०७२-०१-१८, बुङ्गमति क्षेत्र सरसफाई र चिकित्सा सामाग्री वितरण

विवेकशील नेपाली दलसँग सहकार्य गरि विभिन्न क्षेत्रहरुमा स्वयंसेवा गर्दै आइरहनु भएका विवेकशील सदस्य अमृत राज वैद्य ज्यूले दिनुभएको जानकारी अनुसार मिति २०७२-०१-१८ गते उहाँ लगायत ‘हाम्रो सुरुवात’ संस्थाका स्वयंसेवक साथीहरुको समुह हिजो बुङ्गमति परिसरमा यत्रतत्र छरिएर सडक अवरुद्ध पारिरहेको इँटाहरुको सहि व्यस्थापन गर्ने, वातावरण सरसफाई गर्ने, फोहोर क्षेत्रहरुमा फिनेल तथा चुन छर्किने, भत्किएको गारोले पुरिएको तर खान योग्य खाद्यान्न निकाल्ने, आवश्यकता हेरी Omeprazole, ORS, Paracetamol, Digestive Enzyme जस्ता औषधिहरु वितरण गर्ने साथ-साथै सरसफाई, स्वच्छ वातारण, शुद्ध खानेपानी इत्यादी बारे जनचेतना फैलाउने कार्यहरु गर्नु भयो।

स्वयंसेवकहरुलाई काम गर्न सहज हुने हेतुले वैद्य ज्यूले आफ्नै व्यक्तिगत खर्चमा  २० थान मास्क  र २० जोडा ग्लोब्स वितरण गर्नु भएको थियो। देशको परिस्थिति देखि हरेस खाएर बसेर मात्र केहि नहुने, कर्म गरेपछि मात्र फल मिल्ने कुरामा विश्वस्त युवा साथीहरुले कार्य सकेपछि बैठक बसेर रु. १५ हजार सङ्कलन गर्नु भयो। यस सङ्कलित रकम राहत कार्यमा  नै प्रयोग हुने साथीहरुले बताउनु भयो।

स-धन्यवाद !

विवेकशील नेपाली

“अहिले नगरे कहिले? हामीले नगरे कसले?”

2015-05-01, Bungamati area cleaning and medical aid delivery

The cooperation of different volunteer groups with Bibeksheel nepali member Mr. Amrit Raj Vaidya on 2015-05-01 such as ‘Hamro Suruwat’ organization led the cleaning work in Bungamati region. Debris scattered and blocked roads were cleared and managed, the premises and locality were cleaned up, thrash filled areas were sanitized with cleaning powder, buried food items from damaged buildings were retrieved. According to the health condition, medications such as  Omeprazole, ORS, Paracetamol and Digestive Enzyme were distributed. Similarly, purified water were distributed and awareness of proper sanitation to reduce epidemic spread were carried out.

For the ease of doing the voluntary work, Mr. Hetul Vaidya under his own cost bought 20 masks and 20 pairs of gloves. By realising that just giving up on the country’s situation will not get things done and only after good deeds will bring us the fruits, confident youths had a meeting to collect 17,000rps. With this collection, they said they would like to contribute in monetary aid work.

Thank you!

Bibeksheel nepali

“If not now, when? If not us, who?”