन्दा अफिक फरक योजना लागु गर्नेछ । पहिलो,  राज्यले घोषणा गरेका केहि योजना तत्काल लागू गरिनेछन्, केहि परिमार्जन गरिनेछन् र केहिको थप मूल्यांकन गरिनेछ र मजदुरहरू एवं बासिन्दाहरूलाई सम्भावित कोरोनाभाइरसको प्रसार वा वृद्धिबाट उचित सुरक्षा प्रदान हुने सुनिश्चित गरिने छ । दोस्रो, यो रोगबाट प्रभावित स्थानीय आर्थिक अवस्थामा सम्भावित सुधार गर्दै  यसबाट पछी पर्न सक्ने गम्भिर आर्थीक समस्याको रोकथा गर्ने प्रयास गरिने छ ।

 

समरभिल सिटि भित्र सुचारु हुने वा नहुने खास विषयहरु:

·          समरभिल सिटिले दुई हप्ता अघि घोषणा गरेको योजना अनुसार आजबाट अत्यावश्यक सेवा बाहेकका निर्माण व्यावसाय पुनःसुचारु हुँदैछ ।

·          अस्पताल र मेडिकल सेवा सुविधाहरू प्रदायकहरुले आजबाट उच्च प्राथमिकतामा रहेका रोग रोकथाम तथा हेरचाह सेवा पुनःसुचारु गर्नेछन् । अन्य मेडिकल प्रदायकहरूले राज्यले तोकेको समयावधी र सुरक्षा दिशानिर्देशहरू अधिनमा रही सोमबार मे २५, २०२० बाट अन्य सेवाहरू पुनःसुचारु गर्नेछन् ।

·          कर्बसाइड खुद्रा व्यावसाय पनि राज्य योजना अनुरुपनै ​​सोमबार मे २५, २०२० बाट पुनःसुचारु हुनेछन् ।

·          माथी उल्ल्खित बाहेक अन्य सबै विषयका पुन:सुचारू हुने व्यावसाय वा कार्य योजनाहरु राज्यद्वारा जारी योजनाको मूल्यांकन गर्ने अवधिसम्म सिटिले अस्थायी रूपमा स्थगन गरेको छ ताकि ती पुन:सुचारु गर्नु योजनाहरू हाम्रो समुदायका लागि व्यावहारिक र सुरक्षित छन् भनी सुनिश्चित गर्न सकियोस् । उदाहरणका लागी यसमा कपाल काट्ने सैलुन, पूजा घर, र खेल मैदान समावेश छन् ।

 

"हाम्रो लक्ष्य राज्यपाल र राज्य पुनःसुचारु सल्लाहकार बोर्डले गरेको राम्रा निर्णयहरु कार्यान्वयन गर्नु हो र हाम्रो पुनरःनिर्माणको प्रत्येक विषय सफलतापूर्वक कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरा सुनिश्चित गर्नु हो," मेयर जोसेफ ए कर्टाटोनीले भने । “हामीलाई बारम्बार विज्ञहरूद्वारा भनिएको छ कि हामी व्यक्तिहरूको ठूलो जमघटको बारेमा अत्यन्त सतर्क हुनुपर्दछ र सम्भव भएसम्म मानवीय घनिष्ट सम्पर्कलाई सीमित गर्नुपर्दछ । हामीले यो पनि ध्यानमा राख्नुपर्दछ कि हामीलाई यो रोग नियन्त्रण गर्नका लागी अझ धेरै अवधि लाग्न सक्छ । सिटिको सघन जनजीवनिय वातावरणमा हामीले गर्ने प्रत्येक कार्यहरूलाई होशियारीका साथ विचार गर्नु आवश्यक छ । त्यसकारण हामी हाम्रा श्रमिक/मजदुरहरू र विभिन्न धार्मिक आराधना गर्ने आराधकहरू सुरक्षित रूपमा ती गतिविधिहरूमा फर्कन सकुन भनी सुनिश्चित गर्न थप लगनशीलताका साथ काम गर्दै आएका छौं । ”

 

सिटिका अधिकारीहरू पहिले नै कमजोर जटिल स्वास्थ्य अवस्था भएका समुदायहरूमा अझ घातक परिणामहरू आउन सक्ने सम्भावनालाई समता र निष्पक्षताका आधारमा ध्यान केन्द्रित गरिरहेका छन् । यसमा पहिलो, हाम्रा नीति कार्यान्वयनका सवालमा गुनासो एवं धारणा के छ भन्ने कुरामा केन्द्रित हुनु आवश्यक छ, कामदारहरू र उपभोक्ताहरूले आफ्ना समस्या र चिन्ता कसरी सम्बन्धित निकायमा पुर्याउने भनेर जान्नु आवश्यक छ र यदि तिनीहरूले त्यसो गरेको अवस्थामा बदला लिनका लागी तिनीहरूका विरुद्व हुन सक्ने अवस्थाबाट कसरी उनिहरुलाई सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त हुन प्रयास भई रहेको छ । फर्केका कामदारहरूको लागि पर्याप्त परीक्षण, सुरक्षित सार्वजनिक निकाश, बिरामी बिदाको उचित व्यावस्था, सुरक्षा उपकरणमा पहुँच, र राज्यले कस्तो किसिमको सहयोगको गरिरहेको छ भन्ने विषयमा सिटिले समीक्षा गरिरहेको छ र यस सम्बन्धमा आवश्यक थप विषयहरूमा नयाँ प्रस्तावहरु पनि गर्नुका साथै त्यसको उचित निगरानी समेत गरिरहेको छ ।

 

मेयर कर्टाटोनीले भने, "हामीले यो सुनिश्चित गर्नुपर्दछ कि हाम्रो व्यवसायी, श्रमिकहरू, पूजा घरहरूको प्रयोथ गर्ने नागरिकहरु, र परिवारहरूसँग पुनःसुचारु हुनका लागी र उनीहरू सुरक्षित रहनका लागी अनुसरण गर्नु पर्ने सबै आवश्यक तयारीका सम्बन्धमा आवश्यक सहयोग र जानकारी उपलब्ध छ वा छैन ।" "हामी विज्ञहरूले चेतावनी दिइरहेको यस रोगबाट धेरैले ज्यान गुमाउन सक्ने र हाम्रो आर्थिक सुधारमा अवरोध खडा गर्न सक्ने यो घातक रोगको दोस्रो छाललाई रोक्न सतर्कताका साथ कटिबद्ध भएर लागेका छौं ।"

 

सिटिले आगामी दिनहरूमा अन्य क्षेत्रहरु समेत पुन:सुचारु गर्ने सम्बन्धी थप विवरणहरू जारी गर्नेछ जसले यस सम्बन्धका नयाँ नीति र समयावधि कायम गर्दै राज्यका तर्फबाट उचित जवाफ खोज्नेछ ।

"अन्ततः यो सार्वजनिक स्वास्थ्य र अर्थव्यवस्था बीचको विकल्प होईन," मेयर कर्टाटोनीले भने । “सबैको स्वास्थ्यको पर्याप्त सुरक्षा हुँदैन भने हाम्रो अर्थव्यवस्था फस्टाउँदैन । राज्यले हामीलाई धेरै योजना कार्यान्वयन गर्नका लागि अवसर दिएको छ, र हाम्रो उद्देश्य भनेको जिम्मेवारिका साथ तर द्रुत रूपमा कार्य गर्नु हो । हामी हाम्रो सिटि भित्रका साथै छिमेकी समुदायहरूसँग पनि समान पृष्ठमा रहने गरी काम गरिरहेका छौं वा गर्ने छौं । हामीले यो पनि बुझ्नुपर्दछ कि बर्कशायरका लागि अहिले भईरहेका सम्पुर्ण काम मेट्रो बोस्टनको लागि सही हुन वा नहुन पनि सक्छ । ”

 

कोभिड-१९ को थप एवं नियमित अध्यावधिक जानकारीहरूको लागि, www.somervillema.gov/coronavirus मा हेर्नुहोस् र www.somervillema.gov/Alerts मा सिटिका चेतावनीहरू प्राप्त गर्नका लागि साइन अप गर्नुहोस् । हामी प्रत्येक चेतावनी फोन कल, पाठ, ईमेलबाट पाउनका लागि साइन अप गर्न आग्रह गर्दछौं । FB.com/SomervilleCity, @SomervilleCity, र “City of Somerville Nepali” फेसबुक पेजलाई पनि पछ्याउनुहोस् ।

 

धन्यवाद ।


शनिबार मे १६, २०२०

कोभिड-१९ को अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

मंगलवार मे १९, २०२० मा हुने भर्चुअल कम्युनिटी टाउन हलमा भाग लिनका लागी तपाईंको पात्रोमा चिन्ह लगाउनुहोस् । थप जानकारी तल उल्लेख गरिएको छ ।

संसाधनहरू र निरन्तर गरिने अध्यावधिक जानकारीका लागी कृपया somervillema.gov/covid19 मा पनि  हेर्नुहोस् ।

ताजा समाचार:

·        समरभिल सिटिको कोभिड-१९ को अध्यावधिक गणना: आज मे १६, २०२० साँझ ७:०० बजे सम्ममा  समरभिल सिटिका ७६७ बासिन्दाहरूको कोभिड-१९ को सकारात्मक परीक्षण भएको छ । ती मध्ये ४९७ जनाको रोग निको भई सकुशल भएका छन् । दुःखको कुरा यहाँ २० व्यक्तिको मृत्यु भएको छ । थप जानकारी समरभिल सिटिको https://somerville-dashboardcovid.trial.opendatasoft.com/pages/citysdashboard/ ड्यासबोर्डमा फेला पार्न सक्नुहुनेछ ।

·        समरभिल द्वारा आयोजित सम्पुर्ण कार्यक्रमहरू यस बर्षको अन्त्यसम्म रद्द: हिजो जोशेफ मेयर कर्टाटोनीले कि कोभिड-१९ को प्रसारलाई नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिनको लागि सिटि-प्रायोजित र सिटिद्वारा अनुमति प्रदान गरिएका सम्पुर्ण कार्यक्रमहरु बर्षको अन्त्यसम्मका लागी निलम्बन गरिएको घोषणा गरेका छन् https://www.somervillema.gov/COVID19HealthEmergencyUpdate

यद्यपि परम्परागत ढाँचामा ब्यक्तिगत कार्यक्रमहरू भइरहेका हुँदैनन्, तर हामी हाम्रो मनपर्ने चाड़हरू र छुट्टि मनाउनुका साथसाथै स्थानीय संस्कृति र कलाको आनन्द लिने बिभिन्न तरिकाहरूको खोजी गरी भर्चुअल वा अन्य सुरक्षित रूपमा समुदायलाई एकै साथ ल्याउने प्रयास गर्नेछौं । हामी हाम्रो समुदायका साथै कला परिषद स्टाफलाई रचनात्मक र सुरक्षित अन्य तरिकाहरूको नयाँ उपायका लागि पनि आव्हान गर्दैछौं । यस बीचमा स्थिति सुधार भएमा साना घटनाहरुका बारेमा पछि पुनरविचार गर्न सकिन्छ । बिद्यालयद्वारा प्रायोजित गतिविधिहरू, एथलेटिक्स, पार्क, र अन्य मनोरन्जन कार्यक्रमका बारेमा पछी समीक्षा गरी पुनः जानकारी गराईनेछ । संझनाका लागी, राज्यपाल चार्ली बेकरको १० जना भन्दा बढी व्यक्तिहरूको भेलामा लगाएको प्रतिबन्ध कायम रहेको र समरभिल सिटिको हकमा त्यसमा मात्र सीमित नरही समरभिल स्वास्थ्य समिति बोर्डले जबसम्म पुर्ण सुरक्षित हुदैन तबसम्मलाई कुनै पनि आकारको भेलाहरू रोक्नको लागि सिफारिश गरेको छ ।

·        समरभिल पुन: सुचारु हुदै: सोमबार राज्य सरकारका राज्यपाल चार्ली बेकरले यस अघि घोषणा गरेको राज्यव्यापी चरणबद्ध योजनाहरुको थप ठोस चरणहरुको घोषणा गर्ने अपेक्षा गरिएको छ । उक्त घोषणाको समीक्षा गरिसकेपछि समरभिल सिटिले स्थानीय रुपमा ग्रामीण र शहरी क्षेत्रहरू समान तालिकाको साथ पुन: सुचारु गर्ने आफ्ना योजना र दिशानिर्देशहरू जारी गर्दैछ जुन राज्यका योजनाहरू भन्दा फरक हुन सक्छन् । सिटिको लक्ष्य समरभिलका बासिन्दा र श्रमिकहरूलाई सुरक्षित राख्दै दिगो अर्थव्यवस्थाका लागि हाम्रो शहर र क्षेत्र अनुरूप योजनाका साथ पुनःसुचारु गर्न अनुमति दिनु हो । यो लामो समयको त्याग पछि हामीले सबै समस्याहरुलाई नियन्त्रणमा राखेका छौं र हामी यसलाई निरन्तरता दिदैं उचित ढंगबाट पुनःसुचारु गर्न चाहन्छौं । यसलाई कायम राख्दा नै हाम्रो जीवनको रक्षा हुनेछ र यो सुनिश्चित गर्न मद्दत पुर्‍याउँछ कि हाम्रो भर्खर पुनः आरम्भ गरिएको अर्थव्यवस्था थप प्रकोपहरूको कारण पुनः खस्कनेछैन ।

·        कोभिड-१९ को बारेमा छलफलका लागी आउँदो भर्चुअल टाउन हल बैठकमा भाग लिनुहोस्: मेयर जोशेफ ए. कर्टाटोनी र सिटिका कर्मचारीको साथ आउँदो भर्चुअल टाउन हल बैठकहरूमा हामीहरुसँग सामेल हुनुहोस् जहाँ तपाईं कोभिड-१९ का स्थानीय प्रभावहरू र यसमा सिटिको योजनाहरुको बारेमा जान्न सक्नुहुन्छ । तपाईं या त जूम भिडियो कल मार्फत वा फोन कल मार्फत प्रत्यक्ष भाग लिन सक्नुहुन्छ, वा अग्रिम प्रश्नहरू पेश गर्न एवं सिटी केबल टिभीमा https://www.somervillema.gov/departments/communications-and-community-engagement/somerville-city-cable

यसको प्रत्यक्ष प्रशारण हेर्न सक्नुहुन्छ (आर.सी.एन. च्यानल १३ र ६१३ तथा कम्कास्टमा च्यानल २२)। बैठकहरू पनि अभिलेखित पनि गरिनेछ र सिटिको युट्युब च्यानल https://www.youtube.com/user/SomervilleCityTV

र सिटी केबल टिभीमा पुनः प्रसारण गरिनेछ । कसरी भाग लिने भन्ने बारे थप जानकारीको लागि, somervillema.gov/virtualtownhall मा हेर्नुहोस् । यहाँ आगामी बैठकहरूका बारेमा थप जानकारीहरु उपलब्ध छन्:

o   सामुदायिक टाउन हल - मंगलबार मे १९, २०२० मा साँझ ७:०० बजे देखि ८:०० बजे सम्म (सर्वसाधारणका लागि)

o   अभिभावक टाउन हल - बिहिबार मे २१, २०२० मा साँझ ७:०० बजे देखि ८:०० बजे सम्म

o   युवा टाउन हल - मिति घोषणा गर्न बाँकी (किशोर/किशोरी र उच्च विद्यालय विद्यार्थीहरूको लागि)

·        सार्वजनि स्ट्रिट्स पायलट प्रोग्राम सोमरभिलमा आउँदैछ: अन्तर्राष्ट्रिय उत्तम अभ्यास र समरभिल सिटिको अधिक सामाजिक दूरीकाका साथ अनुकूल सार्वजनिक स्वास्थ्य आवश्यकताहरूका आधारित हिड्ने र साइकल यात्रा गर्ने थप मार्गहरू प्रदान खोल्ने प्रयासमा सिटि मोविलिटी टीमले सार्वजनिक स्ट्रीट पायलट प्रोग्राम योजना विकसित गरिरहेको छ । मे महिनाको अन्त्य सम्ममा पहिलो सार्वजनिक मार्ग तयार हुनेछ र अधिक गर्मीयाम भरिमा शहरव्यापी यसको अनुसरण गरिनेछ । सार्वजनिक स्ट्रिट्स कम-संख्यामा आवासीय साइड-स्ट्रिटहरू पैदल यात्रीहरू, साइकल चालकहरू, र अन्य प्रयोगकर्ताहरूको लागि खोलिने छन् त्यस पश्चात अन्य सवारीहरूलाई अनुमति दिँदै लगिनेछ । सार्वजनिक स्ट्रिट्सले बासिन्दाहरूलाई खाद्यान्न, स्वास्थ्य सेवा, वा अन्य आवश्यकताहरूको लागि आवश्यक यात्रा गर्न सुरक्षित विकल्पहरू प्रदान गर्दछ, साथै  अन्य नयाँ मार्गहरूको प्रयोथमा पनि सहयोग प्रदान गर्दछ । यस बाटोमा राखिएका चिन्हहरु र साना अवरोधहरू सबै प्रयोगकर्ताहरूलाई सुरक्षित रहन सचेत राख्नको लागि प्रयोग गरिनेछन् । समरभिलको यस पायलट प्रोग्राम कार्यक्रमले अस्थायी सामग्रीहरू प्रयोग गर्दछ जुन हाम्रो अनुभवको आधारमा परिमार्जन गर्न सकिन्छ । यस सम्बन्धि थप जानकारी आउदै जानेछ ।

·        कोभिढ-१९ को नि: शुल्क परीक्षण: समरभिलका बासिन्दाहरूको निःशुल्क कोभिड-१९ परीक्षणको लागि साइन अप गर्न  https://www.somervillema.gov/covid19 मा वा (६१७)६६५-२९२८

सोमबार देखि शुक्रवार सम्म बिहान ८:३० बजे देखि साँझ ४:०० बजे सम्म फोन गर्नुहोस् । यसका लागी तपाईंसँग रोगको लक्षणहरू वा डाक्टरको शिफारिस हुनु आवश्यक छैन।

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: मे महिना मानसिक स्वास्थ्य महिना हो

मे महिना मानसिक स्वास्थ्य महिना हो र विशेष गरी सार्वजनिक स्वास्थ्य संकटको बेला तपाईको मानसिक स्वास्थ्यको ख्याल राख्नु महत्वपूर्ण हुन्छ। यहाँ कोभिड-१९ को तनाव र अनिश्चितताको सामना गर्न https://www.cdc.gov/coronavirus/2019-ncov/daily-life-coping/managing-stress-anxiety.html मा सि.डि.सि. बाट केहि सुझावहरू उपलब्ध छन्:

·        सामाजिक सञ्जाल सहित अन्य माध्यामबाट समाचार सुन्न, कथाहरू हेर्न वा पढ्नबाट केहि समयका लागी बिश्राम लिनुहोस् । महामारीको बारेमा बारम्बार सुन्नु पर्दा निराश हुन सकिन्छ ।

·        आफ्नो शरीरको ख्याल राख्नुहोस् ।

o   गहिरो सास लिनुहोस्, तान्नुहोस्, वा ध्यान गर्नुहोस् । https://www.nccih.nih.gov/health/meditation-in-depth

o   स्वस्छ र राम्रो सन्तुलित खाना खाने कोसिस गर्नुहोस् । https://www.cdc.gov/nccdphp/dnpao/features/national-nutrition-month/index.html

o   नियमित व्यायाम गर्नुहोस्, पर्याप्त निदाउनुहोस् । https://www.cdc.gov/physicalactivity/basics/index.htm, https://www.cdc.gov/sleep/about_sleep/sleep_hygiene.html

o   रक्सी र लागूऔषध सेवनबाट बच्नुहोस् । https://www.cdc.gov/alcohol/fact-sheets/alcohol-use.htm, https://www.drugabuse.gov/related-topics/health-consequences-drug-misuse

·        समयको सदुपयोग गर्नुहोस् । तपाईंले रमाईलो गर्नका लागी अन्य गतिविधिहरू गर्न प्रयास गर्नुहोस् ।

·        अरूसँग पनि सम्बन्ध कायम गर्नुहोस् । तपाईले कस्तो महसुस गरिरहनु भएको छ र तपाईका चिन्ताहरू के छन् सो बारे विश्वासिला व्यक्तिहरूसँग कुरा गर्नुहोस् र।

सहयोग वा कुरा गर्ने कोही कहाँ खोज्ने

·         वयस्कहरू र युवाहरूको लागि हटलाइन र भर्चुअल परामर्श सेवाहरू उपलब्ध छन् । हामीले सिटिको वेबसाईट https://www.somervillema.gov/covid19supportline मा लिंकहरूको सुचि तयार गरेका छौं । कोभिड-१९ सामुदायिक सहायता टोलीलाई ३११ वा (६१७)६६६-३३११ मा थप जानकारीका लागि फोन गर्नुहोस् । त्यस्तै Somervillema.gov/CoronaVirusHelp मा "मानसिक स्वास्थ्य र कल्याण" ट्याब क्लिक गर्नुहोस् र हेर्नुहोस् ।

·         यदि तपाइँ वा तपाइँलाई चिनेको कसैले मानसिक स्वास्थ्य समस्याको अनुभव गरिरहेको छ, वा आत्महत्या गर्ने विचार गरिरहेको छ, वा अरुलाई हानी पुर्‍याइरहेको छ भने तुरुन्त ९११ मा फोन गर्नुहोस् ।

·         यदि तपाईं वा तपाईंको परिवारमा कसैले मानसिक स्वास्थ्य समस्या अनुभव गरिरहनु भएको छ भने, बोस्टन आपतकालीन सेवा टीम (बि.ई.एस.टि.) १(८००)९८१-४३५७ को सेवा २४/७ उपलब्ध छ

धन्यवाद ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न,

समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।


शुक्रबार मे १५, २०२०

कोभिड-१९ अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

 

यहाँ शुक्रबार मे १५, २०२० को अध्यावधिक जानकारीहरु समावेश छ । अर्को भर्चुअल कम्युनिटि टाउनहल मंगलबार मे १९, २०२० मा हुनेछ । संसाधनहरू तथा थप अध्यावधिक जानकारीहरुका लागि कृपया somervillema.gov/covid19 मा हेर्नुहोला ।

 

ताजा समाचार:

·          केस गणना: आज मे १५, २०२० बिहान ८:०० बजेसम्म समरभिलका ७२७ बासिन्दाहरूको कोभिड-१९ को सकारात्मक परीक्षण गराएका छन्, ती मध्ये ४६१ जना निको भएका छन् र दु: खको कुरा २० जनाको मृत्यु भएको छ । समरभिल केसका थप आंकडाहरु सिटिको कोभिड-१९ ड्यासबोर्ड https://somerville-dashboardcovid.trial.opendatasoft.com/pages/citysdashboard/ फेला पार्न सकिन्छ ।

·          समरभिल केयर्स फण्डले अझै आवेदनहरू लिईरहेको छ: कोभिड-१९ को संकटमा परेका बासिन्दाहरू र मजदुरहरूको आधारभूत आवश्यकताहरू पुरा गर्न मद्दतको लागि समरभिल केयर्स फण्ड शुरू गरिएको हो । यदि तपाईंलाई अत्यावश्क आवश्यकताका लागी लाग्ने खर्चका लागी मद्दतको आवश्यकता छ भने तपाईं यस कोषको लागि यहाँ https://www.caasomerville.org/somerville-cares-fund आवेदन दिन सक्नुहुन्छ ।

·          तपाईं मद्दत गर्न सक्नुहुन्छ । कृपया समरभिल केयर्स फण्डलाई दान दिनुहोस्: हालसम्म, आपतकालीन सहायताका लागि ७०० भन्दा बढी आवेदनहरू समरभिल केयर्स फन्डमा आइसकेका छन् । तर लगभग $२१५,००० डलर दान गरिसकेको भएता पनि फण्डसँग आधारभूत आवश्यकता पुरा गर्नका लागी भएका अनुरोधहरू पुरा गर्न पर्याप्त रकम कोषमा छैन । कोषले अझै सहयोग उठाइरहेको छ । हामी सबै याचकहरुलाई सहयोग गर्न कटिबद्ध छौं । योग्य आवेदकहरूले प्रति व्यक्ति अधिकतम $ २५० सम्म र प्रति परिवार अधिकतम $१,००० को सहयोग प्राप्त गर्नेछन् । यसले सबै आवश्यकताहरुलाई परिपुर्ति त गर्दैन । तर हाम्रा छिमेकमा जसलाई डाइपर, किराना सामान, व्यक्तिगत सामानहरू, औषधि वा सेल फोनको बिल (जसले उनीहरूलाई बुढेसकालमा आफ्ना परिवारका सदस्यहरूसँग सम्पर्क गर्न सहयोग गर्दछ वा उनीहरूको अर्को काम खोज्न मद्दत गर्दछ) को लागी मद्दत चाहिन्छ, कोषबाट आकस्मिक सहयोग लिन सक्छन् र यसले तत्काललाई धेरै फरक पार्छ । यदि तपाईंसँग भाग्यवस आफ्ना लागी पर्याप्त छ भने अहिले आवश्यकता भएका व्यक्ति वा परिवारलाई सहयोग गर्न सक्ने अवस्था छ भने कृपया समुदायका सदस्यहरूलाई सहयोग पुर्‍याउन केही योगदान गर्नुहोस् । तपाईं त्यो यहाँ https://unitedwayconnect.org/comm/SinglePageRegPledge.jsp?EnvelopeKeyHex=654643364D224A3123387E3E&SA=15692320&DA=7177124&SC=SomervilleCovid19 गर्न सक्नुहुन्छ ।

·          १०,००० मास्क ड्राइभका लागी तपाइँको आवश्यकता छ: १०,००० मास्क ड्राइभले https://www.somervillema.gov/news/city-distribute-100000-commercial-masks-residents-launches-10000-mask-drive-homemade-cloth अहिलेसम्म १,३०२ कपडाको मास्क उत्पादन गरेको छ । यदि तपाईं यस्ता वस्तु उत्पादन गर्न सक्षम व्यक्ति हुनुहुन्छ, पुन:प्रयोग योग्य कपडाको मास्क चन्दा दिएर तपाईंको छिमेकीहरूलाई मद्दत गर्न चाहनुहुन्छ भने तपाईं तिनीहरूलाई समरभिल सार्वजनिक पुस्तकालयका मध्य वा पूर्वी शाखाहरुमा बुक ड्रप स्थलमा छोड्न सक्नुहुन्छ । कृपया मास्कहरु प्लास्टिकको झोलामा राम्रोसँग पोको पारेर बन्द गरी झार्नुहोला ।

·          काउन्सिलर हिर्शलाई धन्यवाद तथा काउन्सिलर स्ट्रिजोलाई स्वागत: सर्वप्रथम काउन्सिलर, सिटि कर्मचारी, सकृय अभिभावक, र छिमेकिका रुपमा समरभिललाई वर्षौ लामो समय सेवा समर्पित गर्नुहुने काउन्सिलर स्टेफनी हिर्शलाई धेरै धेरै धन्यवाद । उहाले यस राज्यबाट अन्यत्रै सर्नका लागी यसै महिना राजिनामा दिनु भएको छ । उहाँलाई जिवनको नयाँ शुभारम्भका लागी शुभकामना । कृपया मे ४, २०२० मा हाम्रा नयाँ काउन्सिलर क्रिस्टेन स्ट्रेजोलाई स्वागत गर्न सामाजिक दूरीको अभ्यास गर्दै अनुहारमा मास्क लगाएर उहाँको औपचारिक शपथ समारोहमा हामीसँग सहभागी हुनुहोस् । काउन्सिलर स्ट्रेजो सिटी काउन्सिलमा आफ्नो नयाँ भूमिकाका साथ सिटि र क्षेत्रमा सेवा गर्ने अपेक्षा गरिरहनु भएको छ । आज राति उनले पहिलो पटक सिटी काउन्सिलको पूर्ण बैठकमा भाग लिने र सेवा गर्न पाउँदा सम्मानित भएको भावना व्यक्त गर्ने छिन् ।

·          कोभिड-१९ का बारेमा छलफल गर्न आउँदो भर्चुअल टाउन हल बैठकमा भाग लिनुहोस्: मेयर जोशेफ ए. कर्टाटोनीसँग भर्चुअल टाउन हल बैठकहरूको श्रृंखलामा हामीसँग सामेल हुनुहोस् जहाँ तपाईं कोभिड-१९ का प्रभावहरू र सिटिको स्थानीय प्रयासको बारेमा जान्न सक्नुहुनेछ । तपाईं या त जूम भिडियो मार्फत वा फोन कल मार्फत प्रत्यक्ष भाग लिन सक्नुहुन्छ, वा अग्रिम प्रश्नहरू पनि गर्न सक्नु हुन्छ । यो कार्यक्रम सिटी केबल टिभी https://www.somervillema.gov/departments/communications-and-community-engagement/somerville-city-cable मा प्रत्यक्ष हेर्न सक्नुहुन्छ (आर.सी.एन. च्यानलमा १३ र ६१३ र कम्कास्टमा च्यानल २२)। बैठकहरू पनि श्रब्य दृश्य अभिलेखित पनि गरिनेछ र सिटि युट्युब च्यानल https://www.youtube.com/user/SomervilleCityTV र सिटी केबल टिभीमा पुनः प्रसारण गरिनेछ । कसरी भाग लिने भन्ने बारे थप जानकारीको लागि somervillema.gov/virtualtownhall मा पनि हेर्नुहोस् । आगामी बैठकहरू यस प्रकार छन्:

o   सामुदायिक/सर्वसाधारणका लागी टाउन हल - मंगलबार मे १९, २०२० साँझ ७:०० बजे देखि ८:०० बजे सम्म (सर्वसाधारणको लागि)

o   अभिभावक टाउन हल – बिहिबार मे २१, २०२० साँझ ७:०० बजे देखि ८:०० बजे सम्म

o   युवा टाउन हल - मिति घोषणा गर्न बाँकी (किशोर/किशोरी र उच्च विद्यालयका विद्यार्थीहरूको लागि)

·          नि कोभिड-१९: शुल्क परीक्षण: समरभिलका बासिन्दाहरूले कोभिड-१९ निःशुल्क परीक्षणको लागि साइन अप गर्न (६१७)६६५-२९२८ मा सोमबार देखि शुक्रवार सम्म बिहान ८:३० बजे देखि दिउसो ४:०० बजे सम्म फोन गर्नुहोस् । यसका लागी तपाईंमा रोगका लक्षणहरू वा डाक्टरको शिफारिस हुन आवश्यक पर्दैन ।

आजको सहयोग सल्लाह: तपाईं नयाँ भुक्तान बिदा लाभहरूको लागि योग्य हुन सक्नुहुन्छ

भर्खरको सर्वेक्षण https://www.nytimes.com/2020/05/08/upshot/virus-paid-leave-pandemic.html ले पत्ता लगाएको छ कि अधिक मानिसहरू मार्च महिनामा नयाँ पारित भुक्तानी बिदाका बारे सचेत छैनन् । योग्य कामदारहरू https://www.nytimes.com/2020/03/19/upshot/coronavirus-paid-leave-guide.html ले दुई हप्ताको आफ्नो पूरा तलब भुक्तानी सहितको बिदा पाउन सक्दछन् (बढीमा एक दिनका लागी $५११ सम्म) । यदि कामदारहरू कोभिड-१९ को कारण बिरामी छन्, क्वारेन्टिनमा छन्, रोगको रोकथामको लागि सहयोग कार्य गर्दैछन्, वा परिवारको बिरामी सदस्यको देखभाल गर्दै छन् भने उनिहरु यसका लागी योग्य हुनेछन् । योग्य कामदारहरूले आवश्यक भएमा आफ्नो बच्चाको हेरचाहको लागि उनीहरूको सामान्य तलबको दुई तिहाई थप रकम पनि १२ हप्ता पाउन सक्दछन् । तपाईं यी सुविधाहरूको लागि को-को योग्य हुन्छन भनेर माथिका दुई लिंकहरूबाट थप जान्न सक्नुहुन्छ ।

 

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: साझा आउटडोर ठाउँ सुरक्षित रूपमा प्रयोग गर्नुहोस्

बहु एकाई भवनमा बस्नु भनेको बाहिर भित्र गर्ने साझा प्रयोग गर्नु हो । मौसम तातो र राम्रो हुने बित्तिकै मान्छेहरू बाहिर जान चाहन्छन् । यदि तपाईंले छिमेकीहरूसँग साझा यार्डहरू वा साझा बाटोहरु प्रयोग गर्नुहुन्छ भने तपाईंले प्रत्येक व्यक्तिको लागि ठाउँ सुरक्षित राख्न हरसम्भव प्रयास गर्नु पर्छ । यसका लागी यहाँ केहि सुझावहरू छन्:

·          सामाजिक दूरीको लागि तपाँईको ठाउँमा पर्याप्त स्थान छैन भने एक पटकमा केवल एउटा घर परिवारले मात्र साझा स्थानको प्रयोग गर्नुपर्छ । यदि तपाईं सक्नुहुन्छ भने आफ्नो छिमेकीहरूसँग (वर्चुअल वा फोनबाट) योजना बनाउने कार्य गर्नुहोस् ताकि सबैलाई ठाउँको प्रयोगको मौका मिलोस् ।

·          कुनै पनि बाहिरी साझा वस्तुहरू जस्तै बाहिरका मेच, टेवल, र ग्रिलहरू तपाईंले प्रयोग गर्नु अघि र पछि राम्रोसँग सफा गर्नुहोस् ।

·          भवनमा भएका अरू छिमेकीहरूलाई नबिर्सनुहोस्। यदि तिनीहरू अर्को यार्डमा छन् भने पनि तपाईंले अझै पनि कम्तिमा ६ फिट दूरी राख्नु पर्छ ।

·          तथापि राज्यका राज्यपाल चार्लि बेकरले दश वा सो भन्दा थोरै व्यक्तिहरू सहभागी हुने कार्यक्रमहरूलाई अनुमति दिएको छ, तर सामरभिल स्वास्थ्य बोर्डले तपाईंलाई भाइरस नियन्त्रणमा नआउन्जेल बाहिर सामूहिक जमघटहरू नगर्न कडा सल्लाह दिएका छन् । याद गर्नुहोस् यदि तपाईंको यार्डमा तपाईंको साथीहरू मास्क वा अनुहार नढाकि कनै उपस्थित हुन्छन् वा यदि उनीहरूले तपाईंको बाथरूम वा भान्छा प्रयोग गर्नु आवश्यक छ भने तपाईंले तपाईंको आफ्नो परिवारलाई भाइरसको सम्भावित संक्रमणमा पार्नु भएको हुनसक्छ ।

धन्यवाद ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न,

समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।

 

 


बुधबार मे १३, २०२०

कोभिड-१९ अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

संसाधनहरू तथा थप अध्यावधिक जानकारीहरुका लागि कृपया somervillema.gov/covid19 मा भ्रमण गर्नुहोस् ।

ताजा समाचार:

·          केस गणना: आज मे १३, २०२० साँझ ७:०० बजेसम्म समरभिलका ७१९ बासिन्दाहरूको कोभिड-१९ को सकारात्मक परीक्षण गराएका छन्, ती मध्ये ४५२ जना निको भएका छन् र दु: खको कुरा १९ जनाको मृत्यु भएको छ । समरभिल केसका थप आंकडाहरु सिटिको कोभिड-१९ ड्यासबोर्डमा फेला पार्न सकिन्छ ।

·          सिटि भवनहरू कम्तिमा जून १, २०२० सोमबार सम्म सर्वसाधारणको लागि बन्द रहनेछन् । सिटिका अधिकांश सेवाहरू अझै पनि अनलाइन उपलब्ध छन्, र सिटिको ३११ फोन सेवा हरेक दिनको २४  घण्टा कुनै पनि प्रश्नको जवाफ दिन वा सेवाका जानकारीहरू दिनको लागि उपलब्ध छ ।

·          राज्य सरकारका गभर्नर चार्ली बेकरले राज्य पुनःसुचारु गर्ने योजनाको घोषणा: सोमबार राज्य सरकारका राज्यपाल चार्ली बेकरले राज्यको काम कारवाही चरणबद्ध रुपमा पुनःसुरुवात गर्ने योजना घोषणा गरेका छन् । यस सम्बन्धमा https://www.mass.gov/info-details/reopening-four-phase-approach मा थप जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।

। यो योजना मे १८ वा कोभिड-१९ प्रसारको कम सम्भावना भएका व्यवसायहरूमा यसको प्रभावका आधारमा चार चरणहरूमा लागु गरिनेछ । यसका लागी व्यवसायीक स्थानमा उपयुक्त सुरक्षा योजनाहरू हुनुपर्दछ जसले सामाजिक दूरी र नियमित सफाईको लागि विशेष ध्यान दिएको हुनुपर्छ । अहिले नै यस बारे धेरै विवरणहरू उपलब्ध छैनन्, तर राज्य र स्थानीय योजनाहरूको बारेमा थप जानकारी उपलब्ध हुने बित्तिकै हामी त्यो जानकारी सार्वजनिक गर्नेछौं ।

·          कोभिड-१९ मा छलफल गर्न भर्चुअल टाउन हल बैठकमा भाग लिनुहोस्: मेयर जोशेफ ए. कर्टाटोनीसँग भर्चुअल टाउन हल बैठकहरूको श्रृंखलामा सामेल हुनुहोस् जहाँ तपाईंले कोभिड-१९ का प्रभावहरू एवं स्थानीय सिटिको योजना तथा कार्यहरुको बारेमा जान्न सक्नुहुन्छ । तपाईं या त जूम भिडियो कल मार्फत वा फोन कल मार्फत प्रत्यक्ष भाग लिन सक्नुहुन्छ, वा अग्रिम प्रश्नहरू पेश गर्न वा सिटी केबल टिभीमा प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुन्छ (आर.सी.एन. च्यानल १३ र ६१३ वा कम्कास्ट च्यानल २२)। बैठकहरूको अभिलेखिकरण पनि गरिनेछ र सिटि युट्युब च्यानल एवं सिटी केबल टिभीमा पुनः प्रसारण गरिनेछ । कसरी भाग लिने भन्ने बारे थप जानकारीको लागि, somervillema.gov/virtualtownhall हेर्नुहोस् । यहाँ आगामी बैठकहरू यस प्रकार छन्:

o   स्पेनिश भाषा टाउन हल – आज बुधवार मे १३, २०२० साँझ ७:०० बजे देखि साँझ ८:०० बजे सम्म (बैठक स्पेनिश भाषामा आयोजना गरिनेछ ।)

o   सर्वसाधारणका लागी टाउन हल - मंगलबार मे १९, २०२० साँझ ७:०० बजे देखि साँझ ८:०० बजे सम्म (बैठक सबै सर्वसाधारणका लागी आयोजना गरिनेछ ।)

o   अभिभावक टाउन हल - बिहिबार मे २१, २०२० साँझ ७:०० बजे देखि साँझ ८:०० बजे सम्म ।

o   युवा टाउन हल - मिति घोषणा बाँकी छ (किशोर/किशोरी र उच्च विद्यालय विद्यार्थीहरूको लागि ।)

·          सडक बढार्ने कार्य मे १८, २०२० देखि सुरू हुन्छ: सोमबार मे १८, २०२० देखि सडक बढार्ने सफा गर्ने कार्य नियमित तालिकामा फर्किनेछ । हामी थाहा छ कि कोभिड-१९ को कारणले घरहरूमै बसिरहेका मानिसहरुका लागि बाहिर निस्किन र आफ्ना सवारी साधनहरु सार्न गाह्रो हुन सक्छ । त्यसैले टिकटको सट्टामा हामी तपाईंको सहयोगका लागि अनुरोध गरिरहेका छौं । कृपया यदि तपाईं आफ्नो सवारी साधन सार्न सक्षम हुनुहुन्छ भने सारि दिनुहोस् । सडक सफा गर्दा सडकमा रहेका फोहोरहरु हटाईने छ अन्यथम यसले आँधी हावाहुरी पानी पर्दा नालीहरू बन्द गर्न सक्छन् र बाढी आउन जोखिम बढाउन सक्छ । त्यसोहुदां तपाईको सवारी साधन सारिदिनु भएमा त्यो सराहनीय हुनेछ । यदि तपाईं आफ्नो कार सार्न सक्नुहुन्न भने चिन्ता नलिनुहोस्, हामी टिकट दिने छैनौं र सफाईकर्मीहरूले तपाईंको गाडीको वरिपरि बढार्न यथाशक्य प्रयत्न गर्नेछन् । यदि सबैजनाले आ-आफ्ना सवारी साधनहरू सार्न सहयोग पुर्‍याई सहयोगी हुनु भएमा यो एक किसिमको अद्भुत सहयोग हुनेछ । यदि तपाईं त्यसो गर्न सक्नुहुन्छ भने किन त्यसो नगर्ने? तपाईंको सडकमा राखिएका चिन्हहरू राम्रोसँग हेर्नुहोस् वा तपाईंको सडक सफाई तालिकाको लागि somervillema.gov/sweeper मा हेर्नुहोस् ।

·          २०२० कक्षामा शैक्षिक उपाधी प्राप्त भएकोमा बधाई सन्देश पठाउनुहोस्: यद्यपि तपाईले व्यक्तिगत रूपमा यस वर्ष स्नातक उपाधी प्राप्त गरेको उत्सव मनाउन सक्नुहुन्न भने यहाँ स्नातकहरूलाई बधाई दिन दुई तरिकाहरू छन्:

o   पहिलो, हामी २०२० को कक्षाबाट उपाधी प्राप्त गर्ने/गरेका सबैले बधाईको लागि सबैले आफ्नो झ्याल वा यार्डमा संकेतहरू (वा तपाईंको ड्राइभवे वा फुटपाथमा चक प्रयोग गर्न) प्रयोग गर्न आव्हान गरिरहेका छौं । समरभिल उच्च माध्यामिक बिद्यालयको सोमवार जून ३ मा दिक्षान्त समारोह हुन गईरहेको छ र हामी सो दिन पनि यो बधाई सन्देश प्रवाह गर्न सक्दछौं । जति सक्दो चाँडो स्वतन्त्रता पुर्वक यी संकेतहरू सुरू गर्नुहोस् । यो बच्चाहरूको लागी रमाईलो गतिविधि पनि हुनेछ । यसका साथै यो पनि नबिर्सनुहोस् कि यस क्षेत्रमा पि.एच.ए. र अन्य निजी विद्यालयहरूले पनि दिक्षान्त समारोह गरिरहेका छन् ।

o   दोस्रो, विकिड लोकलले आफ्नो उपाधी प्राप्त गर्ने बिद्यार्थीहरुका परिवारलाई बिना कुनै शुल्क बधाई सन्देश पठाउन प्रश्ताव गरिरहेको छ । भाग लिनको लागि विषयमा “बधाई ग्र्याड सन्देश" लेखि बढीमा २५ शब्दहरू सम्मको बधाई सन्देश समावेश गरी शन्देश पाउने व्यक्तिको नाम र कसले पठाएको हो सबै विवरण उल्लेख गरी somerville@wickedlocal.com मा शुक्रवार मे २२, २०२० को दिन साँझ सम्मा एक ईमेल पठाउनुहोस् ।

·          कोभिड-१९ को नि: शुल्क परीक्षण: समरभिलका बासिन्दाहरूको लागि कोभिड-१९ को निःशुल्क परीक्षणको लागि साइन अप गर्न सोमबार देखि शुक्रवार बिहान ८:३० बजे देखि दिउसो ४:०० बजे सम्म (६१७)६६५-२९२८ मा फोन गर्नु सक्नुहुनेछ । यसका लागी तपाईंमा रोगको लक्षण देखिनु वा डाक्टरको शिफारिस हुनु पर्दैन ।

आजको सहयोग सल्लाह: ताजा ब्यापारीक अध्यावधिक जानकारीहरू प्राप्त गर्न ब्यापार न्यूजलेटरमा सदस्यता लिनुहोस् ।

यदि तपाईं व्यावसायी हुनुहुन्छ भने हाम्रो आर्थिक विकास कार्यालयको न्यूजलेटरमा सदस्यता लिन नबिर्सनुहोस् । तपाइँले संकट जारी रहँदा व्यापार-विशेष नीति नियम र दिशानिर्देशन भएका फपरिवर्तनहरुको अध्यावधिक जानकारीहरू र कोभिड-१९ मा प्राप्त हुन सक्ने सहयोगका बारे जानकारीहरु प्राप्त गर्नुहुनेछ ।

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: यदि मसँग बसेका कसैलाई कोभिड-१९ भयो भने म कसरी तिनीहरूको हेरचाह गर्न वा मद्दत गर्न सक्छु?

तपाँईसँग बस्ने कसैलाई कोभिड-१९ छ र तपाँई आफैसँग राखी घरको बाँकी सदस्यलाई सुरक्षित राखी मद्दत गर्न यहाँ केहि सुझावहरू छन् । यदि तपाईं कोभिड-१९ लागेको व्यक्तिलाई आफ्नै साथ तपाईंको घरमा सुरक्षित रूपमा हेरचाह गर्न सक्नुहुन्न भने कृपया सिटि सह-प्रायोजित र मास जनरल अस्पताल द्वारा सञ्चालीत रिकभरी इन नि:शुल्क उपलब्ध छ ।  अधिक जानकारीका लागी (६१७)८१९-४५२८ मा स्टाफलाई फोन गर्नुहोस् ।

·          क्वारेन्टिनमा वस्ने व्यक्तिले कम्तिमा १४ दिन प्रयोग गर्न सक्ने एक कोठा तयार गर्नुहोस् (र सम्भव भए शौचालय समेत) ।

·          क्वारन्टाइन्ड गरिएको व्यक्तिले कम्तीमा १४ दिनसम्म वा लक्षणहरू नहटेसम्म तत्काल स्वास्थ्य उपचारका लागी वा बाथरूमको प्रयोगका लागी बाहेक घर वा उनीहरूको कोठा छोड्नु हुँदैन । ढोका बन्द राख्नु पर्छ । यदि तत्काल उपचारका लागी बाहिर निश्कन आवश्यक छ भने उनीहरूले घरकोठा भित्र बाहेक सबै ठाउँमा सर्जिकल मास्क लगाउनु पर्छ । बस, रेल, उवर, वा लिफ्ट जस्ता सवारी प्रयोग नगर्नुहोस् । आफ्नो निजी सवारी साधन प्रयोग गर्नुहोस् वा सम्बन्धित स्थानमा पुग्नका लागी एम्बुलेन्स सेवामा फोन गर्नुहोस् । तपाइँको स्वास्थ्य सेवा प्रदायकलाई पनि फोन गर्नुहोस् ताकि तिनीहरू तयार होऊन् ।

·          यदि तपाईंको प्रियजन वा परिवारको सदस्यको अवस्था धेरै बिग्रियो भने आफ्नो स्वास्थ्य सेवा प्रदायकलाई सम्पर्क गर्नका लागी धेरै समय नकुर्नुहोस् । उनीहरूलाई तत्काल फोन गर्नुहोस् । यदि बिरामी व्यक्तिलाई सास फेर्न गाह्रोपन बढ्दैछ भने तत्काल ९११ मा फोन गर्नुहोस् ।

·          घरका सबै सदस्यहरूले आफ्नो स्वास्थ्यको निरीक्षण आफै गर्नुका साथै गर्नु उपयुक्त हुन्छ । यदि कोभिड-१९ का लक्षण (जस्तै: ज्वरो, खोकी, सास फेर्न कठिनाई) देखिएमा तत्काल आफ्नो स्वास्थ्य सेवा प्रदायकलाई फोन गर्नुपर्दछ ।

·          घरका सबै सदस्यहरूले व्यक्तिगत स्वच्छताको कडा अभ्यास गर्नु पर्छ । यसका लागी साबुन र तातो पानीले बारम्बार आफ्ना हातहरू धुनु पर्छ । तपाईंले खोक्दा वा छीउँ गर्दा हरेक पटक एक टिशू पेपरको प्रयोग गर्नुहोस् । त्यस पछी आफ्नो हातहरु राम्रोसँग धुनुहोस् । तपाईले एक्लै कोठामा बसेको समयमा सकेसम्म कुनै पनि चीज छुनु हुँदैन, यदि छोईयो भने तुरुन्तै आफ्नो हातहरु धुनुहोस् ।

·          प्लेटहरू, सिसाका भाँडाहरु, कप, वा अन्य व्यक्तिगत प्रयोगका भाँडाहरू एक-आपसमा प्रयोग नगर्नुहोस् । यी सबै भाँडाहरू भाँडाधुने मसिनमा वा भाँडा माझ्ने साबुनका साथ तातो पानीले धुनुहोस् । यदि सम्भव छ भने बिरामीका घरपरिवारमा खाना प्रयोग गरेर फाल्न सकिने कागज वा प्लाष्टिकका प्लेटहरू, कपहरू, नैपकिनहरू, र प्लास्टिकका अन्य सामानहरु प्रयोग गर्नुहोस्, त्यसपछि ती वस्तहरूलाई रद्दी टोकरीमा आफैं फाल्नुहोस् । त्यस्ता फोहोरका भाँडा खाली गर्न ग्लोभहरू प्रयोग गर्नुहोस् र पछि आफ्ना हातहरू राम्ररी धुनुहोस्) ।

·          तपाईको घरको प्रिय बिरामी सदस्यलाई खाना वा अन्य चीजहरू ल्याई दिदा शारीरिक रुपमा सम्पर्क हुनबाट टाढा रहनुहोस् । सम्भव भएमा खाना ढोका बाहिर बाटै भित्र पठाउनुहोस् । यदि तपाईंले कोठामा जानै पर्छ भने लामो समय नबस्नुहोस् । सम्भव भए सम्म तपाईं र कोभिड-१९ भएको दुबै व्यक्तिले अनुहारमा मास्क लगाउनु वा ढाक्नु पर्दछ ।

·          निरन्तर वा धेरै प्रयोग हुने सतहहरू, सबैको साझा शौचालय, र अन्य स्थिर सामानहरु घरमा कीटाणु मार्न प्रयोग गरिने रसायन वा साबुनले राम्रोसँग सफा गर्नुहोस् - विशेष गरी यदि त्यहाँ थुक, बबलगम, मल-मूत्र, वा बान्तासँग सम्पर्कमा आएका छन् भने ।

·          तपाईंको घरमा आगन्तुकहरूलाई आउन अनुमति नदिनुहोस् ।

·          यदि सम्भव छ भने तपाईंको परिवारको बिरामी व्यक्तिको कोठामा झ्याल अलिकता खोल्नुहोस् र त्यसलाई हावा आउनको लागि खुला राख्नुहोस् । (तापक्रम सहज भएमा मात्र त्यसो गर्नुहोस्।)

·          घरपरिवारको बिरामी सदस्यले घरपालुवा जनावरहरूसँग खेल्न वा उनीहरुको नजिक जानबाट जोगिनु पर्छ । सी.डी.सी.सँग https://www.cdc.gov/coronavirus/2019-ncov/daily-life-coping/animals.html मा कोभिड-१९ भएका अवस्थामा घरपालुवा जनावरहरू सँगको सम्बन्ध बारेमा जानकारी उपलब्ध छ ।

·          घरमै कसरी राम्रो हेरचाह प्रदान गर्न सकिन्छ भनी सिडसिको वेवसाईट https://www.cdc.gov/coronavirus/2019-ncov/hcp/guidance-home-care.html मा एक सूची सिफारिश गरीएको छ ।

यहाँको समरभिलसँगको साथका लागी धन्यवाद ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न,

समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।


शनिबार मे ९, २०२०

कोभिड-१९ को अध्यावधिक जानकारी

कोभिड-१९ को निरन्तर हुने अध्यावधिक जानकारी र संसाधनहरूको लागि कृपया somervillema.gov/coronavirus मा भ्रमण गर्नुहोस् ।

ताजा समाचार:

·           केस गणना: आज मे ९, २०२० साँझ ७:०० बजेसम्म समरभिलका ६८५ जना बासिन्दाहरूको कोभिड-१९ को सकारात्मक परीक्षण (Positive Test) गरेका छन् । ती मध्ये ३३० जना निको भएका छन् र दुःखको कुरा यहाँ ११ जनाको मृत्यु भएको छ ।  समरभिल सिटिको कोभिड-१९ को थप आंकडा ड्यासबोर्डमा फेला पार्न सकिन्छ ।

·           समरभिलका बासिन्दाहरूको लागि नि: शुल्क कोभिड-१९ को परीक्षणको लागि साइन अप गर्न (६१७)६६५-२९२८ मा सोमबार देखि शुक्रवार सम्म बिहान ८:३० बजे देखि साँझ ४:०० बजे सम्म फोन गर्नुहोस् । यसका लागी तपाँईसँग स्वास्थ्य विमा वा डाक्टरको शिफारिस आवश्यकता पर्दैन ।

·           सिटिले तपाईं, तपाँईको परिवार, र सँगै बस्ने साथिहरूलाई सुरक्षित राख्नको लागि नि: शुल्क कोभिड-१९ रिकभरी इन सह-प्रायोजन गरिरहेकोछ: प्राप्ति हुन्छ: यदि तपाईंको कोभपड-१९ को सकारात्मक परिक्षण भएको छ र तपाईंसँग यस अवस्थामा १४ दिनको लागि अलग्गै एक्लै बस्न सक्ने भिन्न कोठा छैन भने तपाई र तपाईको परिवारलाई सुरक्षित राख्नका लागी यहाँ एक विकल्प छ । समरभिलका बासिन्दाहरू जसको कोभिड-१९ को सकारात्मक परीक्षण भएको छ वा सकारात्मक हुने अनुमान छ र सुरक्षित रूपमा घरमा अलग्गै बस्न सकेन अवस्था छैन भने उनिहरुलाई मास जेनेरल हस्पिटलबाट २४/७ नि: शुल्क उपचार सहित रिकभरी इनमा बस्ने सहयोग प्राप्त गर्न सकिन्छ । बिरामीहरूलाई नि: शुल्क निजी कोठा, स्वास्थ्य सेवा, खाना, टिभी, वाइफाइ, र अन्य सुविधा पनि प्रदान गरिन्छ । यसले बिरामीहरूलाई छिटो चिकित्सा सहयोग प्रदान गर्न मद्वत गर्दछ र लक्षणहरू बढी घरका अन्य व्यक्तिहरुलाई यो भाइरसले समात्ने सम्भावना कम गर्दछ । यदि तपाईंको घरमा वृद्ध वृद्वा वा अन्य गम्भीर रोगको कारण उच्च जोखिममा रहेका व्यक्तिहरू बस्छन् भने घर बाहिर उपचार प्राप्त गर्नु विशेष महत्त्वपूर्ण छ । थप जानकारीको लागि (६१७)८१९-४५२८ मा फोन गर्नुहोस् ।

·           समरभिल मेयर जोशेफ ए. कर्टाटोनीका साथ हामीसंग भर्चुअल टाउन हल बैठक (जुम भिडियो कल वा फोन कल) श्रृंखलाहरुमा सामेल हुनुहोस् जहाँ तपाईं स्थानीय स्तरमा कोभिड-१९ ले पारेका प्रभावहरू र सिटिको यस सम्बन्धमा प्रतिक्रिया बारे जान्न सक्नुहुन्छ । पाँचवटा बैठकका योजना बनाईएको छ – जसमध्ये एक सम्पुर्ण सर्व-साधारण तर्फ मध्यनजर राखी तयार गरीएको छ र चारवटा विशेष समुदायसंग सम्बन्धित छन् । बासिन्दाहरूले अनलाइनबाट वा फोन मार्फत सभाहरूमा भाग लिन सक्दछन् । बैठकहरू सिटी केबल (आर.सि.एन. च्यानल १३ र ६१३ बाट, एवं कमक्यास्ट २२) बाट प्रत्यक्ष प्रसारण साथै पुनः प्रशारण पनि हुनेछ । बैठकहरुको तालिका निम्नानुसार छ:

o   जेष्ठ नागरिक टाउन हल – मंगलबार मे १२, २०२० साँझ ७:०० बजे

o   स्पेनिश भाषा टाउन हल - बुधबार मे १३, २०२० साँझ ७:०० बजे

o   सामुदायका लागी टाउन हल - मंगलबार मे १९, २०२० साँझ ७:०० बजे

o   अभिभावकका लागी टाउन हल – बिहिबार मे २१, २०२० साँझ ७:०० बजे

o   युवा टाउन हल बैठक तालिकामा राखिएको छ तर विस्तृत जानकारी पछी दिईने छ ।

सबै निर्धारित बैठकहरू साँझ ७:०० बजे सुरू हुनेछन् ।

तपाई अनलाइन बैठकमा सामेल हुन बैठक सुरू हुने समयमा Www.somervillema.gov/virtualtownhall मा भ्रमण गर्नुहोस् वा फोन कलका लागी प्राप्त जानकारी अनुसार सामेल हुनुहोस् । फोन कलबाट सामेल हुने जानकारी प्राप्त गर्न चाहानुहुन्छ भने सो को जानकारी प्रत्येक बैठकको दिनमा ३११ मा फोन गरेर वा सिटी केबलमा हेरेर पनि उपलब्ध हुनेछ । यी टाउन हलहरूको सदृश्य अभिलेख राखिनेछन् र पछी सिटिको यूट्यूब च्यानल र केबल च्यानलहरू मार्फत प्रशारण गरिइनेछ । यदि तपाईं बैठकमा प्रत्यक्ष रूपमा उपस्थित हुन असक्षम हुनुहुन्छ तर तपाईंसंग प्रश्नहरू छन् भने www.somervillema.gov/virtualtownhall मा वा ३११ मा फोन गरेर मे ११, २०२० देखि बैठकको समय भन्दा अघि सम्ममा सो प्रश्नहरु हामीलाई उपलब्ध गराउन सक्नुहुन्छ । विशेष प्रश्नहरू बैठकहरूको दिन मध्यान्न सम्ममा पेश गर्नुहोस् ।

·          कर्वसाईड टेक्सटाईल रिसाइक्लि फिर्ता भयो: हाम्रो ठेकेदार सिम्पल रिसाइक्लिले टेक्सटाईले कर्बसाइड रिसाइक्लि संग्रह पुनः सुरु गरेको छ । अब तपाईं साधारण गुलाबी रिसाइक्लिंग ब्यागहरू उठाउनको लागि सामान्य फोहोर उठाउने दिन राख्न सक्नुहुन्छ । यदि तपाईंलाई गुलाबी झोलाहरू चाहिन्छ भने कृपया (८६६)८३६-५०६८ मा फोन गर्नुहोस् वा simplerecycling.com मा पनि अनुरोध गर्न सक्नुहुनेछ ।

·          किफायती आवासको अवसर: सिटिको समावेशी आवास कार्यक्रम मार्फत चार आय-प्रतिबन्धित कन्डोमिडियमहरू खरीदका लागि उपलब्ध छन् । सेडर प्लेस (१७-२५ मुर्डक स्ट्रिट) मा अवस्थित दुई र तीन बेडरूम कोन्डोमिडियमहरु कम आय भएका घरपरिवारलाई एक आवेदन र लटरी प्रक्रिया मार्फत बजार मूल्यभन्दा कम मुल्यमा प्रदान गरिनेछ । अधिक जानकारी र एक युनिटको भिडियो यहाँ https://www.somervillema.gov/departments/programs/inclusionary-housing-program उपलब्ध छन् ।

·          योजना, जोनिंग, र अन्य बोर्ड र आयोग बैठकहरू अनलाइन हुँदैछन्: कोभिड-१९ महामारीको समयमा राज्यपाल चार्लि बेकरले आधिकारिक सार्वजनिक बैठकहरू अनलाइन गर्न अनुमति दिएका छन् । योजना बोर्ड, जोनिंग बोर्ड, ऐतिहासिक आयोग, र अन्य बोर्ड एवं आयोगहरूको बैठक भेटघाट जारी छ । आगामी एजेन्डा समीक्षा गर्न र उक्त बैठकहरुमा कसरी भाग लिने भन्ने जान्नको लागि somervillema.gov मा जानुहोस् "तपाईंको सरकार" ट्याबमा क्लिक गर्नुहोस् र त्यसपछि "बैठकहरू, एजेन्डा, र माइनुटहरू" क्लिक गर्नुहोस् ।

·          १०,००० घरेलु मास्क वितरण: सिटिले असुरक्षित बासिन्दाहरूलाई दिनका लागि १००,००० व्यावसायिक मास्क साथसाथै १०,००० पुन: प्रयोज्य घरेलु मास्क वितरणको लागी समुदायलाई आह्वान गरिरहेका छ । हामीसँग पहिले नै हाम्रो १,१०० घरेलु मास्क सहयोगबाट प्राप्त भैसकेका छन् । थप जानकारीका लागी यहाँ https://www.somervillema.gov/news/city-distribute-100000-commercial-masks-residents-launches-10000-mask-drive-homemade-cloth हेर्नुहोस् ।

आजको सहयोग टिप: यदि तपाईंले आफ्नो प्रोत्साहन चेक (Stimulus Check) प्राप्त गर्नुभएको छैन भने के गर्ने

·          यदि तपाईंले संघीय सरकारबाट $१,२०० डलर कोरोनाभाइरस राहत भुक्तानी प्राप्त गर्नुभएको छैन वा प्रति बच्चा अतिरिक्त $५०० भुक्तानी प्राप्त गर्नुभएको छैन भने के भएको हो भनेर जाँच गर्न सक्नुहुन्छ । यसको लागी कसरी काम गर्न सकिन्छ भनी न्यू योर्क टाइम्समा लेखिएको एक स्तम्भ यहाँ https://www.nytimes.com/article/where-is-my-stimulus-payment.html छ ।

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: कोभिड-१९ रोकथामको लागि तपाइँको अनुहार छुन कसरी रोक्ने

तपाईंको अनुहार छुनु भनेको कोरोनाभाइरसले समात्ने सम्भावित तरिका हो । वैज्ञानिकहरू भन्छन् कि हामी धेरै जसो हाम्रो अनुहार प्रति घण्टा २३ पटक छुन्छौं । यस सम्बन्धमा लेखिएको लेख https://www.usatoday.com/story/news/health/2020/03/08/coronavirus-prevention-how-stop-touching-your-face/4965517002/ मा वा यसका योजना बारे https://www.psychologytoday.com/us/blog/get-out-your-mind/202003/how-stop-touching-your-face मा केही सल्लाह उपलब्ध छन् र सो हेर्नका लागी यो उपयुक्त समय हो । यदि तपाइँका हातहरू सफा छन्, तपाइँको अनुहार कम छुनुभएको छ भने जोखिम कम हुन्छ, त्यसैले तपाँईको हात निरन्तर धुने कार्य जारी राख्नुहोस् । कृपया लगातार कम्तिमा २० सेकेन्ड सम्म हात धुनुहोस् र भाइरसको फैलावटलाई कम गरिराख्नुहोस् ।

 

धन्यवाद ।

 

अशक्तता भएका व्यक्तिहरू जसलाई अतिरिक्त सहयोग र सेवाहरू चाहिन्छ र सेवा सम्बन्धि प्रभावकारी सञ्चारका लागि वैकल्पिक ढाँचामा लिखित सामग्री वा नीति र प्रक्रियाहरूमा व्यावहारिक संशोधनहरू गर्न,

समरभिलको सिटिका कार्यक्रमहरू र गतिविधिहरू उपस्थितिका लागीपहुँच विस्तार गर्न वा बैठकहरूमा उपस्थित हुनका लागी नेन्सी सलामौनलाई (६१७)६२५-६६०० x २३२३ वा NSalamoun@somervillema.gov मा सम्पर्क गर्नुपर्दछ ।


शनिबार मे ९, २०२०

समरभिल मेयर जोशेफ ए. कर्टाटोनीका साथ हामीसंग भर्चुअल टाउन हल बैठक

समरभिल मेयर जोशेफ ए. कर्टाटोनीका साथ हामीसंग भर्चुअल टाउन हल बैठक श्रृंखलाहरुमा सामेल हुनुहोस् जहाँ तपाईं स्थानीय स्तरमा कोभिड-१९ ले पारेका प्रभावहरू र सिटिको यस सम्बन्धमा प्रतिक्रिया बारे जान्न सक्नुहुन्छ । पाँचवटा बैठकका योजना बनाईएको छ – जसमध्ये एक सम्पुर्ण सर्व-साधारण तर्फ मध्यनजर राखी तयार गरीएको छ र चारवटा विशेष समुदायसंग सम्बन्धित छन् । बासिन्दाहरूले अनलाइनबाट वा फोन मार्फत सभाहरूमा भाग लिन सक्दछन् । बैठकहरू सिटी केबलबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

बैठकहरुको तालिका निम्नानुसार छ:

·          जेष्ठ नागरिक टाउन हल – मंगलबार मे १२, २०२० साँझ ७:०० बजे

·          स्पेनिश भाषा टाउन हल - बुधबार मे १३, २०२० साँझ ७:०० बजे

·          सामुदायका लागी टाउन हल - मंगलबार मे १९, २०२० साँझ ७:०० बजे

·          अभिभावकका लागी टाउन हल – बिहिबार मे २१, २०२० साँझ ७:०० बजे

·          युवा टाउन हल बैठक तालिकामा राखिएको छ तर विस्तृत जानकारी पछी दिईने छ ।

सबै निर्धारित बैठकहरू साँझ ७:०० बजे सुरू हुनेछन् ।

तपाई अनलाइन बैठकमा सामेल हुन बैठक सुरू हुने समयमा Www.somervillema.gov/virtualtownhall मा भ्रमण गर्नुहोस् वा फोन कलका लागी प्राप्त जानकारी अनुसार सामेल हुनुहोस् । फोन कलबाट सामेल हुने जानकारी प्राप्त गर्न चाहानुहुन्छ भने सो को जानकारी प्रत्येक बैठकको दिनमा ३११ मा फोन गरेर वा सिटी केबलमा हेरेर पनि उपलब्ध हुनेछ । यी टाउन हलहरूको सदृश्य अभिलेख राखिनेछन् र पछी सिटिको यूट्यूब च्यानल र केबल च्यानलहरू मार्फत प्रशारण गरिइनेछ । यदि तपाईं बैठकमा प्रत्यक्ष रूपमा उपस्थित हुन असक्षम हुनुहुन्छ तर तपाईंसंग प्रश्नहरू छन् भने www.somervillema.gov/virtualtownhall मा वा ३११ मा फोन गरेर मे ११, २०२० देखि बैठकको समय भन्दा अघि सम्ममा सो प्रश्नहरु हामीलाई उपलब्ध गराउन सक्नुहुन्छ । विशेष प्रश्नहरू बैठकहरूको दिन मध्यान्न सम्ममा पेश गर्नुहोस् ।

पुनरस्मरणका लागी, सिटिले कोभिड-१९ का बारेमा नियमित अध्यावधिक जानकारीहरू ईमेल मार्फत पठाउँदछ । यदि तपाइँ यी अध्यावधिक जानकारीहरू प्राप्त गर्न चाहानुहुन्छ भने www.somervillema.gov/alerts मा साइन अप गर्नुहोस् ।

धन्यवाद ।


शुक्रबार मे ७, २०२०

कोभिड-१९ को अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

कोभिड-१९ को निरन्तर हुने अध्यावधिक जानकारी र संसाधनहरूको लागि कृपया somervillema.gov/coronavirus मा भ्रमण गर्नुहोस् ।

ताजा समाचार:

·          केस गणना: आज मे ७, २०२० साँझ ७:०० बजेसम्म समरभिलका ६६५ जना बासिन्दाहरूको कोभिड-१९ को सकारात्मक परीक्षण (Positive Test) गरेका छन् । ती मध्ये २९१ जना निको भएका छन् र दुःखको कुरा यहाँ १० जनाको मृत्यु भएको छ ।

समरभिलका बासिन्दाहरूको लागि नि: शुल्क कोभिड-१९ को परीक्षणको लागि साइन अप गर्न (६१७)६६५-२९२८ मा सोमबार देखि शुक्रवार सम्म बिहान ८:३० बजे देखि साँझ ४:०० बजे सम्म फोन गर्नुहोस् ।

·          सुरक्षित आमाको मुख हेर्ने दिनको शुभकामना: पहिले, सबै आमाहरूलाई संझना । अब, तपाईले आफ्नी आमाको मुख हेर्ने योजना बनाउनु अघि एन.पी.आर. रेडियोबाट प्रशारण हुने ५-मिनेट खण्ड सुन्नुहोस यसले आमाको मुख हेर्ने बारेमा केही सल्लाह दिन्छ, जस्तै यदि तपाईको आमा तपाँईसँगै बस्नु हुन्न र अझ विशेष गरी यदि उहाँ उमेर वा अन्तर्निहित अन्य स्वास्थ्य अवस्थाका कारण कोभिड-१९ बाट गम्भीर जोखिममा हुनुहुन्छ भने उहाँलाई व्यक्तिगत रूपमा भेट नगर्नुहोस् । यस वर्षका लागी एक फोन कल वा सुरक्षित एउटा सानो उपहार वा अरु कुनै चिन्ह वा सुरक्षा योजना उत्तम उपहार हुन सक्छ ।

·          बासिन्दाहरूलाई १,००,००० मास्क वितरण: यस हप्तादेखि हामी बासिन्दाहरूलाई १,००,००० थ्री-प्लाई मास्क वितरण गर्ने योजना गरेकाछौं । हामी जेष्ठ नागरिक आवास भवनहरू, सार्वजनिक आवास भवनहरू, सिटि भवनहरु, बिद्यालय खाद्य वितरण स्थानहरू, साथै अन्य छिट्टै रोगको चपेटामा आउन सक्ने कमजोर अवस्थाका वासिन्दाहरु भएको क्षेत्रहरूमा मास्क वितरण गर्न प्राथमिकता दिइरहेका छौं । समरभिल प्रहरी अधिकारीहरूले कम्तिमा मे १२ सम्म तोकिएका स्थानहरूमा मास्कहरू उपलब्ध गराई रहेका हुनेछन् । अधिकारीहरू मास्क सहित रहेका ठाउँ सहित थप कुरा पत्ता लगाउन somervillema.gov मा भ्रमण गर्नुहोस् ।

·          घरमा बनाईएका मास्क चन्दाका लागि फोन गर्नुहोस्: हामी मास्क वितरणको साथसाथै असुरक्षित बासिन्दालाई १०,००० घरमा बनेका मास्क चन्दादिन समुदायलाई अनुरोध गर्दैछौं । घरमा बनेका कपडाका मास्क सिभिलियन थ्री-प्लाई मास्क भन्दा फरक, धेरै पटक धुन र पुनः प्रयोग गर्न सकिन्छ । यदि तपाईं मास्क सिलाइरहनु भएको छ र समुदायका सदस्यहरूलाई केहि मास्क दिन चाहनु हुन्छ भने तपाईं तिनीहरूलाई झोलामा राखी बन्द गरी तिनीहरूलाई समरभिल सार्वजनिक पुस्तकालयको मध्य शाखा (Central Branch) वा पूर्वी शाखा (East Branch) को बुक स्लटमा छोड्न सक्नुहुन्छ । हामीसँग अहिले सम्म १,१०० छ यस्ता मास्क उपलब्ध भईसकेका छन् । यसको थप जानकारी Sorvillema.gov मा फेला पार्न सक्नुहुनेछ ।

·          मे १८ देखि निर्माण कार्यको पहिलो चरण सुरु हुने: राज्यव्यापी घरमै बस्ने आदेश कायम रहेको भएता पनि यसलाई सहज बनाउने उदेश्यका साथ सिटिले मे १८ देखि कोभिड-रोकथामका नीति नियम कडाईका साथ पालना गर्दै सिटि अन्तरनिहित निर्माण कार्य सावधानीपूर्वक र चरणबद्ध रुपमा पुनर्स्थापना गर्ने तयारी गरिरहेको छ । योजना पुनः सुचारु गर्नका लागि सबै ठेकेदारहरूले कार्य स्थलहरुमा रहेका सम्भावित खतराको मुल्यांकन प्रतिवेदन पेश गर्नु पर्नेछ र कोभिड-१९ बाट सुरक्षित रहनका लागी विशेष व्यावस्था सहित कार्य स्थल विशिष्ट सुरक्षा योजना तयार गर्नु पर्नेछ । सुरक्षा योजनाहरूको स्वीकृति पछी निर्माण कार्यहरुको पहिलो चरण मे १८ देखि प्रारम्भ हुन सक्छ ।

·          अर्थव्यवस्था पुनःस्थापित गर्नका लागि तपाईको सुझाव र प्रतिकृया दिनुहोस्: राज्य भित्रका व्यासायहरु पुनः संचालन गर्न गठित सल्लाहकार बोर्डले अर्थव्यवस्था कसरी पुनःसुचारु गर्न सकिन्छ भन्ने बारे प्रतिक्रिया खोज्दैछन् । यदि तपाइँसँग तपाइँको उद्योगले सामना गर्न सक्ने चुनौतीहरूका बारे तपाँईको धारणाहरू, तपाइँको उद्योगमा भएका अभ्यासका कारण उद्योगले विकास गरेको उत्तम धारणाहरु वा अन्य तपाइँका सुझाव एवं धारणाहरु सार्वजनिक गर्न सक्नुहुनेछ ।

आजको सहयोग सुझाव: साना व्यवसाय कोभिड राहत कोषको लागि मे ११ सम्म आवेदन दिनुहोस्

व्यवसायहरुले सोमबार मे ११, २०२० दिउसो ३:०० बजे सम्म सोमरभिले सानो व्यवसाय कोभिड-१९ राहत कोषबाट माफी योग्य ऋणको लागि आवेदन दिन सक्नेछन् । यो सहयोग कोष भाँडा वा धितो भुक्तान सहितका साथै स्वास्थ्य सेवा सहित पेरोल खर्च र उपयोगिता खर्चहरू (Utility Costs) सहितका दैनिक पूंजीगत खर्चका लागि प्रयोग गर्न सकिन्छ । यसका लागी आवश्यक योग्यताहरूको बारेमा थप जानकारीको लागि र आवेदन दिनको लागि somervillema.gov/bizrelief भ्रमण गर्नुहोस् ।

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: यदि मैले कोभिड-१९ बाट मुक्त भएं भने म स्वतन्त्र छु?

यस समयमा वैज्ञानिकहरू स्पष्ट छैनन् कि कोभिड-१९ बाट निको भएकाहरू यस रोगबाट पुर्ण मुक्त छन् कि छैनन् । थप पुष्टि नभएसम्म आफूलाई र अरूलाई जोगाउन सिफारिस गरिएका सबै कदमहरू पालना गरिनुहोस्  (सकेसम्म घरमै बस्नुहोस्, बेलाबेलामा कम्तिमा २० सेकेन्डको लागि हात धुनुहोस्, बाहिर अन्य व्यक्तिहरुसँग कम्तिमा ६ फिट टाढा रहनुहोस्, र सार्वजनिक स्थलहरुमा अनुहार ढाक्ने मुख छोप्ने कार्यलाई निरन्तरता दिनुहोस्) ।

 

धन्यवाद ।


बुधबार मे ६, २०२०

कोभिड-१९ को अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

संसाधनहरू र अन्य थप अध्यावधिक जानकारीको लागि कृपया somervillema.gov/coronavirus मा भ्रमण गर्नुहोस् ।

ताजा समाचार:

·          केस गणना: आज मे ६, २०२० को दिउसो ५:०० बजे सम्ममा समरभिलका ६५६ जना बासिन्दाहरूको कोभिड-१९ को सकारात्मक परीक्षण (Positive Test) भएको छ, ती मध्ये २९० जना निको भएका छन्, र दुर्भाग्यवस यहाँ दश जनाको मृत्यु भएको छ ।

·          मास्क लगाउनु वा अनुहार ढाक्नु राज्यव्यापी आवश्यकता: गत हप्ता राज्य सरकारका राज्यपाल (Governor) चार्ली बेकरले घोषणा गरेका छन् कि बुधवार मे ६, २०२० देखि राज्यभरका सबै सिटिहरू र शहरबजारहरूमा सार्वजनिक रूपमा मास्क वा अनुहार ढाक्नु अनिवार्य हुनेछ । यो राज्यव्यापी आदेश दुई बर्ष मुनिका वा स्वास्थ्य असमर्थताका कारण मास्क लगाउन वा मुख ढाक्न असमर्थ बाहेक अन्य दुई वा दुई बर्ष भन्दा माथिका जो कोहीलाई लागू हुन्छ ।

·          बेरोजगारी सहायता विभाग (डी.यू.ए.) को क्षमता वृद्वी: कोविड-१९ को संकट सुरु भएदेखि बेरोजगारी सहयोगका लागि आवेदन दिने ६५०,००० भन्दा बढी म्यासाचुसेट्स् बासिन्दाहरूलाई उचित सहयोगका लागी डी.यू.ए.ले आफ्नो फोन कल सेन्टर क्षमता विस्तार गरेको छ । डी.यू.ए. फोन कल सेन्टरको (८७७)६२६-६८०० मा डी.यू.ए.का १,२०० कर्मचारी छन्, जुन प्रति कर्मचारी ५० फोन कल बराबर हुन्छ । यसमा बहुभाषी फोन कल प्रतिनिधिहरू उपलब्ध छन् ।

·          सम्पर्क पहिल्याउनेहरू (Contact Tracers) को फोन उठाउनुहोस्: यदि तपाईंको फोनको कलर आईडीले “एम.ए. कोभिड टोली” ले फोन गरेको देखायो भने सो फोन तपाईंले उठाउनु पर्दछ । राज्यको सामुदायिक अनुबंध ट्र्याकिंग सहयोगी कर्मचारीहरुले कोभिड-१९ को सकारात्मक परीक्षण (Positive Test) भएका व्यक्तिहरुसँग नजिकको सम्पर्क भएका मानिसहरूलाई सम्पर्क गरी उनीहरूलाई स्वास्थ्य सेवा र क्वारेन्टाइन प्रक्रियाहरूको बारेमा जानकारी दिई सचेत गराई रहेका छन् ।  

·          हेल्थ कनेक्टर मार्फत बीमाका लागि आवेदन दिनको लागी म्याद थपिएको: बीमा नभएका तर यसका लागी योग्य म्यासाच्युसेट्सका बासिन्दाहरूका लागि मे २५, २०२० सम्म नामांकन अवधि विस्तारित गरिएको छ । हालसालै आफ्नो स्वास्थ्य विमा नभएका जो कोहीले आवेदन दिन सक्नेछन् । थप जानकारीका लागी Mahealthconnector.org मा भ्रमण गर्नुहोस् ।

·          कर्बसाइड टेक्सटाईल रिसाइक्लि फिर्ता भयो: हाम्रो ठेकेदार सिम्पल रिसाइक्लिले टेक्सटाईले कर्बसाइड रिसाइक्लि संग्रह पुनः सुरु गरेको छ । अब तपाईं साधारण गुलाबी रिसाइक्लिंग ब्यागहरू उठाउनको लागि सामान्य फोहोर उठाउने दिन राख्न सक्नुहुन्छ । यदि तपाईंलाई गुलाबी झोलाहरू चाहिन्छ भने कृपया (८६६)८३६-५०६८ मा फोन गर्नुहोस् वा simplerecycling.com मा पनि अनुरोध गर्न सक्नुहुनेछ ।

·          काउच फेस्ट यो शनिबार हो !: कला परिषदले हाम्रो मनपर्ने उत्सवहरू मध्ये एकलाई निरन्तरता एक रचनात्मक तरिका फेला पारे - यो शनिबार पोर्चफेस्ट काउचफेस्ट हुँदैछ ! मध्यान्न देखि साँझ ६:०० बजे सम्म तपाईं स्थानीय संगीतकारहरूबाट अनलाइन प्रदर्शन हेर्न सक्नुहुन्छ । तपाँईले वर्षा हुने सम्भावनाको वा जुत्ता लगाउने बारेमा चिन्ता लिनु पर्दैन ! तपाईंले काउचफेस्ट नक्शामा प्रदर्शनहरुका लिंकहरू फेला पार्न सक्नुहुन्छ । यदि तपाईं एक संगीतकार हुनुहुन्छ र यसमा भाग लिन चाहानुहुन्छ भने तपाईंसँग कला कलापरिषदको वेबसाइटमा मे ७ सम्म दर्ता गर्न सक्नु हुन्छ ।

आजको सहयोग सल्लाह: महामारी-ई.बी.टी. (P.-E.B.T.) मे महिनामा शुरू हुन्छ

म्यासाचुसेट्सका बिद्यालय उमेर भएका बच्चाहरूका परिवारहरू जो निःशुल्क वा कम शुल्कको बिद्यालय खानाको लागि योग्य हुन्छन्, तिनिहरुले यस महिना देखि प्रति विद्यार्थी प्रति हप्ता ईबीटी लाभमा $२८.५० थप प्राप्त गर्नेछन् । थप रकमहरू संघीय पि.-ई.बि.टी. कार्यक्रमको हिस्सा हुन् । संक्रमणकालीन सहायता विभागले यस महिना तपाईंको पि.-ई.बि.टी. सुविधाहरू कहिले सुरू हुन्छ भन्ने जानकारी सहित योग्य परिवारहरूलाई चिठी पठाउँदै छ । यदि तपाइँको बच्चा वा बच्चाहरू छन् जसले बिद्यालयमा निःशुल्क वा कम मूल्यको भोजन प्राप्त गर्दछन् तापनि तपाइँले पि.-ई.बि.टी. को बारेमा मे अन्त्य सम्म कुनै जानकारी प्राप्त गर्नु भएन भने प्रोजेक्ट ब्रेडको फूडसोर्स हटलाइन (८००)६४५-८३३३ (टि.टि.वाई. (८००)३७७-१२९२) मा सम्पर्क गर्नुहोस् । पि.-ई.बि.टी. लाभहरू कुनै पनि स्टोरमा प्रयोग गर्न सकिन्छ जसले ई.बि.टी. वा एस.एन.ए.पी. लाभहरू स्वीकार गर्दछन् ।

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: बाहिर जानुहोस्, तर सुरक्षित हुनुहोस्

अधिक न्यानो र घमाइलो दिनहरूको पूर्वानुमान भएको समयमा अधिक व्यक्तिहरू घर बाहिर गईरहेका छन् ।  केही घाम र व्यायामका लागी बाहिर जाँदा मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्छ, तर सुरक्षित रूपमा बाहिर जानु भने अति महत्त्वपूर्ण छ । तपाईको परिवार बाहेक अन्य कसैबाट पनि कम्तिमा ६ फिट टाढा रहन नबिर्सनुहोस् । यसको मतलब कम भिड भएको पार्कमा वा मानिस हिंड्ने बाटोमा निस्कनुहोस् - र अरूलाई बचाउन र आफु बाँच्न अनुहारमा मास्क लगाउनुहोस् वा ढाक्नुहोस् ।

धन्यवाद ।

 


शुक्रबार मे १, २०२०

कोभिड-१९ को अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

थप संसाधनहरू तथा निरन्तर हुने अध्यावधिक जानकारीहरुका लागि निश्चित गर्नुहोस् कि somervillema.gov/coronavirus

ताजा समाचार:

·          केस गणना: आज  १, २०२० बिहान ९:३० सम्म समरभिलका ५८४ का बासिन्दाहरूले कोभिड-१९ को सकारात्मक परीक्षण (Positive Test) गराएका छन् ती मध्ये २१६ जनालाई निको पारिएको छ, र दुर्भाग्यवश यहा आठ जनाको मृत्यु भएको छ ।

·          कम्तिमा मे १८ सम्म सिटिका सम्पुर्ण भवनहरू बन्द रहनेछ: धेरै जसो सिटि सेवाहरू अझै अनलाइन उपलब्ध छन् । सिटि सेवाहरूको पहुँचका बारे थप जानकारीको लागि somervillema.gov/coronavirus मा "सिटि सेवाहरू स्थिति" ट्याब क्लिक गर्नुहोस् । सम्झनाको लागी सबै सिटि-प्रायोजित र अनुमति प्रदान गरिएका सम्पुर्ण कार्यक्रमहरू जून सम्म रद्द गरिएको छ ।

·          सडक बढार्ने/सफा गर्ने कार्य कम्तिमा मे १८ सम्मका लागी स्थगित गरिएको छ: सडक बढार्ने/सफा गर्ने कार्य अब सोमबार मे १८ मा सुरु हुने छ ।

·          समरभिल बासि पैदल तथा साईकल यात्रीहरुको कोभिड-१९ परीक्षण पनि उपलब्ध (ड्राइभीङका अतिरिक्त): समरभिलको नयाँ कोभिड-१९ परिक्षण/सो को पहिचान/खलग्गै बस्ने योजनाका लागी समरभिल निवासीहरूले निःशुल्क परीक्षणको लागि परिक्षण तालिकामा आफ्नो नाम दर्ता गर्न सक्दछन् । अब ड्राइभिङमा, पैदलमा, र साईकल यात्रीहरूको लागि परीक्षण उपलब्ध छ । परीक्षणको लागि निःशुल्क समय तालिका तयार गर्नको लागि १(६१७)६६५-२९२८ मा फोन सम्पर्क गर्नुहोस् । यसको लागी बीमा वा डाक्टरको शिफारिस आवश्यक छैन ।

·          सिटि तथा साझेदारहरूद्वारा स्थानीय भेट्रान्सको घरमा पायलट बायोसेन्सर प्रोजेक्ट: सिटी, चेरीश हेल्थ, र क्याम्ब्रिज हेल्थ एलायन्सले समरभिल अस्पताल र म्यासाचुसेट्स बे भेट्रान्स सेन्टरमा म्यासाच्युसेट्स् भोलिएन्टर अमेरिकाद्वारा समरभिल भेट्रान्सका लागि सम्भावित जीवन बचाउने नयाँ पायलट बायोसेन्सर आवासीय योजना सुरु गरेको छ । यसले घरमा नै कोभिड-१९ का शिकिस्त विरामी बाहेकका सामान्य विरामीका लागी रिमोट सेन्सिंग टेक्नोलोजी राखि बिरामीहरूको महत्त्वपूर्ण संकेतहरूको निगरानी गर्न सक्दछ । यदि प्रणालीले बिग्रँदो अवस्थाको कुनै संकेतहरू देखायो भने डाक्टर वा नर्सलाई तत्काल उपकरण द्वारा सचेत गराइन्छ ताकि तिनीहरू बिरामीलाई आवश्यक पर्ने हेरचाह वा अस्पतालमा भर्ती गर्ने व्यावस्था गर्न सक्दछन् । कोविड केसहरू मास वेमा रिपोर्ट हुनु पुर्वनै यो असुरक्षित जनसंख्याको बारेमा हामी जानकार हुनेछौं र उपकरणले जीवन रक्षा गर्न मद्दत गर्दछ । थप जानकारी यहाँ छ ।

·          रिमाइन्डर: गैर नाफामुखी संस्था पनि समरभिल सानो व्यापार कोषको लागि योग्य: कोषले मे ११ सम्म सहयोगका लागि आवेदनहरू स्वीकार गर्दैछ । संघीय कोषको साथ सिटिद्वारा स्थापित १ मिलियन डलर कोषबाट ब्यापारहरू/गैर-नाफामुखी संस्थालरुले पनि १०,००० डलरसम्मको माफी योग्य ऋणको लागि आवेदन दिन सकिन्छ । थप जानकारीका लागी Somervillema.gov/CovidBizHelp मा हेर्नुहोस् ।

·          रिमाइन्डर: मास्क/अनुहार ढाक्ने आदेशमा स्वास्थ्य समस्या भएकाहरु अपवाद: चिकित्सा अवस्था वा अशक्तताको कारण अनुहार ढाक्न लगाउन नसक्ने व्यक्तिहरूलाई अनिवार्य अनुहार ढाक्ने आदेशमा केही सहजता बनाईएको छ र अपवादहरू लागू गरिनेछ (पुनः विषेश जानकारिका लागि मात्र) । यसका लागी तपाईंले डाक्टरको चिठी बोक्नु आवश्यक पर्दैन । कोभिड-१९ सम्भावित घातक जोखिमबाट अरूलाई जोगाउन समुदायका सदस्यहरूले मास्क लगाउन अनिवार्य रहेको अवस्थामा यो अपवादको केही व्यक्तिहरुले दुरुपयोग गर्न पनि सक्छन् भन्ने हामीले बुझेका छौं । यसका लागी हामी पनि ध्यान दिइरहेका छौं र हामी सबैलाई अनुरोध पनि गरिरहेका छौ । साथै तपाईंलाई यो पनि बुझ्नको  लागी अनुरोध गर्दछौं कि यदि तपाईंले मास्क बिना कसैलाई देख्नुभयो भने तिनीहरू चिकित्सा अवस्था वा अशक्तताको कारण पनी हुन सक्छ । त्यसैले कृपया त्यतिकै अरुको मुल्यांकन नगर्नुहोस्, आत्म-निरक्षणको प्रयास नगर्नुहोस् वा तिनीहरु विरुद्व उजुरी गरी नहाल्नुहोस् । कृपया यसको कार्यान्वयनको जिम्मा हाम्रा अधिकारीहरूलाई छोडिदिनुहोस् र तपाईंको आफ्नै मास्कको लागि जिम्मेवार बन्नुहोस् र अरूहरूलाई उनीहरूको लागि आफै जिम्मेवार हुन दिनुहोस् ।

आजको सहयोग युक्ति: छुटेको भाडा भुक्तानीको लागि जरिवाना नलगाउनुहोस्

कोभिड-१९ को कारण तपाँईले घरभेटीलाई समयमा भाडा बुझाउन ढिलाई भएकोमा जरिवाना वा निकायमा उजुरिबाट बच्नका लागी कोभिडका कारण ढीलाई भएको जानकारी घरभेटिलाई ३० दिन भित्र दिनुहोस् । राज्यको वेबसाइटमा आवासीय र व्यावसायिक दुबै भाँडादारहरूले उनीहरूको घरधनीलाई सूचित गर्न प्रयोग गर्न सक्ने फारमहरू छन् जुन तिनीहरूले आफै पत्र लेख्नका लागि सहयोगी रूपमा प्रयोग गर्न सक्दछन् ।

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: कृपया ग्लव्स वा मास्कहरू ठीकसँग मिलाउनुहोस्

सार्वजनिक निर्माण विभागका कर्मचारीहरूले हालसालै सडकहरूमा विशेष गरी सुपरमार्केट नजिकै ग्लोभ र मास्कहरु जाथाभावी फालेको देखेका छन् । कृपया सिटि र समुदायलाई सफा राख्न मद्दत गर्नुहोस् । प्रयोग गरिएका ग्लोभ्स र मास्कहरू राम्रोसँग रद्दीटोकरीमा फाल्नुहोस् । यदि कुनै रद्दीटोकरी उपलब्ध छैन वा यो पूर्ण रुपमा भरिएको छ भने तिनिहरुलाई जब सम्म तपाईं त्यसलाई रद्दीटोकरीमा फ्याँक्न सक्नुहुन्न आफैसंग राख्नुहोस् । यी चीजहरूलाई राम्रोसँग फाल्दा तिनीहरू हावाचल्दा ढलमा पस्नबाट वा फोहोर हुनबाट जोगाउँदछ जसले हाम्रो सीभर प्रणाली र इकोसिस्टमका लागि समस्या उत्पन्न गर्न सक्दछन् । मास्क बाहिर फ्याक्नु अघि दुई पटक जाँच गर्नुहोस् – धेरै मास्कहरु पुन: प्रयोग गर्न सकिन्छ ।

धन्यवाद ।

 

 


मंगलवार अप्रिल २९, २०२०

कोभिड-१९ को अध्यावधिक जानकारी

प्रिय समुदाय सदस्यहरू,

संसाधनहरू तथा बारम्बार अद्यावधिक हुने थप जानकारीको लागि कृपया somervillema.gov/coronavirus मा भ्रमण गर्नुहोस् ।

ताजा समाचार:

·          केस गणना: आज अप्रिल २९, २०२० को बिहान ९:३० बजेसम्म, समरभिलका जम्मा ५५१ जनाको कोभिड-१९ को सकारात्मक परीक्षण (Positive Test) भएको छ, ती मध्ये २०५ जनालाई निको भएको र दुःखको कुरा यहाँ ६ जनाको मृत्यु भएको छ ।

·          समरभिल हेरचाह कोष (समरभिल केयर्स फन्ड)का लागी आवेदनहरू अब खुला छन् । थप विवरण तल हेर्न सक्नु हुनेछ ।

·          समरभिल साना व्यवसाय कोषले मे ११ सम्म सहयोगका लागि आवेदनहरू स्वीकार गर्दै: यसको थप जानकारीका लागी थप somervillema.gov/CovidBizHelp मा हेर्न सक्नुहुनेछ ।

·          सिटि व्यापी कोभिड-१९ नयाँ, नि: शुल्क परीक्षण उपलब्ध: समरभिल मेयर जोशेफ ए कर्टाटोनी, क्याम्ब्रिज स्वास्थ्य गठबन्धन (क्याम्व्रिज हेल्थ एलाएन्स), र राज्यको सहयोगमा समरभिलका सबै बासिन्दाहरुलाई कोभिड-१९ को निशुल्क परीक्षणहरू उपलब्ध गरिएको छ । नि: शुल्क परीक्षणको लागि तपाईलाई रोगको लक्षण वा स्वास्थ्य बीमाको आवश्यकता पर्दैन । निशुल्क परीक्षणको लागि (६१७)६६५-२९२८ मा फोन गरी सोमबार देखि शुक्रवार सम्म बिहान ८:३० बजे देखि साँझ ४:०० बजे समय तालिका बनाउन सक्नु हुनेछ । परीक्षण कार्यक्रम समरभिल अस्पताल बाहिर ड्राइभ-थ्रू परीक्षणको साथ शुरु हुनेछ, र चाँडै हिँड्ने र साइकल चलाउने नागरिकहरूमा पनि विस्तार हुनेछ । ईस्ट समरभिलका लागि दोस्रो परीक्षण स्थल पनि खोल्ने योजना गरिएको छ । राज्यले यस नयाँ परीक्षण कार्यक्रमको लागि ३,५०० टेस्ट किटहरू प्रदान गरेको छ र मेयर कर्टाटोन र स्वास्थ्य बोर्डले अझ थप सहयोगको लागि वकालत गरिरहेका छन । थप जानकारी https://www.somervillema.gov/covid19testing मा छ ।

·          परीक्षण समरभिलको कोभिड-१९ परीक्षण/ट्र्यासि/सुरक्षा अलवा नयाँ योजनाको एक हिस्सा हो: कोभिड-१९ को लागि सकारात्मक परीक्षण गर्ने सबै समरभिलका बासिन्दाहरूले सकारात्मक सोचका साथ सुरक्षित रहन, सम्पर्क कायम गर्न, र आवश्यक स्रोतहरूमा पहुँच पुर्याउन समरभिल पब्लिक हेल्थ नर्सहरूको सकृय समर्थन प्राप्त गर्नेछन् । कोभिड-१९ भएका व्यक्तिहरू जो घरमा सुरक्षित एक्लो बस्न सक्ने अवस्था छैन भने मास जनरल अस्पताल (एम.जि.एच.) को मेडिकल सुपरिवेक्षणमा अलग्गै होटल रेफरल गर्न योग्य हुनेछन् र रेफर गरिनेछ ।

·          राज्यव्यापी घरमै बस्ने सल्लाह मे १८ सम्मका विस्तार गरियो: आज राज्य सरकारका राज्यपाल चार्ली बेकरले राज्यव्यापी घरमै बस्ने सल्लाह (स्टेट-एट-होम)का साथसाथै गैर-अनिवार्य व्यवसायहरू बन्द गर्ने अवधी मे १८ सम्म बढाइएको घोषणा गरेका छन् ।

·          कमकास्टको इन्टरनेट अत्यावश्यक आवश्यक २ महिना निःशुल्क योजनाको हदम्याद थपियो: आय योग्य घरपरिवारले जून ३० सम्ममा साइन अप गरेमा कमकास्टको इन्टरनेट आवश्यक योजनाको अन्तरगत २ नि: शुल्क महिना प्राप्त गर्न सक्दछन् । वर्तमानमा इन्टरनेट आवश्यक योजनाको शुरुवातको नि: शुल्क महिना पछि प्रति महिना $९.९५ तिरे पुग्छ । साइन अप गर्न internetessentials.com मा जानुहोस् वा १(८५५)८४६-८३७६ मा फोन गर्नुहोस् ।

·          सि.डि.सि.ले कोभिड-१९ लक्षणहरूको सूचीमा नयाँ लक्षणहरू थपेको छ: रोग नियन्त्रण र रोकथाम केन्द्रहरूले सल्लाह दिएका छन् कि यदि तपाईंसँग निम्न लक्षणहरू छन् भने कोभिड-१९ हुन सक्छ र तत्काल मेडिकल प्रदायकलाई सम्पर्क गर्नुपर्दछ: “खोकी, छोटो छोटो सास वा सास फेर्न गाह्रो, वा यी मध्ये कम्तिमा पनि दुई लक्षणहरू: ज्वरो, बारम्बार जाडो वा चिसो लाग्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने, वा घाँटी दुख्ने, वा स्वाद वा गन्धको थाहा नहुने। "

आजको सहयोग युक्तिहरु: समरभिल हेरचाह कोष (समभिल केयर्स फन्ड)को आवेदन उपलब्ध

मेयर जो कर्टाटोन, युनाइटेड वे र समरभिलको कम्युनिटी एक्शन एजेन्सी (सीएएएस)द्वारा संयुक्त रूपमा कोभिड-१९ का प्रभावितहरुको सहयोगका लागि दान-कोषबाट व्यवस्थित समरभिल हेरचाह कोष (समरभिल केयर्स फण्ड)को लागि आवेदनहरू लिन शुरू गरिएको हो । समरभिल केयर्स कोषले कोभिड-१९ को सार्वजनिक स्वास्थ्य संकटको समयमा व्यक्ति र परिवारहरूलाई भोजन, आवास, औषधि, अन्त्येष्टि लागत, र अन्य आवश्यक खर्च जस्ता आवश्यकताहरू पूरा गर्न आपतकालीन आर्थिक सहयोग प्रदान गर्दछ ।

कोष यूनाइटेड वे द्वारा आयोजित र सि.ए.ए.एस.-कास द्वारा प्रशासित हो । धेरै जसो अवस्थाहरूमा, स्वीकार्य आवेदकहरूले प्रति व्यक्ति $२५० सम्म र प्रति परिवार $१,००० सम्म प्राप्त गर्न सक्दछन् । यसका लागी तपाँईको आप्रवास स्थिति साझा गर्न आवश्यक छैन (कानूनि कागजात विहिन निवासीहरू पनि यसका लागी योग्य छन्)।

यो कोष कसका लागी उपलब्ध छ:

·          समरभिलका बासिन्दाहरू

·          समरभिलमा काम गर्ने व्यक्तिहरू (हालसालै महामारीको कारण का गुमाएका सहित)

·          समरभिल सार्वजनिक बिद्यालयहरूमा भर्ना भएका बच्चाहरूका परिवारहरू

प्राथमिकता र आवश्यकताको आधारमा आवेदकहरूलाई यो सहयोग कोष प्रदान गरिनेछ, पहिलो-आउने-पहिलो पाउने-सेवाको आधारमा होईन ।

यस सम्बन्धि अधिक जानकारी https://www.caasomerville.org/somerville-cares-fund-request

मा फेला पार्न सकिन्छ । यदि तपाईं समरभिल केयर कोषमा चन्दा दिन चाहानुहुन्छ भने, somervillema.gov/somervillecares मा जानुहोस् ।

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: सुरक्षाका लागी अनुहार ढाक्ने

आज अप्रिल २९, २०२० बाट लागु हुनेगरी जब समरभिल सिटिका सार्वजनिक कुनै पनि भित्री र बाहिरी ठाउँमा सार्वजनिक रुपमा उपस्थित हुने दुई बर्ष भन्दा माथि उमेरका जो कोहीले पनि सफा फेस मास्क वा अनुहार ढाक्न कुनै कपडा वा अन्य केही लगाउनुपर्दछ भन्ने आदेश जारी गरेको छ । तपाईंले आफ्नो अनुहार सुरक्षित रूपमा मास्क लगाई र तपाईंको वरपरका मानिसहरूलाई यथासक्दो रक्षा गर्न यहाँ केही सुझावहरू छन्:

·          अनुहारमा मास्क लगाउनु वा ढाक्नु भनेको सामाजिक दूरीको विकल्प होइन । सम्भव भएसम्म तपाईको घर परिवार बाहेकका जो कोहीबाट पनि कम्तिमा ६ फिट टाढा बस्नुहोस् ।

·          अनुहार ढाक्दा र मास्क लगाँउदा तपाईंको मुख र अनुहार दुबै छोपिनु पर्छ र छेउछाउमा सजिलो तरिकासँग मिलाउनु पर्छ ।

·          अनुहार छोप्नु अघि वा खोलिसकेपद्छी साबुन र पानीले राम्रोसँग हात धुनुहोस् ।

·          अनुहार छोप्दा वा खोल्दा तपाईंको अनुहार आँखा, नाक, र मुखमा नछुनुहोस् र त्यस समयमा तपाँईको आँखा, नाक, र मुख बन्द गर्नुहोस् ।

·          तपाईंको मास्क वा अनुहार ढाक्ने कपडा सफा राख्नुहोस् । तपाईं यसलाई जति धेरै लगाउनुहुन्छ, त्यत्ति नै तपाईंले धुनु पर्छ ।

धन्यवाद ।


अप्रिल २८, २०२०

समरभिल केयर फन्ड अनुप्रयोगहरू अब उपलब्धः

 

सम्पर्क: नताशा पेरेज, (६१७)५०४-७४२८, media@somervillema.gov

तत्काल सार्वजनिक गर्नका लागि

समरभिलका बासिन्दाहरू, समरभिल भित्रका कामदारहरू, र

समरभिल सार्वजनिक बिद्यालय (एस.पी.एस.)का विद्यार्थीहरूको

परिवारहरूले सहयोगका लागि आवेदन दिन सक्छन् ।

समरभिल, म्यासाच्युसेट्स् – समरभिल मेयर जोशेफ ए कर्टाटोनी, युनाइटेड वे, र समरभिल सामुदायिक कार्य एजेन्सी (सी.ए.ए.एस. - कास) द्वारा संयुक्त रूपमा आरम्भ गरिएको सहयोगका अनुदान प्राप्त समरभिल क्यारस कोषको लागि आवेदनहरू संचालनका लागी अब आवेदनहरु लिन शुरु गरिएकोछ । समरभिल क्यारस कोषले कोभिड-१९ को सार्वजनिक स्वास्थ्य संकटको समयमा व्यक्ति र परिवारहरूलाई आपतकालीन भोजन, आवास, औषधि, अन्त्येष्टि लागत, र अन्य आवश्यक खर्च जस्ता आवश्यकताहरू पूरा गर्न आर्थिक सहयोग प्रदान गर्दछ ।

कोष यूनाइटेड वे द्वारा आयोजित र सी.ए.ए.एस. - कास द्वारा प्रशासित हो । धेरै जसो अवस्थाहरूमा, स्वीकृत भएका आवेदकहरूले प्रति व्यक्ति $२५०० सम्म र प्रति परिवार $१,००० सम्म प्राप्त गर्न सक्दछन् । यहाँ आवेदकको आप्रवास अवस्था सार्वजनिक गर्न आवश्यक छैन (कानूनि आवासिय कागजपत्र विहिन निवासीहरू पनि यसका लागी योग्य छन्) ।

कोष निम्न व्यक्ति वा परिवारहरुका लागी उपलब्ध छ:

·          समरभिलका बासिन्दाहरू

·          समरभिलमा काम गर्ने व्यक्तिहरू (महामारीको कारणले भर्खरै छोडेको सहित)

·          समरभिल सार्वजनिक बिद्यालयहरूमा भर्ना भएका बच्चाहरू सहितका परिवारहरू

आवेदनहरूको प्राथमिकता र आवश्यकताको आधारमा कोष प्रदान गरिनेछ; पहिलो-आउने-पहिलो-पाउने सेवाको आधारमा होईन ।

आवेदन र यस सम्बन्धि अधिक जानकारी somervillema.gov/somervillecaresfunding मा पनि फेला पार्न सकिन्छ ।

तपाईं चन्दा दिन पनि सक्नुहुन्छ!

यो कोष पूर्ण दानमा आधारित छ । अहिलेसम्म $१,६०,००० भन्दा बढी रकम उठाइ सकिएको छ, तर आवश्यकता अझ बढी छ । यदि तपाईं यो कठीन गाह्रो घडीमा समुदायका सदस्यहरूलाई सहयोग गर्न सक्षम हुनुहुन्छ भने कृपया somervillema.gov/somervillecares मा तपाईं के गर्न सक्नुहुन्छ दान गर्नुहोस् ।

अधिक जानकारी र नियमित कोभिड-१९ को अध्यावधिक जानकारीहरूको लागि, www.somervillema.gov/coronavirus मा जानुहोस् र सिटिको चेतावनीहरू प्रत्येक चेतावनी फोन कल, पाठ, ईमेल विधिको बाट पाउनको www.somervillema.gov/Alerts साइन अप गर्न आग्रह गर्दछौं: कपया साइन अप गर्नुहोस् । कृपया FB.com/SomervilleCity र @SomervilleCity तथा City of Somerville Nepali फेसबुक पेजलाई पनि पछ्याउनुहोस् ।

 

धन्यवाद ।


अप्रिल २७, २०२०

समरभिल सिटि, म्यासाचुसेट्स

जोसेफ ए कुर्टाटोनी

मेयर

 

सम्पर्क: नताशा पेरेज (६१७)५०४-७४२८, media@somervillema.gov

तुरुन्त प्रकाशनको लागि

 

समरभिलमा सम्पुर्ण सार्वजनिक स्थलहरुमा बाहिर तथा भित्र

मास्क लगाउन वा अनुहार ढाक्न आवाश्यक छ ।

यो आदेश बुधबार अप्रिल २९, २०२० देखि प्रभावकारी हुनेछ;

तर यस आदेशको पुर्ण पालनाका लागी एक हप्ताका लागी थप अवधि हुनेछ ।

 

समरभिल, म्यासाच्यूसेट्स् - कोभिड-१९ को प्रसारलाई थप सुस्त पार्न मद्दत गर्न मेयर जोसेफ ए कर्टाटोनी र समरभिल स्वास्थ्य बोर्डले आज घोषणा गर्‍यो कि समरभिलमा दुई बर्ष भन्दा माथिको जो कोही जब कुनै पनि सार्वजनिक स्थलको भित्री वा बाहिरि सबैका लागी खुला स्थानमा नयाँ आदेशले अनिवार्य अनुहारमा सफा मास्क वा अन्य सफा कपडाले अनुहार छोप्नु पर्छ अनुहार ढाक्नु पर्छ । यो आदेशमा सिटी काउन्सिलको सर्वसम्मत समर्थन छ ।यो आदेश यहि अप्रिल २९, २०२० बुधवार देखि कार्यान्वयन हुनेछ र यस आदेशको पुर्ण पालनाका लागी एक हप्ताका लागी थप अवधि हुनेछ ।

"मलाई थाहा छ कि यो हामी मध्ये धेरैका लागि अनौंठो लाग्न सक्छ, तर जब तपाईं सार्वजनिक स्थलमा बाहिर हुनुहुन्छ त्यस समयमा तपाइँबाट अरुलाई अन्जानमै कोरोना भाईरस फैलाउन आफैंलाई रोक्न सक्ने उत्तम तरिका हो” मेयर कर्टाटोनले भने । “कोभिड-१९ भएका सबै बिरामिको शुरुमै लक्षणहरू देखाउँदछन् भन्ने छैन । तपाईमा पहिल्यै भाइरस प्रवेश गरिसकेको हुनुहुन्छ र अनजानमै तपाँईले अरूलाई संक्रमित गर्न सक्नुहुन्छ । किराना पसलका कामदार, वा बस ड्राइभर, वा बाहिर घुम्नको लागि निस्कने परिवार कोही पनि संक्रमित हुन चाहँदैन । अनुहार ढाक्नु भनेको त्यसबाट बच्नु हो ।

यो आदेश रोग नियन्त्रण र रोकथाम केन्द्रहरुबाट जारी सुरक्षा मार्गदर्शनहरुमा आधारित छ । यो पनि विचार गर्नु पर्छकी समरभिल सिटिमा केवल ४.१ वर्ग माईलमा ८०,००० हजार भन्दा बढी बासिन्दाहरू बस्दछन्, र समरभिल न्यू इल्यान्डमा सबैभन्दा जनघनत्वमा रहेको सिटि हो, जसले सुरक्षा र सामाजिक दूरी बनाउँन सबैभन्दा बढी कठीनाई छ । "यदि सबैले मास्क लगाउनु भयो भने यो नै सबैभन्दा बढी प्रभावकारी उपाय हुन्छ," सिटी काउन्सिलका अध्यक्ष म्याट म्याक्लघ्लिनले भने । "कोविड -१९ मा संक्रमित कसैले मास्क लगाएको छैन भने अरूले मास्क लगाए भने पनि अनुहार मास्कको प्रभावकारितामा कमी आउँछ । हामीलाई यसको फैलावटको रोकथामको लागि जनताबाट सामूहिक खरीद-प्रयासको आवश्यकता छ ।”

सिटि कर्मचारीहरु र समरभिल प्रहरीहरू सचेत छन् कि यो आदेशको पुर्ण परि पालना गर्न केहिका लागी चुनौती हुन सक्छ जस्तै आमा बुबाले साना बच्चाहरुलाई मास्क लगाई राख्नको लागी बाध्य पार्न । प्रहरी करुणामय व्यावहार गर्न प्रतिबद्ध छ र उल्लंघन गर्नेहरूलाई पहिले शिक्षित गर्ने र त्यसपछी चेतावनी जारी गर्ने कार्य गर्दछ । सबैभन्दा कमजोर एवं संक्रमणको अत्याधिक सम्भावना भएका बासिन्दाहरु जस्तै घरबारविहीन व्यक्तिहरू वा मानसिक रोगीहरूलाई दिनका लागी प्रहरि अधिकारीहरूले उपलब्ध भएको मास्कहरू पनि बोक्नेछन् । जे होस् एक पछि-हप्ता अनुग्रह अवधि पछि पनि जानाजानी यस आदेशको बेवास्ता गरी पालना नगर्ने  व्यक्तिलाई लिखित चेतावनी वा $३०० को जरिवाना हुन सक्छ । केही स्वास्थ्य अवस्था भएका व्यक्तिको लागि केही अपवादहरू बनाइनेछ ।

"यो आदेश पालना नगर्नेका लागी टिकट हाम्रो अन्तिम उपाय हो, तर हामीले सार्वजनिक स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्दछ । त्यसैले जो व्यक्तिहरूले यो आदेश जानी जानी उल्लंघन गर्छन् उनिहरुका लागी हामी यो विकल्पको प्रयोग गर्नेछौं, ”सभरभिल प्रहरि प्रमुख डेभिड फेलनले भने । "यो उत्साहनजनक छ कि कति जना बासिन्दाहरूले पहिल्यैबाट मास्क लगाउन शुरु गरिसकेका छन् र हामी अरूहरुसँग त्यसै गरी मद्दतको लागि समझदारीका साथ काम गर्ने छौं ।”

तपाईंले उपयुक्त ढंगबाट नाक र मुख ढाक्नु भनेको अनुहार सफा गर्नु र छोप्नु हो । तत्काल एक स्कार्फ, रुमाल, वा अरु कुनै सफा कपडाले नाक मुख ढाक्न सकिन्छ । तपाईं आफ्नो अनुहार ढाकी "रोकथाम र तयारी" गर्ने विधिको बारेमा somervillema.gov/coronavirus मा पनि थप जानकारी पाउन सक्नुहुन्छ । त्यस्तै यूट्यूबमा त्यस्ता धेरै जानकारी मुलक सामाग्रीहरू पनि छन् जस्तै पुरानो टी-शर्टबाट बनेको नसिलाईएको मास्क bit.ly/3bRT2GU । यस बीच, सिटले हाम्रो सबैभन्दा कमजोर कुनै पनि क्षेत्रहरूमा उपलब्ध भएसम्मको मास्कहरु वितरणलाई पनि प्राथमिकता दिनेछ ।

“मलाई आशा छ कि जो कोही सक्षम व्यक्तिले सही  निर्णयका साथ काम गर्छ र आफ्नो अनुहार उपयुक्त ढंगबाट ढाक्ने कार्य गर्दछ । तर म आम जनतालाई सम्झाउन चाहान्छु कि यो आदेश लागू गर्ने तपाईको काम होईन । कृपया केवल तपाइँ र तपाइँको परिवारको बारेमा चिन्ता लिनुहोस्, ”मेयर कर्टाटोनले भने । “मलाई यो पनि थाहा छ कि हाम्रो समुदायका कतिपय सदस्यहरूले सार्वजनिक स्थानहरुमा मास्क लगाउनु वा अनुहार ढाक्न सुरक्षित महसुस गर्दैनन् । म समुदायमा सबैलाई आग्रह गर्दछु की हामी तपाईंलाई विस्वस्त तुल्याउनका लागि सक्दो मद्दत गर्न तयार रहेका छौं र सबैलाई त्यसको पालना गराउन पहल गर्नुछौं । याद गर्नुहोस्, यदि तपाईंले कसैलाई मास्क लगाएर सडकमा हिड्दै गरेको देख्नु भयो भने उनीहरूको यस आदेश अनुसार गर्नुपर्ने काम गरिरहेका छन् । ”

कहाँ अनुहार मास्क लगाउनु वा अनुहार ढाक्नु पर्छ?

             यो आदेश अनुसार सार्वजनिक स्थानहरू सबैका लागी खुल्ला व्यावसायहरु जस्तै स्टोर/पसलहरू, औषधी पसलहरु, लाउन्ड्रोमेटहरू, हार्डवेयर स्टोरहरू, रेस्टुरेन्ट पिकअप साइटहरू वा बहु-इकाई भएका घरहरू तथा महलहरुको भित्रि साझा प्रवेश द्वारहरू वा बाटोहरुमा पनि लागू हुन्छ । यो आदेश बाहिरी क्षेत्रहरु जस्तै पार्क, फुटपाथ, सडकहरू, र वर्गक्षेत्र (स्क्वायर)हरू, अन्य व्यापारिक केन्द्रहरुमा पनि लागू हुन्छ । यो आदेश बिहान बेलुका दौडनेहरू र साइकल चालकहरू सहित सबै व्यक्तिहरूले पालना गर्नु पर्छ ।

सबै खुला व्यवसायहरूले आफ्नो व्यावसायीक क्षेत्रमा प्रवेश गर्ने जो कोहीले अनिवार्य मास्क लगाएको वा अनुहार ढाकेको हुनुपर्छ भन्ने जानकारी सहितका संकेतहरू प्रदर्शन गर्नु/राख्नु पर्दछ । अनुहार ढाक्नाले वा मास्क लगाउनाले कोभिड-१९ को प्रसार नियन्त्रण गर्न मद्दत गर्न सक्छ, तर यसका साथै यो पनि सम्झन महत्त्वपूर्ण छ कि भाइरसको प्रसारण घटाउनका लागि सामाजिक दूरी अर्को महत्वपुर्ण अतिरिक्त सुरक्षा उपाय हो । अनुहारका आवरणहरूले मानिसहरूलाई भेला हुन सुरू गर्न भने सुरक्षित गर्दैनन् । यी आदेशहरु सार्वजनिक सवारी साधनमा सिटिले अनिवार्य लागु गर्न भने सक्दैनन् किनकी सार्वजनिक यातायातमा वा अन्य सवारी साधनहरुलाई व्यवस्थित गर्ने वा नियम पालना गराउने प्राधिकार सिटिसँग छैन ।

अधिक जानकारी र कोभिड-१९ को नियमित अध्यावधिक जानकारीहरूको लागि www.somervillema.gov/coronavirus हेर्नुहोस् । साथै सिटि सतर्कताको जानकारीहरु तपाँईको फोन, टेक्स्ट, वा ईमेलमा पाउनका लागी www.somervillema.gov/Alerts आफ्नो नाम दर्ता गर्नुहोस् । यसका अलावा FB.com/SomervilleCity, @SomervilleCity तथा City of Somerville Nepali फेसबुक पेजलाई पनि पछ्याउनुहोस् ।

 

धन्यवाद ।

 


सोमबार अप्रिल २७, २०२०

नमस्कार,

म समरभिल मेयर जोशेफ ए कर्टाटोनीले हुँ । म आज तपाँईको अनुहार ढाक्ने बारेमा महत्त्वपूर्ण आदेश लिएर आएको छु । कोभिड-१९ को प्रसारलाई कम गर्न मद्दत गर्नको लागि समरभिल स्वास्थ्य बोर्ड र मैले जुनसुकै बेला सार्वजनिक स्थलहरुमा आ-आफ्नो अनुहार ढाक्नका लागी एक नयाँ आदेश जारी गरेका छौं । यो आदेशमा सिटी काउन्सिलको पूर्ण समर्थन रहेको छ र यो आदेश कुनै सार्वजनिक स्थल भित्र वा बाहिर जुनसुकै ठाउँमा दुई वा सो भन्दा बढि उमेरका जो कोहीलाई लागू हुन्छ । यो आदेश बुधवार अप्रिल २९, २०२० बाट लागु हुनेछ, तर यस आदेशको पुर्ण पालनाका लागी एक हप्ताका लागी थप अवधि हुनेछ ।  

मलाई थाहा छ कि यो चरण यहाँलाई अनौंठो वा बोझ लाग्न सक्छ । तर यो रोगको प्रसारमा रोक लगाउन सहयोग गर्न आवश्यक छ । कोभिड-१९ भएका सबैमा तत्काल यसका लक्षणहरू देखिदैन । तपाईमा पहिल्यै भाइरस प्रवेश गरिसकेको हुनुहुन्छ र अनजानमै तपाँईले अरूलाई संक्रमित गर्न सक्नुहुन्छ । किराना पसलका कामदार, वा बस ड्राइभर, वा बाहिर घुम्नको लागि निस्कने परिवार कोही पनि संक्रमित हुन चाहँदैन । अनुहार ढाक्नु भनेको त्यसबाट बच्नु हो ।

तपाईंले उपयुक्त ढंगबाट नाक र मुख ढाक्नु भनेको अनुहार सफा गर्नु र छोप्नु हो । तत्काल एक स्कार्फ, रुमाल, वा अरु कुनै सफा कपडाले नाक मुख ढाक्न सकिन्छ । तपाईं आफ्नो अनुहार ढाकी "रोकथाम र तयारी" गर्ने विधिको बारेमा somervillema.gov/coronavirus मा पनि थप जानकारी पाउन सक्नुहुन्छ ।

फेरि, यो आदेश सार्वजनिक स्थानहरू जस्तै स्टोर/पसलहरू वा बहु-इकाई भएका घरहरूको भित्रि साझा प्रवेश द्वारहरू वा बाटोहरुमा पनि लागू हुन्छ । यो आदेश बाहिरी क्षेत्रहरु जस्तै पार्क, फुटपाथ, सडकहरू, र वर्गक्षेत्र (स्क्वायर)हरूमा पनि लागू हुन्छ । यो आदेश बिहान बेलुका दौडनेहरू र साइकल चालकहरू सहित सबै व्यक्तिहरूले पालना गर्नु पर्छ ।

कृपया यो याद गर्नुहोस् कि यो आदेश लागू गराउनका लागि समरभिल प्रहरी विभाग आधिकारिक निकाय हो, यहाँका निवासीहरू होइनन् । प्रहरी करुणामय व्यावहार गर्न प्रतिबद्ध छ र उल्लंघन गर्नेहरूलाई पहिले शिक्षित गर्ने र त्यसपछी चेतावनी जारी गर्ने कार्य गर्दछ । यद्यपि व्यक्तिहरूले जानाजानी यस आदेशको पालन गर्न अस्वीकार गरेमा $३०० जरिवाना हुन सक्छ ।

केही स्वास्थ्य अवस्था भएका व्यक्तिको लागि केही अपवादहरू बनाइनेछ । म निश्चित रूपमा बुझ्न सक्छु कि कोहीले यो आदेशको पालना गर्न कठीन संघर्ष गर्न पर्ने हुन सक्दछ, जस्तै मानसिक रोगीका साथ बसिरहेका व्यक्ति वा साना बच्चाहरुका आमा वा बुबा जसलाई मास्क लगाउन बाध्य पार्न कठीन हुन सक्छ । त्यस्तो अवस्थालाई मध्यनजर गरिनेछ । त्यस्ता केसहरू थप सत्कता देखाईनेछ ।

समरभिल सिटि सँगैको सहयात्राका लागी धन्यवाद । हामी यो मार्फत समस्याबाट अवश्य उन्मुक्ति प्राप्त गर्नेछौं ।

धन्यवाद ।

जोशेफ ए कर्टाटोनी

मेयर

समरभिल सिटि

         


             

               शनिबार अप्रिल २५, २०२०

 

कोभिड-१९ को अध्यावधिक जानकारी

 

     प्रिय समुदाय सदस्यहरू,

संसाधनहरूको थप जानकारी तथा लगातार हुने अद्यावधिक जानकारीको लागि कृपया somervillema.gov/coronavirus मा पनि भ्रमण गर्नुहोस् ।

 

ताजा समाचार:

·          केस गणना: आज अप्रिल २५, २०२० बिहान ११:३० बजेसम्म समरभिल सिटिका जम्मा ४६० जना बासिन्दाहरूमा कोभिड-१९ को सकारात्मक परीक्षण (Positive Test) गरेका छन् । ती मध्ये १६३ जना निको भएका छन् भने दुःखको कुरा त्यहाँ छ जनाको मृत्यु भएको छ ।

·          समरभिल साना व्यवसाय कोभिड-१९ राहत कोष आवेदन उपलब्ध: अब समरभिल सिटिका साना व्यवसाय कोभिड-१९ राहत कोषको लागी आवेदनहरु लिन शुरु गरिरहेको छ, जसले कोभिड-१९ महामारीबाट प्रभावित समरभिल व्यवसायहरुलाई १०,००० डलर सम्मको माफी हुन सक्ने ऋण प्रदान गर्नेछ । आवेदनहरू सोमबार मे ११, २०२० को दिउँसो ३:३० बजे सम्म स्वीकार गरिनेछ । राहत कोषहरू कामकाजी पूँजीगत खर्चका लागि प्रयोग गर्न सकिन्छ, भाँडा वा धितो भुक्तान, स्वास्थ्य सेवा सहित पेरोल खर्च, र उपयोगिता खर्चहरू सहितका अन्य विषयमा प्रयोग गर्न सकिने छ । अन्य आवश्यकताहरूको बारे थप जानकारीका लागी somervillema.gov/BizRelief मा जानुहोस् । थप व्यापार संसाधनहरूको लागि somervillema.gov/covidbizhelp मा पनि भ्रमण गर्नुहोस् ।

·          स-साना व्यवसायका लागि थप संघीय राहत: बिहीबार, कंग्रसले पेचेक संरक्षण कार्यक्रम कोषका लागि $३२१ बिलियन डलर सहित $४८४ बिलियन राहत प्याकेज पास गर्यो, जुन दु:खित साना व्यवसायहरूलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको छ । सिटिको आर्थिक विकास टोली स्थानीय व्यावसायीहरुलाई स्थानीय बैंकहरु मार्फत यो कोषमा पहुँच पुर्याउनका लागी मद्दत गर्न गहन काम गरिरहेको छन् । अधिक जानकारी र सहयोगका लागि कृपया somervillema.gov/CovidBizHelp मा भ्रमण गर्नुहोस् ।

·          फोनबाट कोभिड-१९ सम्पर्क समन्वयको रूपमा काम गर्नुहोस्: स्वास्थ्य साझेदारहरूले फोनबाट कोभिड-१९ म्यासेचुसेट्सका सबै बिरामीहरूको सम्पर्कहरू समन्वय गरी विभिन्न स्रोतहरुको समन्वय, अनुसन्धान, तथा उनीहरुलाई सम्पर्क गरी उनीहरूलाई परीक्षण गरी आवश्यकता भए क्वारन्टिनको सल्लाह दिने र आवश्यकता अनुसार परिक्षणका लागी अन्यत्र शिफारिस गर्नका लागी समेत ठूलो संख्यामा व्यक्तिहरुको काम लिइरहेका छन् । यो सम्भावित विरामीको परीक्षण कार्य बढाउन https://www.pih.org/ma-response, विरामीहरुसंग सम्पर्क सुधार गर्न, अलग्ग वस्ने जानकारी दिन र क्वारेन्टाइन लागू गर्न राज्य व्यापी प्रयासहरूको उदाहरण हो । आवेदन गर्नका लागी https://www.pih.org/covid-team मा जानुहोस् ।

थप विवरणहरू https://jobs.crelate.com/portal/talentboost/job/3kyqki4zeqoyugdzsha5iynhce#public_health_info मा पाउन सक्नुहुनेछ ।

·          अब केहि रमाईलो: मे ९ मा पोर्चफेस्ट कौंचफेस्ट बन्ने: विश्वव्यापी महामारीले बेवास्ता नगर्ने नीतिलाई मान्दै समरभिल आर्ट्स काउन्सिलको प्रिय पोर्चफेस्ट यस वर्ष भिडियो र फेसबुक लाइभ कन्सर्ट मार्फत अनलाइन हुनेछ । ब्यान्डहरूले somervilleartscouncil.org/porchfest मा कसरी साइन अप गर्ने बारे जानकारी फेला पार्न सक्दछन् । प्रदर्शनकर्ताहरूको लागि दर्ता मे ७ सम्म खुल्ला छ । सबैजनाले तपाइँको पात्रोहरूमा चिनो लगाउन नबिर्सिनुहोला (यदि तपाइँहरु याद गर्न सक्नुहुन्न भने) ।

 

आजको सहयोग सल्लाह: नयाँ निजी विद्यार्थी ऋण राहत

यदि तपाईंसँग व्यावसायिक रूपमा संघीय परिवार शिक्षा ऋण कार्यक्रम (एफ.एफ.ई.एल.पी.) वा निजी स्वामित्व भएका विद्यार्थी ऋण लिएको छ र कोभिड-१९ को कारणले तपाईंको आयको केही वा पुरै भाग घटेको छ भने तपाईं यो नयाँ वैकल्पिक राहत लागि योग्य हुन सक्नुहुन्छ:

·          ९० दिन सहनशीलता (भुक्तानीको स्थगन)

·          ढिलो भुक्तानी शुल्क लाग्ने छैन

·          ढिलो भुक्तानिको लागी कुनै नकारात्मक क्रेडिट रिपोर्टिंग गरिने छैन

·          भुक्तानी योजनाको फरक प्रकारका योजना तयार गर्ने

कुन राहत पाउन सक्नुहुन्छ भन्ने पत्ता लगाउन तपाईंले आफ्नो ऋण प्रदायकलाई सम्पर्क गर्नुपर्नेछ । यदि तपाइँलाई तपाइँको ऋण प्रदायक को हो भनेर थाहा छैन भने संघीय छात्र सहायता सूचना केन्द्रको (८००)४३३-३२४३ मा फोन गर्नुहोस् ।

 

आजको सार्वजनिक स्वास्थ्य सल्लाह: कोभिड-१९ को आपतकालमा स्वास्थ्य उपचारमा ढिलाइ हुन नदिनुहोस्

राज्य भरका स्वास्थ्यकर्मीहरू आपतकालमा स्वास्थ्य उपचार खोज्न ढिला नगर्न आम जनतालाई आग्रह गरिरहेका छन् । यदि तपाईंलाई चोटपटक लागेको छ वा बिमारी हुनु भएको छ भने सामान्यतया ९११ मा फोन गर्नुहोस् र आपतकालीन सेवामा जानु पर्दछ । जे भए पनि अस्पतालहरू कोभिड-१९ बिरामीहरूको हेरचाह गर्न व्यस्त छन्, तर ती अझै पनि अन्य प्रकारका हेरचाहको लागि पनि उपलब्ध छन् र गैर कोभिड-१९का बिरामीहरूलाई सुरक्षित राख्न थप उपायहरू पनि अपनाएका छन् । आपतकालमा उपचारमा भएको ढिलाइले बिरामी वा चोटलाई अझ बढी गम्भीर बनाउन सक्छ । डाक्टरहरूले https://www.wbur.org/commonhealth/2020/04/23/mass-governor-hospitals-fear-urgent-care भनेका छन् की यदि बिरामीहरू आजीवन दुर्बल पार्ने परिणामहरू सहित आउन ढिलो भएन भने

बिरामीहरू अत्यधिक पीडाबाट बचाउन सकिन्थ्यो । कृपया सँधै तुरुन्तै मद्दत लिनुहोस् । छ बोस्टन अस्पतालहरुबाट यो छोटो योग भिडियो सन्देश https://www.youtube.com/watch?v=IWITRRS0WZ4 छ ।

धन्यवाद ।

 

         


   

         अप्रिल २४, २०२०        

  समरभिल सिटि, म्यासाचुसेट्स्

जोसेफ ए कर्टाटोनी

मेयर

सम्पर्क: नताशा पेरेज, (६१७)५०४-७४२८, media@somervillema.gov

समरभिल साना व्यवसायका लागी

कोभिड-१९ राहत कोष आवेदन खुल्यो

 

व्यवसायहरूले सोमबार मे ११, २०२० दिउँसो ३:०० बजे सम्म

पेश गरेको आवेदन विचारणीय हुनेछ ।

 

समरभिल, म्यासाच्यूसेट्स् - अब समरभिल सानो व्यवसाय कोविड -१९ राहत कोषका लागि १ मिलियन डलरको लागी आवेदनहरू खुल्ला भएकोछ, जसले कोभिड-१९ महामारीले असर गरेको समरभिल साना व्यवसायहरूलाई १०,००० डलरसम्मको ऋण प्रदान गर्दछ । योग्य आवेदकहरूले www.somervillema.gov/BizRelief मा अनलाइन आवेदन गर्नु पर्छ । आवेदनको समयावधी सोमबार मे ११, २०२० को दिउँसो ३:०० बजे सम्म रहेको छ । आवेदनका लागी बहुभाषी सहयोग उपलब्ध छ ।

 

अमेरिकाको आवास विभाग तथा शहरी विकास सामुदायिक विकास ब्लाक अनुदान कार्यक्रमको कोष प्रयोग गरेर, यो राहत कोष स्थानीय व्यवसायहरूलाई चलायमान बनाउन र कोभिड-१९ सम्बन्धी व्यवधानहरूको बाबजुद रोजगारी सिर्जना गर्न तथा कायम राख्न यो राहत कोषको स्थापना भएको हो । व्यवसायहरूले कामकाजी पूंजीगत खर्चका लागि, भाँडा वा धितो भुक्तानीका लागी, पेरोल खर्चका लागी, र उपयोगिता खर्चका लागी रकम प्रयोग गर्न सक्दछन् ।

 

योग्य हुनको लागि व्यवसाय समरभिलमा आधारित हुनुपर्दछ र अक्टूबर २०१९ भन्दा पहिले सञ्चालनमा आएको हुनुपर्दछ । कुनै निश्चित भौतिक स्थानबाट सञ्चालन नगर्ने व्यवसायहरूको मालिक बाहेक कम्तिमा एक पूर्ण-कालिन कर्मचारी हुनुपर्दछ । पेश भएका आवेदनहरू योग्यता सिटी कर्मचारीहरु र आवेदन समीक्षा समिति द्वारा समीक्षा गरिनेछ, जसले समरभिलको समुदायका लागी अद्वितीय रूपमा योगदान गरेको छ, कोभिड-१९ का कारण निर्माण-सम्बन्धित अवरोधहरूको अनुभव गरेको छ, वा राज्य परिभाषाहरू पिछडिएका व्यवसायहरूको क्षेत्र भित्र पर्दछ त्यस्ता आवेदकहरूलाई प्राथमिकता दिनेछ । । पूर्ण योग्यताका लागी आवश्यकताहरू सम्बन्धमा  www.somervillema.gov/BizRelief मा हेर्न सक्नुहुनेछ ।

 

राहत कोषले अरू सहयोगको साथसाथै सिटिको आर्थिक विकास टोलीले सोमरभिल व्यवसायको लागि पहिलो-आउने-पहिलो सेवा पालोको आधारमा धेरै भाषाहरूमा नि: शुल्क अन्य सेवाका साथसाथै विशेषज्ञ व्यवसाय कोचिंग प्रदान पनि प्रदान गरिनेछ । महामारीको बखत समग्र व्यवसायको आवश्यकताको अधिक जानकारी वा सहयोगका लागि लागि कृपया www.somervillema.gov/CovidBizHelp भ्रमण गर्नुहोस् वा ३११ फोन गर्नुहोस् ।

 

धन्यवाद ।

         


          बिहिबार अप्रिल २४, २०२०

 

कोभिड-१९ को अध्यावधिक जानकारी

 

 प्रिय समुदाय सदस्यहरू,

निरन्तर अद्यावधिक हुने संसाधनहरूको थप जानकारीका लागि कृपया somervillema.gov/coronavirus निश्चित गर्नुहोस्।

 

ताजा समाचार:

·          केस ग