०७२-०१-२५, धादिंग, तसर्पु गा.वि.स.बाट प्राप्त पत्र

शिर्षक: ‘राहत सम्बन्धमा’

मिति ०७२-०१-२५ मा  विवेकशील नेपाली दलको कार्यालयमा मिति ०७२-०१-२५ मा गाविस सचिव लेखनाथ भूसाल द्वारा लिखित धादिंग जिल्ला तसर्पु गा.वि.स.बाट “राहत सम्बन्धमा” बिषयक एक पत्र  प्राप्त  भएको छ।

उक्त पत्र मा  उल्लेख भए अनुसार ०७२-०१-२५ मा आएको विनाशकारी महाभूकम्पका कारण धादिङ्ग जिल्लाको तसर्पु गाविसको वडा नं ३, ४, ५, ६, ७ मा धेरै प्रभावित भएका र सरकारी तथा अन्य क्षेत्रबाट आउने राहत  अपर्याप्त भएकाले त्रिपाल र अन्य राहत सामग्री आवश्यक  रहेको छ। तसर्थ सक्ने जति,धेरै भन्दा धेरै राहत उपलब्ध गराउन अनुरोध गरिएको छ।  

साथै ११२२ घरधुरी रहेको यस गाविसमा भूकम्पका कारण भएको क्षतिको विवरण पनि यसै पत्रका साथ प्राप्त भएको छ। वडा नं १, २, ८ र ९ अत्यन्तै प्रभावित छन् भने वडा नं: ३, ४, ५, ६ र ७ बढी प्रभावित भएका छन्। हालसम्म घाइते संख्या १४ छ भने हालसम्मको मृत्यु संख्या २ पुगेको छ। खाध्य सुरक्षाको दृष्टिकोणले वडा नं १, २, ८ र ९ बढी संकटमा रहेका छन्। यस विवरणमा उल्लेख भए अनुसार यस क्षेत्रमा माहामारी फैलने सम्भावना रहेको छ। ७०% प्रभावित जनसंख्याको सुद्ध पिउने पानि मा पहुँच छ जसमध्य ३०% खोला/नदीमा निर्भर छन् भने ७०% पाइप खानेपानी प्रणालीमा निर्भर छन्। यसका साथै ५  कि. मि. दूरीमा बैकल्पिक मूलको ब्यबस्था भएको उल्लेख छ।  तर जम्मा ३०% प्रभावित समुदायमा मात्रै सरसफाई सेवामा उपयोगी पहुँच रहेको छ। स्वास्थ्य क्षेत्रमा पनि असर परिरहेको उल्लेख गरिएको छ। अपर्याप्त औषधि, अपर्याप्त स्वास्थ्यकर्मी  र बिध्यूत आपूर्ति सुचारु नहुँदा स्वास्थ्य सेवा प्रभावित बन्न पुगेको छ।

महाभूकम्पको यस गाविसमा यति धेरै मात्रामा क्षति भए पनि यस गाविसका यातायात सुबिधा भने संचालन भैरहेको छ र २० कि. मि. को दूरीमा बजार खुल्ला रहेको छ। यसका साथै संचार सेवामा NTC र Ncell को मोबाइल सेवा सुचारु रहेको छ।

विवेकशील नेपाली दल सक्दो राहत सामग्री पुर्याउन प्रयासरत रहेको छ।