०७२-०१-१६, रसुवा, डाँडागाउँमा विवेकशील नेपाली दलको अनुरोध पत्रले गरेको सहयोग

 

विवेकशील नेपाली दलको कार्यहरुमा सुरुवाती समय देखि स्वयंसेवकको भूमिका निर्वाह गर्दै आइरहनु भएका इन्दिप कोइराला (९८४१७२३६४८) ज्यू आज रसुवाको डाँडागाउँ वडा- ८ र ९ क्षेत्रमा राहत वितरण गरेर फर्किसक्नु भएकोछ।  

उहाँले दिनुभएको जानकारी अनुसार उहाँको स्वयंसेवा बारे कुनै संचार माध्यमबाट प्रचार भएको थियो। त्यस संचार माध्यमले दिएको जानकारी अनुसार डाँडागाउँका एक स्थानीय सुमन घले मगर (९८४१०८६७३५ / ९८४१२३६६८१) ज्यूले इन्दिप ज्यूलाई त्यहाँको विभत्स अवस्थाबारे अवगत गराउनु भयो र सहयोगको लागी आह्वान गर्नु भयो।  

करिब ३०० व्यक्तिहरु घरबार बिहिन भएको, घर सबै पुरिएको सूचना प्राप्त भएपछी उहाँले कान्तिपुर संचार माध्यमलाई खबर गर्नु भयो कान्तिपुरले पनि शिर्ष समाचार बनाएर सम्प्रेषण गर्यो। त्यसपछि उहाँ विवेकशील नेपाली दलसँग मदत माग्न आउनु भयो।

विवेकशील नेपाली दलले अत्यावश्यक राहतको जरुरी प्रष्ट पारी रसुवाको लागि राहत पाउँ भन्ने बेहोरा उल्लिखित अनुरोध पत्र इन्दिप ज्यूको मार्फत रसुवाको सभासद जनार्धन ढकाल ज्यूलाई पठायो। सभासद जनार्धन ज्यू भेट्नु पुर्व उल्लिखित पत्रले नै नेपाली आर्मीको उद्दार टिमको प्रमुखलाई भेट्ने वातावरण मिलायो। इन्दिप ज्यूले कुनै संस्था वा राजनीतिक दलबाट प्रमाणित पत्रको सहायताले नेपाल आर्मीको सहकार्यमा रसुवा जिल्लामा राहत सामाग्रीहरु पुराएर फर्किन सफल हुनुभएको छ।

यस कार्यमा विवेकशील नेपाली दलको भूमिका के थियो भन्ने प्रश्नमा उहाँले नैतिकताको व्यावहारिक प्रयोगले फाइदा पुगेको बताउनु भयो। विवेकशील नेपाली दल सँग पनि कुनै गलत नियत नभएको र आफु पनि निस्वार्थ सेवा भावले स्वयंसेवा गरिरहँदा विवेकशील नेपाली दलको यस सहयोगले सकारात्मक सोचको संजाल बलियो हुदैँ गएको कुरामा दुइमत नरहेको बाताउनुभयो।

एक व्यक्तिको प्रयासले ३००+ पिडित जनताहरुलाई  सरकारी राहत उपलब्ध गराउन सक्ने कुरा प्रष्ट पार्ने उहाँको यस कार्य सर्हानिय छ। विवेकशील नेपाली दल यहाँको यस सक्रियता प्रति कृतज्ञ छ।

 

An active volunteer of BibekSheel Nepali, Mr. Indeep Koirala (9841723648) has returned today after relief distribution in Rasuwa Dadagau 8 and 9.

His voluntary activities were promoted by a media house. According to the information given by the media house, Mr Koirala was informed about the devastating condition of Dadagaun by a local resident Mr Suman Ghale Magar (9841086734/9841236689) who later on made an appeal for help.

After he got the news of houses being collapsed and almost 300 people losing thier homes, he informed Kantipur Communication Medium and news headlines were made. Then, he came to Bibeksheel Nepali for help.

Bibeksheel Nepali wrote an appeal letter stating the necessary relief to the CA member of Rasuwa, Mr. Janardhan Dhakal through Mr. Indeep. Before meeting Mr. Janardhan, the letter also created an environment to meet with the chief of Nepali Army relief team. Mr. Indeep has successfully returned after distributing relief materials in co-ordination with Nepali Army.

When asked about the role of Bibeksheel Nepali in the task, he stated that it had given the advantage through moral support. He also informed that the goodness of Bibeksheel Nepali and his selfless motive to help through Bibeksheel has strengthen the bonding.

He has proved that the effort of a single individual can provide relief to more than 300 victimized people. Bibeksheel Nepali is extremely grateful for his praise worthy task.