०७२-०१-१९, धदिङ्ग, छत्रे देउराली राहत सामाग्री वितरण

आज मिती २०७२-०१-१९ का दिन विवेकशिल नेपाली दलका सक्रिय सदस्य अविरल कार्की (९८४३४१९२५४) ज्यूको नेतृत्वमा धादिङ जिल्ल्लाको छत्रे देउरालीको वडा नम्बर १ मा विवेकशिल नेपाली दलबाट राहत बितरणको लागि विभिन्न सामाग्रीहरु प्रदान गरियो । उक्त काममा सोही वडाका नगरिय वडा अध्यक्ष श्री जनक लाल ज्यूले पनि सहयोग गर्नु भएको थियो ।

अविरल कार्कीले फोन मार्फत दिनुभएको जानकारी अनुसार सो गा.बि.सको वडा नम्बर १ मा १७० घरहरु क्षती भएको छ भने पुरै गा.बि.समा १६०० भन्दा बढि घरहरु आंशिक रुपमा क्षती भएको छ । त्यस गा.वि.स.मा अहिले सम्म ४९ जनाको मृत्य भइसकेको जानकारी अविरल कार्कीले गराउनु भएको थियो ।

1509158_1602410660002097_4081454622124080164_n_Fotor_Collage.jpg

त्यसैगरि आज मिती २०७२-०१-१९ का दिन सोही गाबिसको वडा नम्बर ३ मा पनि विवेकशिल नेपाली दलले राहत सामाग्रिहरु उपलब्ध गराएको छ । वितरणमा उक्त वडामा रहेको एक प्राथमिक विद्यालयकी शिक्षिका शान्ती लामा ज्यूले विवेकशिल नेपाल दललाई सहयोग गर्नु भएको थियो ।

छत्रे देउराली गा.वि.स.का वडा न. १ का नागरिक समाज मंच वडा अध्यक्ष श्री जनक लामा ज्यु  वडा न. ३ को प्रा.वि शिक्षिका शान्ति लामा , टिचिङ अस्पतालका डाक्टर तथा वडा ३ का डा. सर्मा मार्फत विवेकशील नेपाली  दलका साथीहरुले निम्न सामाग्रीहरु वितरण गर्नुभयो।
त्रिपाल : १०६ वटा
कम्बल : ३०० वटा
घरका लागि म्याट : ३०० वटा
चामल : ३ बोरा
आलु : १ बोरा
दाल  : १ बोरा
चिउरा : ५ बोरा
भुजिया : २ बोरा
दालमोट : २ बोरा
चाउ चाउ : ४० कार्टून

चाउचाउः         १५ कार्टुन

बिस्कुट:                ८ कार्टुन

लत्ताकपडाः         ६ बोरा

विवेकशील नेपाली दलका सक्रिय सदस्य अविरल कार्की ज्यूले जानकारी दिनुभए अनुसार पुरै गा.वि.स.मा  करिब ३६० घरहरु पूर्ण रुपमा क्षतीग्रस्त भएका छन् तथापी सरकारले अहिले पूरै गा.वि.स.को लागि मात्र ९ बोरा चामल उपलब्ध गराएको जानकारी कार्कीले गराउनु भएको थियो । कार्कीले अवगत गराउनु भए अनुसार उहाँहरुले वडा नं. १, २, ३, ४, ५, ६, ८, मा सहयोग गर्नुभयो।

वडा न. ७ र ९ ढुवानी अभाबका कारण सामाग्री पुराउन असमर्थ हुनुपर्दा खल्लो महसुस भएको कार्कीले जनाउनु  भयो। ती वडाहरुमा लगभघ १००० तामाङ समुदायका व्यक्तिहरु भएको जानकारी उहाँले दिनुभयो साथै त्यहाँ खाद्यान्न र त्रिपाल को अभाव भएको जानकारी पनि दिनुभयो। सरकारी पक्षबाट प्राप्त भएको २०० घर धुरीमा  पुराउनु पर्ने हुँदा प्रयाप्त नभएको भन्दै स्थानियहरु आक्रोसित भएका थिए।

उक्त गा.वि.स.कि स्थानिय डाक्टर नस्तु शर्माले स्वास्थ्य संबन्धी सम्पूर्ण गतिविधिहरु हेरिरहनु भएको छ । त्यस क्षेत्रको थप जानकारीको लागि अविरल कार्की (९८४३४१९२५४) ज्यूलाई सम्पर्क गर्न सक्नुहुन्छ। तल छत्रेदेउरालीका केहि झलकहरु देखिइएका छन्।

On 2072/01/19, various materials were provided by BibekSheel Nepali Party for relief distribution to a team of volunteers led by our active member Abiral Karki. The chairman of the ward, Mr Janak Lal himself was a great help.

The materials provided by BibekSheel Nepali were 15 cartons of noodles and 4 sacks full of clothes for the victims in need.

According to the conversation with Mr. Abiral Karki over the phone, 170 houses have completely collapsed in Ward no. 1 of the VDC while more than 1600 houses suffer partial damage throughout the VDC. The death toll after the earthquake has reached 49.

On the same note, with help of a primary school teacher of ward no 3 of the same VDC, Ms Shanti Lama, BibekSheel Nepali Party has provided relief materials as stated below for distribution:
Noodles: 15 cartons
Biscuit: 8 cartons
Clothes: 6 sacks

Mr Karki also stated that the government had only been able to provide 9 sacks of rice for the entire VDC even though the damage suffered is of a greater scope with 360 houses completely collpased.

The residential doctor of the VDC Dr. Nastu Sharma had been supervising all the health related issues during the entire event.

BibekSheel Nepali Paryty appreciates the effort of every single person who made this possible. Thank you.

(Thankyou message missing)