मिति २०७२-०२-०३ गते रसुवाको टिमुरे र भोर्ले गा.वि.स मा राहत वितरण

वैशाख १२,२०७२ गते आएको विनाशकारी महाभूकम्पको क्षतिसंग जुध्ने क्रममा विवेकशील नेपालीद्वारा संचालित उद्धार र राहत कार्यक्रम अन्तर्गत एक टोलीले संविधान आचार्यको नेतृत्वमा जेष्ठ ३ का दिन  रसुवाको टिमुरे र भोर्ले गा.वि.स वडा नं १ र ६ क्रमशमा विभिन्न राहत सामाग्री वितरण गरेर प्रशंसाजनक काम गरेका छन्।

यस टोलीमा संलग्न स्वयंसेवकहरुको नामावली निम्न प्रकार छ:

१. संविधान आचार्य

२. अरुण रिजाल

३. राजेश कोइराला

४. सरोज धिताल  

५. सुरज राज पाण्डे

६. राजेश रुपाखेती

७. लेमिना

८. समिछा

९. अनिशा  गौतम

१०. लोक

११. प्रशान्त

विभिन्न प्रभावित क्षेत्रमा वितरित राहत सामग्रीहरु निम्न छन्:

१. चामल -११५ बोरा

२. दाल -१५ बोरा

३. टेन्ट - १८० थान

४. तेल -१८० प्याकेट  

५. नून -१८० प्याकेट  

यस टोलीको  सूचना अनुसार दुईवटा जिल्लामा गरि मृत्यु हुनेकोसंख्या २३ छ भने ११९ जना घाइते भएका छन्। त्यहाँ रहेका सम्पूर्ण घरहरु (१७१) क्षति भएकोले त्यहाँ गाँस, बाँस र कपासको समस्या देखिएको छ। त्यहाँको हालस्थिति बुझ्दा स्वास्थ्य समस्या खासै नभएको र स्थानीय स्वास्थ्यचौकीका कर्मचारीहरुले राम्रो सेवा दिएको पाइएको छ। मानसिक स्थिति बुझदा निक्कै त्रसित र आक्रोसित देखिएतापनि जिन्दगी प्रति सोचंसिल पाइएको छ।

 त्यहाँका बासिन्दाहरु जसोतसो पालमा दिनरात कटाई रहेतापनि चर्पी शीघ्र बनाउनु पर्ने स्थितिमा देखिन्छ। पानीको श्रोत खासै प्रभावित छैन भने भौतिक संरचनाजस्तै  विधालय तथा प्राथमिक उपचार केन्द्र भूकम्पले जीर्ण बनाएको छ। कृषि तथा पशुपालनमा निर्भर यस क्षेत्रका बासिन्दलाई आर्थिक भन्दा पनि प्राविधिक अर्थात् पुननिर्माणको सहयोग चाहिन्छ। त्यहाँ हाल को लागि राहत सामाग्री आवश्यक देखिदैन। यो टोलीले सो क्षेत्रमा विवेकशील नेपाली दलले पुननिर्माण र  पुनर्स्थापनामा पहल गर्नु पर्ने सुझाव दिएको छ।

विकट पहाडी क्षेत्रमा अवस्थित यस जिल्लामा पुगी सहयोग गर्नुभएका विवेकशील नेपालीका स्वयंसेवकहरुलाई धेरै धेरै धन्यवाद।

Relief distribution in Timure and Bhorle VDC of Rasuwa on Jestha 3, 2072

Bibeksheel Nepali distributed different relief materials in Timure and Bhorle VDC of Rasuwa as a part of their rescue and relief program on 3rd of Jestha so as to lessen the impact of the devastating earthquake that rocked our country on 25th of April, 2015.

The team was led by Sambidhan Acharaya and had the following volunteers:

1. Sambidhan Acharya

2. Arun Rijal

3. Rajesh Koirala

4. Sarojn Dhital

5. Suraj Raj Pandey

6. Rajesh Rupakheti

7. Lemina

8. Samichha

9. Anisha Gautam

10. Lok

11. Prashant

Relief materials given:

1. Rice - 115 sacks

2. Dal - 17 sacks

3. Tarpaulin - 180 pieces

4. Oil - 180 litre

5. Salt - 180 packets

According to the team, almost 23 died and 119 were injured in these two districts. All the houses have been destroyed in these areas. The health condition of the locals seem satisfactory and the health posts have been providing good service.Though the earthquake has mentally affected the residents, they seem determined to rise from this disaster.

As most of the buildings have been destroyed by the earthquake, the locals have no alternative but to take shelter in tents. Different structures like schools and primary treatment centres have been terribly damaged. The team has suggested Bibeksheel Nepali to construct toilets for the residents and help them in reconstruction activities. The relief materials are no more needed in this area.

Bibeksheel Nepali is thankful to all the volunteers who were involved in this program.