०७२-०१-२६, काठमाडौँ, नागार्जुन नगरपालिका, वडा नं. ८ रामकोट राहत वितरण

वि. सं. २०७२-०१-१२ गते नेपालका विभिन्न मध्यपहाडी जिल्लाहरुमा गएको विनाशकारी महाभूकम्पका पीडितहरुलाई विवेकशील नेपाली दलले संचालन गरिरहेको राहत वितरण कार्यक्रम अन्तर्गत मिति २०७२-०१-२६ मा वडा नं. ८, नागार्जुन नगरपालिका, काठमाडौँमा विवेकशील नेपाली दलका सदस्यहरु मिलन पाण्डे ज्यूको नेतृत्वमा एक टोली गएको थियो।

उक्त टोलीले निम्न राहत सामग्री उपलब्ध गराएको थियो:

१. कम्बल - ३० थान

२. चाउचाउ - ५० कार्टन

३. चामल - १०० बोरा

४. त्रिपाल - १०० थान

५. झूल - १०० थान

६. दालमोठ - ४ कार्टन

७. दाल - १० बोरा

यस टोलीमा संलग्न स्वयंसेवकको नामावली निम्नानुसार छ:

१. मिलन पाण्डे (९८५१०१७६२४) (९८४१८००११३)

२. राजु राज पुरी (९८४१२८३३९२)

३. पुकार बम (९८४१०२८३८२)

४. अर्जुन ठकुरी (९८४१२९७९४६)

५. अनुज गिरि (९८५११८४९२०)

६. अमित पोखरेल (९८६०१८४३४२)

७. चिरन राई (९८०४३११८१४)

८. प्रमेश मानन्धर (९८५११०२०४२)

९. सन्दिल्य काफ्ले

१०. अजय बाँस्कोटा

यस टोलीबाट प्राप्त जानकारी अनुसार नागार्जुन नगरपालिका वडा नं. ८ मा रहेका १०० घरहरु सबैमा बस्नै नमिल्ने गरी क्षति पुगेको छ। जम्मा ४०० जनसंख्या रहेको यस वडामा अहिलेसम्म मृत्यु हुनेको संख्या १ छ भने घाइते संख्या १६ पुगेको छ। उक्त जानकारी अनुसार प्रभावित क्षेत्रमा सरसफाईको स्थिति सन्तोषजनक छैन। यसकारणले महामारीको खतरा भएपनि अहिलेसम्म त्यस्तो कुनै परिस्थिति देखिएको छैन। प्राथमिक उपचार आवश्यक नभएपनि खाना, आश्रय स्थल, पानी, औषधि र चर्पीको राम्रो व्यवस्था गर्नुपर्ने देखिएको छ। टोलीका अनुसार पानीको श्रोतमा क्षति नपुगे पनि पानी शुद्धिकरणतर्फ ध्यान दिनुपर्ने देखिन्छ। धेरैजसो स्थानीयहरू त्रासमा दिन बिताइरहेका छन्। उनीहरु आफ्नो घरबारको बढी चिन्तामा देखिएका छन्।

विवेकशील नेपाली दलले यस क्षेत्रमा सडकबाट २ कि.मी. टाढा प्रभावित क्षेत्रमा राहत प्रदान गरेको थियो।  मुख्य पेशाका रूपमा कृषि र रेमिट्यान्स रहेको यस क्षेत्रमा ठूलो धन नोक्सानी भएको छ भने हालसम्म केहि व्यक्तिले मात्र राहत पाएको गुनासो आएको छ। राहत वितरणमा भइरहेको ढिलाईका कारण स्थानीयहरुमा राजनैतिक पार्टीहरुप्रति वितृष्णा जागेको बताइएको छ।

यस क्षेत्रमा राहत व्यवस्थापन तथा वितरणमा मद्दत गर्नुहुने सम्पूर्ण सहयोगीहरुप्रति विवेकशील नेपाली दल सदैव कृतज्ञ रहने छ।

Date 09-05-2015 Kathmandu, Nagarjun Municipality, ward no. 8

After the destructive earthquake that occured on various districts across the country on 25th of April, 2015, Bibeksheel Nepali conducted a relief program for earthquake victims. Under the program, on 9th of May, 2015, a team of Bibeksheel Nepali members led by Milan Pandey were dispatched to Nagarjun Municipality of Kathmandu, ward no. 8.

The team delivered following relief materials:

  1. Blanket : 30 pieces
  2. Noodles : 50 carton
  3. Rice : 100 sacks
  4. Tarpaulins : 100 pieces
  5. Net : 100 pieces
  6. Dalmoth : 4 carton
  7. Daal : 10 sacks

The list of volunteers in the team are mentioned below:

  1. Milan Pandey (9851017624) (9841800113)
  2. Raju Raj Puri (9841283392)
  3. Pukar Bam (9841028382)
  4. Arjun Thakuri (9841297946)
  5. Anuj Giri (9851184920)
  6. Amit Pokhrel (9860184342)
  7. Chiran Rai (9804311814)
  8. Pramesh Manandhar (9851102042)
  9. Sandilya Kafle
  10. Ajay Baskota

According to the information given by the team, in Nagarjuna Municipality ward no. 8, there were 100 houses but none are in the condition to be sheltered. The total population of that area was estimated to be 400 before earthquake and till date one person lost life and around16 people were injured. They also stated that the sanitary condition of that area was not satisfactory. Luckily, the situation is still in control even though there is a high risk of epidemics. Primary medication is not too important but proper management of food, shelter, water, medicine and restroom. They also claimed that despite no harm in the source of water till now, water purification should be focused. Maximum locals are living in fear and they seem to be traumatized by the current situation.

Bibeksheel Nepali political party had provided relief in the area around 2km away from the road. The region which is dependent on agriculture and remittace suffered a huge monetary loss. The locals complaint on not getting enough relief and also grieved on ignorance of political parties.

Bibeksheel Nepali appreciates the effort of all the volunteers who helped in distribution of relief materials in the area.