०७२-०१-२६, काभ्रेपलाञ्चोक आशापुरी नासिकास्थान, वडा नं. ७, ८, ९ क्षेत्रमा राहत वितरण

विवेकशील नेपाली दलका सक्रिय सदस्य प्रदीप ढकाल ज्यू, निर्जला थापा ज्यू तथा साथीहरुले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान गा.वि.स.को वडा नं. ७, ८ र ९ मा राहत सामग्री वितरण गरेर फर्किसक्नु भएको छ। करिब २९० वटा घर धुरीलाई वितरण गरिएको सामाग्रीमा वितरण गर्ने कार्यमा विवेकशील नेपाली दल लगायत Abbot Company Germany र Crystal Banquet Pvt. Ltd. संस्थाहरुको सहकार्य थियो।

उपस्थित स्वयंसेवकहरुको नामावली यस प्रकार छ:

१. प्रदिप ढकाल (९८६०२५६०३०)

२. निर्जला थापा (९८४३७४२४४३)

३. इरा के.सी. (९८१८३६४७१०)

४. काजोल बस्नेत (९८४९८९७०२०)

५. मञ्जु सुब्बा

६. सुलता राई (Abbot Company Germany)

७. श्रवन लामा  

८. संजीत शाही

९. धीरज के.सी.

१०. विभूषण दाहाल (९८०३०५६९७०)

११. योगेन्द्र राई

१२. जुना युवा राई

१३. पुजन खत्री

वितरण गरिएका  सामाग्रीहरु तथा उपलब्धकर्ताहरुको विवरण यस प्रकार छ:

१. चामल -६० बोरा (विवेकशील नेपाली दल)

२. चामल -  ८४ बोरा (सुलता राई : Abbott Company, Germany)

३. नून, तेल र साबुन - २९० पाकेट (सुलता राई : Abbott Company, Germany)

४. चाउचाउ - ३५ बाकस ( संजित शाही र श्रवण)

५. बालबालिकाका लागि खेलौना तथा सरसफाई सामग्री - (मञ्जु सुब्बा)

विशेषगरी बृद्ध र बालबालिकाहरुमा सरसफाईको कमी देखिएको थियो। बैशाख १२ गतेको महाभूकम्प र त्यसपछि आइरहेका पराकम्पनका कारण स्थानीयहरू घरबासको चिन्ताका साथ डर र त्रासमा बिताइरहेका थिए। ढिलै भएपनि यस प्रभावित क्षेत्रमा हालको लागि सामग्री पुगेको बताइएको छ। यस ढिलाईप्रति स्थानीय बासिन्दा राजनैतिक पार्टीहरु प्रति आक्रोशित  छन्। कृषिमा निर्भर यस प्रभावित स्थानमा तत्काल पुनर्स्थापनाको आवश्यकता देखिएको बताइएको छ।

राहत वितरण गर्न नेतृत्व लिनुभएका सम्पूर्ण स्वयंसेवक ज्यूहरु प्रति विवेकशील नेपाली दल कृतज्ञ छ। देश तथा विदेशबाट सहयोगकर्ताहरुले गर्नु भएको सहयोगलाई पारदर्शी तरिकाले स्थानीय सम्म पुर्याउनु भई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुभएकोमा यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद !  

Date 09-05-2015, Kavrepalanchowk Aashapuri Nasikasthan, ward no. 7, 8 , 9

The active members of Bibeksheel Nepali political party, Mr. Pradeep Dhakal, Ms. Nirjala Thapa and other friends have returned from Nasikasthan of Kavrepalanchowk district, ward no. 7, 8 and 9, after the distribution of relief materials. Bibeksheel Nepali political party in co-operation with Abbot Company, Germany and Crystal Company Pvt. Ltd. delivered relief materials to around 290 houses.

The name of volunteers engaged are listed below:

  1. Pradeep Dhakal (9860256030)
  2. Nirjala Thapa (9843742443)
  3. Era K.C. (9818364710)
  4. Kajol Basnet (9849897020)
  5. Manju Subba
  6. Sulata Rai (Abbot Company Germany)
  7. Shrawan Lama
  8. Sanjit Shahi
  9. Dhiraj K.C.
  10. Bibhushan Dahal (9803056970)
  11. Yogendra Rai
  12. Juna Yuwa Rai
  13. Pujan Khatri

The details of distributed materials and distrubutors are mentioned below:

  1. Rice : 30 sacks (Bibeksheel Nepali political party)
  2. Rice : 84 sacks (Sulata Rai : Abbot Company Germany)
  3. Salt, Oil and soap : 290 packets (Sulata Rai : Abbot Company Germany)
  4. Noodles : 35 cartons (Sanjit Shahi and Shrawan)
  5. Toys for children and sanitation materials : Manju Subba

Specifically, lack of proper sanitation was seen in elderly citizens and children. The aftershocks after the devastating tremor of 25th April, 2015, has compelled the locals to live a fearful life. Better late than never, this affected area was provided with relief materials. The locals expressed their anger at the political parties for the belatedness. The area which is solely dependent on agriculture needs rehabilitation as soon as possible.

Bibeksheel Nepali political party is highly obliged to all the volunteers who represented in the relief distribution. All the responsible helpers and well-wishers from the country and abroad for their help in futuristic manner are appreciated for their effort.