विवेकशील  नेपाली द्वारा रामेछाप जिल्ला चुचुरे गा.बि.स वार्ड  नं ६ सिवालयमा जस्तापाता वितरण :

वि.सं. २०७२ बैशाख १२ गते आएको विनाशकारी महाभूकम्पले निम्त्याएको यस दुखद् घडीमा विवेकशील नेपाली दलले गरिरहेको उद्दार तथा राहत कार्यक्रम अन्तर्गत मिति २०७२-३-२४ मा Saba Quadri (Pakistan),Faizan Quadri (Pakistan),Attitia and Basitquadri (Pakistan),Junaid Quadri( Pakistan),Amnaahmed( Pakistan),Saher and Saadyusoof,Uzma Quadri& friends (Pakistan),Natalie Wilk( Poland),Jolanta & Marekwilk( Poland),Jolanta & Januszwilk (Poland),Bartek Sobczak( Poland ),Teresa Adam (Poland),Barbara Adam( Poland),Marta Pyl (Poland), Pawel Huk (Poland),Nepalese doctor’s association (U.K),Rounak carpet industries (Nepal) सँग समन्वय गरेर विवेकशील नेपाली दल को स्वयंसेवक सबिन अधिकारी र त्रिशित घिमिरे को नेतृत्व मा रामेछाप जिल्ला चुचुरे गा.बि.स वार्ड  नं ६ सिवालयमा ५५ बन्डल जस्तापाता वितरण भएको थियो। प्रत्यक ७५ घर धुरीले ६ वटा जस्ता पाएका छन्।  

वरिपरी पहाडले घेरेको उक्त गा.बि.स मा पानी को सुबिधा राम्रो रहेको छ। करिब ७५ भन्दा बढी घरधुरी भएको उक्त गा.वि.स मा खेति किसानी मुख्य आयश्रोत भएपनि वर्षा यामको सुरुवात संगै बाटो को समस्या देखिएको छ। सगरमाथा आधार शिविर को रुट भएको कारण पर्यटन विकाश को राम्रो सम्भावना रहेको देखिन्छ।

बाटो को समस्याको बावजुत घामपानी नभनी अझै उत्साह र धैर्य का साथ आफ्नो जिम्मेवारी बाट बन्चित नभई आफ्नो नेतृत्व निभाउनु हुने सबिन अधिकारी, त्रिशित घिमिरे र चालक मनिष खयमाली र सहचालक राजेश कुस्मा लाई विवेकशील नेपाली दल धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छ र आगामी दिनहरुमा यस्तै साथको अपेक्षा राख्दछ।

ramechhap.jpg