०७२-०२-०३ काभ्रेपलाञ्चोक बालुवापाटी, देउपुर वडा नं. ६ मा पुनर्निर्माणको पहिलो दिन

वि.सं. २०७२-०१-१२ र २०७२-०१-२९ मा आएको महाभूकम्पले देशका विभिन्न जिल्लाहरुमा निम्त्याएको धनजनको क्षतिप्रति विवेकशील नेपाली दलले उद्दार र राहत कार्यक्रम सफलताका साथ संचालन गरिरहेको छ। विवेकशील नेपाली दलको यस पश्चात् को पुनर्निर्माण अभियानको सुरुवातमा निर्जला थापाको नेतृत्वमा ०७२-०२-०३ मा १४ दिने कार्यका लागि १८ सदस्यीय एक टोलीलाई काभ्रेपलाञ्चोक जिल्ला बालुवापाटी देउपुर गा.वि.स. वडा नं. ६ पठाएको छ। आवश्यक सामग्रीकासाथ गएको यस टोलीमा इञ्जिनियरिङ्ग, सरसफाई  र परामर्शका लागि व्यक्तिहरुको सहभागिता रहेको थियो।

यस टोलीमा संलग्न व्यक्तिहरु:

१. निर्जला थापा

२. प्रदीप ढकाल

३. गोविन्द नारायण

४. अनिएजा थापा

५. नानु तामांग

६. काजोल बस्नेत

७. उत्सव श्रेष्ठ

८. नितेश सिंह

९. राजन सापकोटा

१०. रविन्द्र स्यांगतान

११. अन्जेश श्रेष्ठ

१२. नबिन बुढाथोकी

१३. बिशेक बस्नेत

१४. बिशाल न्यौपाने

१५. श्रेया जंग बुढाथोकी

१६. शैलेश उप्रेती

१७. निराजन

१८. आशुतोष

पहिलो दिन पश्चात् टोलीले बताएअनुसार सो प्रभावित क्षेत्रमा इञ्जिनियरिङ्गका सदस्यहरुले घरहरु निरीक्षण गरी खतरापूर्ण संरचनाहरुको पहिचान गरेको थियो र सरसफाई समूहका सदस्यहरुलबाट खतरापूर्ण संरचनाहरुलाई भत्काई भग्नावशेषलाई एकै ठाउँमा थुपार्ने काम गरिएको थियो। टोली सदस्यहरुले स्थानीयहरु संग मिलेर पुरिएका अन्न निकाल्न समेत सहयोग गरेका थिए। यसका साथै परामर्श समुहका साथिहरुबाट स्थानीयहरुसँग महाभूकम्प र त्यसपछि आइरहेका पराकम्पनले उनीहरुमा निम्त्याएको त्रासबारे अन्तरक्रिया भएको थियो। त्रसीत बासिन्दाहरुसँग खासगरी बालबालिकहरुको कुरा सुनेर उनीहरुको डर निकाल्ने प्रयास भएको थियो। यी सबै काम स्थानीय बासीहरुको उल्लेखनीय सहभागिता जनाएका थिए र विवेकशील नेपाली दलप्रति आभार प्रकट गरेका थिए।

आगामी दिनमा विवेकशील नेपाली दलले त्यहाँ रहेको स्वास्थ्य चौकी निर्माणमा पनि सहयोग गर्ने योजना बनाएको छ। त्यसका निम्ति रेड क्रससँग छलफल हुने बताइएको छ।

विवेकशील नेपाली दल आगामी दिनका कार्यक्रमका सफलताका लागी यस अभियानमा संलग्न स्वयंसेवकहरुलाई शुभकामना र धन्यवाद दिन चाहन्छ।

2015-05-17, Reconstruction, Baluwapati, Deupur ward no. 6, Kavrepalanchowk

Bibeksheel Nepali has been conducting rescue and relief program after the huge loss of lives and monetary in different parts of the country caused due to the devastating earthquakes on 25th April, 2015 and 12th May, 2015. As the starting of rehabilitation campaign, one team comprising of 18 members was sent to Baluwapati, Deupur VDC ward no. 6, Kavrepalanchowk on 17th May, 2015 in the leadership of Nirjala Thapa. The team had not only taken necessary materials, but also professionals in engineering, sanitation and counselling had participated.

The list of engaged volunteers are as follows:

  1. Nirjala Thapa
  2. Pradeep Dhakal
  3. Govinda Narayan
  4. Aniyeza Thapa
  5. Nanu Tamang
  6. Kajol Basnet
  7. Utsav Shrestha
  8. Nitesh Singh
  9. Rajan Sapkota
  10. Rabindra Syantang
  11. Anjesh Shrestha
  12. Nabin Budathoki
  13. Bishek Basnet
  14. Bishal Neupane
  15. Shreya Jung Budathoki
  16. Shailesh Uprety
  17. Nirajan
  18. Ashutosh

According to the team, on the first day, the engineering members investigated the houses in that affected area and had identified the risky structures, the sanitation members demolished those risky buildings and accumulated the debris in one place.  The team members also helped the locals in taking out the buried grains. The counselling team interacted with the locals about the fear that had arisen due to earthquake and its aftershocks. They made an effort to remove the fear from the local’s minds especially in children.

In the coming days, Bibeksheel Nepali has planned to help in the construction of health post in that area, for which they will have a meeting with Red Cross Society.

Bibeksheel Nepali would like to thank all the volunteers engaged in the campaign and also wishes good luck for upcoming programs.