०७२-०१-२७, “हिमालय अर्गानिक गार्डेन” बाट पत्र,

विषय: “जिन्सी तथा खाध्य सामाग्रीको खाँचो बारे”

मिति २०७२-०१-२७ मा विवेकशील नेपाली दलको चप्पलाकारखाना स्थित केन्द्रिय कार्यालयमा “हिमालय अर्गानिक गार्डेन” नामक कृषि फर्मबाट एक पत्र प्राप्त  भएको छ। “जिन्सी तथा खाध्य सामग्रीको खाँचोका बारे” बिषयक उक्त पत्र संचालिका विमला दाहाल ज्यूद्वारा लिखित छ।

Image.jpg

सो पत्रमा  उल्लेख भए अनुसार त्यस हिमालय अर्गानिक गार्डेनको सक्रियतामा नुवाकोट जिल्ला छाप गा.वि.स. अन्तर्गत तार गाउँका भुकम्प पिडितलाई विभिन्न सहयोगी हातहरुका साथै विवेकशील नेपाली दलका तर्फबाट प्राप्त नगद तथा जिन्सी सामाग्रीहरु बैशाख २५  दिनमा प्रमुख जिल्ला अधिकारी र गा.वि.स. सचिवको अनुमतिमा चिकित्सक सहित १४ जनाको स्वयंसेवकको टोलीले स्वास्थ्य सेवा तथा राहत वितरण  गरेको थियो।

सोही गाउँको स्थलगत अध्ययन पश्चात निम्न सामग्रीको धेरै आवश्यकता हुँदा विवेकशील नेपालीबाट सम्भव भएसम्म निम्न सामग्री उपलब्ध गराइयोस भनी अनुरोध गरिएको छ।

१. त्रिपाल

२. कम्बल

३. स्वास्थ्य सामग्री

४. लिटो

५. बच्चाका लागि लुगाकपडा

६. स्वास्थ्य जनचेतनाका लागि स्वाथ्यकर्मी

७. सवारी साधन (४ पांग्रे)

स्रोत साधनले साथ दिई नेतृत्व लिन चाहनुहुने साथीहरु ०१-४३७९७८५ नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।