०७२-३-१९ र २०,गोर्खा जिल्ला को ल्हो गा.वि.स को लि र स्याला गाउँमा राहत वितरण

 

वैशाख १२ गते आएको महाभूकम्पसंग जुध्ने सिलसिलामा विवेकशील नेपालीले संचालन गरिरहेको राहत र उद्धार कार्यक्रम अन्तर्गत असार १९ र २० गते ,गोर्खा जिल्ला को ल्हो गा.वि.स को लि र स्याला गाउँमा मा CKASS का राष्ट्र भुषण खड्का र Real medicine foundation सँग समन्वय गरेर पुकार बम र खेम श्रेष्ठ को नेतृत्वमा विभिन्न राहत सामाग्री हेलिकप्टर मार्फत ल्हो गा.वि.स का स्थानीय छोग्याल लामा लाई वितरण गर्न दिएको छ ।

ल्हो गा.वि.स को स्याला र लि गाउँ गोर्खा जिल्लाको निकैनै बिकट हिमाली गा.वि.स मा पर्दछन्। पर्यटन र खेति किसानी मुख्य आयश्रोत रहेको उक्त गा.वि.सहरुमा मनास्लु ट्रेकिङ्ग रुट भएको कारण पर्यटन विकाश को राम्रो सम्भावना रहेको छ। तर त्यहाँ हिड्ने बाटोको पनि राम्ररी विकाश भएको छैन। करिब २०० भन्दा बढी घरधुरी भएको उक्त  गा.वि.स मा वर्षा यामको सुरुवात संगै पानी बाट संक्रमण हुने झाडापखाला लगाएत अन्य रोगको ज्यादा सम्भावना देखिएको छ जसले गर्दा त्यहाँ  स्वास्थ्य शिविर को आवश्यकता परेको देखिन्छ।

राहतमा बाडिएको समान :

जस्ता ठोक्ने किला : १७ केजी

आत्ति आवश्यक औषधी जस्तै झाडापखाला,आउँ र अन्य

दुध पाउडर( बच्चा र विद्यार्थी लाई ) : ५४ प्याकेट ( २६ केजी )

मैदा : १० बोरा (३०० केजी )

चिनी : ३ बोरा (१५० केजी)

चिउरा : २३ बोरा  ( ४६० केजी )

खोर्सानी : ७० केजी

सरफ : २ बोरा ( ५० केजी )

सोलार बत्ति ( सानो) : ४२ वटा

सोलार बत्ति ( ठुलो ): १० वटा ( बिशेष गरी गुम्बा मा बस्ने बिद्यार्थीहरु लाई )

gorkha.jpg