०७२-०१-२९ रसुवा, स्याफ्रुबेशी १ र ९ मा राहत वितरण

वि.सं २०७२ साल बैशाख १२ गते आएको महाभूकम्प पश्चात् देशका धेरै भूभागमा विपत्पूर्ण स्थिति सिर्जना  भएको छ। तत्पश्चात देखि नै विवेकशील नेपाली पार्टीले उद्दार तथा राहत कार्यक्रम संचालन गरिरहेको छ। सोहि कार्यक्रम अन्तर्गत सयल सिंह ज्यूको नेतृत्वमा एक टोलीलाई राहत सामग्रीका साथ रसुवा जिल्ला स्याफ्रुबेशी वडा नं १ र ९ पठाइयो। लक्ष्य अनुरुप स्याफ्रुबेशी १ र ९ मा मात्रै राहत वितरण गर्ने भनिएपनि  वाङ्ग्याल र ठूलो स्याफ्रुमा पनि अझै राहत नपुगेको सुचना पाएपछि त्यहाँ पनि केहि राहत सामग्री पुर्याइएको थियो।  ठूलो स्याफ्रुमा भने पुग्न नसकेका कारण ठूलो स्याफ्रु गा.वि.स. कार्यालयलाई राहत हस्तान्तरण गरिएको थियो।

यस टोलीमा संलग्न स्वयंसेवकहरुको नामावली निम्न प्रकार छ:

१. सयल सिंह ९८५१०७७१६१

२. लोक बहादुर गुभाजु ९८४९०९३५३१

३. रजिया बानु ९८६०१०२८६८

४. निलम थापा ९८४३४३५९५७

५. मेरिना कार्की ९८१३९३१९१२

६. रुबी श्रेष्ठ ९८४३०६३५३१

७. सन्तोष मल्ल ९८४१३५१६४७

८. सन्तोष बानियाँ ९८४३६०३९१२

विभिन्न प्रभावित क्षेत्रमा वितरित राहत सामग्रीहरु निम्न छन्।

क. वाङ्ग्याल

१. त्रिपाल - ८ थान

२. चामल (३० किलो) - ८ बोरा

३. तेल: ८ पाकेट

४. नून : ८ पाकेट

५.  दाल:१ बोरा

ख. ठूलो स्याफ्रु

        १. त्रिपाल : २२ थान

        २. चामल (३० किलो) : ४३ बोरा

३. तेल : ९८ लिटर

४. नून : २० पाकेट

५. दाल : १ बोरा

ग. स्याफ्रुबेशी वडा नं १ र ९

        १. त्रिपाल : १३५ थान

        २. चामल (३० किलो): ११९ बोरा

३. तेल : १७९ लिटर

४. नून : १२७ पाकेट

५. दाल : ५ बोरा

यस टोलीका अनुसार लगभग ६०० जनसंख्या रहेको यस प्रभावित क्षेत्रमा ४ जनाको भूकम्पका कारण मृत्यु भैसकेको छ भने त्यति नै संख्यामा घाइते भएका छन्। स्यफ्रुबेशी वडा नं. १ म़ा ३७ घर र वडा नं. ९ मा  भएका २५५ घर मध्ये वडा नं. १ का सबै घर ध्वस्त भएका छन् र वडा नं. ९ का ८० घर ध्वस्त भएका छन्। वाङ्ग्यालका सबै ८ घर ध्वस्त छन् भने ठुलो स्याफ्रुका १४० घर सबै क्षतिग्रस्त छन्। वडा नं. १ का सबै भौतिक संरचनाहरु क्षतिग्रस्त भएपछी त्यहाँका बासिन्दाहरु वडा नं. ९ मा संयुक्त रुपमा पालमा बसिरहेका छन्। पानीका श्रोतहरु भने अप्रभावित छन्।

टोलीका अनुसार स्वास्थ्य हिसाबमा त्यहाँका बासिन्दाहरुको स्वास्थ्य र सरसफाई सन्तोषजनक रहेको छ जसका कारण महामारीको सम्भावना न्यून छ । हाललाई प्राथमिक उपचार पनि आवश्यक छैन। स्थानीयहरुले हालसम्म सरकारी राहत नपुगेको गुनासो पोख्दै खानाको कमि भएको बताएका छन्।  खुला आकाशमुनि बस्न बाध्य पीडितहरु सर्पको डरमा बसिरहेको बताइएको छ।

यो प्रभावित क्षेत्र सडक पहुँचमा रहे पनि पहिरो र पहिरोको खतराका कारण दुर्गम बनेको छ। कृषिमा निर्भर यो क्षेत्रका बासीहरुलाई पुनर्स्थापना र पुनर्वासको लागि सहयोग आवश्यक देखिन्छ।

विवेकशील नेपाली दलको यो टोलीले लगभग ३०० परिवारलाई प्रत्यक्ष रुपमा राहत वितरण गरेको थियो भने झन्डै २५ परिवार अप्रत्यक्ष रुपमा लाभान्वित भएका थिए। विवेकशील नेपालीको यो राहतप्रति त्यहाँका बासिन्दाहरु निकै खुशी भई फेरी पनि सहयोग गर्न आग्रह गरिरहेका थिए। टोलीका अनुसार स्थानीय बासिन्दाहरुले यस टोलीलाई निकै आभार ब्यक्त गर्दै बिदाई गरेका थिए।

यो टोलीले सो क्षेत्रमा विवेकशील नेपाली दलले खाध्य सामग्री र पुनर्स्थापनामा पहल गर्नु पर्ने सुझाव दिएको छ।

उक्त प्रभावित क्षेत्रमा समन्वय गर्न सक्ने तथा उक्त स्थानको जानकारी उपलब्ध गराउन सक्ने स्थानीय बासिन्दा:

दोर्जे - ९८४९३३९७७७

विवेक प्रयोग गरी धेरै भन्दा धेरैलाई राहत वितरण गरी लाभान्वित गर्ने यो टोलीको प्रयासप्रति विवेकशील नेपाली दल सदैव कृतज्ञ रहनेछ।  

2015-05-12, Rasuwa, Syafrubesi ward no. 1 and 9

The devastating earthquake of 25th April, 2015 has caused apocalyptic situation in most parts of the country. Bibeksheel Nepali political party has conducted rescue and relief and rehabilitation program since then. Under the same program, in the lead of Sayal Singh, a team from Bibeksheel Nepali was dispatched to Syafrubesi ward no. 1 and 9 on 11th of May, 2015 for distribution of relief materials to the victimized people. Though the places were targeted ones, the team also delivered relief to locals of Wangyal and Thulo Syafru after learning about the need of relief in those areas.

The names of volunteers in the team are as follows:

  1. Sayal Singh 9851077161
  2. Lok Bahadur Gubhaju 9849093531
  3. Rajiya Banu 9860102868
  4. Nilam Thapa 9843435957
  5. Merina Karki 9813931912
  6. Ruby Shrestha 9843063531
  7. Sharad Lal Amatya 9849246136
  8. Santosh Malla 9841351647

The list of materials distributed in different areas are mentioned below :

1.Wangyal

2. Thulo Syafru

3. Syafrubesi (ward no. 1 and 9)

According to the team, in the total population of about 600, 4 people have lost their lives and 4 have been injured. All the houses of Syafrubesi ward no. 1, i.e. 37 houses have been demolished whereas, in ward no.9, 80 houses have been damaged out of 255. In Wangyal, all 8 houses and 140 houses of Thulo Syafru have been destructed. After the demolition of all the physical structures of ward no.1, the locals of the area had been residing with the residents of ward no.9 combinely in tarpaulins. Luckily, the source of water is still unaffected.

The team also stated that the health and sanitation of the people were satisfactory leading to the minimal risk of spread of epidemics. In recent, there is no need for primary health care. The locals expressed their grievance that the Government had not taken any action for their relief and that they had so less to eat. The victimized locals have been compelled to stay in the open space despite the fear of snakes.

Even the affected area has transportation access, it is being insurmountable due to landslides and its risks. These locals whose lives are fully dependent on agriculture, are in great need of rehabilitation and resettlement.

This team had provided relief directly to around 300 families and 25 families were advantaged indirectly. The local people were very happy to receive help from Bibeksheel Nepali and also wished to be back again. The locals expressed their gratitude while bidding goodbye.

The team has suggested Bibeksheel Nepali to deliver more food items and help in rehabilitation in this affected area.

For collaboration and to have information of this affected area, the local to be contacted is:

Dorje : 9849339777

Bibeksheel Nepali is ever grateful to the team for their appreciable effort to help more and more people.