०७२-०१-३१ काठमाडौँ, छेत्रपाटीमा सरसफाई

विवेकशील नेपाली दलले मिति २०७२-०१-१२ गते आएको महाभूकम्प पश्चात् गर्दै आएको विवेकशील कार्यहरु मध्ये सरसफाई कार्यक्रम पनि तदारुकताका साथ संचालन गर्दै आएको छ। सोहि क्रममा ०७२-०१-३१ मा केहि स्वयंसेवकहरुको टोलीद्वारा काठमाडौँ छेत्रपाटीस्थित कन्या मन्दिर उ.मा.वि. सरसफाई कार्यक्रम संचालन भयो।

सो टोलीमा संलग्न व्यक्तिहरुको नामावली निम्नानुसार छ :

१. अमित पोखरेल

२. जेनिसा  महर्जन

३. अदिप घिमिरे

४. प्रमेश मानन्धर

विवेकशील नेपाली दलले उपलब्ध गराएका सामग्रीहरु निम्न छन्:

१. पञ्जा - ५० जोडी

२. मास्क - ५० थान

३. चून पाउडर - १ बोरा

४. फिनेल - ३ लिटर

उक्त टोलीका अनुसार छेत्रपाटीको कन्या मन्दिर स्कूलमा त्यहाँका बासिन्दाहरु ठूलो संख्यामा आश्रय लिईरहेका छन्। पालमुनि समूहमा बस्दै आईरहेका बासिन्दाहरु सरसफाईप्रति सचेत रहेको बताइएको छ र त्यहाँका स्थानीय क्लब र बासिन्दाहरु सक्रिय भई काम गर्दैछन । यो सरसफाई कार्य त्यहाँका एक स्थानीय सुमन राज जोशीको सहकार्यमा सम्पन्न भएको थियो। यस कार्यमा विवेकशील नेपाली दलका टोलीलाई स्थानीयहरुले भरपुर सहयोग गरेका थिए।

आजको स्थितिमा सरसफाई जस्तो अतिआवश्यक कार्य गर्ने विवेकशील नेपाली दलका स्वयंसेवक र स्थानीय सबै सहयोगी हातहरुलाई विवेकशील नेपाली दल धन्यबाद दिन चाहन्छ।

2015-05-14, Sanitation in Chhetrapati, Kathmandu

Bibeksheel Nepali has been conducting different relief programs after the devastation caused by the earthquake on 25th April, 2015. One of which is sanitation program, under which one team from Bibeksheel Nepali went to Kanya Mandir Higher Secondary School, Chhetrapati, Kathmandu, on 14th May, 2015.

The names of engaged people are listed below :

  1. Amit Pokhrel
  2. Jenisha Maharjan
  3. Adhip Ghimire
  4. Pramesh Manandhar

The following material were provided by Bibeksheel Nepali:

  1. Gloves : 50 pairs
  2. Masks : 50 pieces
  3. Bleaching Powder : 1 sack
  4. Phenyl : 3 litres

According to the team, mass of people are residing in the premises of the school in tents. The residents were concerned about sanitation and personal hygiene and the local clubs and volunteers were doing a great job in maintaining the clean environment. The sanitation program was done in the co-ordination of a local person, Suman Raj Joshi. The local had given full support to the volunteers of Bibeksheel Nepali in this program.

Bibeksheel Nepali is thankful to all the volunteers and locals for being engaged in the sanitation program for their job well done.