०७२-०१-२५, उत्तर काठमाडौँ, गोलढुंगा, फुंयालथोक गा.वि.स.मा सरसफाई कार्यक्रम

२०७२/०१/१२ गतेको महाभूकम्प पश्चात् नेपालका थुप्रै जिल्लाहरुमा अव्यवस्थित बसोबास र फोहोर वातावरण तथा सरसफाईको कमीले सम्भावित महामारीको जोखिम बढेको छ I यो महामारीको जोखिम कम गर्नको लागि रोग फैलाउने किटाणु मार्नु जरुरी छ I

यसै सम्बन्धी कार्यको लागि मिति २०७२/०१/२५ गते विवेकशील नेपाली दलको सक्रिय सदश्य प्रमेश श्रेष्ठको नेतृत्वमा ६ स्वयम्सेवकको टोली तार्केस्वर नगरपालिकाको गोलढुंगाको दाहालथोक र न्यौपानेथोक गा.वि.स. प्रस्थान गरेको थियो I उनीहरुले आफुसंगै २ बोरा विरंजन पाउडर र १ बाकस मास्क लिएर गएको थियो I

विवेकशील नेपाली दलतर्फ बाट गएको टोलीमा निम्न स्वयंसेवकहरुको उपस्थिति थियो I

१.      किसन पाण्डे

२.      प्रमेश श्रेष्ठ

३.      उमंग दाहाल

४.      प्रमेश खनाल

North Kathmandu Development Initiative सँगको सहकार्यमा उक्त टोलीले त्यहाँको स्थानीय एक व्यक्तिसंग परिचय गरेको थियो I उनै स्थानीय व्यक्तिले उनीहरुलाई डाटा तथा सूचना संकलन गरी सरसफाई गर्ने ठाउँको जानकारी दिएका थिए I स्वयंसेवकको टोलीले स्थानीय व्यक्तिहरुको सहयोगमा दाहालथोकका २९ घर र न्यौपानेथोकका १५ घरमा पाउडर छर्केको थियो I

सरसफाई तथा पाउडर छर्किने कार्यक्रममा उनीहरुले स्थानीय व्यक्तिहरुको सहभागीको कमी महसुस गरेका थिए र उनीहरु स्वयंसेवकहरुमा मात्र निर्भर भएको देखियो I साथै, सरसफाईको लागि लागेको पाउडर पनि केही कम र फिनेल को पनि कमी भएको देखियो I

मिति २०७२/०१/२६ गतेको दिन प्रमेश श्रेष्ठ र शिवराज फुंयालथोक गा.वि.स. जानुभएको थियो I उनीहरुले त्यहाँ जानुभन्दा पहिले ३ बोतल फिनेल, १ बोरा विरंजन पाउडर र १ बाकस पन्जा जम्मा गर्नु भएको थियो I अघिल्लो दिनको कठिनाई कम गर्नको लागि उनीहरुले पहिले २ घरमा नमुनाको रुपमा देखाएर, स्थानीय बासिन्दालाई सरसफाईको लागि चेतना जगाएका थिए I बाकीं को १७० घरमा, स्थानीय बासिन्दाले आफैले सरसफाई गर्ने प्रतिवद्धता जनाएका थिए I

After devastating earthquake of 25th of April, 2015,  there has been a high risk of spreading epidemics due to unmanaged residence and unhygenic environment and sanitation in various parts of Nepal. To minimize the risks of epidemics, fumigation is a must to kill harmful bacterias that spread diseases.

To address this issue, on 7th of May, 2015, an active member of Bibeksheel Nepali, Pramesh Shrestha led a team comprising of 6 members (Kishan Pandey, Pramesh Shrestha, Umang Dhaudel, Pramesh Khanal and 2 others), reached Dahalthok and Neupanethok, VDCs of Goldhunga in Tarkeswor Municipality. They took bleaching powder (2 sacks) and mask (1 box) while going to those places.

With the co-ordination of North Kathmandu Development Initiative, they were introduced to the local leader who provided them with the datas and information of where they could do their task. They fumigated 29 and 15 houses with the help of local residents in Dahalthok and Neupanethok respecively.

After the completion of task on that day, they realized that local people’s participation had been negligible and they were more dependent on volunteers only. They also found out that, for fumigation bleaching powder only was not enough, phenyl was also needed.

On 8th of may, 2015, Pramesh Sa and Mr. Shivaraj reached Phuyalthok VDC of Goldhunga. They collected Phenyl (3 bottles), bleaching powder(1 sack) and gloves(1box) before going there. To minimize the challenges faced on the former day, they gave demonstration in 2 houses in different areas. Locals were made aware of importance of fumigation and its process. For the rest 170 houses, local leader assured to get it done with the help of local residents.