०७२-०१-१७/१८ , साँखु-५, नाङ्ग्लेभारे राहत सामाग्री वितरण

विवेकशील नेपाली दलका साथी रोशन थापा (९८४१८२७९५०) ज्यूको नेतृत्वमा केहि स्वयंसेवक साथीहरु लगातार १७ र १८ गते दुइ दिन,  साँखु-५, नाङ्ग्लेभारेमा गएर राहत वितरण गर्नु भएको छ।

उहाँको अनुसार, “स्रोत साधन केहि थिए तर पर्याप्त स्वयंसेवकहरु थिएनन्। विवेकशील नेपाली दल यस्तो कार्यथलो, सेवाथलो बनेको छ जहाँ आफुलाई मनपर्ने जस्तै कर्मठ व्यक्तिहरुको संजाल छ। यहाँ गएर मैले मेरो राहत सामाग्रीलाई पूर्णता दिन सकेँ र मेरो काममा साथ दिने युवासाथीहरु सँग भेट हुने अवसर पाँए। अब म के गरूँ भन्दै बस्न पर्दैन, आउनुहोस् तपाईको काँध काँध मिलाउने तपाई जस्तै विचारधारा भएका व्यक्तिहरु भेट हुनेछन्।“

विवेकशील नेपाली दल माथि धेरै जनाको आशा रहेको र त्यस मध्ये आफु पनि पर्ने स्वीकार गर्दै, विकल्प आफैं बन्नु पर्ने कुरालाई सार्थकता दिन उहाँले नाङ्ग्लेभारे क्षेत्रमा राहत वितरणको लागि नेतृत्व लिनु भएको थियो। उहाँहरुले केहि खाद्यान्न, त्रिपालहरु र औषधिहरु वितरण गर्नु भएको थियो।

सकारात्मक सोच भएका व्यक्तिहरुलाई एकजुट बनाउने विवेकशील नेपाली दलको योजनाले अर्को खुड्किलो पार गरेको कुरा उहाँहरुको मुहारको उज्यालो प्रतिबिम्बले प्रष्ट पारिरहेको थियो।

स-धन्यवाद!

विवेकशील नेपाली दल

“विकल्प कुर्दै बस्ने कि आफै बन्ने?”

उहाँहरुको कार्यको झलकहरु तल दिइएका छन्।