०७२-०१-२४,

विपद व्यवस्थापन निर्देशनालय, जंगी अड्डाबाट सेनानी राम बहादुर लामाद्वारा मिति २०७२-०१-२३ मा लिखित एक पत्र  विवेकशील नेपाली दलको कार्यालय चप्पलकारखानामा प्राप्त भएको छ।

त्रिपाल तथा राहत उपलब्ध गरिदिनु हुन अनुरोध गरिएको उक्त पत्रमा मिति ०७१-०१-१२ मा आएको महाभुकम्पका कारण काभ्रेपलाञ्चोक जिल्ला, मेच्छे गाविस वडा नं. ६ र कार्तिकेदेउरालि गाविस वडा नं. १ मा बसोबास गरिरहेका १०० परिवारका घरहरु भत्की अस्थायी रुपमा खुल्ला चौरमा बसोबास गर्दै आइरहनु भएको बताइएको थियो।

उक्त अनुरोध सम्बोधन गर्दै विवेकशील नेपाली दलले ५० थान त्रिपाल त्यस क्षेत्रतर्फ मिति ०७२-०१-२४ गते वितरण गरिसकेको छ।  

Image (23).jpg