०७२-०१-२३, काठमाडौँ, अनामनगर क्षेत्र र परिसरमा सरसफाई कार्यक्रम

 

पहिलो दिन :- मिती २०७२-०१-१९ गतेका दिन देखि विवेकशील नेपाली दलका सक्रिय सदस्य ईश्वर  लुइंटेल (९८०४४०६०५१ ) र अमृत भट्टराई (९८४००५४१२१) ज्यू र समुहले काठमाडौँ जिल्ला को डिल्लीबजार , पुतलीसडक हुदै बागबजार सम्म र डिल्लीबजार पिपलबोट , घट्टेकुलो हुदै कालिकास्थान सम्म सरसफाई कार्यक्रम सम्पन्न गर्नु भयो।  

दोस्रो दिन :- त्यसै गरि मिती २०७२-०१-२१ मा उहाँ हरुकै नेतृत्व मा मैतीदेवी मन्दिर पछाडी को गल्लि, रातोपूल हुदै धोबीखोला सम्म को गल्लि मा पनि सरसफाई भयो।  

तेस्रो दिन :- सरसफाइ अभियानको तेस्रो दिन मिती २०७२-०१-२२ पनि मैतिदेभी मन्दिर देखि ज्ञानेश्वोर रोड हुँदै रातो पुल र रातो पुल का विभिन्न गल्ली हरु मा कार्यक्रम सन्चालन भयो।

चौथो दिन :- आज पनि उक्त कार्यक्रमको निरन्तरता भयो।

यसै प्रसङ्गमा, हामीले नेतृत्वकर्ताहरु लाई सरसफाई गर्नलाई त्यहि विशेष ठाउँ नै किन रोज्नु भयो भन्ने प्रश्न गरेका थियौं।  यस बिषयमा उहाँहरुले आफुहरु अनामनगरका स्थानीय बासिन्दाहरु भएको  र  सो ठाउँ  उहाँहरुलाई पायक पर्नुका साथै आफ्नो क्षेत्रको सरसफाई अरु कसैले गरिदियोस्  अथवा  सरकारको मुख ताक्दै बस्ने पक्षमा नरहेको जानकारी गराउनु भयो।

विवेकशील नेपाली दलका सक्रिय सदस्य गोविन्द नारायण तिमल्शिना ज्यूको सल्लाह तथा सुझाब अनुसार यदि आफुहरुले आफ्नै ठाउँबाट सरसफाई अभियान सुरु गर्नु भएको उहाँहरुको समूह सम्भावित महामारी प्रति सजग देखिनुहुन्थ्यो। हरेक व्यक्तिले आ-आफ्नो क्षेत्रबाट सुरु गर्नुपर्ने यस कार्यलाई निरन्तरता दिनु हरेक नागरिकको कर्तव्य हो। साथै यस कार्यबाट स्थानीय बासिन्दाहरु पनि  सकारात्मक हुनुभएको र साथ दिनुभएको उहाँले बताउनु भयो।

सो समुह द्वारा गरिएका कार्यहरु निम्नानुसार छन् ;

१. चुन पाउडर छर्किने , फिनेल हाल्ने।

२. सरसफाई सम्बन्धि जनचेतना फैलाउने।

३. अनिवार्य रुपमा Dustbin राख्न लगाउने।

४. घर अगाडीको फोहोर तथा इँटाहरु व्यवस्थापन गर्ने।

५. आफुले गर्ने कार्य क्षेत्रको नक्सा बनाएर सरसफाई कार्यक्रम बनाउन उचित योजना बनाउने।

६. वेवारिसे रुपमा फालिएको सिरिन्जहरुको सहि व्यवस्थापन गर्ने।

यो कार्यको लागि विवेकशील नेपाली दलका सक्रिय सदस्य मिलन पाण्डे ज्यूले आवश्यक स्वयंसेवकहरुको व्यवस्था मिलाइदिने कार्यमा सहयोग गरिरहनु भएको छ।

विवेकशील नेपाली दलले सरसफाईको लागि निम्न आवश्यक सामाग्रीहरु  उपलब्ध  गराउँदै आइरहेको छ।

१. पन्जा  

२. मास्क  

३. फिनेल

४. आगामी कार्यक्रमको लागि रु. १,०००

सम्भावित महामारीको बारेमा हरेक नागरिकलाई अवगत छ तर उहाँहरुले बोलेर होइन गरेर देखाउनु भएको छ। नेतृत्व लिनुभएकोमा उहाँहरुलाई धेरै धेरै धन्यवाद ! आ-आफ्नो क्षेत्रको सरसफाई गरेर आफु, परिवार, समाज र सिङ्गो राष्ट्रलाई नै स्वास्थ राख्नु हुनेछ भन्ने विवेकशील नेपाली दलले अपेक्षा गरेको छ।

 

निरन्तर रुपमा चलिरहेको यस कार्यक्रममा साथ दिन चाहनुहुन्छ भने इच्छुक व्यक्तिले  ईश्वर  लुइंटेल (९८०४४०६०५१ ) र अमृत भट्टराई (९८४००५४१२१) लाई सम्पर्क गर्नु हुन अनुरोध गर्दछौँ।

 

2015-05-06, Kathmandu, Anamnagar premise Cleaning Program

First day:- From date 2015-05-02, Bibeksheel nepali political party active members, Mr. Ishwor Luitel (9804406071) and Mr. Amrit Bhattarai ( 9840074121), let the organisation to clean the area in kathmandu district comprising of dillibazaar, putalisadak till bagbazaar and bagbazaar pipalbot, gatekulo and until kalikasthan.

Second day:- Similarly on 2015-05-04 leadership from youths handled the cleaning in the district behind maitidevi temple, as well as the district from ratopul to dobikhola.

Third day:- Cleaning initiatives on 2015-05-05 was held from maitidevi temple to gyaneshwor

road to ratopul as well as the different alleys in ratopul.

Fourth day:- The same areas from the day before was covered.

In this event, we asked the leaders why those particular areas were chosen for these cleaning iniatives. In this subject, they said that it was due to most of them being residents of Anamnagar and that place being strategically available to them. They had also hoped that someone else would clean that area and did not want to be after the government for a favor for their livelihood.

According to the advice and opinion of Bibeksheel nepali political party active member Mr. Govinda Narayan Timilsina, if such cleaning efforts begin from their own group or locality then  the caution for the risk of epidemic spread is seen in the community. It is every citizen’s duty to start such actions from their own locality and to continue such initiations. He added, with these actions,local residents also have to be supportive and affirmative in this endeavor.

Jobs done by the groups are as follows:

  1. Sprinkle cleaning powder, phenyl was added.
  2. Raise awareness of cleaning your community area
  3. Make mandatory requests to place dustbin
  4. Removal/disposal of thrash and bricks infront of house
  5. Make concrete plans for community cleanup by drawing maps of your area
  6. Disposal of syringes thrown inappropriately.

For this work , bibeksheel nepali political party active member Mr. Milan Pandey is working on organizing a system where volunteers are needed.

Bibeksheel Nepali Political party cleaning initiative have been utilizing the following:

  1. Gloves
  2. Masks
  3. Phenyl
  4. Rs.1000 for upcoming program

Every citizen has the right to be informed about possible epidemic risks however, this cannot be done by just talking but by doing the work to circumvent the risks. Many many thanks to those who have taken the lead. Bibeksheel nepali advocates that the cleanliness efforts starts and begins from yourself, to your family, to your society and to the health of the whole nation.

If you would like to extend your help to this ongoing efforts in cleaning our community, the ready person can contact Ishwor Luitel (9804406071) and Amrit Bhattarai (9840074121).