मिति २०७२-०१-२९ त्रि.वि. शिक्षण अस्पतालमा हेल्प डेस्क संचालन

विवेकशील नेपाली  दलले वि.सं. २०७२-०१-१२ गते आएको महाभूकम्पको लगत्तै काठमाडौँका विभिन्न अस्पतालमा हेल्प डेस्क संचालन गरेको थियो।  यसैको निरन्तरता दिंदै मिति २०७२-०१-२९ मा पुनः आएको महाभूकम्प पश्चात् पनि विवेकशील नेपाली  दलले त्रि.वि. शिक्षण अस्पतालमा हेल्प डेस्क संचालन गर्यो।

यस डेस्क संचालनमा सक्रिय केहि सदस्यहरु निम्न हुनुहुन्छ:

१. अस्मिता अधिकारी

२. प्रमेश श्रेष्ठ

३. भाइराजा भण्डारी

४. कपिल कार्की

मिति २०७२-०१-२९ दिउँसो १२:५० मा आएको भूकम्प पश्चात् विवेकशील नेपाली  दलले लगत्तै आफ्ना केहि स्वयंसेवकहरुको टोली त्यसतर्फ पठाएको थियो। अस्मिता अधिकारीको नेतृत्वमा गएको करिब २० सदस्यीय उक्त टोलीले त्रि.वि. शिक्षण अस्पतालमा एक हेल्प डेस्क राखी त्यहाँ भूकम्पमा घाइते भई आएका विरामी, कुरुवाका साथै चिकित्साकर्मीहरुलाई सहयोग गरेको थियो। स्वयंसेवकहरुले त्यहाँका कार्यरत नर्सहरुलाई विरामीलाई एक विभाग देखि अर्को विभागसम्म  सार्ने काममा सहयोग गरेको थियो । बिरामी तथा कुरुवाहरुलाई पानी, बिस्कुट, जुस, मास्क  वितरणका साथै बिरामीहरुलाई जीवनजल बनाई वितरण गर्ने काम पनि भएको थियो। विवेकशील नेपाली दलले खुल्ला आकाशमुनि रहेका बिरामीहरुको लागि त्रिपालको व्यवस्था समेत गरेको थियो। टोलीले अस्पतालको सरसफाईमा समेत सहयोगको हात बढाए। टोलीका अनुसार यस कार्यका लागि पीडितहरु स्वयंसेवकहरु प्रति आभारी रहेका थिए।

सो हेल्प डेस्कलाई दिउँसो मात्र नभई रातभर निरन्तरता दिईयो। विवेकशील नेपाली दलले हेल्प डेस्कबाट भोलिपल्ट २०७२-०१-३० गते सांझ ६ बजे सम्म बिरामीहरुलाई सहयोग गरेको थियो।

महाभूकम्पले निम्त्याएको त्रासदीपूर्ण स्थितिमा सहयोग प्रदान गर्ने सवै स्वयंसेवकहरुलाई विवेकशील नेपाली दल मुरी मुरी धन्यवाद ज्ञापन गर्दछ।

2015-05-12, Help desk in TUTH

Bibeksheel Nepali political party had conducted a help desk in Teaching Hospital right after the earthquake of 25th April, 2015. After another tremor on 12th May, 2015, Bibeksheel Nepali continued to have help desk at TUTH.

The active members in conduction of help desk are as follows :

  1. Asmita Adhikari
  2. Pramesh Shrestha
  3. Bhairaja Bhandari
  4. Kapil Karki

Right after the earthquake on 12th May, 2015 at 12:50 pm, members and volunteers at Bibeksheel Nepali were sent to TUTH. In the lead of Asmita Adhikari, around 20 volunteers were mobilized to help the injured people and their caretakers. They also helped in transporting patients from one zone to another. The team distributed water, biscuits, juice, masks and also prepared electrobion. Bibeksheel Nepali had provided tarpaulins for the patients who were staying under the sun. The team had assisted in cleaning the hospital premises. As per the team, the victimized people were thankful to the volunteers for their help.

The help desk was given continuity till 6pm of 13th May, 2015.

Bibeksheel Nepali is grateful to all the volunteers for providing help in the fearful condition due to earthquake.