०७२-०२-३० देखि ०७२-२-३२ , काभ्रे , ढोकसानमा पुनर्निर्माणको दोस्रो चरण

०७२ वैशाख १२ को माहाभुकम्पले भौतिक संरचनामा कहालीलाग्दो क्षति पुर्याएको छ। यस विनासकारी भुकम्पबाट हुन आएको पूर्ण तथा अर्ध क्षति ग्रस्थ संरचनाहरुलाई विवेकशील नेपाली दल को योजनामा स्वयंसेबक साथीहरु द्वारा भत्काउने पहिलो चरणको काम सकिएको छ। हाल काभ्रे को ढोकसानमा पुनर्निर्माणको दोस्रो चरणको काम जेष्ठ ३० देखि गोविन्द नारायण तिमिल्सिनाको नेतृत्वमा  सुरुभएको छ। स्थानिय बासीलाई विभिन्न क्षत्रमा दक्ष बनाउने उद्धयेश्यले सिपमुलक तालिम केन्द्र को निर्माण गरिदैछ।

यस अन्तर्गत २०७२-२-३० गते देखि १५ जना स्वयंसेबकको समूह बनाएर निर्माण कार्यमा पुन निरन्तरता दिईएको छ। जसमा सहभागी हुनुभएको स्वयंसेबक को नामावली यस प्रकार छ :

गणेश भण्डारी

कृष्ण पल

रोहित महर्जन

आशिष राई

रोशन श्रेष्ठ

प्रदीप ढकाल

त्रिशीत घिमिरे

वर्षा ढकाल

ज्ञानेन्द्र निरौला

दिवस श्रेष्ठ

सन्दिप दुलाल

जनक खड्का

सोफिया गुरुङ्ग

kavre 2nd stage.jpg

विवेकशील नेपाली दल काभ्रे पुनर्निर्माणको टोलीले स्वयंसेबकहरुको कामलाई मध्यनजर गर्दै नेतृत्व विकाशको लागि हरेक साझँ समिक्षा कार्य गर्दै आएको छ। स्वयंसेबक मित्रहरुले दिएको व्यक्तिगत अविव्यक्ति यस प्रकार छ।

  1. रोशन : उहाँले आफुसंग भएको समय पूर्णरुपमा दिएको र पछिपनि सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ।

  1. कृष्ण:  पहिलो पटक धेरै मात्रामा खान बनाउदा सकिदैन कि जस्तो लागेको थियो तर पछि खानको सबैले तारिफ गर्दा प्रयास गर्दा जे पनि गर्न सकिदो रैछ र खुसि भएको महसुस गरेको व्यक्त गर्नु भयो। साथै खान खाए पछि प्रयोग गरेको समान आफैले सफा गर्नु पर्ने कुरा पनि प्रस्ट्याउनु भयो।

  1. सन्दिप : आफुलाई निकै व्यस्त राखेर काम  गर्न  पाउदा आफु निकै खुसि भएको कु रा बताउनु भयो।

  1. आशिष : आफ्नो देशमा नयाँ ठाउँमा समुहमा मिलेर कम गर्दा आफ्नोपनको महसुस भएको र शारीरिक काम भएकाले स्वास्थलाई मध्यनजर राख्दै सन्तुलित भोजन समयमा गर्नु पर्ने भन्नु भयो ।

  1. प्रदिप: निकै अनुभवी  साथीहरु संग कम गर्न पाउदा एकदम खुसि भएको तथा अब हामीले केहि नयाँ  पाउन केहि पुरानो त्याग गरेर नयाँ पुस्ता माझ प्रेरणाको श्रोत बनेर देखाउनु निकै जरुरि छ भन्ने कुरा औल्याउनु भयो ।

  1. त्रिशीत : एउटा जिम्मेवारी लिएर कम गर्दा आफ्नो व्यक्तिगत क्षमातामा निकै  विकाश भएको अविव्यक्ति प्रस्ट्याउनु भयो।