०७२-०१-१७, काठमाडौँ, डल्लुको धेरै आवादी भएको एक चौरमा मास्क र पानी वितरण

मिति २०७२-०१-१७ मा विवेकशील नेपालीका सक्रिय सदस्य कपिल कार्की ज्यूको संयोजकत्वमा एक टोली काठमाडौँ डल्लु स्थित एक चौरमा पुगेको थियो जहाँ त्रिपालमुनि करिब ३०० स्थानीय बासिन्दा आश्रित थिए। यस टोलीले त्यहाँका स्थानीयहरुलाई निम्न सामग्री प्रदान गरेको थियो:

१. मास्क: ३०० थान

२. मिनरल वाटर: ५   कार्टन

महाभूकम्प पछि स्थानीयहरुले भोगिरहेको अव्यवस्थित बसाई  र अव्यवस्थित फोहोरका कारण हुनसक्ने महामारीबाट बच्नका लागि विवेकशीलबाट यस  प्रयास गरिएको थियो।

यस टोलीमा आबद्ध स्वयंसेवकहरु निम्न छन्:

 १. कपिल कार्की

२. उत्तम अधिकारी

३. योगेन्द्र अधिकारी

यस सहयोगमा जुटेका  हातहरुलाई विवेकशील नेपालीको तर्फबाट धेरै धेरै धन्यबाद।

Date 2015-04-30, Dallu, Kathmandu

On 30th April, 2015, in the co-ordination of Mr. Kapil Karki, an active member of Bibeksheel Nepali political party, one team reached to a ground of Dallu, Kathmandu, where 300 locals were sheltered in one tarpaulin.

The team had delivered following materials to the residents of that area:

  1. Mask : 300 pieces
  2. Mineral water : 5 carton

Bibeksheel Nepali had made an effort to prevent risk of epidemics due to unmanaged settlement and wastage.

The list of volunteers engaged in the team are as follows:

  1. Kapil Karki
  2. Uttam Adhikari
  3. Yogendra Adhikari

Bibeksheel Nepali is grateful to all the helping hands.