०७२-०१-२२, कपन, सरस्वतीनगर,साततले, मिलन चोक, बौद्धको केहि क्षेत्रमा  सरसफाई  

महाभुकम्प गएको मिती २०७२-०१-१२ गते देखि सक्रिय रुपमा  भुकम्प पीडितहरुलाई सहयोग  गर्दै आइरहनु भएका विवेकशील नेपाली दलका सक्रिय सदस्य सागर लुइँटेल ज्यूले कपन, सरस्वतीनगर, साततले, मिलन चोक  साथै बौद्ध क्षेत्रहरुको सम्पूर्ण जिम्मेवारी  लिँदै आइरहनु भएको छ।

आज पनि  उक्त क्षेत्रहरुको सरसफाई गर्ने कार्यहरु गरेर सम्भावित महामारीको जोखिम निर्मुलिकरण गर्ने उहाँको अभियानको निरन्तरता गर्ने कार्य भयो। अहिलेको समयमा सरसफाई र जनको क्षति भएको स्थानबाट हुन सक्ने सम्भावित खतराबारे सजग हुनु र  अरुलाई पनि सजग बनाउने कार्य गरेर उहाँले जिम्मेवार नागरिकको भूमिका निर्वाह गरिरहनु भएको छ।.

आज उपस्थित विवेकशील नेपाली दलका सदस्य तथा स्वयंसेवकहरु :-

१. सगर लुइँटेल

२. रक्षा आचार्य

३. एकेन्द्र खड्का

४. वरुण गौतम

५. प्रकाश वाग्ले

६. अर्पण राज घिमिरे तथा स्थानीयहरु

विवेकशील नेपाली दलले उपलब्ध गराएका सामाग्रीहरु :-

१. ग्लोब्स: १ प्याकेट  

२. मास्क: ५० वटा

३. Bleaching Powder: १ बोरा(२५ किलो)

४. फिनेल: ५ लिटर

बिहान ६:०० बजे देखि सुरु भएको उक्त कार्य ८:४५ सम्म भएको  थियो। सुरुमा दुइ जनाबाट सुरु भएको उक्त  कार्यक्रममा  पछि  सक्रिय रुपमा ६ जनाले  सक्रियता देखाउनु भएको र स्थानीय सहभगिता बढेको थियो।  भोलि पनि उक्त समयमा सोहि  कार्यक्रम कपन भृकुटी चोक देखि गोपी कृष्ण हल सम्म हुनेछ। यदि तपाई पनि त्यस क्षेत्रको हुनुहुन्छ भने उहाँहरुलाई साथ दिन  सक्नुहुन्छ।  उहाँको सम्पर्क फोन नम्बर ९८४१६१३५९४ रहेको छ।

Our active member Mr Sagar Luitel has been fulfilling his responsibility to supervise and coordinate relief efforts for the victims of the disastrous earthquake around Kapan, Sarasawotinagar, Sattale, Milan Chowk and Bouddha.

On 5th May 2015, a team led by Mr Luitel carried out cleanliness activities in the above mentioned areas to eliminate risk of epidemics. By creating awareness on the necessity of sanitary practices after disasters like these, the volunteers fulfilled their roles as responsible citizens.  

Members and volunteers present in the cleanliness program were:

  1. Sagar Luitel
  2. Rakshya Acharya
  3. Akendra Khadka
  4. Barun Gautam
  5. Prakash Wagle
  6. Arpan Raj Ghimire and other local residents

Materials made available by BibekSheel Nepali Party are as listed below:

  1. Gloves: 1 Packet
  2. Masks: 50 pieces
  3. Bleaching Powder: 1 sack (25 kilos)
  4. Phenyl: 5 litres

The activity which started at 6 am with 2 volunteers ended at 8:45 am with active participation of 6 volunteers. The cleanliness program will also be held tomorrow at the same time from Kapan Bhrikuti Chowk to Gopi Krishna Hall. If you belong to the area or are interested to participate, then please join the team. You can contact them at 9841613594.

BibekSheel Nepali Party appreciates the enthusiasm the team has shown at this time of crisis.