मिति २०७२-१-२६ गते, छत्रेदेउराली गा.वि.स, वडा नं. ९ र जीवनपुर गा.वि.स. वडा नं. ५, धादिंगमा राहत वितरण

वि. सं. २०७२ साल वैशाख १२ गते विभिन्न जिल्लाहरुमा गएको विनाशकारी महाभुकम्पको कारण सृजित विपतपुर्ण घडीमा विवेकशील नेपाली दलद्वारा सञ्चालीत भुकम्प पीडित राहत तथा उद्धार कार्यक्रम अन्तर्गत  मिति २०७२/०१/२६ गतेका दिन IIDS संगको सहकार्यमा विवेकशील नेपाली दलद्वारा धादिंग जिल्लाको छत्रेदेउराली गा.वि.स, वडा नं. ९ र जीवनपुर गा.वि.स. वडा नं. ५ मा खाद्यान्न तथा अन्य सामाग्री वितरण भयो।

२०७२-०१-२६ गतेका दिन, अनोज राज गिरीको नेतृत्वमा एक टोली त्यस तर्फ प्रस्थान गरेको थियो। त्यस टोलीले विवेकशील नेपाली दलको तर्फबाट जीवनपुर गा.वि.स मा निम्न लिखित राहत सामाग्रीहरु वितरण गरेको थियो I

१. त्रिपाल: ८ वटा

२. ब्लान्केट: ५ वटा

त्यसैगरी, उक्त टोलीले विवेकशील नेपाली दलको तर्फबाट छत्रेदेउराली र जीवनपुरगा.वि.स. मा निम्न सामाग्रीहरु वितरण गर्यो I

१. चाउचाउ : २० पाकेट

२. बिस्कुट:  ७२ पाकेट सानो

३. चिउरा: २० किलोको ५ बोरा

४. दालमोठ: ७० पाकेट सानो

विशेषत: त्यस टोलीले उक्त गा.वि.स. मा जेष्ठ नागरिकहरुलाई लक्षित गरी निम्न राहत  सामाग्रीहरु गर्यो I

१. Milkmalt बिस्कुट: १०

२. Eig Poll बिस्कुट: ५

३. Digestive : १०

४. Custard Creams: ५

५. Bass: ५

साथसाथै, छत्रेदेउराली गा.वि.स. का भूकम्प पिडित हरुको लागि IIDS द्वारा निम्न उल्लेखित राहत सामाग्रीहरु उपलब्ध भय्र्को थियो I

१. सोना मन्सुली चामल (३० किलो) : ६५ बोरा

२. मुसुरो दाल: ६५ किलो

३. सूर्यमुखी तेल: ६५ ली.

४. चिनी: ६५ किलो

५. नुन: ६५ किलो

६. चाउचाउ: १० कार्टून

७. बिस्कुट: १० दर्जन

उक्त टोलीमा संलग्न स्वयंसेवकहरुको नामावली यस प्रकार छ:

१. विवेकशील नेपाली दलका तर्फबाट:

        १. अनोज गिरी

        २. निश्चल पाण्डे

२. IIDS को तर्फबाट:

        १. सन्तोष गर्तौला

        २. सौरभ मान श्रेष्ठ

        ३. देवेश श्रेष्ठ

छत्रेदेउराली र जीवनपुर जाँदा स्वयंसेवकहरुको टोलीले केही कठिनाईहरुको सामना समेत गर्नुपरेको थियो I छत्रेदेउराली गा.वि.स मा थोरै घरहरु मात्र भएकोले उक्त टोली जीवनपुरमा राहत सामग्री उपलब्ध गराउन केन्द्रित थियो I तर केही व्यक्तिले छत्रेदेउरालीमा आएको राहत सामग्री जीवनपुरका व्यक्तिहरुले लागेमा सरकारबाट प्राप्त हुने राहत नपाउने अपवाह फैलाएकोले जीवनपुरका मानिसहरु डराएका थिए I तर पछि स्वयंसेवकहरुले यस बिषयमा प्रस्ट पारेपछि जीवनपुरमा राहत सामाग्रीहरु वितरण गरिएको थियो I

विवेकशील नेपली दलको भूकम्प पिडितहरुको लागि राहत कार्यक्रममा सहभागी भई राहत सामग्री समेत उपलब्ध गराएकोमा IIDS प्रति विवेकशील नेपाली हार्दिक आभार प्रकट गर्दछ I साथै, विवेकशील नेपालीको तर्फबाट स्वयम्सेवकको रुपमा जानुभएका महानुभावहरुलाई पनि हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौ I

 

The crisis situation due to the devastating earthquake on 25th of April, 2015 in various regions of Nepal caused monetary loss of human lives and property. Bibeksheel Nepali political party has been involving in the relief and rehabilitation program for earthquake victims. On 9th of May, 2015, Bibeksheel Nepali in co-operation with IIDS (Institute for Integrated Development Studies) distributed food and other materials in Cheudeurali VDC, ward no. 9 and Jeewanpur VDC, ward no. 5 of Dhading district.

In the leadership of Anoj Raj Giri, one team proceeded to Jeewanpur VDC where they distributed following relief materials through Bibeksheel Nepali.

  1. Trapaulins : 8 pieces
  2. Blankets : 5 pieces

Likewise, the same team delivered following materials in Cheudeurali and Jeewanpur VDC:

  1. Noodles : 20 packets
  2. Biscuit : 72 packets (small)
  3. Flattened rice : 20 kilos, 5 sacks
  4. Dalmoth : 70 packets (small)

The team provided the following materials aiming at the elderly citizens of those VDCs.

  1. Milkmalt Biscuit : 10
  2. Eig Poll Biscuit : 5
  3. Digestive : 10
  4. Custard Creams : 5
  5. Bass : 5

Similarly, from IIDS, the relief materials distributed to the earthquake victims in those VDCs are mentioned below.

  1. Sona Mansuli Rice (30 kilos) : 65 sacks
  2. Musuro Daal : 65 kilos
  3. Suryamukhi oil : 65 litres
  4. Sugar : 65 kilos
  5. Salt : 65 kilos
  6. Noodles : 10 cartons
  7. Biscuit : 10 dozen

The name of volunteers engaged in the team are listed below:

1.From Bibeksheel Nepali political party

2.From IIDS:

The team of volunteers had to face few challenges while going to Cheudeurali and Jeewanpur VDC. Since there were very few houses in Cheudeurali VDC, the team had centered Jeewanpur VDC to provide relief materials. But, there was a rumour that if the materials brought for Cheudeurali VDC was taken by residents of Jeewanpur, the people of Jeewanpur would not get relief brought by the Government. Due to the rumour, the locals of Jeewanpur were fearful. Later, only after the issue was made clear by the volunteers, relief materials was distributed in Jeewanpur.

Bibeksheel Nepali is highly grateful to IIDS for participating and providing relief materials to the victims of earthquake in the relief program of Bibeksheel Nepali. Also,Bibeksheel Nepali is thankful to all the volunteers who served as helping hand.