०७२-०१-१६, साँखु पालु बारी(बाहुन डाँडा) गाउँमा राहत सामाग्री वितरण

हिजो मिती २०७२-०१-१६ गते डा. पूनम राउतको नेतृत्वमा ८ जनाको मेडिकल तथा नन मेडिकल टिम साँखुको उत्तरमा अवस्थित पल्लु बारी (बाहुन डाँडा) गाउँमा प्रस्थान गर्नु भएको थियो। उहाँहरुले देहाय बमोजिमको सामाग्रीहरु वितरण गर्नु भयो।

१. करिब १२० जना व्यक्तिहरुलाई चाउचाउ, बिस्कुट लगायतका खाध्यान्न वितरण

२. करिब ६० जनालाई औषधि वितरण

३.  दुइ जनालाई टीटानसको खोप

४. Decold, Metranidazole, ORS, Flexon (दुखाईको औसधि १०/१२ जनालाई )

५. Paracetamol, Nims (टाउको दुखाईको लागी)

त्यहाँ देखिएका समस्याहरु :-

१. त्रिपालको निकै समस्या छ।

२. शौचालयको समस्या पनि गम्बिर छ।

३. करिब १० जनालाई झाडा पखालाले ग्रस्त बनाएको हुनाले मेडिकल टिमले उपचार त गर्नु भयो तर शौचालय सुबिधा नहुनुले महामारी फैलिने डर देखिएको छ।  

हिजो प्रस्थान गर्नु भएका विवेकशील नेपाली दलका सक्रिय सदस्य तथा ophthalmic science  का विद्यार्थी सुपेन्द्र ताम्राकार  ज्यूको जानकारी अनुसार साँखुको शेर्पा गाउँमा मात्र गैर सरकारी संस्थाहरुको पहुँच पुगेको छ, माथिका गाउँ नाङले भारे गाउँमा लगभग २५० घरहरु ध्वस्त भएका छन्। खाध्यान्न, त्रिपाल, शौचालय सुबिधाको निकै जरुरी रहेको छ। विस्तृत जानकारीको लागि सुपेन्द्र ज्यूलाई सम्पर्क गर्न सक्नु हुन्छ। उहाँको सम्पर्क फोन नम्बर ९८४२२४६६०० रहेको छ।

 साँखुमा शौचालय बनाउन शिक्षण अस्पतालका २ समुहहरुले नेतृत्व लिन लाग्दै हुनुहुन्छ, विस्तृत जानकारीको लागि डा. पूनम राउतलाई सम्पर्क गर्न सक्नु हुन्छ। उहाँको सम्पर्क ठेगाना ९८४१६०३३०० रहेको छ।

रिपोर्ट सम्प्रेषणमा सहयोग गर्नु भएका विवेकशील सदस्यहरु डा. पूनम राउत ज्यू र सुपेन्द्र ताम्राकार ज्यूहरुलाई धेरै धेरै धन्यवाद !

On 2072/01/16, a team of 8 volunteers, from both medical and non-medical backgrounds proceeded to Pallu Bari village situated at northern Sankhu under the leaership of Dr. Poonam Raut. The team distributed the following materials in the area.

  1. Noodles and biscuits provided to 120+ people
  2. Medicines to 60+ people
  3. Tetanus syringe to 2 people
  4. Pain relievers for 12 people
  5. Decold, Metranidazole, ORS, Flexon
  6. Paracetamol, Nims

The problems identified in the area were:

  1. Need of tents
  2. Scarcity of toilets
  3. Almost 10 people were affected by diarrhoea. Though the medical team gave them the required medicines, the lack of toilets has created a greater risk of spread of epidemic.

 

According to the information provided by our member and a student of opthalmic science Mr. Supendra Tamrakar, non-governmental institutions has reached Sherpa village of Sangu only. Almost 250 houses has reduced to rubble in the upper village of Nanglebhare. Relief materials like tents, temporary toilets and food is urgently needed. For detailed infomation, you can contact Mr Tamrakar on 9842246600.

Two groups of Teaching Hospital has taken the initiative of building toilets at Sankhu. For detailed information, please reach Dr Poonam Raut at 9849603300.

A huge thank you to Dr. Poonam Raut and Mr. Supendra Tamrakar for providing all the necessary information.