०७२-०१-२० काभ्रेपलाञ्चोक, महादेवस्थान वडा नं १ मा राहत वितरण

मिति २०७२-०१-१२ मा आएको महाभूकम्पका सिर्जित यस दुखद घडीमा सहयोग भावले तत्परताका साथ राहत कार्यमा लागिरहेको विवेकशील नेपाली दलले ०७२-०१-२० मा केहि राहत सामग्रीका साथ प्रदिप ढकाल ज्यूलाई काभ्रेपलाञ्चोक, महादेवस्थान वडा नं १ गुरागाईटारमा पठाएको थियो। यो राहत कार्यक्रम विवेकशील नेपाली दलका प्रदीप ढकाल ज्यूले AHD (Alliance for Human Development) नामक संस्थासँग समन्वय गरी संचालन गर्नु भएको थियो। सो संस्थाबाट ६ व्यक्तिहरु सहभागी भएका थिए।

विवेकशील नेपाली दलले उपलब्ध गराएका राहत सामाग्रीहरु:

१. त्रिपाल - १२ थान

२. कम्बल - २० थान

३. पानी शुद्धिकरण ट्याब्लेट - २०

४. चाउचाउ - १५ कार्टन

टोलीले जनाए अनुसार करिब २५० जनसंख्या रहेको उक्त प्रभावित क्षेत्रमा जम्मा ३३ घर धुरी रहेका छन्। हालसम्म कुनै मानव क्षति नभए पनि त्यहाँका घर हरु कुनै पनि बस्न लायक छैनन्। बस्तीहरु डांडाहरुमा अवस्थित भएपनि सडक पहुँच राम्रो रहेको छ।

यस टोलीका अनुसार स्वास्थ्य स्थिति मूल्यांकन गर्नु पर्दा त्यस क्षेत्रको स्थिति सन्तोषजनक रहेको छ।  मानिसहरु सरसफाई र स्वास्थ्य प्रति सचेत देखिएका छन्। हाललाई प्राथमिक उपचारको आवश्यकता नरहेको बताइएको छ। आश्रयस्थल खुला ठाउँमा भएपनि खानेपानी तथा चर्पीको उचित प्रयोग भैरहेको छ। तसर्थ महामारी फैलन सक्ने सम्भावना न्यून छ।

मुख्यतः कृषि तथा राजधानीको नोकरीले आयश्रोतको काम गरिरहेको यस प्रभावित स्थानमा तत्कालका लागि थप राहत सामग्री नचाहिए पनि मनसुन सुरु हुनु अगावै टिकाउ अस्थाई आश्रयस्थल व्यवस्थापन गर्नु जरूरी देखिन्छ।

यस राहत वितरणमा सक्रिय सहभागी जनाउने प्रदीप ढकाल र AHD (Alliance for Human Development) का प्रतिनिधिहरुलाई विवेकशील नेपाली दल मुरी मुरी धन्यवाद दिन चाहन्छ।

2015-05-03 Relief distribution in Kavrepalanchowk, Mahadevsthan ward no.1

Bibeksheel Nepali has been contributing in the relief distribution after the devastating earthquake of 25th April, 2015. Under the relief program, on 3rd May, 2015, Mr. Pradeep Dhakal was sent to Guragaintar, Mahadevsthan ward no.1 of Kavrepalanchowk in collaboration with Alliance for Human Development (AHD). Other 6 members from AHD were also involved in the program.

$$

The following are the materials provided by Bibeksheel Nepali:

  1. Tarpaulins : 12 pieces
  2. Blankets : 20 pieces
  3. Water Purifying Tablet : 20
  4. Noodles : 15 cartons

According to the team, in this affected area, the total population is around 250 and 33 houses have been destroyed. Luckily no one has been harmed  but the houses are not in the condition to be sheltered. The roadway to the place is accessible even in the hilly part.

The health condition of the area is satisfactory as evaluated by the team. People were concerned about sanitation and health. In current situation, primary health care is not necessary. Although people are settled under open sky, there is proper utilization of restrooms and eating habits are normal as well. Hence, the risk of spread of epidemics is minimal.

The major income source of this area is agriculture and jobs. Although more relief is not needed, the management of shelter needs to be done before monsoon.

Bibeksheel Nepali is highly grateful to Mr. Pradeep Dhakal and representatives of AHD for thei aid.