मिति २०७२-०१-२० गते, नुवाकोट गुरुङ गाउँ र सिधुपल्चोक, स्याउले, चौतारामा राहत वितरण

वि. सं. २०७२ साल वैशाख १२ गते नेपालका विभिन्न ठाउँहरुमा गएको विनाशकारी महाभुकम्पले निम्त्याएको यस विपतपुर्ण घडीमा विवेकशील नेपाली दल द्वरा सञ्चालीत भुकम्प पडित राहत तथा उद्धार कार्यक्रम अन्तरगत नुवाकोट गुरुङ गाउँ र सिधुपल्चोकको स्याउले, चौतारामा पनी चिकित्सा सामाग्री वितरण भयो।

उक्त गाउँमा राहत वितरण कार्यक्रम सञ्चालनको लागी विवेकशील नेपाली दलका सक्रीय साथीहरु निम्न हुनुहुन्छ:-

१. एलिना गढाल (९८६००४१३६५)

२. अनिल गुरुङ (९८०३३४९४७७)

३. समीक्षा गदाल (९८४३६४९११६)

४. करूणा बुढाथोकी

६. नारायण गुरुङ (९८४३७०७९३३)

विवेकशील  नेपाली दलले उपलब्ध गराएको सामाग्रीहरु:-

उहाँहरुको जानकारी अनुसार दुवै क्षेत्रमा एक हप्तालाई पुग्ने सामाग्री लागिएको छ। दुवै क्षेत्रमा करिब ९० प्रतिशत घरहरु क्षतीग्रस्त अवस्थामा छन्। दुवै क्षेत्रमा सरकारी राहत पर्याप्त नभएकोले उहाँहरु सरकारी बेवास्ता प्रति उदासिन देखिनु हुन्थ्यो।

गुरुङ गाउँका मानिसहरु कुवाको पानीमा सिधै आश्रृत रहेकोले रोग संक्रमण बढेको छ। त्यस क्षेत्रमा सिघ्र पानी शुद्धिकारणका उपायहरुको बारेमा जनचेतना फैलाउनु पर्ने जरुरी रहेको बताउनु भयो। उहाँहरुले वितरण गर्नु भएको Water Purification Tablets को प्रयोगको बारेमा र पानी उमालेर पिउनुपर्ने  कुराहरु जानकारी भने दिनुभएको थियो।

स्याउलेमा उहाँहरु जेसिस संस्थासँगको सहकार्यमा जानुभएको थियो। हालको  अवस्थामा पशु चैपाय लगायत मानविय शवको राम्रो व्यवस्थापन हुन नसक्दा विभिन्न प्रकारका रोगहरु देखा पर्न थालेको कुरा अवगत गराउनु भएको छ।त्यहाँका बासिन्दाहरुको रीति अनुसार मृत शरीरलाई नजिकैको स्थानमा गाड्ने र त्यस माथि मन्दिर स्थापना गर्ने प्रचलनले गर्दा पनि गन्ध फैलिने र महामारीको खतरा देखिएको छ।

त्यस क्षेत्रमा मृतकको संख्या ५० भन्दा बढी हुनु र प्रचलनले बाधिएको समाज हुनुले महामारीको निकै खतरा देखिन आएको छ। सवारी साधनको पहुँच नपुग्नुले सरकारी राहतबाट पनि ओझेलमा परेको यस स्थानमा उहाँहरुले दिनुभएको जानकरी अनुसार सिघ्र उद्दार, राहत, सरसफाई र पानी शुद्धिकारण सम्बन्धि जनचेतनाको कार्यक्रम अत्यावश्यक देखिएको छ।  

उहाँहरुले उक्त गाउँहरुमा झाडापखाला, ज्वरो, टन्सील देखी एलर्जि सम्मको बिरामिलाई औषधी उपचार प्रधान गर्नु भयो। उक्त गाउँमा बिरामीहरुको संख्या  उल्लेखनीय रहनुको साथ-साथै उक्त गाउँको युवा पुस्ता उल्लेखनीय रुपमै परदेशीयको कारण वृद्ध-वृद्धा, बाल-बच्चा, महिलाहरुको धेरै संख्या देखिएको थियो।

उहाँले दिनुभएको एक वृद्धाको उदाहरण साह्रै मर्मायिक थियो। वृद्धाको खुट्टामा भूकम्पको भागदौडले बनाएको घाऊबाट अहिले भित्री हड्डी देखिन थालिसकेको र क्यान्सरको खतरा बढिसकेको देखियो। उहाँको अनुसार विभिन्न संघ-संस्था, व्यक्तिहरु र सरकार मुख्यतः हरुले सवारी साधनको पहुँच नभएको ठाउँमा पनि राहत, उद्दार, चिकित्सकीय सेवा तथा सामाग्री तथा जनचेतनाको कार्यक्रम लानुपर्ने देखिएको छ।

Under the relief and rehabilitation program conducted by Bibeksheel Nepali after the devastating earthquake in various parts of the country on 25th of April, 2015, medical materials were distributed in Gurung gaun (Nuwakot), Syaule (Sindhupalchowk) and Chautara.

The following are the names of active members of Bibeksheel Nepali who delivered relief materials to those villages:

  1. Alina Gadhal (9860041365)
  2. Anil Gurung (9803349477)
  3. Samikshya Gadhal (9843649116)
  4. Karuna Budhathoki
  5. Narayan Gurung (9843707933)

Bibeksheel Nepali provided following materials:

According to their information, the materials taken are enough for 1 week. In both areas, around 90% of the houses are demolished. The local residents were saddened by the ignorance of the Nepal Government as the materials provided by the Government was not enough.

Since the locals of Gurung Gaun are directly dependent on well water, the risk of getting diseased is very high. Hence, it is a must to spread awareness on water purification. The team also informed the locals on drinking boiled water and the utilization of water purification tablets that they had distributed.

The team was dispatched to Syaule in co-ordination with Jaycees.The death toll of the area has already increased 50. According to them, different ailments are on rise due to unmanaged human corpses and animal carcasses. As per the local rituals, the dead bodies are buried nearby and a temple is built above it which has caused foul smell and increased the risk of epidemics.

Since, transportation facility has not reached that region, the locals are deprived of the relief materials provided by the Government. According to the residents, immediate rescue, relief, awareness on sanitation and water purification is mandatory.

As claimed by the team, there is a large number of ill people in those villages.The team provided medical help to the patients of diarrhoea, fever, tonsilitis and allergy. The population of females, children and elderly citizens outnumbered the population of youths as they had gone abroad.

The example of an elderly citizen given by the team was heart-touching. Due to the rush to escape from the collapsing house, her leg was severely injured and the wound has gotten worse exposing the bone which has caused a risk of developing cancer. According to them, areas unreachable due to lack of transportation should also be provided with rescue, relief, medical aid and awareness programs via different organizations, individuals and government.