२०७२-०२-१४, काठमाडौँ ´पुनर्स्थापना कार्यक्रम, १२ औँ दिन

विवेकशील नेपाली दलले मिती २०७२-०१-१२ गते गएको महाभुकम्पको प्रभावबाट देशको उत्थानको लागि 'पाँच -आर (5R) रणनीति' अघि सारे अनुरुप १) उद्धार (Rescue), २) राहत (Relief), ३) पुनर्स्थापना (Rehabilitation), ४) पुनर्निर्माण (Reconstruction), र ५) उत्थान (Resurgence) को चरणहरुमा वर्गीकरण गरिएको यहाँहरुलाई अवगत नै छ।

यस योजनामा आधारित रहेर १२ दिन अघि, मिती २०७२-०२-०२ गते देखि काभ्रेपलाञ्चोक जिल्लाबाट तेस्रो चरण अर्थात् पुनर्स्थापना कार्यक्रमको सुरुवात गरिएको थियो। यस कार्यक्रममा मुख्यतः घरहरुबाट खाद्यान्न निकाल्ने, महाभुकम्पले विक्षिप्त भएका बालबालिकाहरु सँग विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गर्ने, सरसफाई गर्ने, भुकम्प प्रभावित घरहरु भत्काएर पुनः प्रयोग गर्न मिल्ने काठ, जस्तापाता, ढुङगा सङ्कलन गर्न मदत गर्ने रहेकाछन्।

काभ्रेपलाञ्चोक जिल्लामा कार्य गर्नु भएका स्वयंसेवकहरुले नै काठमाडौँका विभिन्न क्षेत्रहरुमा यसै कार्यलाई निरन्तरता दिनु भएको छ। मिती २०७२-०२-१४ गते काठमाडौँ जिल्ला, लप्सीफेदी गा.वि.स. वडा-६ हाल शखंरापुर नगरपालिका वडा-५ मा पुनर्स्थापना कार्यलाई निरन्तरता दिइएको थियो।

१८ जनाको संख्यामा उपस्थित स्वयंसेवकहरुको दुई समुह बनाइएको थियो। एक समुहमा ८ जनाको स्वयंसेवकहरु रहनुभएको थियो। उहाँहरुले मकै, आलु जस्ता खाद्यान्नहरु निकाल्न सहयोग गर्नुभएको थियो। अर्को समुहमा रहनुभएका स्वयंसेवकहरुले जिर्ण घर भत्काएर काठपात निकाल्न स्थानीयलाई सहायोग गर्नुभएको थियो।

 

एउटा घर भत्काउने कार्य गर्न २-३ दिन लाग्ने समुहले आज एकदिनमा नै सक्नुभएको थियो। यसले उहाँहरुको कार्यमा भएको लगाव र कार्य शैलीमा आएको सुधार प्रष्ट्याएको थियो। त्यहाँका स्थानीयहरुको हर्षित मुहार र सकारात्मक प्रतिक्रियाले स्वयंसेवकहरुको मनोबल बढाएको कुरामा कुनै दुई मत नरहेको पनि देखियो।

यस प्रकारको कार्यले जिर्ण घर ढलेर हुन सक्ने सम्भाव्य खतरा पनि निर्मुल पार्ने र काठ तथा जस्ता-पाता प्रयोग गरि अस्थायी बासस्थानमा सहयोग गर्ने देखिएको छ। करिब ७-८ लाख खर्च गरेर बनाइने यस प्रकारको घरबाट निकालिएको काठ र जस्ता-पाता प्रतिको माया र उहाँहरुले देखाउनु भएको कृतज्ञता, स्वयंसेवकहरुको लागि ठुलो प्रेरणाको स्रोत बनेको छ।  

कार्यको दौरानमा हुने चोटपटकले पनि स्वयंसेवकहरुलाई हतोत्साहित नबनाउनु साच्चैं नै प्रशंसनीय छ। स्थानीयहरू केहि नभएपनि सरकारबाट भरपर्दो त्रिपाल अथवा केहि थान जस्ता-पाताको अपेक्षा गरिरहनु भएको छ। त्रिपालले केहि दिनको लागि मानिसहरुको बासस्थानको प्रत्याभुति गर्ने भएपनि पशुपंछी राख्न उपयुक्त नरहेको बताउनु भएको छ।

स्वयंसेवकहरु घरको जिर्णताको कारणले पुनर्स्थापना कार्य गरिरहँदा हुनसक्ने सम्भावित खतरा बेवास्ता गरेर यस सर्हानिय कार्य गरिरहनु भएको भए पनि अब देश चौथो चरण अर्थात् पुनर्निर्माणको चरणमा जाँदा भुकम्प प्रतिरोधात्मक घरहरु बनाउनमा कन्जुस्याई गर्न नहुने देखिएको छ।  

शताब्दी पुरानो पारम्परिक तवरले बनाइएको घरहरुको विभत्सताले भुकम्पले निम्ताउने यकिनन् क्षतिमा आगोमा घिऊ थपे सरहको काम गरेको देखियो। पुनर्निर्माण चरणमा हेल्चेक्र्याई गरियो र पुनः यसै प्रकारको घरहरु बनाइयो भने भविष्यमा यहि अथवा अर्को पिंडीहरुले उल्लिखित परिस्थतिको सामना गर्नुपर्ने सुनिश्चित छ।

पुनर्स्थापना चरणमा विवेकशील नेपाली दलले योजना गरे बमोजिम प्रत्येक व्यक्तिलाई आत्मनिर्भर पनि बनाउनुपर्ने आवश्यकता अनुरुप यस क्षेत्रको दैनिकीमा क्रमिक सुधार आएको र व्यक्तिहरु सधैँ राहतमा भर परेर बस्न नहुने कुरामा सजग रहेको देखिनुभएको थियो।

कृषिमा निर्भर यस क्षेत्रको नगदे बाली मकै हो। कच्ची सडक पुगेको यस क्षेत्रमा प्राथमिक तहको बिध्यालय मात्र रहेको र आधा घण्टा-४५ मिनेटको दुरीमा उपस्वास्थ्य चौकी तथा माध्यमिक तहको बिध्यालय छ। यस क्षेत्रमा करिब ९५% तामांग जातिको बसोबास रहेको छ। डाटा सङ्कलन गर्न सहयोग गर्नुभएका तथा विवेकशील नेपाली दलसँग समन्वय गरिरहनु भएका यसमान तामांग र आसमान तामांग ज्यूहरु लगायत उपस्थित सम्पुर्ण स्वयंसेवकहरुलाई धेरै धेरै धन्यवाद !

2072-02-14,  Rehabilitation Program 12th day

 

After the devastating earthquake of 25th April, 2015, in order to rebuild Nepal back again, Bibeksheel Nepali is determined to the following framework as: Rescue, Relief, Rehabilitation, Reconstruction and Resurgence.

 

As per the determined framework, the program had commenced from Kavrepalanchok. The activities of rehabilitation include safe withdraw of edible crops, reusable wooden doors and windows from destroyed houses. Moreover, entertaining children trough play, maintaining proper sanitation, etc. are some side by side activities in rehabilitation.

 

A set of 18 volunteers were divided into 2 groups, 8 volunteers in the first group, engaged in withdraw of maize, potato and other food crops and the other group was engaged in safe withdraw of reusable wooden doors & windows.

 

The task normally requiring 2-3 days was completed in a day. We can do more in a day when united than individually. This is the magic of synergy, possible due to devotion and love for work.

 

It has been reported that the activity has minimized the risk of unexpected houses falling and taking lives anytime. It is estimated that each household can save 7-8 lakhs through withdraw of reusable wooden materials.

 

Volunteers seemed to be fearless despite injuries and lethargy, due to their devotion. Tents are reported safe places for people to reside temporarily, but not for live stocks.

 

This is a foundation for rebuild. People are thinking of a way to build houses in better ways that can resist earthquake. Use of same old mechanism, can result to similar effect later, so people are trying to get farsighted.

 

Victims of disaster have started sensing that relief is not a permanent solution and they need to seek independence in living now. Mostly dependent on agriculture, maize has been the major cash crop as a source of income.

 

There is only a primary level school and a sub health post at a distance of 30-45 minutes walking distance. 15% of the inhabitants are of Tamang ethnicity.

 

We are very thankful to Yashman Tamang and Ashman Tamang for the data collection.