विवेकशील नेपाली विधागत मार्ग दर्शन 

नेपालमा बिकल्प कुरेर होइन आफै बनेर देखाउने दिन आएको छ। हामी विवेकशील नेपालीहरुले आफ्नै प्रयासले शान्त र संमृद्ध नेपाल निर्माण गरेरै देखाउँछौँ । हाम्रो मार्गदृष्टि अनुसार यी ८ खम्बाहरु  बलियो बनाए मार्फत शान्त र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ।

कसरी प्राप्त हुन्छ त शान्त र संमृद्ध नेपाल?

विवेकशील नेपाली हरेक क्षेत्रमा विकास एवं सुधारको जरुरी देख्छ, ''कहाँ पुग्ने?'', ''के गर्ने?'' "कसरी गर्ने?'' "कसले गर्ने?"  विवेकशील नेपाली संग गन्तव्यमा पुग्न स्पष्ट मार्ग दर्शन, प्राथमिकताहरु, प्रक्रियाहरुको खाका छ। हामीसँग काम गर्ने इच्छा छ, जोश/जाँगर/तत्परता छ, अनि क्षमता पनि छ । पहिलो चरणमा ८ वटा मुख्य विधाहरुको मार्गदर्शनको खाका तयारी गरेर बिबेकशील नेपाली आफ्नो  लक्षमा पुग्न मार्ग प्रसस्त गर्दछ  ।

क) आर्थिक विकास

ख) सामाजिक सुधार

ग) राजनैतिक सुद्दिकरण

घ) प्रशासनिक सुधार

ङ) परराष्ट्र मामला

च) रक्षा रणनीति

छ) बिज्ञान/प्रबिधि

ज) अनुसन्धान/विकास

क) आार्थिक विकास:

आर्थिक विकास विवेकशील उद्दमशील क्रान्तिबाट !

विवेकशील नेपालीले बिद्दमान आर्थिक बिकासको गति, आर्थिक संरचना/अवस्था, पूर्वाधार विकास, समग्र आर्थिक सूचकहरु (Macroeconomic Indicators) को अध्ययन गरेको छ। हामीले देशको कुल गार्हस्थ उत्पादन, उपभोग, बिनिमय, वितरण, प्रतिव्यक्ति आम्दानी, राजस्व लगानीको दर, रोजगारीको दर, बैदेशिक श्रोत, आयात/निर्यात, बस्तु बजार र मुद्रा बजारको यथास्थितिलाईबिश्लेषण गरी बिद्यमान अर्थतन्त्रलाई कसरी द्रुत गति लिने र दीर्घकालीन रुपमा क्षमतावान बनाउने सो उपायको खोज तथा अध्ययन गरेका छौँ ।  विवेकशील उद्दमशील क्रान्ति गरेर नैतिक/स्वाभिमानी/स्वावलम्वी अर्थतन्त्र निर्माण एबम दीगो रुपमा आफ्नै देशमा उत्पादन र रोजगारी सिर्जना गरेर हाम्रै कालमा शान्त र संमृद्ध नेपाल को निर्माण गर्नेछौँ ।

१. विवेकशील आर्थिक प्रणाली: (Fusion between Capitalism, Socialism and Participatory)

२. शहरी, शहरोन्मुख केन्द्र र ग्रामिण (Urban, Small Town and Rural Economy)

३. उद्दम बर्गीकरण (classification into Five Classes) मार्फत विवेकशील उद्दमशील क्रान्ति (Bibeksheel Entrepreneurship Revolution)

४. वास्तविक(बस्तु/सेवा) र मौद्रिक क्षेत्रबीच सन्तुलन (Balance between Real and Monetary Sectors)

५. आयातलाई औद्यिगीकिकरणमा रुपान्तरण

६. पाईप अर्थतन्त्रलाई तलाउ निर्माण (Pipe to Pond economy)

७. विप्रेषणबाट उद्दमशीलता (Remittance to Entrepreneurship):

८. बिकासमा दीगोपन:पुस्तौं पुस्तालाई लक्षित (Sustainable Development)

९. व्यक्तिगत कर र सामाजिक सुरक्षा सम्बन्ध

१०. बैंकिंग प्रणालीमा सुधार

११. आर्थिक संकटकाल घोषणा: खाद्य, उर्जा र भौतिक पूर्वाधार बिकास

१२.  नेपाल एशियाको ब्यापारिक केन्द्र (Business Hub of Asia)

१३.  नाइस मोडेल (NICE Model = Nepal India China Economic Model)

१४. आर्थिक अनियमितता नियमन

१५. आर्थिक विकास र अन्य सात विधा संग सम्बन्ध

१६. विवेकशील निगरानी

१७. आर्थिक बिकासका सरोकारवालाहरु

१. विवेकशील आर्थिक प्रणाली: (Fusion between Capitalism, Socialism and Participatory): 

अधिकांश ग्रामिण निर्वाह मुखी जनसंख्या अझै अभावमा जीवन गुजारा गरिरहेका छन् । कम्तिमा भौतिक पूर्वाधार पुर्याउन र साधन/श्रोतमा पहुँच नपुग्नेहरुलाई राज्यले समाज कल्याणकारी भूमिका निर्वाह गर्नै पर्छ, जहाँ राज्यले कल्याणकारी हात नफिंजाई (hands on) अर्थतन्त्रले गति लिन सक्ने अवस्था छैन । धेरै नेपालीहरु आधुनिक आर्थिक प्रतिस्पर्धामा दौडन सक्ने अवस्था छैन यद्यपी पूर्ण रुपमा राज्यको नियन्त्रणबाट अबको अर्थतन्त्रलाई चलाउनु उचित हुदैन, निजीक्षेत्रलाई सम्भव भएसम्म सशक्त गर्न सरकारको हात खुकुलो "hands off"  गर्नु पनि अनिवार्य छ ।
हाम्रो जस्तो आर्थिक अवस्था भएको मुलुकमा प्रभावकारी भूमिका खेल्न सक्ने सरोकारवालाहरुको सक्रिय सहभागिताबाट अर्थव्यवस्था संचालन गर्नु जरुरी हुन्छ।  राज्यले आर्थिक/सामाजिक रुपमा पछाडी परेको बर्ग/क्षेत्रमा कल्याणकारी भूमिका खेल्नु र नीजी क्षेत्रले लगानी गर्न नसक्ने ठाउँमा लगानी गरी निजि क्षेत्र लाई ससक्त बनाउन बिषेश भूमिका निर्वाह गर्नु पर्छ । परिस्थिति अनुसार राज्यको हात कसिलो र खुकुलो बनाई अर्थव्यवस्थालाई निश्चित गति दिनु पर्दछ । यस्तो अवस्थामा विवेकशील नेपालीले  Participatory, Socialism र Capitalism  आर्थिक प्रणालीको मिश्रित स्वरुप  विवेकशील आर्थिक प्रणाली अपनाउने छ र उद्दमशील क्रान्ति मार्फत आर्थिक बिकासको गति लिने छ ।

२. शहरी, शहरोंमुख केन्द्र र ग्रामिण (Urban, emerging town and rural economy) आर्थिक विकास रणनीती: नेपालको अर्थतन्त्रलाई बिकासको रणनीति प्रयोगको निमित्त तीन समुहहरु: ठुला शहरी, शहरोंमुख केन्द्र र ग्रामिण अर्थतन्त्र (Urban Economy, Emerging Town Economy and Rural Economy) समुहमा राखेर राज्यको भूमिकालाई आवश्यकता अनुसार विस्तार एवं संकुचन गर्नु पर्दछ। ३ वटा समुहमा फरक फरक विकास रणनीतीहरु अपनाई पूर्वाधार निर्माण, लगानी, उत्पादन, रोजगार सिर्जना तथा अन्य आर्थिक क्रियाकलाप गर्नु पर्दछ

३. पाँच तह उद्दम बर्गीकरण (Five Class) मार्फत विवेकशील उद्दमशील क्रान्ति : विवेकशील नेपालीले नेपालको अर्थतन्त्रलाई आर्थिक क्रियाकलापको क्षेत्रगत ५ तहमा बर्गीकरण गर्नेछ । प्रत्यक तहका अन्तर बिषयगत शिर्षकहरुमा छुट्टा छुट्टै विकासको रणनीति तयार गरेर अर्थतन्त्र फराकिलो बनाउने उपायहरु निकालिने छ । प्रत्येक आर्थिक क्षेत्रका शिर्षक एवं उप-शिर्षकमा उद्दमशीलता विकास गरेर देशमा द्रुत औद्योगिकीकरण गर्ने छ । आफ्नै देशमा उपभोग्य बस्तु तथा सेवाको उत्पादन र रोजगारी सिर्जना गरिने छ । युवा उद्दमीहरुलाई एकबद्द गरेर ५ वर्ग मध्ये बस्तु एवं सेवाको माग र अर्थतन्त्रको अावश्यकता अनुसार अन्तरिक माग एवं निर्यात प्रयोजनको निमित्त पुँजीगत एवं उपभोग्य बस्तु तथा सेवाहरु उत्पादनका क्षेत्रहरुमा लगानी गराईने छ । ५ तहमै उद्दमशीलता विकास गरि विवेकशील उद्दमशील क्रान्ति गरिनेछ । विवेकशील नेपालीले नैतिक उद्दमी निर्माण गर्ने छ, जसले सरकारलाई कर तिर्नु, कानूनको पालना गर्नु, उपभोगता प्रति जिम्मेवार बन्नु, गुणस्तरमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल दर्जा हासिल गर्नु र सामाजिक दायित्व पुरागरी औद्योगिक क्रान्ति ल्याउने छन् ।

 

४. वास्तविक(बस्तु तथा सेवा) र मौद्रिक सन्तुलन(Balance between Real and Monetary Sectors): विवेकशील नेपालीले बुझेको छ, देशको वास्तविक क्षेत्र (Real Sector: good and services production) कम्जोर रहेको, मौद्रिक क्षेत्र(Monetary sector) पनि शहर केन्द्रित रहेको छ । रेमिट्यान्स, बैदेशिक अनुदान र बैदेशिक ऋणबाट प्राप्त बैदेशिक श्रोत पनि शहर सम्म पुग्ने र जुन बाटो आयो त्यहि बाटो विदेश तिरै गएको (Tapped Economy) अवस्था छ। त्यसैले ग्रामिण मौद्रिकरण/बजारीकरण निति अपनाएर बित्तिय संस्थाहरुलाई बिकट ग्रामीण क्षेत्रमा समेत विस्तार गरी ग्रामीण मौद्रिकरण गरेर उद्योग र ब्यापार विस्तार गर्दै वास्तविक र मौद्रिक क्षेत्र(Real and Monetary sectors) बीच सन्तुलन कायम गरि आर्थिक दायरा फराकिलो पार्नुपर्ने आवश्यकता विवेकशील नेपालीले देखेको छ ।  

५. आयातलाई औद्योगीकिकरणमा रुपान्तरण (Import to industrialization) : नेपालमा बिद्यमान जे जति पनि बस्तुको विदेशबाट आयात गरिन्छ, सम्भव भए सम्म आयातको सट्टा स्वदेशी/बिदेशी उत्पादकहरुलाई नेपालमा आयात गरिने बस्तु तथा सेवाको नेपाल मै प्लान्ट अथवा उद्योग स्थापना गर्न पहल गर्ने जसले नेपाल मै रोजगारी सिर्जना हुनेछ। यसरी प्लान्ट तथा उद्योग स्थापना गर्नका निमित्त उद्योग मन्त्रालयमा छुट्टै उद्यम ब्यबस्थापन डेस्क निर्माण गरी आवस्यकता पहिचान, खोजी, सम्बन्ध विस्तार, नेपालमा आकर्षण र अन्य ब्यबस्थापन गर्ने छ |  त्यसले नेपालको साधन श्रोत प्रयोगमा आउने र औद्योगीकरणको विकास पनि हुनेछ।  यसले स्वाभिमानी र स्वाबलम्बी अर्थतन्त्र निर्माण गर्न र आफ्नै देशमा उत्पादन हुने र आफ्नै देशमा लाखौँ रोजगारी सिर्जना गर्दछ। राष्ट्रको संवेदनशीलता संग सम्बन्धित उद्दम काममा राष्ट्रले नै विषेश नियन्त्रण गरी देशभित्रै उत्पादन गर्ने निति लिनु पर्छ।

६. ‘पाईप बाट तलाउ’ अर्थतन्त्रको निर्माण (‘Pipe to Pond’ economy): विदेशबाट भित्रिएको रेमिट्यान्स, अनुदान र ऋणबाट प्राप्त बैदेशिक श्रोतहरु देशमा बस्तु तथा सेवाहरु उपभोक्ताहरुको माग अनुसार देश भित्र उत्पादन नभएको परिष्ठिति छ।  अधिकांश श्रोतहरु आयातित बस्तु तथा सेवामा उपभोगको निमित्त खर्च भई श्रोतहरु पुनः विदेश तिरै जाने हुनाले यस्ता आर्थिक श्रोतलाई देश भित्रै बस्तु तथा सेवाको उत्पादन हुनु पर्छ। यस उत्पादनको मात्रा उद्दमशीलताद्वारा विस्तार गरी पाईप अर्थतन्त्रलाई तलाउ अर्थतन्त्रमा (Pipe to Pond Economy) परिणत गर्नु पहिलो आवस्यकता विवेकशील नेपालीले पहिचान गरेको छ ।

७. विप्रेषणबाट उद्दमशीलता (Remittance to Entrepreneurship): बैदेशीक रोजगारमार्फत नेपाली दाजु-भाई दिदी-बहिनीहरुले विदेशीमा बगाएको रगत पसीनाको पैसा लाई दुरुपयोग हुन नदिनको लागि श्रोत बाटै बचत संकलन गरिनेछ । अनि यसलाई उद्दमशील विकास क्षेत्रमा लगानी गर्ने अावश्यक वातावारण वनाईनेछ ।  विवेकशील उद्दमी क्लब मार्फत ५ बर्गका आर्थिक क्षेत्र अन्तरगत कुन उद्योगमा लगानी/उत्पादनको खाँचो छ सो बमोजिम परियोजना निर्माण गरिनेछ।  एकल एवं सामुहिक लगानीमा उद्योगहरु पनि विस्तार गरिनेछ ताकि एउटा जनशक्ति आफ्नो रगत पसिना बगाएर बिदेशबाट फर्कंदा उद्दमशील बन्न सकोस् । अनि बुढेस्कालमा आफ्नो जीविकोपार्जनको लागि फेरि आफ्नो सन्तानलाई कहिल्यै विदेश पठाउनु नपरोस् ।

८. बिकासमा दीगोपन: पुस्तौं पुस्तालाई लक्षित (Sustainable Development): आजको नेपालको शहरी बिकासको गति जटिल र समस्यान्मुख हुदैँ गैरहेको छ । विकास जति जति अगाडी बढ्यो उति उति सहज हुदै जानुपर्ने ठाऊँमा नेपालमा ठिक उल्टो भैरहेको छ । नेपालको दुर्गम देखि ठुला शहर सम्मकै बस्ती व्यवस्थापन अस्त ब्यस्त छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा छरिएका बस्तीमा कुनै पनि भौतिक पूर्वाधार र सामाजिक सेवा पुर्याउन नसकिने अवस्थालाई न्युनिकरण गर्न बाढी पहिरो नलाग्ने र पूर्वाधार निर्माण सहज हुने ठाउँमा कम्तिमा १००० वा सो भन्दा माथि परिवार अटाउने वातावारण मैत्री भूकम्प प्रतिरोधात्मक बस्ती बसाउनु पर्छ । अनि त्यहाँ यस्तो प्राथमिक उद्दम सिर्जना गर्नु पर्छ जसले ग्रामिण रोजगारी सिर्जना गर्न, सामाजिक सेवा पुर्याउन, गरिवी घटाउन सहयोग गर्छ अनि त्यस क्षेत्रको दीगो बिकास सम्भव बनाँउछ । जमिन बिखण्डीकरण, अव्यवस्थित बस्ती र जमिन माथिको चाप कम गर्न ‘स्वतन्त्र शहर व्यवस्थापन’ अनतर्गत ठुला तथा साना शहरहरुमा साना-ठुला भुकम्पप्रतिरोधात्मक अपार्टमेन्टमा बस्ती व्यवस्थापन गर्नुपर्छ । जति सक्दो प्राकृतिक संसाधन/संरचना क्षति नहुने, खेती/पर्यटन योग्य जमिन नष्ट नहुने, कुन जमिनमा कति, कसरी बस्ती, बजार, उद्योग, पार्क, चरन अादि ईत्यादि हजारौं बर्ष सम्ममा पनि समस्या नआउने तरिकाले जमिन, बस्ती, पूर्वाधार र प्राकृतिक संसोधनको व्यवस्थापन गर्नु पर्दछ । अहिलेको पुस्ताले गरेको बिकासको प्रतिफल पुस्तौं पुस्ता लाई नकारात्मक प्रभाव कहिल्यै नपरोस्।

९. व्यक्तिगत आयकर र सामाजिक सुरक्षा सम्बन्ध (Relation between personal income tax and social security): कुनै पनि व्यक्तिले आगामी बर्षमा आर्जन गर्न सम्भावित आम्दानी लाई आधार मानेर आर्थिक बर्षको शुरुमा नै कर कार्ड(tax Card) बनाउने र सोहि अनुसार श्रोत मै कर कट्टा गरी व्यक्तिको खातामा आम्दानी जम्मा गर्ने प्राबधान बनाउनु पर्छ । आर्थिक बर्षको अन्त्यमा बास्तविक करको हिसाब गर्ने प्रवन्ध मिलाउने । त्यस्तै कुनै पनि व्यक्तिले कुनै पनि ठाउँबाट जति सुकै आय आर्जन गरेपनि उसले तिरेको करको निश्चित प्रतिशत उसको बुढेसकालमा पाउने गरी सामाजिक सुरक्षा भत्ता को प्रबन्ध मिलाउनु पर्छ । जति बढी कर तिर्यो त्यति बढी सामाजिक सुरक्षा उसको अबकास प्राप्त जीवनमा पाउने प्रवन्ध मिलाउने जसले गर्दा करदाताले कर तिर्न उत्साहित होस् । आम्दानी अनुसार प्रगतिशील  कर प्रणाली अनुसार करको दर र सामाजिक सुरक्षा दर निर्धारण गर्ने।

१०. बैंकिंग प्रणालीमा सुधार: नेपालमा बैंक एवं बित्तिय संस्थाहरु धेरै संख्यामा शहर मुखी छन् र स्वचालित प्रणालीको काम नभएर संचालन खर्च मात्र धेर हुने हुनाले ब्याजदर महँगो गर्नु पर्ने, लगानी दुरुत्साहि हुने र अस्वस्थ प्रतिस्पर्धा धेरै हुने अवस्था सिर्जना भएको छ। देशमा आन्तरिक श्रोतको आर्थिक प्रगति लगभग नकारात्मक छ (बैदेशिक सहायता र विप्रेषण नभए अर्थब्यबस्था चल्न नसक्ने अवस्था), देशका उद्योग धन्दा राम्रो संग संचान हुन नसक्दा पनि कुनै पनि बैंक एबम वित्तीय संस्थाको नाफा भने अकुत हुनु तर बैंकिंग सेवाको गुणस्तर कम्जोर रहनु अर्थाब्यबस्थामा ठुलो विसंगति रहेको पुष्टि हुन्छ, यो विसंगति को समस्याको पहिचान र समाधान बिबेकशील नेपालीको कर्तब्य हुने छ |  बैंक हरुलाई बिद्युतियकरण गरेर ई-बैंकिंग प्रणाली अनिबार्य गर्नै पर्छ। पहिलो चरणमा कुनैपनि सरकारी कारोबार ई-बैंकबाट मात्र गर्ने प्रावधान बनाउने। क्रमश: अन्य आर्थिक कारोबार लाई पनि विद्युतीयकारण गर्दै लैजाने। संचालन खर्च कम गराउने साथै लगानीको ब्याजदर घटाउने उपायहरु अबलम्बन गर्ने र बढी भन्दा बढी लगानीमैत्री बित्तियक्षेत्र निर्माण गर्ने ।  यसका अलावा, जति सक्दो बैंकहरुलाई गाभेर सिमित संख्या बनाउने तर बैंकका धेरै कामहरु शहरमा मात्र केन्द्रित नभएर हरेक कुना कुनामा विस्तार गर्नुपर्ने प्रावधान बनाउने जसले ग्रामीण मौद्रिकिकरण गर्न र ग्रामिण लगानी बढाउन सहयोग गर्छ। ग्रामीण मौद्रिकिकरण भएमा मात्र सरकारी बजेट र मौद्रिक अधिकारी(राष्ट्र बैंक)ले आर्थिक औजारहरु प्रयोग गरि सम्भावित आर्थिक समस्याहरु जस्तै कि राष्ट्रीय आम्दानी/खर्च, मुद्रा स्फीति, बेरोजगारी आदि समाधान गर्न प्रभावकारी बन्छ ।

११. अल्पकालीन आर्थिक संकटकाल घोषणा: खाद्य, उर्जा र भौतिक पूर्वाधार बिकास: विश्व-मानचित्रमा नेपालको अर्थतन्त्र अत्यन्तै नाजुक रहेको र देशमा खाद्य, उर्जा र भौतिक पूर्वाधार नै जनसंख्याको माग भन्दा अत्ति न्युन रहेकाले देशलाई अल्पकालीन आर्थिक संकटकाल घोषणा गरि राज्यको अधिकांश संयन्त्र खाद्य, उर्जा र भौतिक पूर्वाधार निर्माणको निमित्त उपयोग गर्नु पर्छ । संसारको जुनसुकै कुनामा फल्ने जे सुकै पनि उत्पादन गर्न सक्ने हावापानी भएको मुलुकमा खाद्य उत्पादन एवं गुणस्तर को स्थिति भयाबह छ । एशियाको अधिकांश भागलाई उज्यालो बनाउन सक्ने क्षमता भएको मुलुकमा हरेक कामको लागि जरुरी पर्ने इन्धनको चरम अभाव छ । अनि संसारको मनोरंजन स्थल र एशियाको ब्यापारिक केन्द्र बनाउन सकिने भौगोलिक अबस्थितिले सर्बोत्तम ठाउँमा सामान्य आवतजावत समेत गर्न नसकिने अवस्था छ, अन्तर्राष्ट्रिय स्तरको ढुवानी सेवा सहजै गर्न सकिने प्रकृतिको भौतिक पूर्वाधार अपरिहार्य भएको हुँदा अल्पकालीन आर्थिक संकटकाल घोषणा गरेर अर्थतन्त्रलाई ब्युँझाउनु पर्छ ।

 

१२. नेपाल एशियाको ब्यापारिक केन्द्र (Business Hub): आन्तरिक उत्पादन क्षमता विस्तार गर्ने र अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण गरेर नेपाललाई उद्योग एवं ब्यापारमा एशियाको केन्द्र बनाउन सकिने ठुलो सम्भावना छ। नेपालको सबल पक्षहरु: अन्तर्राष्ट्रिय भौगोलिक अवस्था हो जो बिशाल उपभोक्ता र तिब्र आर्थिक बृद्दिदर हासिल गर्दै गरेको चीन र भारतको बीचमा छ। अनि पुर्वी एशियाली मुलुक र खाडी मुलुकहरु/युरोप को बीचमा  ब्यापारिक पुल अर्थात् सम्भावित अन्तर्राष्ट्रिय बजार हुने अत्यन्तै ठुलो सबल पक्ष रहेको छ । आन्तरिक भौगोलिक संरचना, आन्तरिक जलवायु, सामाजिक संरचना, साधन तथा श्रोतको उपलब्धता, प्राकृतिक सम्पदाको उपलब्धता, श्रम बजार, बजारको पहुँच जस्ता नेपालका सवल पक्षरुलाई विवेकशील सदुपयोग गरेर नेपाललाई एशियाको ब्यापारिक केन्द्र (Business Hub of Asia) बनाउन सकिने दीर्घकालीन मार्गदर्शन लिनेछौँ ।

१३. नाईस (NICE = Nepal India China Economic) मोडेल: नेपाल, भारत र चीनलाई भौगोलिक रुपमा नै अनिवार्य सह-अस्थित्व हुने भएकोले "आर्थिक भातृत्वको" विकास गर्ने । नियमित रुपमा ३ वटै देशका आर्थिक एबं कुटनैतिक अधकारीहरुलाई एउटै टेबलमा राखेर त्रिपक्षीय फाईदा हुने "जीत-जीतको" आर्थिक अवसरहरु खोज्ने र नेपालले पुलको रुपमा काम गर्ने ।  दुवै ठुला आर्थिक शक्तिहरु बिचमा एउटा सानो छिमेकी मुलुक बिपन्न हुँदा दुवैमुलुक हरुलाई विभिन्न किसिमका चुनौतीहरु हुने र अन्तर्राष्ट्रिय जगतमा राम्रो संदेश नजाने निश्चित हुन्छ एवं बाह्य शक्तिले चलखेल गरि दुवै छिमेकी मुलुकहरुलाई हानी हुन सक्ने खतरा हुन्छ किनकि बिचको मुलुकले अभाव र विपन्नता भोगेको छ भने त्यसको नकारात्मक प्रभाव छेँउका छिमेकी मुलुक मा पर्छ नै ।

१४. आर्थिक अनियमितता नियमन: विश्वमान चित्रमा नेपाल गरिब छ र यो मानचित्रलाई चिर्नको निमित्त आर्थिक अनियमितता नियमनले ठुलो सघाउ पुग्ने छ | यसको लागि प्रत्येक प्राकृतिक व्यक्तिको (मानिसको) र कानुनी व्यक्तिको (कुनै पनि संघसंस्था एबम ब्यापारिक प्रतिष्ठानको) व्यक्तिगत कोड नम्बर सहितको लागत तयार गर्ने र विद्युतीकरण गर्ने | सबै बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीकरण गर्ने र हरेक आर्थिक कारोबारलाई पनि विद्युतीकरण गर्ने र करको दायरामा ल्याउने | प्रत्येक व्यक्तिको आर्थिक रुपान्तरणमा उसले राज्यप्रतिको दायित्व(कर तिर्ने ) कत्तिको पुरा गरेको छ? हरेक होलसेल एबम खुद्रा कारोबारको मूल्य अभिब्रिद्दि कर उठाउन सकेको छैन, हरेक शहरी क्षेत्रमा ९० प्रतिशत बाहल कर राज्यले उठाउन सकेको छैन, पुँजीगत बस्तुमा भएका मूल्य अभिब्रिद्दिलाई समेट्न सकेको छैन र कुनै पनि व्यक्तिको आर्थिक परिवर्तन बराबरको राजश्व राज्यले नियमन गर्न सकेको छैन | हरेक आर्थिक क्रियाकलापमा राज्यले आर्थिक नियमन गर्न सकेको छैन | अत्याधुनिक प्राबिधिको प्रयोगले आर्थिक नियमन सहज बनाउछ, प्रयोग अपरिहार्य छ, गर्न सकिन्छ |

१५. संबेदनशील क्षेत्र र राज्यको लगानी:

१६. बैदेशिक पुंजी र आन्तरिक प्रभाव:

१७. आर्थिक विकास र अन्य विधा संग सम्बन्ध: आर्थिक विकास र सामाजिक सुधार, आर्थिक विकास र राजनैतिक सुद्दिकरण, आर्थिक विकास र प्रशासनिक सुधार, आर्थिक विकास र परराष्ट्र मामला, आर्थिक विकास र रक्षा रणनीति, आर्थिक विकास र बिज्ञान/प्रबिधि, आर्थिक विकास र अनुसन्धान/विकास लाई एक अर्कामा फ्युजन गराई थप सह-रणनीति निर्माण गरिने छ | जसका माध्यमबाट समृद्द नेपाल र नेपाली निर्माणको निमित्त सर्बोत्तम बाटो अबलम्बन गरिने छ |

 

१८. विवेकशील निगरानी: विवेकशील नेपालीले नेपाललाई अार्थिक पारदर्शिताको नमुना बनाउनेछ । हामीले सरकारको कुनै पनि मन्त्रालय एवं निकाय अन्तर्गत कुनै पनि माध्यमबाट हुने सार्बजनिक खर्चको निगरानी गर्ने, सम्बन्धित जिम्मेवार निकायलाई घच्घच्याउने, अनियमितता भए नभएको निगरानी गर्ने र लक्षित क्षेत्रमा हुने लागानीको वा भएको खर्चको सकारात्मक प्रभाव बारे विश्लेषण गर्नेछ । सरकारी निकायबाट हुने खरिद/बिक्री एवं कुनै पनि खर्चमा हुने कमिशनतन्त्र संस्कारलाई निगरानी राखी आर्थिक अनियमिततालाई दुरुत्साह गर्ने छ ।  विवेकशील नेपालीले समसामयिक आर्थिक समस्याहरुको बारेमा आफ्नो धारणा समस्या समाधानार्थ तुरुन्त प्रमुख भूमीका निर्वाह गर्ने छ |विवेकशील नेपालीले कुनै पनि आर्थिक विकास सम्बन्धि सरोकारवालाहरुसंग नियमित साक्षत्कार कार्यक्रमहरु गरी आर्थिक विकास एवं औद्योगीकरणको नया र प्रभावकारी उपायहरु पत्ता लगाउनेका साथ-साथ अन्य सरोकारवालाहरुलाई सक्रिय गराउन प्रभाबकारी भूमिका खेल्ने छ । 

१९. सरोकारवालाहरु र अन्तर सम्बन्ध: समृद्द नेपाल निर्माणका खातिर निम्न बमोजिम सरोकारवालाहरु बीच आ-आआफ्नो अधिकार एबम कर्तब्यको अन्तरसम्बन्ध विस्तार गरी राष्ट्र निर्माणको कार्यमा अग्रसरता ल्याईने छ |  

प्रत्येक सरोकारवालाको आफ्नो भूमिका छुट्टा-छुट्टै अथवा मिलेर कुनै पनि आर्थिक क्षेत्रको काम सम्पन्न गर्ने वातावरण बनाउने छौँ। विवेकशील नेपाली यी सम्पूर्ण बिकासका सरोकारवालाहरुलाई चलायमान बनाउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने छ ।

(थप परिमार्जन र विस्तार गर्दै लैजाने)

ख) सामाजिक सुधार

१. सामाजिक स्कुलिंग/समाजमा नयाँ सोच: विद्यमान विकृत संस्कार बदल्न के गर्ने ?

२. जात-जाती भाईचारा एबम बर्ग विभेदको निराकरण:

३. धर्म:

४. संस्कृति/परम्परा/रीतिरिवाज: (पर्यटनको आधारशीला)

६. महिला:

७. बालबालिका:

८. युवा:

९. बृद्द बृद्दा:

१०. सामाजिक सुरक्षाको प्रबन्ध:

११. रंगभेद:

(तयार गर्नु पर्ने )

ग) राजनैतिक सुद्दिकरण

१. समग्र राजनैतिक दृष्टिकोण: अन्य कुनै पनि पार्टी र नेतृत्वको बिरोध वा खण्डन गरेर समय बर्बाद नगर्ने | अन्य राजनैतिक दल एबम नेतृत्वमा भएको कमजोरी तथा ज्ञानको कमी (knowledge gap) लाई पूर्णता दिनु अथवा सुद्दिकरण गर्नु बिबेकशील नेपालीको दायित्व हो | प्रादेशिक, धार्मिक एबम जात जातीय बिषयहरु राजनैतिक बिषयबस्तु होईनन्, प्रादेशिक बिबिधता र  बर्गीय विभेद आर्थिक मुद्दा हो र धर्म, कला, संस्कृतिक, प्रादेशिक रीतिरिवाज, जात जातीय बिभेद सामाजिक सुधारका बिषयबस्तु हुन्, सो सम्बन्धमा राजनीतिकरण गरिने छैन | यस्ता सम्बन्धमा राजनीतिक मार्ग प्रसस्त भने हुनु जरुरी छ | विद्यमान राजनैतिक नेतृत्वले यस्ता बिषयबस्तुमा सम्बोधन गर्न नसक्दा राजनैतिक समस्या समाधान हुन सकेको छैन |

२. बिबेकशील नेपाली संगठन भित्र : हाम्रो संगठनले मुख्य रुपमा ३ वटा मूलप्रबाहमा काम गर्नेछन | प्रष्टरुपमा हरेक मूल प्रभाह्हरु र सदस्यहरुको  अधिकार र कर्तब्यको साथै शक्ति सन्तुलनको प्रष्ट रुपमा प्रबन्ध गरिएको छ | पहिलो व्यबस्थापिका, जसले राजनीति गर्छ, जनसम्पर्क गर्छ अनि पार्टीको मूल धार बोकेको हुन्छ| दोश्रो कार्यपालिका, जसले राजनीति गर्दैन, ब्यबस्थापिकलाई सघाउछ, राजनीति गर्नेलाई साधन श्रोत जुटाई दिन्छ, यसले पार्टी भित्रको ब्यबस्थापन गर्दछ | तेश्रो न्यायपालिका, जसले पार्टी भित्रको सम्पूर्ण मेकानिज्मलाई नियन्त्रण गर्दछ, पार्टी भित्रको कुनै पनि व्यक्ति एबम काममा अस्पष्टता हटाउने, आचार संहितामा हिडाउने अथवा पार्टीको मर्म बिपरित जानबाट रोक्ने काम गर्छ |  पार्टी भित्र कसैले कसैलाई होच्याउन पाउने छैन | कुनै कामको जिम्मेबारी पाएको व्यक्ति पूर्ण रुपमा अधिकार प्राप्त हुन्छ | प्रत्येक सदस्यले हरेक काम गर्न पाउछ तर उसले मुख्य रुपमा तोकिएको काम गर्नु उसको मुख्य कर्तब्य हुन्छ भने अन्य काम गर्नु उसको सामान्य सहयोग हो |

संगठन विभिन्न तहहरु मिलेर बनेको हुन्छ | पहिलो तहमा पार्टीको स्टेरिंग कमिटी, पार्टीको प्रथम व्यक्ति, बोर्ड, जेनेरल असेम्ब्ली र पिपल असेम्ब्ली हुन्छ | दोश्रो तहमा केन्द्रीय तह हुन्छ | तेश्रो क्षेत्रीय तह हुन्छ |  

३. अरु राजनैतिक दलहरुसंग  सहकार्य:

४. चुनाव सम्बन्धी: नेपालको चुनाव प्रणाली अत्यन्तै खर्चिलो छ | चुनावमा उमेद्वारको धेरै खर्च भएपछि राजनैतिक नेतृत्व निर्वाचित भएपछि उक्त चुनावी खर्च परिपूर्ति गर्न या त अबैध बाटो अबलम्बन या त चन्दा/अनुदान माग्नु परेको छ या आर्थिक क्रियाकलापको मूल प्रबाह बाट आर्थिक श्रोत जुटाउनु परेको अवस्था छ जुन चाही भविष्यमा आर्थिक अनियमितता नगरी परिपूर्ति गर्न सकिने अवस्था रहँदैन| राजनैतिक प्रतिभा र सर्वासधरणको प्रतिनिधित्व गर्ने भन्दा पनि व्यक्तिगत प्रलोभनमा परेर चुनावी प्रतिस्पर्धा हुने गरेको छ | कुनैपनि नीतिनिर्माण क्षमता र ब्यबस्थापकीय क्षमताको आधारमा नेतृत्वले अवसर पाउने | चुनावी प्रचार/ प्रसार/ प्रलोभन शैली परिवर्तन गरिनु पर्ने | उमेद्वारको दस्तावेज र क्षमता सम्बन्धित निकायले निश्चित प्रणालीमार्फत सर्वसाधारण समक्ष सार्वजनिक गर्ने, निश्चित ठाउँहरुमा आफ्ना कुराहरु अभिव्यक्ति गर्ने प्रबन्ध मिलाउने | जबर्जस्ति नाराबाजी, जुलुस, मायकिंग, हुलहुज्जत, खर्च गर्न निरुत्सन गर्ने परिपाटी/सिस्टम बसाल्ने |

५. राजनीति र मूल पेशा (Specialization):

६. राजनीति र अवकास :

७. सामरिक महत्व र व्यक्तिगत/राजनैतिक प्रभाव

(परिमार्जन/तयार गर्नु पर्ने )

घ) प्रशासनिक सुधार:

(तयार गर्नु पर्ने )

ङ) परराष्ट्र मामला

(तयार गर्नु पर्ने )

च) रक्षा रणनीति

(तयार गर्नु पर्ने )

छ) बिज्ञान/प्रबिधि

(तयार गर्नु पर्ने )

ज) अनुसन्धान/विकास

(तयार गर्नु पर्ने )

धन्यवाद। यस मार्ग दर्शनलाई समय सापेक्ष तरिकाले परिमार्जन गरिनेछ। यदि यसमा थप योगदान दिन चाहनुहुन्छ भने हामीलाई relations@leadnepal.com मा ईमेल गर्नु होला ।