दोलखाको आलम्पु  गा.वि. स मा जस्ता वितरण को तयारी  

विवेकशील नेपाली दलले मिति ०७२-०१-१२ मा आएको महाभूकम्प र त्यसका पराकम्पनबाट देशका विभिन्न जिल्लाहरुमा राहत वितरण गर्ने सिलसिलामा असार १० गते देखि Nepal share संस्था र विवेकशील  नेपाली दलको समन्वयमा दोलखाको आलम्पु  गा.वि. स मा ९०० थान जस्ता वितरण गर्न लागिरहेको छ जसमा हाल ५५० थान जस्ता दोलखाको सिगाटे बाट  बाबरे सम्म पुर्याइएको छ।

खराब मौसम तथा भूगोल को कारण समन्वयकर्ता लाई जस्ता ठाउँमा र समयमा  पुर्याउन निकै समस्या परिरहेको छ।  तर यस्तो समस्याको बाबजुत पनि उहाँहरुले धैर्य नहारई आफै बाटो बनाउंदै अगि बढ्दै हनुहुन्छ र समयमै राहत ठाउँ मा पुर्याउने  कोसिस मा निरन्तर लागिरहनु भएको छ। जस्ता चडाउन र उतार्न सिगाटे आर्मी क्याम्प को आर्मी हरु ले सहयोग गरिरहनु भएको छ। उहाँहरुले सिगाटे देखि बाबरे सम्म ५-६  घण्टा लगाएर जस्ता बोकेरै लानुहुन्छ  र त्यहाँबाट गाउँलेहरुको सहयोगमा लानुहुनेछ ।

यसरी रातदिन, घामपानी नभनी निस्वार्थ भावनाले राहतमा खटिनु भएको विवेकशील नेपाली दल को स्वयंसेबक साथीहरु सुरज भट्टराई (9845313811) र प्रकाश चन्द (9844467101, 9810033452) तथा Nepal Share संस्थाका साथीहरु र सिगाटे आर्मी क्याम्प को आर्मी हरु लाई विवेकशील नेपाली दल हृदय देखिनै आभार व्यक्त गर्दछ।

FotorCreated.jpg