मिती २०७२-०१-१८ गते, विवेकशील नेपाली दल १८ गते सम्ममा पुगेका क्षेत्रहरु

मिती २०७२-०२-१२ गते गएको महाभुकम्पले काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, सोलुखुम्बु, गोरखा, तनहुँ, लमजुङ, म्याग्दी, बागलुङ, अर्घाखाची, पर्वत इत्यादी क्षेत्रहरु प्रभावित भएका छन् | नागरिकहरुको सहायताबाट प्राप्त भएका स्रोत साधनले साथ दिएसम्म विवेकशील नेपाली दलका सदस्यहरु, साथीहरु तथा स्वतन्त्र रुपले स्वयंसेवा गरिरहनु भएका नागरिकहरु विभिन्न प्रभावित क्षेत्रमा सहयोग गर्न पुग्नु भएको छ।

Door Foundation संस्था र  विवेकशील नेपाली दल सँग भएको तथ्याङक अनुसार उहाँहरु पुग्नु भएका क्षेत्रहरु तपसिलका बुँदाहरुमा उल्लेख गरिएको छ।

१. रसुवा : कालिकास्थान, लौसेपौवई, माझिघरे, भैंसे, बोगटीटार, धैबुङ, बेत्रावती, शिम्ले

२. नुवाकोट : जिल्ला अस्पताल (चिकित्सा आपूर्तिहरु उपलब्ध गराइएको), सुनखानी (विवेकशील र GPYC संस्थाको केहि सदस्यहरु)

३. खोकना

४. भक्तपुर : जिल्ला अस्पताल, ठिमी बसपार्क, चाँगुनारायण र सेरोफेरो

५.  धदिङ : फुलखर्क, बुढाथुम, मुलपानी, छत्रेदेउराली,  कुम्पुर (डा. मणिराज सहित १४ चिकीत्सा विद्यार्थी, ४ डाक्टरहरु)

४. काभ्रेपलान्चोक : पाँचखाल (घोक्से)

५. गोरखा : आरुघाट; डा. रुपक घिमिरे ज्यूको नेतृत्वमा बैशाख १६ गते

६. सिन्धुपाल्चोक: फटकसिला, जलबिरे, घोटर, चौतारा (मुख्यतः स्वतन्त्र नागरिकहरु राज गिरी ज्यूको जानकारी अनुसार)

७. गोर्खा : आरुचनौट

८. ललितपुर : हरिसिद्दि

९. क्रितिपुर : पाँगा गाउँ

१०. काठमाडौँ : कपन सरस्वतीनगरको केहि ठाउँ, बसन्तपुर, उत्तर काठमाडौँ कुमाल्टार, डल्लुको केहि ठाउँ, स्वम्भुनाथ क्षेत्र, गोंगबु, वीर अस्पताल, शिक्षण अस्पताल

११. साँखु : पल्लु बारी

हामी निरन्तर सूचना दिइरहनेछौं, धन्यवाद !