०७२-०२-०३ सिन्धुपाल्चोक यमुना डाँडा गा.वि.स. वडा नं १-९ मा राहत वितरण

मिति २०७२-०१-१२ मा आएको महाभूकम्प र त्यसपछि आइरहेका पराकम्पनले सिर्जना गरेको यस दुखद् घडीमा विवेकशील नेपाली दल रात दिन नभनी उद्दार तथा राहत वितरणमा लागिरहेको छ। यसै क्रममा ०७२-०२-०१ गते एक टोली सिन्धुपाल्चोक जिल्ला यमुना डाँडा गा.वि.स. वडा नं. १-९ प्रस्थान गरेको थियो। विनय मंग्रान्तिको नेतृत्वमा गएको सो टोली ०७२-०२-०३ मा फिर्ता आएको थियो।

यस टोलीमा संलग्न स्वयंसेवकहरु:

१. विनय मंग्रान्ति ९८१३२५१७०८  

२. लक्ष्मण बयलकोटी ९८४१७१२१३०  

३. अनुज भण्डारी ९८४३६३५७९८  

४. निरज चन्द ९८६०४७७०३१  

५. प्रमोद खड्का ९८०८०११६८८  

६. रुपेश थापा ९८५११४५३६७  

विवेकशील नेपाली दलद्वारा उपलब्ध राहत सामाग्रीहरु:

१. चामल - ९० बोरा

२. त्रिपाल - ९० थान

३. चिउरा - ६० किलो

४. चना - २५ किलो

५. बिस्कुट - १० कार्टन

६. चाउचाउ - ६ कार्टन

७. दालमोठ - ६ पाकेट

सिन्धुपाल्चोक जिल्ला भैंसे गा.वि.स. बाट साँढे दुई घण्टाको पैदल दूरीमा रहेको यमुना डाँडा गा.वि.स. मा ६०० भन्दा धेरै घरधुरी छन्। टोलीले जनाए अनुसार त्यस  गा.वि.स. का सम्पूर्ण घरहरु र अन्य भौतिक भौतिक संरचनाहरु पनि लगभग सबै क्षतिग्रस्त भएका छन्। तर पानीका श्रोत भने अप्रभावित छन्।

यस क्षेत्रमा भूकम्पका कारण अपाङ्ग, मानसिक रोगीहरु, बृद्धबृद्धा, अनाथ बालबालिका, दलित र अन्य जनजातिहरु भएका छन्। अति प्रभावित स्वास्थ्य स्थितिको मुल्यांकन गर्दा व्यक्तिगत सरसफाई सन्तोषजनक रहे पनि चर्पी निर्माण र प्रयोगमा  दिनुपर्ने  बताइएको छ। हालसम्म कुनै रोग देखा परेको छैन र सम्भावना पनि न्यून रहेको बताइएको छ। मानिसहरु महाभूकम्प र त्यसपछिका पराकम्पनका कारण त्रसित छन् र आउने मनसुन यामका लागि धेरै नै चिन्तित छन्।

विवेकशील नेपाली दलको यो टोलीले  प्रभावित क्षेत्रका अति प्रभावित  घरधुरीका परिवारलाई राहत  वितरण गरेको थियो। भन्दा अघि गएका अन्य राहत टोलीहरुले राहत वितरणमा समस्या भोगेका थिए तर यो विवेकशील नेपाली दलको टोलीले भने करीब ३७ जनाको नेपाली सेना समूहको सहयोगमा सफलताका साथ राहत प्रदान गर्न सफल भएको छ। नेपाली सेनाले त्यहाँ उद्दार, राहत, बेपत्ताहरुको खोजी, अस्थायी आश्रयस्थल निर्माण, सरसफाई, महामारी बिरुद्ध जनचेतना फैलाउने जस्ता प्रशंसनीय कामहरु गरिरहेको छ।

टोलीका जानकारका अनुसार अहिलेको आवश्यकता भनेको स्वस्थ खाना र अस्थायी बासस्थान निर्माण र थप राहत सामग्री रहेको छ। कृषि र ज्यालादारीमा निर्भर यहाँका बासिन्दाहरुलाई पुनर्वास, पुनर्निर्माणमा सहयोग गर्नुपर्ने देखिन्छ।

त्यस प्रभावित क्षेत्रमा समन्वय गर्न सक्ने तथा उक्त स्थानको जानकारी  उपलब्ध गराउन सक्ने स्थानीय बासिन्दा :

१. राम खड्का

२. अनुज भण्डारी

यो राहत कार्यक्रमप्रति स्थानीयहरु निकै खुसि र कृतज्ञ थिए भने गा.वि.स. कार्यालयले विवेकशील नेपाली दललाई धन्यवाद पत्र सहित धन्यवाद ज्ञापन गरेको थियो।

IMG_2482.JPG

IMG_2487.JPGIMG_2490.JPG

IMG_2497.JPG

IMG_2504.JPG

IMG_2621.JPG

IMG_2604.JPG

IMG_2633.JPG

11263813_991690204197734_1323149326_n.jpg

2015-5-17  Distribution of relief materials in Sindhupalchok Yamuna dada VDC ward no. 1-9

After the deadly earthquake of 25 April, 2015 and its aftershocks, Bibeksheel Nepali Party has been working day and night for the rescue and distribution of relief materials for the victims of the aftermath. Likewise a team led by Binaya Mangranti head for Sindhupalchok district, Yamuna dada VDC ward no. 1-9 on 2015-5-15 and returned on 2015-5-17.

List of volunteers:

  1. Binaya Mangranti   9813251708
  2. Laxman Bayalkoti   9841712130
  3. Anuj Bhandari   9843635798
  4. Niraj Chand    9860477031
  5. Pramod Khadka    9808011688
  6. Rupesh Thapa    9851145367

Relief materials provided by Bibeksheel Nepali Party:

  1. Rice -90 sacks
  2. Tarpaulins -90 pieces
  3. Flattened rice- 60 kg
  4. Gram -25 kg
  5. Biscuit -10 carton
  6. Noodles - 6 carton
  7. Dalmoth - 6 packets

Yamuna dada VDC is about two and half hour walk from Bhainse VDC, Sindhupalchok which has more than 600 households. According to the team, all the houses and other physical infrastructures are almost destructed. But the water soure has remained unaffected.

The affected population includes disabled, mental patients, old men and women, orphan children, and other marginalised ethnic groups. According to the analysis of most affected health condition, personal hygiene was found satisfactory, but attention must be given to construction of toilets and their usage. Till now none of the health related diseases are seen and the probability also seems low. The locals are still frightened about the massive earthquake and the aftershocks following it. They seem concerned and worried about the coming monsson.

The team of Bibeksheel Nepali Party distributed relief materials to the most affected households of the affected area. Others relief teams that went there before had faced problems in distributing relief materials, but this team with the help of about 37 Nepal Army team successfully distributed the relief materials. Nepal Army had been conducting rescure, searching of missing people, construction of temporary residence, cleanliness, awareness against epidemics works which are very praiseworthy.

According to the team, present needs of the place are healthy diet, construction of temporary residence and more relief materials. The locals who depend on agriculture and laboring need to be assisted in rehabilitation and reconstruction.

Persons that can co-ordinate and provide information of the affected area:

  1. Ram Khadka
  2. Anuj Bhandari

The locals were very happy and grateful with the relief work and the VDC office thanked Bibeksheel Nepali Party with letter of appreciation.