०७२-०१-१७ रसुवा, लहरेपौवा-४ मा राहत वितरण

मिती २०७२-०१-१७ गते संविधान आचार्य ज्यूको नेतृत्वमा केहि साथीहरु सहितको समुह रसुवा, लहरेपौवा  गा.वि.स.  वडा  नं. ४ मा राहत वितरण गर्न जानुभएको थियो।

उक्त कार्यमा संलग्न स्वयंसेवकहरु निम्न बमोजिम हुनुहुन्छ:-

१. संविधान आचार्य (९८०३६८४४८०, sambidhanwrites@gmail.com)        

२. सारा प्याकुरेल (९८४३२०८१२०)

३. विकु अधिकारी (९८०८८०६५५९)

टोलीको जानकारीका अनुसार २३१ आवादी रहेको त्यस प्रभावित क्षेत्रमा हालसम्म ४ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन्। जम्मा ६१ घरधुरी रहेको सो क्षेत्रमा ५५ घरमा क्षति पुगेको छ। मुख्यतः पहाडी क्षेत्रमा बसाई भएको त्यस प्रभावित क्षेत्रका अन्य भौतिक संरचनाहरुमा पनि नराम्ररी असर परेको छ।

टोलीका अनुसार त्यहाँ स्वास्थ्यकर्मीहरु नहुनाले स्वास्थ्योपचारमा समस्या देखिएको छ। मानिसहरुको व्यक्तिगत सरसफाई सन्तोषजनक रहेकाले महामारी फैलने सम्भावना न्यून रहेको बताएका छन्। तैपनि चर्पी निर्माण र प्रयोग प्रति ध्यान दिनुपर्ने देखिएको छ। कतिपयमा पहिलेनै आइरन र क्याल्सियमको रहेको बताइएको छ। भूकम्प पश्चात खानपिन, औषधिमा भने समस्या देखिएको छ।  पानीको श्रोतमा भने केहि असर परेको छैन। महाभूकम्प र तेस्पछि लगातार आइरहेका पराकम्पन्ले जनमानसमा त्रास पैदा देखिएको छ।  राहत सामग्री र औषधि उपचारको कमीका कारण पीडितहरु आक्रोशित पनि छन्। उनीहरुमा बासस्थानको चिन्ता भए पनि भोलिका दिनमा के खाने भन्ने धेरै चिन्ता रहेको पाईएको छ।

कृषि पेशामा निर्भर त्यहाँका मानिसहरुलाई पुनर्वास तथा अरु पुर्वाधार विकासका लागि सहयोग आवश्यकता रहेको छ।

यस टोलीले “द डोर फाउन्डेसन” र “नेपाल राइजिङ्ग” सँग सहकार्य गरी त्यहाँका १७ घरका लागि राहत वितरण गरेको थियो।

टोलीले आगामी दिनहरुमा राहत कार्यक्रमहरु संचालन गर्नु पूर्व गृहकार्य आवश्यक रहेको औंलाएको छ।

यस टोलीमा सहभागी भई सफलताका साथ् राहत वितरण गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई विवेकशील नेपाली दल मूरीमूरी धन्यवाद  चाहन्छ।

2015-04-30 Relief distribution, Rasuwa, Laharepauwa-4

On, 30th April, 2015, in the lead of Mr. Sambidhan Acharya, few friends had gone to Laharepauwa VDC ward no.4, Rasuwa to distribute relief materials.

The name of volunteers engaged are listed below :

  1. Sambidhan Achaarya (9803684480, sambidhanwrites@gmail.com)
  2. Sara Pyakurel (9843208120)
  3. Biku Adhikari (9808806559)

According to the information given by the team, in the total population of 231, death toll has reached 4 and 67 people have been injured. Out of 61 houses, 55 houses have been damaged. The area lies in the hilly region and many physical structures have been severly damaged.

As stated by the team, due to lack in medical personnels, problem in health services has arisen. The people are concerned about their personal hygiene and the sanitary condition is satisfactory. Hence, the risk of spread of epidence is minimal in the area. Still, reconstruction of restrooms should be focused. After earthquake, problem in medication and eating habits are seen. Luckily, the source of water is unaffected. People are living in fear after the earthquake and its after shocks. The victimized people were angered due to delay in relief materials and medical care. They are tensed about the future of what they will eat and where they will live.

The main source of income of the area is agriculture. People are in need of help in resettlement and other infrastructural development.

The team had collaborated with “The Door Foundation” and “Nepal Rising” and distributed relief for 17 houses.

The team had suggested that in the future homework needs to be done before going for relief distribution.

Bibeksheel Nepali is grateful to all the volunteers for their participation and completion in relief distribution.