०७२-०२-१६, विवेकशील नेपाली मकवानपुरका साथीहरु द्वारा मकवानपुर, गोगने-५, गोलढुंगामा पुनर्स्थापना कार्यक्रम

विवेकशील नेपालीको केन्द्रीय नीति अनुरुपको तेश्रो चरणको पुनर्स्थापना कार्यक्रम विवेकशील नेपाली मकवानपुरले २०७२ साल जेठ १६ गते मकवानपुरको विकट गोगने गा.वि.स.को वडा-५, गोलढुंगामा सम्पन्न गरेको छ| भूकम्पका कारण जीउधनको क्षती भई ठुलो आर्थिक तथा मानसिक पीडा भोगेका भूकम्प पिडितहरुको आर्थिक भविष्यको सुरक्षा गर्नु अत्यन्त आवश्यक रहेको छ| गोगने गाविसको यस क्षेत्रमा तरकारी खेति नै प्रमुख नगदे बालि रहेको छ| यसै कारण विवेकशील नेपाली मकवानपुरले हाइब्रिड बिउबिजन तथा मल ७५% भन्दा माथीको अनुदानमा दिएर उनीहरुको आर्थिक स्तर उकास्न प्रयास गरेको छ|

गोगने गा.वि.स.को सामाजिक परिचालक तथा गोलढुंगा कृषक समुहको अध्यक्ष कमल लामा ज्यूसँग सहकार्य गर्दै त्यहाँको मूल आवश्यकता पहिचान, अनुदान दर तय तथा वितरणको कार्य सम्पन्न गरिएको थियो| गोलढुंगाको त्यस क्षेत्रमा भर्खरै सडक ट्रयाक खोल्ने काम गरिएकोले आग्राको दान्दाबास गोगनेको गोलढुंगा स्थित वितरण सम्मको यात्रा निकै खतराजनक थियो| भर्खरै खोलिएको ट्रयाकमा पहिलो पटक गाडी लगेर उद्घाटन गरेको कारण गोलढुंगा कृषक समुहले हाम्रो चालक तथा स्वयंसेवक टोलीलाई खादा ओडाएर सम्मान पनि गरेको थियो| जेठ १६ गते बिहान ९ बजेदेखि अनौपचारिक वितरण कार्यक्रमबीच सम्पन्न यस कायक्रममा निम्न कृषि सामाग्रीहरू प्रति कृषक परिवारलाई वितरण गरियो:

  1. काउलीको हाइब्रिड बिउ (३ प्याकेट, ३० ग्राम)
  2. बन्दाको हाइब्रिड बिउ (१ प्याकेट, १० ग्राम)
  3. DAP मल (२५ केजी)
  4. प्रांगारिक मल (५ केजी)

करिब रु. ३,१५० को प्याकेजमा ७५%+ को अनुदान प्रदान गरि किसानबाट प्रति प्याकेज रु. ७०० उठाइएको थियो|

गोगने गएको स्वयंसेवक टोलीका प्रतिनिधिहरु:

चालक: राजकुमार नगरकोटी

आय-व्यय विवरण:

आय विवरण:

श्रोत

रकम (रु.)

विवेकशील नेपाली (केन्द्र)

100000

प्रतिभा डंगोल (credit)

10000

अनुदान बाहेकको रकम प्राप्त

24500

जम्मा

134500

व्यय विवरण:

शिर्षक

रकम (रु.)

काउलीको बिउ (White Top)

44100

बन्दाको बिउ (Kornet)

6475

प्याकेजिंग

1000

DAP मल

33500

प्रांगारिक मल (All Mix)

13500

यातायात

10000

खाना-खाजा

2030

अन्य किराना सामाग्री

580

प्रतिभा डंगोल (सापटी फिर्ता)

10000

विवेकशील नेपाली मकवानपुर कोषमा स्थानान्तरण

13315

जम्मा

134500

Reported by:
Mahesh Pathak
President,
Bibeksheel Nepali Makawanpur