०७२-०१- १७, रसुवा, लहरेपौवा २ र ३ मा राहत वितरण

मिती २०७२-०१-१७ गते संविधान आचार्य ज्यूको नेतृत्वमा केहि साथीहरु सहितको समुह रसुवा, लहरेपौवा  गा.वि.स.  वडा  नं. २  र ३ मा राहत वितरण गर्न जानुभएको थियो।

उक्त कार्यमा जानुभएका स्वयंसेवकहरु निम्न बमोजिम हुनुहुन्छ:-

१. संविधान आचार्य (९८०३६८४४८०, sambidhanwrites@gmail.com)        

२. सारा प्याकुरेल (९८४३२०८१२०)

३. विकु अधिकारी (९८०८८०६५५९)

उहाँले दिनुभएको जानकारी अनुसार, उक्त स्थानको आवादी ५१८ रहेको जस मध्य मृत्यु हुनेको संख्या १९ रहेको र घाइते हुनेको संख्या ४१ रहेको छ। जम्मा १६७ घरधुरी रहेको उक्त स्थानमा क्षति भएको घर संख्या  १४४ रहेको छ।  

उक्त क्षेत्रमा पशु स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ। त्यस क्षेत्रका मानिसहरुको स्वास्थ्य अवस्था सन्तोषजनक रहेपनि भुकम्पले त्रसित मानसिकता र सरसफाई थोरै अव्यवस्थित देखिन आएको छ।

उक्त क्षेत्रमा महामारीको सम्भावना न्युन देखिएको छ। प्राथमिक उपचारको पनि त्यति आवश्यकता नरहेको जानकारले बताउनु भयो। घर हेरी भकारीको खाद्यान्न निकाल्न नसकेमा चोरी बढ्ने सम्भावना रहेको पनि जानकारीमा आएको छ। मन्दिर, सडकहरुमा बसोबास गरिरहनु भएका उक्त क्षेत्रका बासिन्दाहरुलाई त्रिपालको जरुरत बढी देखिएको छ।

उक्त क्षेत्रको पानीको मुहानमा समस्या नदेखिएको कारणले गर्दा खाने पानीमा चिन्ता लिनुपर्ने स्थिति छैन तर शौचालय भने बनाउनु पर्ने आवश्यकता देखिएको छ।

उक्त क्षेत्रको प्रमुख आयस्रोत कृषि पेसा, बाख्रापालन इत्यादिमा निर्भर रहेको छ। उहाँको जानकारी अनुसार अझै ३००+ व्यक्तिहरुलाई राहतको आवश्यकता रहेको छ र विकास र पुनर्वासमा समस्या नै पर्ने देखिएको छ।

“द डोर फाउन्डेसन” र “नेपाल राइजिङ्ग”सँग सहकार्य गरिरहनु भएका आचार्य ज्यूले आगामी दिनमा राहत पठाउनु अगाडी गृहकार्य गरेर जानुपर्ने र विवेकशील नेपाली दलको कार्यक्रमहरु अझै प्रभावकारी हुने देखिन आएको छ।  

 

2015-04-30, Relief distribution in Rasuwa, Laharepauwa 2 and 3

On 30th April, 2015, in the lead of Mr. Sambidhan Acharya, a team of friends was dispatched to Laharepauwa VDC ward no. 2 and 3 of Rasuwa.

The name of volunteers in the team are as follows :

  1. Sambidhan Achaarya (9803684480, sambidhanwrites@gmail.com)
  2. Sara Pyakurel (9843208120)
  3. Biku Adhikari (9808806559)

According to the information given by the team, the total population density was 518, out of which, 19 people have lost their lives and 41 are injured. In the total of 167 houses, 144 houses have been damaged.

The health care of animals should be given more priority. Although the health condition of people is satisfactory, people are still traumatized by the earthquake and its after shocks and sanitation is also unmanaged.

The risk of epidemics in this area is minimal. Primary medical aid is also not important as claimed by the informant. If stored foods are not taken care of, there is a high chance of robbery and theft. Since the locals are staying in temples and open space, there is a great need of tarpaulins.

There is no problem in the quality of water for drinking but the construction of restrooms is necessary.

The income source of the area is agriculture, job and goat rearing. As stated by the team, still more than 300 people are in need of relief, and it might create hurdles in development and re-settlement.

Mr. Acharya has been working in collaboration with “The Door Foundation” and “Nepal Rising”. He believes that homework needs to be done before dispatch so that the future programs will be more effective.