०७२-०१-२२ गते, रसुवाका १० गा.वि.स. मा भएको राहत सामाग्रीहरु वितरणबारे विस्तृत विवरण

स्वयंसेवकहरुको एक टोली मिती २०७२-०१-१९ गते रसुवाको १० गा.वि.स.को लागि मेडिकल तथा अन्य राहत लिएर त्यसतर्फ प्रस्थान गरेको थियो।  संबिधान आचार्य ज्यूको संयोजकत्वमा ११ सदस्यीय सो टोलीमा ६ डाक्टरहरु, २ नर्सहरु र २ स्वयंसेवकहरु सामेल थिए।

 सो टोलीले निम्न गा.वि.स.हरुमा राहत प्रदान गरेको थियो:

१. बेत्रावती

२. भैंसे

३. लहरेपौवा

४. राम्चे

५. लार्संग

६. फर्संग

७. सिम्ले

८. भैकु

९. कालिकास्थान

१०. बयर

सो टोलीका सदस्यहरु निम्न छन्:

१. डा. प्रभा थापा

२. दा. निरोज भट्टराई

३. डा. रबिन दाहाल

४. दा. निरज यादव

५. दा. रस्मित श्रेष्ठ

६. सुशान्त महत्त्र

७. प्रविन सिलवाल

८. दिनेश पाण्डे

९. अरिषा के.सि (सिस्टर)

१०. अनिशा श्रेष्ठ (सिस्टर)

११. संबिधान आचार्य

नोट : २ नर्स र १ स्वयंसेवक “द डोर फाउन्डेसन” बाट परिचालित थिए।  

टोली संयोजक संबिधान आचार्य ज्यूबाट प्राप्त जानकारी अनुसार १००० भन्दा धेरै घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। करिब २००० व्यक्ति घाइते हुनुका साथै ६९१ जनाको मृत्यु भएको छ।  प्राथमिक स्वास्थ्य उपचारको आवश्यकता महसुश गरिए बमोजिम सो टोलीले मेडिकल राहत पुर्याएको थियो।    

रसुवा जिल्लाको स्वास्थ्य पहिले नै सबल भइनसकेको अवस्थामा यस महाभूकम्पले झन् ठुलो क्षति पुर्याएकोछ। यस जिल्लाका सम्पूर्ण गा.वि.स.मा प्रभावकारी मानवजन्य फोहोर व्यवस्थापनको कमीले सरसफाईको अवस्था कमजोर देखिएको छ। त्यहाँ खाना, आश्रयस्थल, पानी तथा औषधि पनि अपर्याप्त  देखिएको छ। यस महाभूकम्पमा आफ्नो घर गुमाएका स्थानीयहरू आश्रयको लागि बढी चिन्तित देखिएका छन्। तथापि मानिसहरुको मनोबल आशा गरिएभन्दा उच्च देखिएको छ।  

उक्त टोलीले ६० घरलाई खाद्यान्न वितरण गर्नुका साथै १५० पीडितलाई औषधिउपचार गरेको थियो।  टोलीले वितरण गरेको राहत सामग्री विवेकशील नेपाली र “द डोर फाउन्डेसन” को संयुक्त सहकार्यमा प्रदान गरिएको थियो। यस टोलीका संयोजक संबिधान आचार्य “द डोर फाउन्डेसन” का प्रतिनिधि समेत हुन्।

३ दिन लामो उक्त कार्यक्रमको पहिलो चरणमा टोलीले यस जिल्लाका ७ गाविस (सिम्ले, बटार, बेत्रावती, माझगाउँ, भैबू र कालिकास्थान) मा राहत स्वरुप कम्बल, चाउचाउ, दाल तथा प्राथमिक उपचारका औषधि वितरण गरेको थियो।  राहत वितरणमा प्रयोग भएको गाडी “द डोर फाउन्डेसन” बाट सहयोग भएको थियो।  

दोस्रो चरणमा, टोली स्वास्थ्य मन्त्रालयको अनुमतिमा राम्चे गाविसका वार्ड नं १, ३, ४ समेत पुगेको थियो।  त्यहाँ २ दिन लामो स्वास्थ्य शिविर संचालन गरियो जसमा ७५ भन्दा धेरै घाइतेको सफल उपचार गरिएको थियो।  त्यसका साथसाथै विवेकशील, “द डोर फाउन्डेसन” र सुष्मिता मास्केको सहयोगमा स्वास्थ्य सामग्री, खाध्य सामग्री तथा चाउचाउ  वितरण गरिएको थियो।  

तेस्रो चरणमा, स्वयंसेवकहरुलाई यार्शाको लार्शोंग र फोसोंग पठाईएको थियो जहाँ विवेकशीलको तर्फबाट खाध्य सामग्री, औषधि र स्लिपिङ्ग ब्याग तथा “द डोर फाउन्डेसन” को तर्फबाट ४२ टेन्ट, ८ ब्लान्केट वितरण गरिएको थियो।

थप कार्यक्रमका लागि जानकारी लिन देहाय बमोजिमका स्थानीयहरुलाई सम्पर्क गर्न सकिने छ:

१. शिशिर घिमिरे: ९८०८४८१९५७

२. नवराज न्यौपाने: ९७४१०८६५७०

३. डा. विनायक: ९८०८०५४१७०

पहाडी जिल्ला रसुवामा माटो र ढुंगाबाट बनाइएका घरहरु रहेका छन्।  तल्लो भेगका प्रभावितहरुले पर्याप्त पानी प्राप्त गरेपनि माथिल्लो भेगका स्थानियहरुले अभाव खेपिरहेकाछन्।  माथि उल्लेखित कालिकास्थान र राम्चे गा.वि.स. बाहेक सबै गाविस नराम्ररी प्रभावित भएका छन्।  १००० भन्दा धेरै घर प्रभावित देखिएका छन् जसमा ४०० भन्दा धेरै घरको पुनर्निर्माण आवश्यक देखिएको छ।  कृषि र पशुपालन यस जिल्लाको प्रमुख आम्दानीको स्रोत भएका कारण पशु गोठहरुको समेत पुनर्निर्माण आवश्यक देखिन्छ ।

विवेकशील नेपाली यस टोलीलाई हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छ। ‘कृपया तस्वीरको लागि डा. सुवाष (९८४१२९७०८०) ज्यूलाइ सम्पर्क गर्नुहोला।’ भन्ने सन्देश प्राप्त भए अनुरुप विवेकशील नेपाली दलले सिघ्र तस्वीरहरु सङ्कलन गर्नेछ।

An all-volunteer team that left for providing medical as well as non-medical relief to residents of 10 different VDCs of Rasuwa on 2nd May arrived back to Kathmandu on 5th of May. The team of 11 with 6 doctors, 2 nurses and 2 volunteers, with Mr. Sambidhan Acharya as the co-ordinator, successfully covered the following VDCs:

  1. VetraVati
  2. Bhaise
  3. Laherpauwa
  4. Ramche
  5. Larsang
  6. Farsang
  7. Simle
  8. Bhaiku
  9. Kalikasthan
  10. Bayar

The members of the team are listed below:

  1. Dr Prava Thapa
  2. Dr. Niroj Bhattari
  3. Dr. Rabin Dahal
  4. Dr. Niraj Yadav
  5. Dr. Rasmit Shrestha
  6. Sushant Mahattra
  7. Prabin Silwal
  8. Dinesh Pandey
  9. Arisa K.C (Sister)
  10. Anisha Shrestha (Sister)
  11. Sambidhan Acharya (Co-ordinator)

      *Note: 2 nurses and a volunteer mobilized by The Door Foundation.

According to the information provided by Mr Acharya, more than 1000 houses have been destroyed with almost 2000 people injured and 691 dead. The need of primary health care was seen which is why the team provided as much medical relief as possible.

The situation of health of people in the district which wasnt strong even before has now worsened after the earthquake. The sanitary condition of the VDCs isn’t as satisfactory in absence of proper toilets. The availability of food, shleter, water and medicines also wasn’t adequate. Locals who lost their houses to the earthquake are worried about shelter. However, the mentality of the people is still stronger than expected.

The team provided relief in form of food to more than 60 households and distributed necessary medicines to more than 150 victims. The relief materials distributed by the team were provided by BibekSheel Nepali in association with The Door Foundation. The coordinator himself belongs to the Door Foundation.

In the first phase of the 3 day long program, the team went to 7 VDCs, namely Simle, Batar, Betrawati, Majhgaun, Bhaibhu and Kalikasthan where they successfully distributed blankets, noodles, lentils and first aid medicine provided by BibekSheel. The car used for transporting the good and other food materials were secured through The Door Foundation.

In the second phase, the team visited Wards 1, 3,4 of Ramchhe with the permission from Ministry of Health. A two day long health camp was organized where more than 75 people were treated successfully. Along with that, medical supplies, food materials and noodles provided by BibekSheel, The Door Foundation and Ms. Sushmita Maskey were also distributed.

In the third phase, volunteers were dispatched to Larshong and Phosong of Yarsha where food items, medicines and sleeping bags from BibekSheel and 42 tents, 8 blankets provided by the Door Foundation were distributed to the victims.

The local people who can be contacted by BibekSheel Nepali Party for information about area or coordination of further activities are listed below:

  1. Sishir Ghimire: 9808481957
  2. Navraj Neupane: 9741086570
  3. Dr Binayak: 9808054170

The district situated in a hilly setting has houses made of mud and stones. While the areas at lower altitude have received adequate supply of water, the areas located at higher altitudes are facing shortages. All the areas of visit are highly affected except Kalikasthan and Ramche. More than 1000 houses were affected with more than 400 houses that needs rebuilding. As agriculture and animal husbandry are the major sources of income, even the sheds for the animals needs to be rebuilt.

BibekSheel Nepali extends it gratitude to the team for contributing at this time of crisis.

(Get pictures from Dr Subhash 9841297080)