चांगुनारायण नगरपालिकामा पुनर्स्थापना : विवेकशील नेपालीको प्रयास

विवेकशील नेपाली दलले आफ्नो पुनर्स्थापना योजना अन्तर्गत चांगुनारायण  नगरपालिकामा  पुनर्स्थापनाको काम थालनी गरेको छ। ४ गा.वि.स. हरु (दुवाकोट, चाँगु, छालिंग र झौखेल ) को संयोजनबाट चांगुनारायण नगरपालिका बनेको छ। उक्त कार्यक्रमको सुरुवातमा विवेकशील नेपाली भक्तपुरका अध्यक्ष अविरल कार्कीको नेतृत्वमा रहेको टोलीले २०७२-०१-२५ मा चांगुनारायणस्थित साझा पानी ट्यांकीमा “पियूष” प्रयोग गरि पानी शुद्धिकरण गरेको छ।  यसका साथसाथै  ५० कार्टुन मिनरल वाटर वितरण गरिएको थियो।  

पुनर्स्थापनाका आगामी कार्यक्रम संचालनका लागि विवेकशील नेपाली भक्तपुरको पहलमा १० सदस्यीय “Survivable Changu” नामक समिति समेत गठन भएको छ।  उक्त समितिमा चांगुनारायण नगरपालिकाका सचिव, ४ गाविसका सचिवहरु, स्थानीय क्लबका सदस्यहरु, सामाजिक कार्यकर्ता तथा स्थानीय बासिन्दाहरु रहने छन् ।  

अर्को चरणको पुनर्स्थापनाको लागि विवेकशील नेपाली र “Survivable Changu”  समितिको  सहकार्यमा  बाँस र त्रिपाल प्रयोग गरि अस्थाई बसोबासको ब्यवस्था गरिने छ। सो कार्यक्रमको लागि मिति ०७२-०१-२५ देखि ०७२-०१-२७ सम्म काम गरिनेछ।  यसका लागि विवेकशील नेपालीले ५० थान त्रिपाल दुवाकोट-६ र झौखेल-४ मा पठाई सकेको छ।  

यस कार्यको लागि विवेकशील नेपाली दल यी सबै सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन  गर्दछ।  

Rehabilitation in Changu Narayan Municipality: Initiation of Bibeksheel Nepali

Bibeksheel Nepali has taken initiaion in rehabilitation of Changu Narayan Municipality. The program got into action from 8th of May, 2015. Changu Narayan Municipality is comprised of 4 VDCs (Duwakot, Changu, Chaling and Jhaukhel). In the initial day, the team formed for the program, led by Abiral Karki (member of Bibeksheel Nepali Bhaktapur), utilised piyush in the common water tank for purification and also distributed 50 cartons of mineral water.

For further activities of the rehabilitation program, a comittee of 10 members named “Survivable Changu” was formed by the effort of Bibeksheel Nepali Bhaktapur. In the established committee,  the secretary of Changu Narayan Municipality, 4 secretaries of VDCs, members of local clubs, social workers and local residents are present.

As a plan of acion of rehabilitation program, bamboo and trapaulins will be managed to prepare temporary shelter, which will be done in co-operation between Bibeksheel Nepali and Survivable Changu from 8th of May to 10th of May, 2015. For the action, Bibeksheel Nepali has already sent 50 pieces of trapaulins in Duwakot-6 and Jhaukhel-4.

Bibeksheel Nepali is extremely grateful for all the hard work and good deed.
(Pictures should be provided by Abiral)