०७२-०२-१२ -रसुवा सरमथली -९, गौतम बुद्ध निम्न माध्यमिक विद्यालयमा बालबालिका उत्प्रेरणा कार्यक्रम

विवेकशील नेपाली दलले भुकम्प पछिको यस विपद घडीमा विभिन्न प्रभावित जिल्लाहरुमा क्षतिग्रस्त संरचना लगायत विभिन्न क्षेत्रका मानिसहरुलाई स्थिर बनाउन  आफ्नो योजना अन्तर्गत उद्दार र राहत वितरणका कामहरु केहि हद सम्म सकिएपछि र पुनर्स्थापना र पुनर्निर्माण तर्फ लागिरहेको छ।

यसै अन्तर्गत  अस्मिता अधिकारी र शरण कार्कीको नेतृत्वमा ०७२-०२-१२ गते का दिन भूकम्पले त्रसित साना साना बालबालिकाको हेरविचार गर्न, मनोबल बढाउन, डरत्रास हटाउन, उत्प्रेरित गर्न  रसुवा सरमथली-९ स्थित गौतम बुद्ध निम्न माध्यमिक विद्यालयमा  गएको  थियो। उक्त कार्यक्रम ४ दिनको थियो जसमा २(दोस्रो र तेस्रो) दिन विद्यालयमा कार्यक्रम गरियो भने २ दिन त्यहाँ पुग्न र फर्किन लाग्यो। हाम्रो स्वयंसेवकहरु पहिलो दिन  ५ घण्टा को गाडीको यात्रा र पछि ६ घण्टाको निरन्तर हिडाईपछि गन्तव्य स्थल पुग्नु भयो।

समुहमा संलग्न हुनुभएका स्वयंसेवक साथीहरुको  नाम यसप्रकार छ :

१. अस्मिता अधिकारी

२. शरण कार्की

३. अजिता खनाल

४. मेनुका श्रेष्ठ

५. भावना थापा

६. अकेन्द्र खड्का

७. दिनेश थापा

८. अनैजा थापा

उहाँहरुलाई विवेकशील नेपाली दलले उपलब्ध गराएका सामाग्रीहरु निम्नानुसार छन् :

१. चाउचाउ : ३ कार्टुन

२. बिस्कुट: १ ठुलो कार्टुन (२४ प्याकेट)

३. त्रिपाल: १० थान (८ वटा विद्यालयलाई, २ वटा हेल्थ पोस्टलाई)

४. ट्याङ्ग: १ बाकस

५. स्टेशनरी सामाग्रीहरु: २५० विद्यार्थीहरुको लागि, रु. ३०,००० बराबरको  

        बलपेन, इरेजर, पेन्सिल, शार्प्नर: ३५० थान (प्रत्येक सामाग्रीहरुको)

        कलर बक्स: १०० सेट

        Drawing Sheet (A4 sized): १,००० sheets

        फुटबल: १० वटा

        पम्प: १ वटा

        लुडो: ५० सेट

        चेस: ५ सेट

        बेलुन: ३०० थान

        चकलेट र क्यान्डी: १००० वटा

        अन्य साना खेलौनाहरु

६. नेपालको झण्डा: २५० थान

२५० विद्यार्थीहरुलाई पुग्ने सामाग्रीहरु लागिएको भएतापनि १०० जना विद्यार्थीहरु मात्र उपस्थित हुनुभएको हुनाले बाँकि सामाग्रीहरु विद्यालयलाई हस्तान्तरण गरिएको थियो। उहाँहरुले त्यस स्थानमा गर्नुभएका कार्यहरु निम्न छन् :

१. राष्ट्रिय गाना वाचन, परिचयात्मक कार्यक्रम

२. खेलकुद: फुटबल, बेलुन ब्लास्ट, लुडो, चेस, अन्ताक्षरी इत्यादी

३. प्रकृति अवलोकन र मन परेको प्राकृतिक वस्तुहरु र अन्य मनपरेका बस्तुहरुको चित्रकला कार्यक्रम

४. कथा वाचन

५. ठुला विद्यार्थीहरुलाई अङ्ग्रेजि शब्द वाचन प्रतिस्पर्धा

६. Meditation तथा Tree hug for healing

अन्त्यमा विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम भयो। कार्यक्रम संयोजक अस्मिता अधिकारीका अनुसार स्थानीय तथा बालबालिकाहरु उहाँहरु प्रति निकै कृतज्ञ हुनुहुन्थ्यो। पुनः यस्तै कार्यक्रमहरुको अपेक्षा गर्दै सहर्ष बिदाई गर्नुभएको थियो।

उहाँको अनुसार सबै भन्दा मिठो पल त्यो थियो जब सबेरै बालबालिकाहरु सर, मिस भन्दै टेन्ट वरिपरि झुम्मिन्थे र उहाँहरु आँखा मिच्दै विद्यार्थीहरुलाई व्यायम गराउनु हुन्थ्यो। भरियाको अभावको कारणले गर्दा समयमा सामाग्रीहरु नपुगेर केहि खल्लोपन महसुस भएको भएपनि धेरै माया संगालेर फर्किनुभएको बताउनु भयो।

सधैँ भेट्ने बित्तिकै अभिवादन गर्न नभुल्ने नानीहरुले राति नसुतुन्जेल सम्म साथ नछोड्ने र फर्किने बेलामा पनि गह भरि आँसु पारेर अझै केहि दिन बस्न गरिएको मार्मिक अनुरोध उहाँहरुको स्मरणमा रहने नै छ। बजेट र समयको अभाबले छिट्टै फर्किनु परेको भएपनि ध्यान साधनाले विद्यार्थीलाई परेको सकारत्मक असरको मुल्यांकन गर्न नसकिने बताउनु भएकी अस्मिता ज्यू देशका कर्णधारहरुलाई सहि बाटो देखाउन नेतृत्व वर्गहरुले कन्जुस्याईं गर्न नहुने बताउनु भयो।

भुकम्प जाँदा पहाड नै उर्लेर खस्ला जस्तो सुनिने भयावह आवाज कहिले बिर्सिन नसक्ने उहाँको भनाई थियो। ढिला सामाग्री पुगेको जस्ता समस्याहरुलाई हेरी उहाँ यस कार्यक्रमको कुशलतालाई ८५ % दिन चाहनुहुन्छ।

रिपोर्टिङ्गको लागि सहयोग गर्नुहुने अस्मिता अधिकारी ज्यू, मर्मस्पर्सी तस्बिर उपलब्ध गराउनुहुने कपिल कार्की ज्यू, फोटोग्राफर भावना थापा ज्यू लगायत सम्पुर्ण स्वयंसेवक साथीहरुलाई धेरै धेरै धन्यवाद !

072-02-12 Rasuwa Saramthali 9, Motivation Programme for children at Gautam Buddha Secondary School

Bibekseel Nepali Party, after earthquake in this evil moment has been working under its plan to make a rescue and relief distribution to the people who were affected and make them steady by finishing its work to some extent is now moving towards the restoration and reconstruction programe .

Under the same mission,a group of volunteers on the leadership of Asmita Adikari and Saran Karki had gone to Gautam Buddha Secondary School which is located at Rasuwa, Saramthali-9 on the date 072-02-12, to look after, motivate , to increase their confident , reduce their fear who were discouraged due to earthquake. The programme was of 4 days in which programme was done on 2nd and 3rd day and it took rest 2 days to get there and return. Our Volunteers did five hour of bus journey and walk for six hours to reach destination.

List of volunteers who were involve in the group are listed below:

  1. Asmita Adikari
  2. Saran Karki
  3. Ajita Khanal
  4. Menuka Shrestha
  5. Bhawana Shrestha
  6. Akendra Khadka
  7. Dinesh Thapa
  8. Aanaija Thapa

Things that have been provided to them from Bibekseel Nepali are as follow:

     1. Noodles: 3 cartoon

     2. Biscuits: 1 large cartoon (24 packets)

     3. Tent: 10 sets (8 schools, 2 were health posts)

     4. Tang: 1 box

     5. Stationery Contents: 250 for students, Rs. 30,000 worth

     Ballpens, an eraser, a pencil, sarpner: 350 sets (each materials)

     Colour box: 100 sets

     Drawing Sheet (A4 sized): 1,000 sheets

     Football: 10 pcs

     Pump: 1 piece

     Ludo: 50 sets

     Chess: 5 sets

     Balloon: 300 pcs

     Chocolate and Candy: 1000 pcs

Other small Toys

6. Nepal Flag: 250 pcs

Though Bibekseel Nepali Party had taken the contents for 250 students but only 100 students were present during the programme so Bibekseel Nepali Party handover the rest contents to the School. Programme that were conducted by our volunteers in that school are listed below:

1. National song reciting , Introductory program

2. Sports: Football, Balloon Blast, ludo, chess, Antakshari etc.

3. Nature observation and favorite natural objects and other favourite object’s painting program

4. Storytelling

5. English word reciting competition to secondary students.

6. Meditation and Tree hug for healing

At the end of the program winners were distributed prize.  According to the program coordinator Asmita Adikari, local people and children were very grateful towards them and bidded bye again with the expectation with similar program on upcommiing days.

According to them the best moment was when early in the morning children came around them by saying sir, mam and surround the tent  and  on their sleepy eyes they make them to do yoga. Due to the lack of porters contents didnt reach on time which made them feel bad but they return  with full love.

They will always remember the children who never forget to greet everytime they met, not leaving thier company until they slept and asking them to sit for some more days with thier heart touching request. Asmita stated that due to lack of time and budget they had to return on less time and couldnt evaluate the poositive effect made by meditation. On the other hand she also make realize to leadership class to show the correct path to the future pillar of the nation.

She again said that she couldnot forget the worst sound during earthquake which make feel like the  mountain is going to fall. She wanted to give 85% effiency to this program due to late contents delivery at the needed place.

We would like to thank Asmita  Adikari for helping in the reporting of the program and Kapil Karki for  providing heartouching  photos , Similarly   photographer  Bhawana Thapa and all the volunteers for their grreat contribution.